अख्तियारको निर्देशन नमाने मुद्दा

काठमाडौं,जेठ २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यसहितका मन्त्रालय एवं निकायलाई पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड बनाएर लागू गर्न आफूले दिएको निर्देशन कार्यान्वयन नभएपछि छानबिन थाल्ने भएको छ । छानबिनपछि निर्देशन उल्लघंन गर्ने मन्त्रीसहितका पदाधिकारीमाथि भ्रष्टाचारमा मुद्दा चलाउने चेतावनीसमेत अख्तियारले दिएको आजको अन्नपूर्णमा समाचार छ ।

स्वास्थ्यलगायत विभिन्न मन्त्रालय र मातहतका निकायमा पदाधिकारी नियुक्तिका लागि नयाँ मापदण्ड तय गर्न आयोगले एक महिनाअघि दिएको निर्देशन कार्यान्वयन गर्न मन्त्रीले आनाकानी गर्दै आएका छन् ।आयोगले पदाधिकारी नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतको पूर्ण इजलासबाट २०६७ सालमा स्थापित नजिर पालना गर्दै उक्त निर्देशन कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई सुझाव दिएको थियो । अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले कानुनबमोजिम दिएको सुझाव वा निर्देशन कार्यान्वयन नगरेको अवस्थामा समबन्धित व्यक्तिमाथि छानविन गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हुने बताए ।

निजामती कर्मचारी निर्वाचन : एमालेनिकट संगठन अग्रस्थानमा

काठमाडौं,जेठ २० । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन निर्वाचनमा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले दुईतिहाइ स्थानमा जित हासिल गरेको छ । मन्त्रालय, विभाग र जिल्लास्तरीय कार्यसमिति गरी एक सय १७ स्थानमा भएको निर्वाचनमा संगठन ७० भन्दा बढी स्थानमा पहिलो भएको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

केन्द्रमा रहेका विभिन्न मन्त्रालय र विभाग गरी ४२ निकायमध्ये संगठनले २८ र ७५ जिल्लामध्ये ४५ जिल्लामा पहिलो स्थान ल्याएको छ । कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ) दोस्रो स्थानमा आएको छ ।

युनियनले १७ स्थानमा जित हासिल गरेको छ । माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनले दुई स्थानमा जित हासिल गरेको छ भने मधेसी दलनिकट मधेसी कर्मचारी मञ्च चार जिल्लामा विजयी भएको छ । प्निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार रातिसम्म गणना भएको ३८ हजार मतमध्ये संगठनले १७ हजार प्राप्त गरेको छ । युनियन (संघ)ले १३ हजार, माओवादीनिकट संगठनले चार हजार तथा मञ्चले २७ सय मत ल्याएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयका उपसचिव प्रकाश घिमिरेले अब करिब १० हजार मत गणना गर्न बाँकी रहेको बताए ।

बुधबार भएको निर्वाचनमा देशभरका कुल ५५ हजार तीन सय २२ मतदातामध्ये ८० प्रतिशतभन्दा बढी निजामती कर्मचारीले मतदान गरेका थिए । जिल्लादेखि केन्द्रसम्म भएको निर्वाचनमा पाएको मतका आधारमा समावेशी किसिमले भागबन्डा गरिने प्रावधान छ । जिल्ला, विभाग तथा मन्त्रालयमा खसेको सबै मत जोडेर केन्द्रीय नेतृत्व छनोट हुनेछ । केन्द्रमा सबैभन्दा बढी मत ल्याउनेलाई अध्यक्ष र कोषाध्यक्ष दिइनेछ भने दोस्रो मत ल्याउनेलाई महासचिव  दिइनेछ ।

तेस्रो मत ल्याउनेलाई उपाध्यक्ष र चौथो मत ल्याउनेलाई सचिव दिइनेछ । जिल्ला तथा विभागमा पहिलो मत ल्याउनेलाई अध्यक्ष र कोषाध्यक्ष, दोस्रो मत ल्याउनेलाई उपाध्यक्ष, तेस्रो मत ल्याउनेलाई सचिव र चौथो मत ल्याउनेलाई सहसचिव दिइनेछ।

संसद् भवनको भाडा वार्षिक नौ करोड ६१ लाख

काठमाडौं,जेठ २० । पहिलेको सिंहदरबारस्थित संसद् भवन (ग्यालरी बैठक) साँघुरो हुने भएपछि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवनमा व्यवस्थापिका–संसद् सञ्चालनमा छ । ०६४ मा संविधानसभा निर्वाचन भएपछि केन्द्रमा संसद् बैठक गरिएको हो । संसद् सचिवालयले ०६५ देखि भाडामा भवन प्रयोग गर्दै आएको छ । भवनको भाडा वार्षिक नौ करोड ६१ लाख रुपैयाँ रहेको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

०६५ यता संसद् सचिवालयले भवन भाडा मात्र ७६ करोड ८८ लाख रुपैयाँ तिरेको छ । ‘यो त देखिएको खर्च मात्र हो, अन्य नदेखिने खर्च पनि धेरै भएका छन्,’ संसद् सचिवालयका सहसचिव सोमबहादुर थापाले नयाँ पत्रिकासँग भने, ‘सुरक्षाकर्मी तथा कर्मचारीको बन्दोबस्ती दुईतिर हुँदा, यातायात, दौडधुपलगायतका कुराले नदेखिने खर्च बढाएको छ।’

व्यवस्थापिका–संसद् भवन बनाउने विषय उठेको झन्डै १८ वर्ष भएको छ । तर, अहिले सिंहदरबारस्थित पुतली बगैँचामै संसद् भवन बनाउने गरी संसद् सचिवालयले प्रक्रिया अगाडि बढाएको छ । तर, सरकारले यस वर्ष जम्मा ५० लाख रुपैयाँ बजेट मात्र विनियोजन गरेको छ ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५५ मै सिंहदरबारस्थित पुतली बगैँचाको जग्गामा संसद् भवन बनाउने निर्णय गरेको थियो । तर, स्थानका विषयमा विवाद भयो ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एकै ठाउँमा रहँदा संकुचन हुने भन्दै संसद् भवन बाहिर बनाउनुपर्ने आवाज उठेपछि विभिन्न अध्ययन समिति बनेका थिए । ती समितिले पुतली बगैँचामै भवन बनाउन उपयुक्त हुने निष्कर्ष दिएका छन्।

प्रहरी निरिक्षक माथी हातपात तथा अभियुक्त भगाएको भन्दै प्रहरीले मुद्धा दर्ता गर्ने तयारी

पप्पु गुरुङ्, १९ जेठ, दोधारा चाँदनी / कञ्चनपुर । प्रहरी निरिक्षक माथी हातपात तथा अभियुक्त भगाएको भन्दै प्रहरीले अनुसन्धान पछि १० जना बिरुद्ध मुद्धा दर्ता गर्ने तरखर गरेको छ् । हिजो अपरान्ह करिब ३ बजे ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्मा र प्रहरी जवान गग्न ढुङ्गाल दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरमा सुरक्षा अवस्था जाँच गर्ने जाने क्रममा अचानक प्रहरीले चेलीबेटी बेचबिखनको मुद्धामा २०६६ साल माघ १७ देखि फरार रहेका दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरका बिर बहादुर सुनारलाई देखेपछि पक्राउ गर्न थालेपछि अभियुक्तका आफन्तजनले प्रहरी माथी हातपात गरि अभियुक्तलाई भगाएको थिए ।   पक्राउ गर्न लाग्दा अभियुक्त बिर बहादुर सुनारका परिवारजनले प्रहरी निरिक्षक विश्वकर्माको पेस्तोल खोस्नुको साथै हातपात गरि अभियुक्त बिर बहादुर सुनारलाई भगाउने क्रममा स्थानियहरुले प्रहरीलाई सहयोग गरेपनि ठुलो संख्यामा आएका अभियुक्तका परिवारजनको सामु केही चल्न सकेका थिएन् । प्रहरीहरुको कपडा च्यत्तीएको साथै सामन्य चोट आएको बताईएको छ् । “हातपात हुदा कार्यालयमा खबर गर्दा फोन सम्पर्क नहुदा समस्या परेको हो” प्रहरी निरिक्षक बिरेन्द्र विर विवकर्माले बताए । ईलाका प्रहरी कार्यायल दोधारा चाँदनीमा प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्मा र प्रहरी जवान गग्न ढुङ्गाल फर्किएर कार्यालयबाट प्रहरी टोली गएपछि हातपात गर्ने अपराधिक समुह फरार भएको प्रहरीले जनाएको छ् । दोधारा चाँदनीको नेपाल/ भारत सिमा नजिक रहेको सुन्दरनगरमा प्रहरी पुग्न अन्ताजी आधा घण्टा भन्दा बढी समय लाग्छ् । उक्त स्थानमा फोन टावरले काम नगरेपछि प्रहरीको सहयोग टोली सुन्दरनगर पुग्न नसकेको बताईएको छ् । प्रहरी माथी हातपात गर्नुको साथै अभियुक्त भगाउन कार्य गर्ने बिक्रम सुनार, काला सुनार, दिवान सुनार, गणेश चदारो, शेर सिंह चदारो लगाएत १० जना बिरुद्ध मानव बेचबिखनका अभियुक्त फरारमा सहयोग गर्ने भन्दै प्रहरीले सार्वजनिक मुद्धा दर्ता तयारी गर्दै उनिहरुको खोजी जारी राखेको प्रहरीले जनाएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा प्रहरी निरिक्षक बिरेन्द्र विर विश्वकर्माको आगमन संग सुरक्षा ब्यवस्था राम्रो भएको स्थानियहरुको भनाई रहेको छ् । प्रहरी निरिक्षक विश्वकर्माले अपराधिक कृयाकलापमा संलग्न तथा फरार अभियुक्तलाई पक्राउ गर्न थालेपछि सुरक्षा ब्यवस्था भरपर्दो बन्दै आएको स्थनियहरुले बताउदै आएका छन् ।

कृषि र पर्यटनको संयोजन ‘संगम शेर्पा’

डिल्ली निरौला :

भनिन्छ पर्यटन आलु विषय हो यसले समाजका हरेक क्षेत्रमा छोएको हुन्छ। समाजका सपुर्ण व्यवसायसँग पर्यटनको साइनो गासिएको हुन्छ। तर यो सैदान्तिक  विषय मात्र नएकर व्यवहारिक रुपमानै रुपान्तरण गरेकाछन् पर्यटन तथा कृषि व्यवसायी सँगम शेर्पाले ।

उपत्यकाको बीचमानै रहेको काठमाण्डौंको कपनमा उनी ५० भन्दा प्रजातीका प्राङ्गारिक कृषि उत्पादन गर्दछन् भने ५० बढी देसका पर्यटकहरुलाई ल्याएर आफ्नो प्राङ्गारिक कृषि बगैचामा घुमाउँछन्। उनको अर्गानिक कृषि केन्द्रमा गाई भैसिको सुद्घ दुध दहि घीउ देखी स्वदेसी विदेसी तरकारी फलपुल  च्याउ लगायको उत्पादन हुनुको साथै नेपाल, भारत, चिन, अमेरिका, अस्टेलिया, युरोपेली देसका पर्यटकहरु गरेका छन् ।
तरकारीमा कुरिलो, काउली, चुकन्दर, गोलभेडा, चेरी टमाटार लगायतका २० भन्दा वढी  प्रजाती, एभोकाडो, फलफुलमा अनार, आल्चा, अम्बक, जापानी मेलन, ड्रगन फ्रुट जस्ता १० प्रजाती,  सलाद परिकारमा रकेट लेट्युस, रेड लेट्युस, ग्रिन ले लेट्युस, ओक लिफ लेट्युस, आइसवक लेट्युस, आरुगुला, मैजुना लगायतका १० प्रजाती र मसलावालीमा करिपत्ता, रोजमेरी, अरिगानो, थाइम, पास्र्ली, स्यालरी, लेमन ग्रास, लेमन वार जस्ता उत्पादन गर्ने गरेको पाइन्छ ।

केही बर्ष युरोप र अमेरिका समेत बसेर स्थाई बसोवास कार्ड भए पनि यनी स्वदेसमानै केही गर्नको लागि नेपाल फर्केर काम गरेको बताउँछन्। विश्वको विभिन्न देसमा भएको कृषि पर्यटनबाट प्रभावित भएपछि उनले नेपालमानै यस्तो व्यवसाय स्थापित गर्न कोशिस गरेको बताए । हाल उपत्यकाको चक्रपथदेखी केही भित्र कपनमा उनले ३० रोपनी जग्गामा विभिन्न प्रजातिका कृषिजन्य उत्पादन गरि रहेका छन् ।

उनले हरेक दिन आफ्ना उत्पदनहरु स्वदेशी तथा विदेशी बजारमा पठाउने गरेका छन्। उपत्यकाको मुख्य सुपरमार्केट भाटभटेनीमा प्रत्येक विहान आफ्ना उत्पादनहरु पठाउने गरेका छन्। नेपाली बजारकमा विभिन्न  प्राङ्गारिक उत्पादनहरु र विदेसमा मह, अनार जस्ता आफ्ना नेपाली उत्पादनको बजारमा राम्रो माग भएकोले अफ्नो उत्पादनले पुर्ति गर्न नसकेको उनको भनाई छ ।

जग्गा भाडामा लिएर सुरु गरेको यो परम हाउस तीन बर्ष अघी बाट सुरु गरेका हुन । सुरुको दुई बर्ष घाटामै गएपनि हालमा उनले गरेको लगानी उठ्न लागेको उनी बताउँछन् । हाल उनको यस प्राङ्गारिक फरममा १५ जनाले दैनिक रोजगारी पाएका छन् भने विभिन्न कृषि प्राङ्गारिक तालिम पनि सञ्चालनमा रहेको छ ।

नेपालका पदयात्रा कम्पनीको छाता संगठन नेपाल टे«किङ एजेन्सी एसोसियन टानका केन्द्रीय सदस्य समेत रहेकाले उनलाई विदेसमा आफ्ना उत्पादनहरुको प्रचार गर्न त्यति समस्या छैन। संसारका धेरै देससँग व्यवसायिक सम्बन्ध छ उनको । अफ्नै कृषि पर्यटनमा घुमाउने क्रममा उनको दुनियाँ सँगको सम्बन्ध विस्तार भएको हो । आफुले भरिया हुदा, पथप्रदर्शक हुदा र आफ्नै पदयात्रा कम्पनीको सञ्चालनका क्रममा दुनियाँ सँगको सम्बध विस्तार भएकाले यनलाई विश्वका विभिन्न देसबाट प्रङ्गारिक कृषि सामाग्रीको माग हुने गरेको हो ।

होलिडे ट्रेकिङ कम्पनीका मालिक समेत रहेका उनलाई पदयात्रा कम्पनी बाट दुनियाँका देसमा भएको सम्बन्ध व्यवसायमा सहयोग गर्ने मुख्य पाटो बनेको छ। टानको केन्द्रीय सदस्य समेत भएका हुनाले यनलाई पर्यटन र कृषिको सम्बन्ध स्थापित गर्न सजिलो भएको हो।

तप्लेजुङको सुदुर गाउँवाट काठमाण्डौं आउँदा संगम शेर्पा सँग काडमाण्डौं आउँदा आषा र अपेक्षा बाहेक केही पनि थिएन। पर्यटकको भारि बोकेर उपत्यका झुक्किएर जस्तै पुगेका उनलई उपत्यका आएपछि पर्यटक जस्तै आकास आकासमा उड्ने त चाहना थियो तर उनको योग्यता भने भारि बोक्नु मात्र थियो। आकास आकासमा उटेका पर्यटकको भारि बोक्दै गर्दा उनले आकासमा उड्ने चाहना लाई मारेनन् आफै पर्यटन व्यवसायी बन्ने सपनामा पनि सफल हुदै गए । आखिरमा आज पर्यटन र कषिको नजिकको साइनोलाई व्यवहारमानै रुपान्तरण गरेर नमुना व्यवसायिक बनेका छन् ।

सपनै सपनाको सहर काठमाण्डौंमा उनले गाउँमा सिकेको बह्रखरीको सामान्य ज्ञानले केही मात्र काम गर्ने गर्दथ्थो। आफुमा भएको भरियाको सिपलाई प्रयोग गरेर उनले विस्तारै पदयात्राको पथप्रर्शकको काम पाए। यसवाट नेपालका अधिकांस हिमाल र अन्य भुगोलको राम्रो जानकारी बनाएर उनी अफै कम्पनी खोल्ने तयारीमा जुटे । त्यसवाट दुनियाँका विभिन्न देसको यात्रा गर्ने अवसर पाइकाले उनले आफुलाई विश्वका विभिन्न देसको यात्रा पनि गरे। तर युरोप र अमेरिकामा भएको कृषि पर्यटनमा भएको कामले उनलाई त्यहँ बस्ने दिएन  र नेपाल फर्केर आफ्नै पर्यटन र कृषिको संयोजीत व्यवसाय सुरु गरे कपन प्राङ्गारिक कृषी केन्द्र ।

दसवर्ष लामो भरियाको कठिन थात्रा पछि उनलाई उपत्यकाको नेपालको नामुद थामसेर्कु पथयात्रा कम्पनीले पथप्रर्दकको जागिर दिलाएपछि बाँच्ने आधार बन्यो । तर आज उनले धेरैलाई रोजगारी दिएर अरुको पनि भविश्य सुनिश्चीत गराएका छन् भने कृषि पर्यटनको लागि नमुना व्यवसायी बनेका छन्।

पुस्तक प्रदर्शनीमा तपाइँ पो छुट्नु भो कि ?

हरिसुन्दर छुका-

‘पुस्तक पढ्नु, नदीमा नुहाउनु जस्तै हो’ भन्ने ग्रिक दार्शनिक हेराक्ल्टिस्को भनाइले जीवनमा पुस्तक पढ्नु भनेको के हो भन्ने छर्लङ्ग्याएको छ । निश्चय नै हरेक दिन नदीमा नुहाउँदा शरीरलाई मिल्ने ‘नयाँ स्फुर्ती’ जस्तै पुस्तक अध्ययनले जीवनमै ‘नयाँ स्फुर्ती’ दिन्छ । यसै कारण पुस्तकप्रति थोरै मात्र भए पनि ध्यान दिने जो कोही मानिस आफ्नो दैनिकीको सुरुवात र अन्त्य पुस्तकबाटै गर्छन् ।

जीवनमा पठनको महत्व र पठनका लागि पुस्तककको महत्व कति छ भन्ने कुरा ब्याख्या गरी सकिँदैन । यसैले पुस्तक पठनका लागि जागरुक बन्नु, बनाउनु अहिलेको समयको माग र आवश्यकता हो किनकि २१ औं शताब्दीको समयलार्य सजिलै पार गर्ने ‘अस्त्र’, र ‘विधि’ दुबै पुस्तकका पानाभित्र रहेका छन् ।

यही सन्दर्भमा अहिले गएको शुक्रबार (जेठ १४ गते) बाट राजधानीको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको २० औं संस्करण जारी छ । ‘पढ्नलाई प्रेरणा’ भन्ने गहन र गम्भीर विषयलाई मुख्य नारा बनाएर पूर्णत पठन संस्कृतिको विकासप्रति समर्पित प्रदर्शनीमा दिनानुदिन बढिरहेको पाठक तथा पुस्तक प्रेमीहरुको घुइँचोलाई हेर्ने हो भने प्रदर्शनी पुस्तकको संसारमा रमाउने, रमाएका र रमाउन मन पराउने ‘असल’ र ‘शक्तिशाली’ पाठकहरुको साझा थलो बनिरहेको छ ।

किन आउने प्रदर्शनीमा ?

अत्यावश्यक छ पुस्तक, जीवनका लागि । पुस्तकको प्रवद्र्धनका लागि आवश्यक छ पुस्तक प्रदर्शनी । ‘पुस्तक प्रदर्शनीले लेखक, पाठक र प्रकाशकलाई एकै थलोमा उभ्याउने मञ्च तयार गरेको छ, यस्ता प्रदर्शनीहरु व्र्षमा धेरैपटक हुनुपर्छ ।’ प्रदर्शनीको आवश्यकताबारेमा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रतीले भने । उनले पुस्तक प्रदर्शनीले नै पठन संस्कृतिको विकासको आधार बन्ने कारण प्रदर्शनी आवश्यक भएको उल्लेख गर्दै   प्रदर्शनी छुटाउनु भनेको दैनिक जीवनमा गर्नुपर्ने महत्वपूर्ण काम छुटेको बराबर हुने बताए । हो, अहिले वर्षमा धेरैपटक पुस्तक प्रदर्शनीहरु हुने गरेका छन् ।

यस्ता प्रदर्शनीको ‘गुह्य स्वार्थ’ जेजस्तै भए पनि बाहिरी र ‘देखिने स्वार्थ’ चाहिँ पक्कै पनि पठन संस्कृतिको विकास नै हो भन्दा अत्युक्ति हुन्न । वास्तवमा प्रदर्शनीको अर्थ धेरै कुराहरुलाई एकै ठाउँमा राख्नु हो । धेरै कुराहरु एकै ठाउँमा पाइँदाको फाइदाबारेमा चर्चा गर्नुभन्दा पनि हरेक वर्ग, उमेर समूहका व्यक्तिहरुलाई चाहिने तथा आफूले खाजेको, आफ्नो रुचि अनुसारको पुस्तक प्रदर्शनीमा पाइनाले मनको इच्छा र आकांक्षा पनि पूरा गर्न प्रदर्शनीले सघाउँछ । यति मात्र नभएर प्रदर्शनीमा सहभागी भएपछि पुस्तक रुपी सागरमा डुबुल्किँदै त्यहाँको आनन्दपान गर्न पाइन्छ ।

यतिमात्र नभएर अझ वरिष्ठ बाल कथाकार विनयकुमार कसजु त पुस्तक प्रदर्शनीलाई छुटाउनै नहुने कर्मका रुपमा लिन्छन् । उनले पुस्तक प्रदर्शनीमा युवा, विद्यार्थी, अभिभावकको मात्र सहभागिता नभएर स–साना विद्यार्थीहरुको पनि उल्लेख्य सहभागिता गराउनुपर्नेमा जोड दिन्छन् । ‘पुस्तक प्रदर्शनीमा विद्यार्थीहरु, स–साना बालबालिकाहरुलाई सहभागी गराउन पायौं भने उनीहरुले जीवनभरका लागि ज्ञान बटुल्छन्, उनीहरु दंग र अचम्म हुन्छन्, उनीहरु प्रेरित हुन्छन् ।’ कथाकार कसजु भन्छन् ।

पक्कै पनि पुस्तक प्रदर्शनी औपचारिकता मात्र होइन । प्रदर्शनीले सिर्जना गर्ने जीवन्त वातावरणले ससाना बालबालिकादेखि ज्येष्ठ नागरिक, विभिन्न पेशामा संलग्न व्यक्तिहरुले पनि ज्ञान हासिल गर्न सक्छन् । समग्रमा नितान्त पुस्तक र पठन संस्कृतिलाई केन्द्रीय विषय बनाएर हुने छलफल, अन्तरक्रिया, भेटघाटले प्रदर्शनीलाई ‘संगम स्थल’ बनाएको कारण त्यो संगम स्थलमा सहभागिता जनाउनु आवश्यक छ, भन्छन कथालय प्रकाशनका सिइओ राजीव प्रधान ।

मानिसलाई अन्तर आत्मादेखि नै उद्धेलित गराएर जगाउने काम गर्छ पुस्तकले  । पुस्तक पढ्दा नयाँ ज्ञान मिल्छ । यस्तो विशेषता र सदावहार गुणको खानी पुस्तक पढ्ने बानीको विकासका लागि गरिएको प्रदर्शनीमा सहभागी हुनु ‘अभागी’ नहुने बाटो पहिल्याउनु सरह हो । ‘हेरौं न, प्रदर्शनीमा आएका जो कोही पनि जिज्ञासु देखिन्छन, सबै आआफ्नो रुचि अनुसारका स्टलमा गएर पुस्तकतिर आँखा दौडाइरहेका हुन्छन, कोही लेखकसँग नजिकै बसेर अन्तरक्रिया गरिरहेका हुन्छन्, यस्तो अवसर पुस्तक पसलमा कहाँ ?’ प्रतिप्रश्न गर्दै केन्द्रीय बाल साहित्य प्रष्ठिानका संयोजक एवं बाल साहित्यकार कार्तिकेय घिमिरेले प्रष्टयाए ।

‘म पुस्तक र मोतीमा यत्ति फरक देख्दछु कि मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा ।’ महात्मा गान्धीको पुस्तकप्रतिको यो धारणाले पुस्तक प्रदर्शनीमा सहभागी हुँदा मिल्ने प्रत्यक्ष फाइदालाई पनि प्रतिविम्वन गरेको छ । प्रदर्शनी हेर्दै, पुस्तक छान्दै, छाम्दै, पुस्तकका पानाहरु पल्टाउँदै, कितावी सुगन्धबाट मोहित हुँदै अढाइ घन्टा बितेको समय ‘बेफ्वाँक’ को हुन्न । पुस्तकको त्यो निश्चल सागरमा रमाउन पाउँदा हत्तपत्त निस्कन मन नलाग्नु प्रदर्शनीको विशेषता नै हो ।
प्रदर्शनीमा के कुरा पाइँदैन ?, कुन विषयको पाइँदैन, खाजेको के कुरा पाइँदैन ? यो प्रश्नको जवाफमा आयोजक जेम्सका प्रबन्धक सन्तोष क्षत्री भन्छन्, ‘विज्ञान, समाज, कला, साहित्य, भूगोल, राजनीति, जीवन, दर्शन, फिल्म, बाल साहित्यमात्र नभएर आफूले खाजेको विषयका सम्पूर्ण पुस्तकहरु प्रदर्शनीमा छन् ।’

प्रदर्शनीमा स्टलहरुले दिने गरेका सहुलियत, स्टलमा आवद्ध व्यक्तिहरुको पाठकमैत्री व्यवहारले सबैलाई आर्कषित गरेको छ । स्वदेशी प्रकाशकहरु मात्र नभएर विदेशी प्रख्यात प्रकाशकहरुको पनि सहभागितामा भइरहेको प्रदर्शनीमा एकसय भन्दा बढी स्टलहरु रहेका छन् । ३५ हजार स्क्वायर फिट क्षेत्रफलमा गरिएको प्रदर्शनीमा दैनिक १ हजार ५ सयको हाराहारीमा पाठहरुको ओइरो लागिरहेको छ । पढौं र पढाऔं, पठन संस्कृतिको विकासका लागि भइरहेको अभ्यासमा तपाइँ पो छुट्नु भो कि ? प्रदर्शनी आगामी शनिबार (२२ गते) सम्म चल्नेछ ।

अछाममा ट्याक्टर दुर्घटनामा २ को मृत्यु, ७ गम्भिर

२० जेठ, अछाम ।
अछामको मंगलसैन नगरपालिका वडा नम्बर ४ कैलाशखोलामा ट्याक्टर दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २ जना पुगेको छ भने ७ जना घाइते भएका छन् ।

मंगलसैनबाट साँफेबजार गैरहेको से १ त ६१६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा साँफेबगर नगरपालिका वडा नम्बर ९ का ४० बर्षिय एकराज भुलको उपचारको लागि लैजादै गर्दा बाटोमै ज्यान गएको हो भने एक जनाको बयालपाटा अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ ।

साँफेबगर नगरपालिका वडा नम्बर ६ का करिब १६ बर्षीय सरोज कुँवरको उपचारको क्रममा ज्यान गएको अछामका प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले जानकारी दिनुभयो ।

बेलुकी ५ बजेतिर ट्याक्टर दुर्घटना हुँदा सडकबाट करिब ५० मिटर तल खसेको थियो । अन्यका उपचार भैरहेको छ ।

उपराष्ट्रपति भन्छन्-‘कृषिमा लगानी बढाए बिदेशीएका युवाको भविष्य यहीं उज्यालो छ’

२० जेठ, काठमाडौं ।
उपराष्ट्रपति नन्दबहादुर पुनले देशको अर्थतन्त्र दह्रो बनाउन कृषि तथा पशुपक्षी विकासका क्षेत्रमा बजेट बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाल भेटेनरी एसोसिएसनको बाह्रौँ सम्मेलन बुधवार काठमाण्डौमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले राज्यले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्ने हो भने विदेशीएका युवाले यही आफ्नो भविष्य देख्ने र कृषि पेसामा आवद्ध हुने बताउनु भयो ।

उपराष्ट्रपति पुनले सरकारले तयार पारेको २० वर्षे कृषि विकास रणनीति प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न आवश्यक रहेकोमा पनि जोड दिनु भयो ।

कार्यक्रममा कृषि विकासमन्त्री हरिबोल गजुरेलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा किसान सुरक्षा कोष, निवृत्तिभरणलगायत उत्साहित योजना भए पनि बजेटमा खाली ‘सम्भ्यावता अध्ययन गरिने छ’ मात्र भनिएकाले यो सच्याउनुपर्ने बताउनुभयो ।

पशुपक्षी विकास राज्यमन्त्री नरदेवी पुनले कृषि क्षेत्रको वस्तु आयातका लागि वार्षिक  १८ अर्ब भन्दा बढी रकम विदेशिने गरेकोले आगामी दुई÷तीन वर्षभित्र कृषि वस्तु अयात विस्थापन गर्ने लक्ष्यमा मन्त्रालयको रहेको बताउनुभयो ।

मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले मन्त्रालयले पशुपक्षीको विकासका लागि नश्ल सुधार, आहार, स्वास्थ्य र पशुजन्य पदार्थको सुधारका योजनालाई अघि बढाइएको जानकारी दिनुभयो । एसोसिएसनका अध्यक्ष डा रामकृष्ण खतिवडाले भेटेनरी सेवालाई अत्यावश्यक सेवाको रुपमा विकास गर्न आफूहरू लागिपरेको बताउनुभयो ।

सरकारले आगामी बजेट मार्फत चितवनको भरतपुरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्ने  भएको छ ।

सेनाद्वारा तेह्र वर्ष अगाडिको बम निस्क्रिय

तत्कालीन द्वन्द्वका बेला करिब १३ वर्षअघि गाडिएको बेवारिसे बम नेपाली सेनाको टोलीले लेखमा निस्क्रिय पारिएको छ ।

नारायण नगरपालिका–१ पुरानो बजार बारुथथान नजिक चन्द्रप्रसाद सिग्देलको बारीमा गाडेर राखिएको बम मकै गोड्न जाने क्रममा स्थानीयले फेला परेका थिए ।

उपचारमा राज्य ढुकुटीको डेढ करोड खर्चेका प्रधानमन्त्री भन्छन्-‘उपचार अभावमा कोही मर्नु नपरोस्’

१९ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका सम्भावना हुँदाहुँदै कसैले पनि उपचार नपाएर मर्नु नपरोस् भन्नेमा सरकार सचेत रहेको बताउनु भएको छ ।

डायलाइसिस उपचार निःशुल्क बनाएकोमा धन्यवाद दिन बालुवाटार पुगेको मिर्गौला पीडितहरुसंगको भेटमा प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवा सुलभ र सबैको पहुँचभित्र पार्न सरकारले विभिन्न कार्यक्रम ल्याएको बताउनु भयो ।

पीडितको तर्फबाट साहित्यकार दाहाल यज्ञनिधिले आभारपत्र पढेर सुनाउँदै डायलोसिसकै अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अब पीडितहरुलाई नरहेको बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

स्मरणीय छ किड्नी खराबी लगायतको गम्भिर रोग लागेर मृत्युको मुखमा पुगेको हल्ला चलेपनि पूर्ववर्ती सुशील कोइराला सरकारबाट १ करोड बढी रकम र पछि समेत उपचारको लागि थप रकम लिएर ओलीले उपचार गरेका थिए ।

अझैसम्म नियमीत औषधी र उपचार गराइरहेका प्रधानमन्त्री ओलीले थाइल्याण्ड, सिंगापुर, भारत लगायत देशमा उपचार गराएका थिए ।

ट्याक्टर दुर्घटनामा पाँचजनाको मृत्यु

१९ जेठ, ओखलढुङ्गा ।
ओखलढुङ्गाको फुलबारी गाविसमा आज दिउँसो करिब ४ः३० बजे ट्याक्टर दुर्घटना हुँदा चार स्कुले किशोरसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

स्वास्थ चौकीको सामान लिएर चिप्लेघोडाखरीबाट बिलन्दु जाँदै गरेको ना.५ त. २५१२ नम्बरको ट्याक्टर फुलबारी गाविस–५ मा दुर्घटना हुँदा ट्याक्टरमा सवार खोटाङ च्यास्मिटार–५ का ३५ वर्षीय हिरीबहादुर राई, ओखलढुङ्गा बिलन्दु गाविस–५ का १५ वर्षीय विष्णु बराल, सोही ठाउका १५ वर्षीय मिलन घिमिरे, १५ वर्षीय अमिर घिमिरे र फुलबारी गाविस–५ का १४ वर्षीय मनिष खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक टीका कार्कीले टेलिफोनमा जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकमध्ये चारजना स्थानीय ज्ञानप्रकाश उच्चमावि चिप्लेघोडाखरीका विद्यार्थी रहेका छन् । उनीहरु उक्त ट्याक्टरमा विद्यालयबाट घर फर्कदै थिए ।

दुर्घटनामा परी फुलबारी–४ का ट्याक्टरका सहचालक २० वर्षीय प्रेम थापा गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । दुर्घटनापछि ट्याक्टरका चालक फरार छन् ।

मधेशी मोर्चा संसद बहिस्कार गर्दै भत्ता थाप्दै

१९ जेठ, काठमाडौं ।
व्यवस्थापिका–संसद्को आजको बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गरेको छ ।

बैठकको प्रारम्भ हुनासाथ मोर्चासँग सम्बन्धित दलका सदस्य आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएपछि सभामुख ओनसरी घर्तीले नेपाली जनता दलका सांसद हरिचरण साहलाई बोल्नका लागि समय प्रदान गर्नुभएको थियो ।

बैठकमा उहाँले लामो समयदेखि जारी आन्दोलनलाई बेवास्ता गरिएको भनी आपत्ति जनाउँदै आफूहरुले उठाएको मागलाई सम्बोधन नगरिएकाले आजको बैठक बहिस्कार गरेको घोषणा गर्नुभयो ।

त्यस सँगै मोर्चासँग आबद्ध सांसद बैठकबाट बाहिरिएका थिए । बैठकमा उपस्थित भएर बाहिरिएपनि मोर्चाका सबै नेताले संसद बहिस्कार गर्दै ६ महिना नाकाबन्दीमा भारतलाई सहयोग गरेको समय देखीको समेत भत्ता बुझेर लिइसकेका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web