अन्तत:कांग्रेसको अडानमा झुक्यो सरकार,कांग्रेसले सदन अवरोध नगर्ने

जेष्ठ १८, २०७३ मा प्रकाशित | 834 views

काठमाडौं,जेठ १८ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बजेटबारे छलफल गर्न सोमवार बोलाइएको बैठक  चार पटकसम्म अबरोध गरेपछि कांग्रेसको माग सम्बोधन गर्न सरकार तयार भएको छ । ब्यवस्थापिका संसदमा बजेट पेश गर्नुअघि नै सार्वजनिक भएको बारेमा  अर्थमन्त्री विष्णु पौडेलले स्पष्टिकरण दिने भएका छन् ।बजेटबारे छलफल गर्न सोमवार बोलाइएको बैठक कांग्रेसको कारण सञ्चालन हुन सकेन् । अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्नु अघि नै सूचना चुहिएको भन्दै कांग्रेसले पटक पटक संसद अवरुद्ध परेको थियो ।

प्रधानमन्त्री केपी ओलीले भने  बजेट सार्बजनिक नहुँदै यसअघि पनि पत्रपत्रिकामा आउने गरेको दाबी गर्दै छानबिन गर्न इन्कार गरेका थिए । तर कांग्रेसले सदन चल्न नदिने देखिएपछि सत्तारुढ दलहरुको मंगलबार विहान बसेको बैठकले छानविन गर्न समिति बनाउने निर्णय गरेका हुन् । बालुवाटारमा बिहान बसेको सत्तारुढ दलहरूको बैठकले विपक्षी दलको मागअनुसार छानिवन समिति बनाउने निर्णय भएको बैठकपछि राप्रपा नेपालका मुख्य सचेतक दिलनाथ गिरीले जानकारी दिए । संसद वैठक आज बोलाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web