१८ जेठ, काठमाडौं ।

नेपालको साहसिक पर्यटन 'पर्वतारोहण' बारे पुस्तकका माध्यमबाट विश्वभर प्रचार गर्दै आएकी चिनियाँ विख्यात आरोही वाङ जिङको दोस्रो कृति ‘साइलेन्स अफ द समिट’ सार्वजनिक भएको छ ।

सर्वोच्च शिखर सगरमाथाको तीनपटक सफल आरोहण गरेकी लेखिका वाङको पुस्तकमा सगरमाथासहित सात महादेशका अग्ला हिमालको अवस्था र आरोहण भोगाइबारे उजागर गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आरोही वाङ्को उक्त पुस्तकको प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक गर्नुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले पछिल्लो पुस्तकले नेपालको पर्वतीय पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्नुका साथै नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पु¥याउन मद्दत पुग्ने बताउनुभयो ।

नेपालका लागि चिनीयाँ राजदूत वु छुन्ताईले चीन र नेपालको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन आरोही वाङको पुस्तक सान्दर्भिक हुने बताउनुभयो ।

१८ जेठ, काठमाडौं ।
हुम्ला सदरमुकाम सिमकोटमा पहिलोपटक ‘हुम्ला सांस्कृतिक महोत्सव’को आयोजना गरिएको छ ।

सञ्जीवनी कला केन्द्र र हुम्ला जिल्ला विकास समितिको संयुक्त आयोजनामा हिजो र आज भएको महोत्सवमा जिल्लाका २७ गाउँ विकास समितिले भाग लिएका छन् ।

महोत्सवमा पुराना सांस्कृतिक झाँकी, महाकाल, ढाल तरबार, देउडा गीत, छुटके नाच, लोक गीत, नृत्य गरी ३७ टोलीले भाग लिएको जिल्ला विकास समिति हुम्लाले जनाएको छ ।

१८ जेठ, काठमाडौं ।
नेपाल र लाओसबिच भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल १-१ गोलको बराबरीमा सम्पन्न भएको छ ।

लाओसको भियान्तियान स्थित राष्ट्रिय रङ्गशालामा आईतबार साँझ भएको खेलमा नेपालले ७६ औँ मिनेटमा विशाल राईको गोल मार्फत अग्रता लिएको थियो ।

तर त्यसको दुई मिनेट पनि नबित्दै लाओसले बराबरी गोल फर्काएको थियो ।

नेपाली राष्ट्रिय फुटबल टिम मंगलबार काठमाडौँ फर्कदैँ छ ।

ए यफ सी अण्डर १४ फुटबल महोत्सव सोमबार सम्पन्न भएको छ ।

तजिकिस्तानको दुशान्वेमा भएको महोत्सवमा नेपालले किर्गीस्तन र अफ्गानिस्तानलाई पराजित गरेको थियो भने ईरान, ताजिकिस्तान र भारत संग पराजित भएको थियो ।

१८ जेठ, एजेन्सी  ।

तीन वर्षदेखि कोलकातामा बसिरहेकी एक नेपाली युवती कोलकोत्तामा गाडीभित्र सामुहिक बलत्कारको शिकार भएकी छिन् ।

आइतबार राति त्यहाँको साल्ट लेक एरियाबाट राति ११ बजे उबर क्याब (ट्याक्सी) चढेर कफी सप जान निस्किेकी नेपाली युवती बलात्कृत भएकी हुन् । सेक्टर भिको कलेज मोर नजिकै उनी झरिन् तर कहाँबाट जाने हो अलमलमा परिन् ।

नजिकै एक युवक उभिएका थिए। उनले सहयोग मागिन्।केटाले आफूलाई त्यो पसल कहाँ हो थाहा नभएको तर साथीहरुलाई बोलाएर बताउन सक्ने जवाफ दिए ।

प्रहरीलाई ती नेपाली युवतीले दिएको बयानलाई उद्धृँत गर्दै इन्डियन एक्सप्रेस र इन्डिया टुडेले जनाए अनुसार त्यसपछि त्यो युवकले कसैलाई फोन गरेर बोलाए ।

एकैछिनमा एसयुभी चढेर तीन जना केटाहरु बए। उनीहरुले कफी पसलसम्म जान लिफ्ट दिने बताए। युवती र फोन गर्ने युवक चढ्ने बित्तिकै गाडी हुँइकियो ।

गुडिरहेको कारमा उनीहरुले सामूहिक बलात्कार गरे र साल्ट लेकको वैशाखी मोरमा पुर्यातएर सोमबार बिहान ३ बजेतिर गाडीबाट फ्याँकिदिए। एक अर्कै ट्याक्सी ड्राइभरले उनलाई देखेपछि नजिकैको विधाननगर नर्थ पुलिस स्टेसनमा पुर्योइदिए । त्यहाँ उनले उजुरी दर्ता गराइन् ।

पत्रिकाका अनुसार अहिले प्रहरी सिसिटिभी क्यामेरा फुटेज हेर्दै गाडी पहिचान गर्ने कोशिश गरिरहेको छ। नेपाली युवतीलाई विधाननगर सब डिभिजन अस्पतालमा भर्ती गरिएको छ। चिकित्सकहरुले बलात्कार भएको पुष्टि गरेका छन् ।

१८ जेठ, एजेन्सी ।
सिरियामा बेपत्ता भएका जापानी पत्रकार मलाई मद्दत गर्नु , यो मेरो अन्तिम अवसर हो लेखिएको बिल्ला भिराइएर अपहरणकारीबाट सार्वजनिक भएका छन् ।

समाचार अनुसार अतिवादी ईश्लामिक समुह अल काइदासंग सम्बन्धित समूह जिहादी अल नुर्सले उनलाई गत जुलाईदेखी बन्धक बनाएर राखेका छन् ।

पत्रकार जुम्पी यासुडा सिरियाको बसिरियामा अपहरित भइ हाल बेपत्ता छन् । यसअघि अपहरित व्यक्तिबारे स्पष्ट हुन नसकेको बताएको जापान सरकारले अपहरित यासुडा जापानी नागरिक भएको पुष्टि गरेको छ ।

अतिवादीहरुले उनलाई अपहरणपछि कहाँ राखेको र मागका सम्वन्धमा खुलाएका छैनन् । जापान सरकारले भने बन्धक भएका यासुडाको मद्दतका लागी सबै प्रयास गरिने बताएको छ ।

जापानका पररष्ट्र मन्त्री फुमिओ किसिडाले सोमबार तस्विरमा देखिएका व्यक्ति यासुडा नै भएको भन्दै मन्त्रिपरिषदमा उनलाई छुटाउन र उनका बारेमा जानकारीहरु संकलन गर्न थालिएको बताएको छ ।

पछिल्लो समय द्धन्द्धग्रस्त मुलुकहरु इराक, सिरिया, अफगानिस्तान लगायतका देशमा पत्रकारहरुको असुरक्षा बढ्दै गइरहेको छ ।
अतिवादी समुह ईश्लामिक स्टेटले गत बर्ष एक अमेरिकी पत्रकार सहित केहीको विभत्स हत्या गरेको फोटो र भिडियो सार्वजनिक गरेको थियो भने सो उनिहरुको पकड रहेको क्षेत्रमा न्युनतम मानव अधिकार समेत हनन भइरहेको संयुक्त राष्टसंघले बताउँदै आएको छ ।

काठमाडौं,जेठ १८ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बजेटबारे छलफल गर्न सोमवार बोलाइएको बैठक चार पटकसम्म अबरोध गरेपछि कांग्रेसको माग सम्बोधन गर्न सरकार तयार भएको छ । ब्यवस्थापिका संसदमा बजेट पेश गर्नुअघि नै सार्वजनिक भएको बारेमा अर्थमन्त्री विष्णु पौडेलले स्पष्टिकरण दिने भएका छन् ।बजेटबारे छलफल गर्न सोमवार बोलाइएको बैठक कांग्रेसको कारण सञ्चालन हुन सकेन् । अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्नु अघि नै सूचना चुहिएको भन्दै कांग्रेसले पटक पटक संसद अवरुद्ध परेको थियो ।

प्रधानमन्त्री केपी ओलीले भने बजेट सार्बजनिक नहुँदै यसअघि पनि पत्रपत्रिकामा आउने गरेको दाबी गर्दै छानबिन गर्न इन्कार गरेका थिए । तर कांग्रेसले सदन चल्न नदिने देखिएपछि सत्तारुढ दलहरुको मंगलबार विहान बसेको बैठकले छानविन गर्न समिति बनाउने निर्णय गरेका हुन् । बालुवाटारमा बिहान बसेको सत्तारुढ दलहरूको बैठकले विपक्षी दलको मागअनुसार छानिवन समिति बनाउने निर्णय भएको बैठकपछि राप्रपा नेपालका मुख्य सचेतक दिलनाथ गिरीले जानकारी दिए । संसद वैठक आज बोलाईएको छ ।

मुम्बई,जेठ १८ । भारतको महाराष्ट्रस्थित पुलगाउँमा रहेको सेन्ट्रल एम्युनिसन डिपोमा आगलागी हुँदा २ सैनिक अधिकारीसहित १८ जनाको मृत्यु भएको छ । बिस्फोटपछि आगलागी हुँदा धेरै क्षति भएको समाचार संस्था पिटिआईले जनाएको छ । घटनामा सेनाका दुई उच्च अधिकारी र १७ जना जवान घाइते भएका छन् । आगलागीपछि छेउमा रहेका ६–७ गाउँ खाली गराइएको छ भने १ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । आगलागी शुरु भएको स्थानमा भने आगलागी नियन्त्रण गरिसकिएको बताइएको छ । घटनाको छानबिन गर्न विशेष टोली गठन गरिएको छ ।

काठमाडौं,जेठ १८ । त्रिभुवन विश्वविद्यालय, परिक्ष नियन्त्रण कार्यलय बल्खुले २०७३ सालमा सञ्चालन गर्ने स्नातक तह दोस्रो बर्षको परीक्षातालिका सार्वजनिक गरेको छ । मानविकी, व्यवस्थापन, विज्ञान,कानुन र शिक्षाशास्त्र संकायको नियमित तथा प्रईभेट परीक्षादिने विद्यार्थीहरुको परीक्षातालिका सार्वजनिक गरेको छ । परीक्षा बिहान ७ देखि १० र दिउसो १ बजे देखि ४ बजे सम्म संचालन हुने परीक्षा नियत्रण कार्यलय बल्खुले जनाएको छ । साथै परीक्ष फर्म भर्न छुटेका विद्यार्थीहरु लाई जेष्ठ २६ र २७ गते दुई दिन समय दिएको छ ।

१८ जेठ, भक्तपुर ।
काठमाण्डौबाट ठिमी तर्फ आउँदै गरेको बा. ७४ प. ५२४८ नम्बरको मोटरसाईकल कौशलटारमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

दुर्घटनामा मोटरसाईकल चालक मध्यपुरथिमि नगरपालिका ९ बस्ने वर्ष २७ का सुरेन्द्र श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी बृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।

गएराती तिब्र गतिमा आएको तीन जना सवार मोटरसाईकल ६ लेन सडकको डिभाईडरमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

मोटरसाईकलमा सवार रहेका मध्यपुरथिमि नगरपालिका ८ बस्ने वर्ष २७ का संजय श्रेष्ठ र सोही नगरपालिका ९ वस्ने वर्ष २७ का मुकेश श्रेष्ठको भने नागरिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

१८ जेठ, पर्वत ।
सल्यान जिल्ला घर भई पर्वत सदरमुकाम कुश्माबजारमा मजदुरी गर्दै आएका एक व्यक्तिको छतबाट खसेर मृत्यु भएको छ ।

सल्यानको काग खोला ९ का ५५ बर्षिय लिलाधर खड्काको छतको छतबाट खसेर मृत्यु भएको हो ।

मंगलबार विहान करिव ६ बजेको समयमा खड्काको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । कुश्मा नगरपालिका ९ वडागाउँ स्थित लामिछाने होटलको छतबाट खसेर खड्काको मृत्यु भएको हो ।

मृतक खड्काको सव सडकमा घोप्टो परेको अवस्थामा भेटिएको र पोष्मार्टमका लागि जिल्ला अस्पताल पर्वतमा पठाइएको प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिए ।

१८ जेठ, चरिकोट ।
पानीको विषयमा विवाद हुदा दोलखा मिर्गे गाविस वडा नम्बर ५ चिलाउने खर्कका ५४ बर्षिय केशव दाहालको हत्या भएको छ ।

छिमेकी ५२ बर्षिय अम्बरबहादुर तमाङले खुकुरी प्रहार गरी केशवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिनु भयो ।

घट्नामा मृतक केशवको श्रीमती सिता दहाल घाईते भएको प्रहरीले जनाएको छ । ढाडमा खुकुरी प्रहारबाट चोटलागेको सितालाई उपचारको लागि सदरमुकाम चरिकोट ल्याईएको प्रहरी निरीक्षक कुर्मीले बताउनु भयो ।

प्रारम्भीक घट्ना विवरण अनुसार केहि समय अघि देखि केशव र छिमेकी अम्बरबहादुर बीच पानीको विषयमा विवाद भएको थियो ।

आज विहान ६ः ३० बजे तिर मादक पदार्थ सेवन गरी आएका अम्बरबहादुरले घरमा गहु केलाउदै गरेकी आफ्नी श्रीमती शेषमाला तमाङसंग झगडा गरेका थिए । लगतै छिमेकी तल्लो घरका केशव र सिता दहाललाई खुकुरी प्रहार गरेको स्थानियले बताएका छन् ।

खुकरी प्रहारबाट टाउको र गर्दनमा चोट लागेको केशवको घट्ना स्थलमै मृत्यु भएको थियो ।
घट्नाबारे बिस्तृत अध्यन भै रहेको र अभियुक्त अम्बरबहादुर फरार रहेकोले खोजि भै रहेको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिनु भयो ।

सिमलटारी,जेठ १८ । व्यवसायिकरणको बाटोमा लम्किरहेको गुल्मी जिल्लास्थित मर्भुङ गाविसको सिमलटारीलाई आधार बनाएर एम्बुलेन्स संचालन गर्न पहल थालिएको छ । सडक यातायातको पहुँच पुगेपनि स्तरीय स्वास्थ्य संस्था तथा एम्बुलेन्सको अभावमा यहाँका बासिन्दा आकस्मिक उपचारबाट बन्चित छन् । एम्बुलेन्स खरीद गर्न अहिले यूवाहरु आर्थिक सहयोग जुटाउने अभियानमा छन् ।

सिमलटारी फ्रेन्ड्स क्लवले यस अभियानको नेतृत्व गरिरहेको छ । क्लवले एम्बुलेन्स संचालन गर्ने अभियानमा सहयोग गर्न सरोकारवाला सबैमा आग्रह गरेको छ । ‘हामी मानिसलाई अकाल मृत्युबाट जोगाउने अभियानमा छौं’, सिमलटारी ढावका स्थानीय यूवा (हाल कोरिया) भोजेन्द्र थापाले भने, ‘यस कार्यमा सबैको सहयोगको अपेक्षा गरेका छौं ।’

सिमलटारी गुल्मी जिल्ला क्षेत्र नम्बर तीनको केन्द्र हो । यहाँ आकस्मिक उपचारको व्यवस्था छैन । सिमलटारीलाई केन्द्र बनाएर एम्बुलेन्स सञ्चालन गर्दा मर्भुङ, सिर्सेनी, घमिर, अर्जे, अर्खाबाङ, महभिर, धुर्कोटलगायत एक दर्जन गाविस प्रत्यक्ष लाभान्वित हुनेछन् । एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न चाहाने दाताहरुले साइन रेसुङ्गा विकास बैंकमा खोलिएको खाता नम्बर ०१४ ००४ ००१ ००४ ५३० ००००१ मा रकम जम्मा गर्न सक्ने क्लबको भनाई छ ।

तमघास_सिमलटारी_पूकोटदह सडक पिच आयोजना चलिरहेको सिमलटारीमा पछिल्लो समय सुस्त गतिमा भएपनि व्यवसायक गतिविधि प्रारम्भ भइसकेका छन् । निकै लामो समयदेखि सडक यातायातले जोडिएपनि अदुरदर्शी स्थानिय राजनैतिक नेतृत्वका कारण सिमलटारीले अझै पनि विकासको गति समाउन सकेको छैन ।

-अच्युत पुरीको ब्लगवाट