२५ असार, काठमाडौं ।

सवारीसाधनदुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारले क्षतिपूर्तिवापत ५ लाख रुपैयाँ पाउने भएका छन् ।

बिमा समितिले उसअघिको व्यवस्था संशोधन गर्दै प्रतिव्यक्ति ५ लाख रुपैयाँ पाउने व्यवस्था गरेको हो ।

यसअघि दुर्घटनामा ज्यान गए प्रतिव्यक्ति १ लाख रुपैयाँ पाउने व्यवास्था रहेको थियो ।

समितिले शुक्रबार मोटर विमासमबन्ध निर्देशिका संशोधन गर्दै ५ लाख क्षतिपूर्तिको व्यवस्था गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

यसअघि सवारी दुर्घटनामा पर्दा यात्रु र तेस्रो पक्षले पाउने क्षतिपूर्ति रकम फरक फरक रहेकोमा समितिले एउटै दर कामय गरेको समितिका निर्देशक श्रीमान् कार्कीले जानकारी दिए ।

नयाँ व्यावस्था आगामी १ साउनदेखि कार्यान्वयानमा आउनेछ ।

सुरक्षित रहनुहोला । तापक्रम बृद्धिले जापानमा तीनजनाको मृत्यु

२५ असार, टोकियो ।
जापानमा अत्यधिक तापक्रमकै कारण कम्तीमा तीनजनाको मृत्यु भएको छ ।

जापानको क्योदो समाचार संस्थाका अनुसार विहीबार गर्मीकै कारण कम्तीमा तीनजनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

गर्मीकै कारण अन्य ४ सय ९० जनालाई अस्पताल भर्ना गरिएको समेत समाचारमा उल्लेख गरिएको छ ।

गर्मीका कारण मृत्यु हुनेमा जापान किसानहरु रहेका छन् । यसरी मृत्यु भएकामा इहिमे प्रान्तमा खेतमा काम गरिरहेका ८८ बर्षीय वृद्ध महिला र वाकायामा प्रान्तका ८१ बर्षीय महिला रहेका छन् ।

दुई बृद्धबृद्धासँगै साईतामा प्रान्तका ३६ बर्षीय पुरुषको पनि अत्याधिक गर्मीका कारण मृत्यु भएको छ ।

जापानको मौसम विभागका अनुसारजापानको पश्चिम र दक्षिण पश्चिम क्षेत्रमा शुक्रबार सम्म तापक्रम बढी रहनेछ ।

तापक्रमको बृद्धिले वायुमा न्यून चापका कारणले शुक्रबार देखि शनिबार सम्म भारी बर्षा हुने संभावना रहेको छ ।

जापानभरका ९२९ तापक्रम मापन केन्द्रबाट संकलन गरिएको तापक्रममा सबैभन्दा बढी तापक्रम पुर्वी जापानको कोशुको यामानासी प्रान्तमा ३८.६ डिग्री मापन गरिएको छ ।

त्यस्तै कावानिहोचुको सिन्जुका प्रान्तमा ३८.६ डिग्री सेलसियस गरिएको थियो भने टोकियोमा ३७.७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

तेस्रो राष्ट्रिय ईन्डोर आर्चरी : दोधारा चाँदनीका रोशन र तमन्नाले स्वर्ण पदक पाए

पप्पु गुरुङ्, २४ असार, दोधारा चाँदनी । दोधारा चाँदनीका रोशन पुन र तमन्ना क्षेत्रीको जोडीले राष्ट्रिय ईन्डोर आर्चरी प्रतियोगिता २०७३ मा स्वर्ण पदक पाएपछि दोधारा चाँदनीबासी हर्षित भएका छन् । उनिहरुको स्वागतको तयारी समेत गरिएको कञ्चनपुर आर्चरी क्लवबाट खबर प्राप्त भएको छ् । कन्चनपुर आर्चरी टिम र मनाङ्ग मर्सायाङ्गदी आर्चरी टिम तेश्रो लक्ष्मण कुमार श्रेष्ठ स्मृती राष्ट्रिय ईन्डोर आर्चरी प्रतियोगिता २०७३ मा मिक्स टिम ईभेन्टमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । स्टान्डर्ड तर्फ कन्चनपुरका दोधारा चाँदनीका रोशन पुन र तमन्ना क्षेत्रीको जोडीले तुङ्गग्राम ईन्टरनेशनलका विकास सुवेदी र अक्षिता गुरुङ्गको जोडीलाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेका हुन् । तेश्रो स्थानमा सेनाका प्रेम बि.क. र पुजा थापाको जोडी रहे । यस्तै रिकर्भ टिम ईभेन्ट (ओलम्पिक ईभेन्ट) मा मनाङ्ग मर्सायाङ्गदी आर्चरी टिमका जित मोक्तान र सुनिता मोक्तानको जोडीले सेनाका खुम बहादुर कुमाल र ज्ञानु अवालेको जोडी माथी जित हात पार्दै स्वर्णलाई खल्तिमा हाले । कास्कीका अमृत गुरुङ्ग र रश्मी दर्लामीको जोडीले कास्य पदक पाए । यस्तै टिम ईभेन्ट्स तर्फको रिकर्भमा कास्कीका अमृत गुरुङ्ग, अशिम शेरचन र होम थापाको जोडी तथा स्ट्यान्डर्डमा स्वयंभु आर्चरी क्लबका शंकर गुरुङ्ग, कर्मा वाङ्गचुक गुरुङ्ग र उर्जेन फुन्सुक दोर्जे गुरुङ्गको जोडीले कास्य पदक प्राप्त गरे । यता दोधारा चाँदनीमा रोशन पुन र तमन्ना क्षेत्रीको जोडीले मिक्स टिम ईभेन्टमा स्वर्ण पदक प्राप्त गरेकोमा उत्साह मानाउने भएका छन् । २ दिन सम्म संचालन हुने प्रतियोगिता आज समाप्त भएको आर्चरी खेलाडी होम थापाले खबर पठाएका छन् । प्रतियोगिताको उद्घघाटन संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द प्रसाद पोखरेलले गरेका थिए ।

थारुवानले सार्वजनिक गर्यो भद्र अवज्ञा आन्दोलन

काठमाडौ,असार २४ । आन्दोलतर थरुहट-थारुवान संयूक्त संघर्ष समितिले एक महिना लामो असहयोग र भद्र अवज्ञा आन्दोलनको घोषणा गरेको छ । समितिले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । घोषित आन्दोलनको कार्यक्रममा असार २४ गते देखि साउन २३ गतेसम्म नेपाल सरकारद्धार आयोजित सम्पूर्ण कार्यक्रमहरुलाई असहयोग, बहिस्कार र भद्र अवज्ञा गर्ने, सो समयमा थारु समूदायले हातमा कालोपट्टी बाध्ने थरुहट जिल्लाका प्रत्येक घर, चौक र बजारमा कालोझण्डा झुण्ड्याउने, प्रत्येक दिन दिउसो १२ बजेदेखि १ बजेसम्म एक घण्टा लाल्टिन, दियो,टुकी र मैनबत्ति बाल्ने रहेको छ ।

त्यसैगरी पायक पर्ने स्थानमा साउन १५ गते मुखमा कालोपट्टी बाधेर लाल्टीन जुलुस र धर्ना दिने, असार ३१ गते काठमाडौको न्यूरोड गेट, साउन ७ गते सिंहदरवारको पूर्वी गेट, साउन १४ गते प्रधानमन्त्री निवास र साउन २१ गते राष्ट्र संघको कार्यालय अगाडि दिउसो १२ बजेदेखि १ बजेसम्म लाल्टिन, टुकी, दियो र मैनबत्ति बालेर मुखमा कालो पट्टी बाँधी धर्ना दिने र साउन २७ गते आन्दोलन एक वर्ष पुगेको अवसरमा आन्दोलनलाई थप उचाईमा पुर्याउने गरी मनाउने रहेको छ ।

समितिले संबैधानिक परिषद, न्यायपरिषद, मन्त्रिपरिषदले राज्यको विभिन्न अंग, निकाय र तहमा भएाक मनोनयन र नियूक्तीहरु संघीय गणतान्त्रिक संविधानको मर्म र प्रस्तावना विपरित रहेको भन्द गंभिर आपत्ति प्रकट गरेको छ ।

उले एकल जातिय नस्लबादीहरुलाई हालसम्म पनि अघोषित बिशेषाधिकार र आरक्षण कायम गरेर थारुहरुलाई निषेध गरिएको यो घटना समानुपातिक प्रतिनिधित्वको विपरिष्त भएको दावी गरेको छ ।

समितिका सदस्य राजकुमार लेखीले थरुहट स्वायत्त प्रदेशको ग्यारेन्टी नभएसम्म आफूहरुको आन्दोलन नरोकिने स्पष्टपार्दै आफूहरुसँग मुद्दा मिल्ने सबै समूहसँग कार्यगत एकता हुन सक्ने बताए ।

उनले मधेसी मोर्चा र संघीय गठबन्धन देश टुक्राउने र कुनै जातिलाई लखेट्ने उद्देश्यले नभएको भए आफुहरुसँग सहकार्य हुन सक्ने स्पष्टपारे ।

‘ग्लोबल भिलेज फेस्टिवल’ मा नेपाली नृत्य आकर्षित बन्दै

क्यानाडा। क्यानाडाको टोरोन्टोको नर्थयोर्कमा प्रत्येक बर्ष संचालन गरिने “ग्लोबल भिलेज फेस्टिवल“ मा नेपाली नृत्य र लोक धुन आकर्षणको केन्द्र बनेको छ । मेलामा नेवाःगुठीका युवा सदस्यहरुले “सयथरि बाजा एउटैताल’बोलको गीतमाविभिन्नभौगोलिक क्षेत्रको भेष भुषामा सामुहिक नृत्य प्रस्तुतगर्दा विदेशीदर्शकहरु झुुम्मिंदा आयोजकलाई व्यवस्थापनमा कठिनाइ भएको थियो । नेपालका प्रसिद्ध मादलबादक सानुराजामहर्जन, उत्तममा कजु, प्रदीप बाँस्कोटा र बिजु सिंहको टोलीले धिमे, मादल, बाँसुरी, भुस्या, चाँपको तालमा नेपालीलोक धूनहरु प्रस्तुतगरिंदा दर्शकहरु रमाएर नाचेको दृष्य हेर्न लायकको थियो ।

दुइदिनसम्म संचालनभएको सो मेलामा नेपालको प्रचार प्रसार गर्ने उद्देश्यले नेपालबुथ स्थापनागरि नेपाल सम्बन्धि सूचनाहरु प्रवाहगरिएको थियो । नेपालीलोक धुनको प्रस्तुति पछि गुठीका महिला सदश्यहरु मौसमताम्राकार र श्रीजामाथेमालाई नेपालबारे जानकारी दिनहम्मे हम्मे परेको थियो । क्यानडाका सांसद सलमाजहिदले समेत नेपाल बुथको अबलोकन गरी नेपालबारे जानकारी लिए पछि नेपालको थपप्रचार हुनपुुगेको थियो । अर्का सांसद ग्यांगतानले नेपाल क्यानडा मैत्री संघ स्थापना गर्नु पर्नेमा जोड दिए पछि नेपाली टोली थप हौस्सिएको छ ।

नेपालीतथा नेवा संस्कृति सम्बद्र्धन र प्रचार गर्ने उद्देश्यले बृहत्तर टोरोन्टो क्षेत्रमागत १० बर्ष अगाडी स्थापित गैर नाफामुखी संस्था क्यानेडियन नेवा गुठीको सक्रियतामा सो नेपाली कार्यक्रमहरु प्रस्तुत गरिएका थिए भने बिभिन्न मुलुककाकलाकारहरुले पनि आआफ्नो मुलुकको संस्कृति प्रस्तुत गरेका थिए ।

‘नेपालको गतिरोधको साँचो दिल्लीमा होईन काठमाडौमै खोज्नु पर्छ’- जोली

काठमाडौ,असार २४ । भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा कायम रहेको राजनीतिक गतिरोध अन्त्यको साँचो नयाँ दिल्लीमा नभई काठमाडौमै भएको बताएका छन । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ नेपालको संविधान नेपालीले नै बनाएका हुन । त्यसको कार्यान्वयनमा गतिरोध पनि नेपाली नागरिकले नै गरिरहेका छन । मधेसीहरुले सीमानाकामा धर्ना गरेकोले आपूर्ति हुन नसकेको हो । यसकै आधारमा नेपालको आन्दोलनमा भारतको हात छ भन्नु गलत हो । नेपालको गतिरोधको साँचो दिल्लीमा होईन काठमाडौमै खोज्नु पर्छ ।’

साक्षात्कारमा जोलीले नेपाल र भारत सम्बन्धमा राजनीतिक एवम कुटनीतिक स्तरमा कुनै गतिरोध नभएकोले अहिले भारत नेपाललाई टुक्राउन चाहन्छ भनि नेपालका राजनीतिक दलहरुबाट आएका बक्ततब्य भ्रामक भएको आरोप लगाउँदै यो बेलामा त्यस्तो मतभेद उत्पन्न गर्ने कुनै पनि खाले बक्तब्यलाई अस्विकार गर्नु पर्ने धारणा राखे ।

उनले भने,‘ भारत स्थिर, बेलियो, आत्मनिर्भर, प्रगतिशिल र शान्तिपूर्ण नेपाल चाहन्छ । नेपाललाई पीडा हुँदा नयाँ दिल्लीमा हामीलाई पनि दुख्छ । नेपालको आर्थिक, शैक्षिक, जलस्रोतलगायतका क्षेत्रको विकास भारतीय प्रधानमन्त्रीको चाहना छ ।’ उनले थपे,‘ नेपाल र भारतवको विचमा कुनै राजनीतिक कुटनीतिक गरिरोध छैन , सम्बन्ध अहिले विकास तिर अघि बढीरहेको छ । प्रबुद्ध समूहको बैठक दुई देशवीचको सम्बन्धमा एउटा अभुतपूर्व घटनाक्रम हो ।’जोलीले नेपालका दलहरुले राजनीतिक, समाजिक, सहयोगको आधारमा काम गरेर नेपालमा राजनीतिक स्थायित्वकोलागि प्रभावी कदम उठाउने अपेक्षा ब्यक्त गर्दै मधेसको समस्या बार्ता र संबादकै बाटोबाट हल गर्नु पर्ने धारणा राखे ।

उनले भने,‘ पहाड, मधेस जहाँ बसेपछि पहिला उनीहरु नेपाली हुन भन्ने हामी मान्छौ, त्यसैले नेपालको समस्या नेपालीले नै हल गर्नु पर्छ । भारत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दैन । सहकार्यमा विश्वास गर्छ र शसक्त, सुदृढ एवम प्रगतिशिल नेपाल हेर्न चाहन्छ ।’

जोलीले नेपालको अहिलेको प्राथमिकता विकास र भुकम्प पछिको पुर्ननिर्माण भएको भन्दै नेपाल आम सहमतिका साथ अघि बढ्नु पर्ने धारणा राखे ।

नेपालमा कुन धर्म अपनाउने भन्ने कुरा नेपाली जनताको निर्णय हुनु पर्ने भन्दै आफू भारतीय हिन्दु भएको नाताले नेपाली हिन्दुहरुसँग मन र हात मिलाएर अघि बढ्न पाउँदा खुसी हुने भावना ब्यक्त गरे ।

उनले भने,‘ मलाई हिन्दु हुनुमा गर्व छ । नेपालमा पनि ९० प्रतिसत हिन्दु छन । नेपालका विभिन्न प्रदेशहरुबाट हिन्दु राष्ट्रको माग उठिरहेको छ र यहाँ नेताहरुलाईपनि यो कुरा राम्ररी थाँहा । तर यहाँ कुन धर्म अपनाउने भन्ने कुरा नेपाली जनताको निर्णयले हुने कुरा हो ।’ जोलीले थपे,‘मलाई नेपाल आउँदा आफ्नो पन लाग्छ र म नेपालको माटोलाई आफ्नो शिरमा लगाउँछु । किनकी हामीवीचको सम्बन्ध अटुट छ ।’

‘क्षणिक र देखावटी अनुगमन थालिएको होइन’- मन्त्री पुन

भक्तपुर,असार २४ । आपूर्ति मन्त्री गणेशमान पुनले सरकारले कुनै चलचित्रको हिरो जस्तो देखावटी अनुगमन नगरेको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले विभिन्न क्षेत्रबाट कालोबजारीको संरक्षण गरेको र त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेकाले कालोबजारी नियन्त्रण गरि उपभोक्तालाई गुणस्तरीयका साथै वास्तबिक मूल्यमा बस्तु उपलब्ध गराउन अनुगमन थालिएकाले यो कुनै क्षणिक र देखावटी नभएको बताउनु भएको हो । मन्त्री पुनले आफ्नो कार्याकालबाट शुरु गरिएको बजार अनुगमनलाई यो आर्थिक बर्षबाट सरकालेनै निरन्तरा दिएर गुणस्तरिय बस्तुको उपलब्धतामा जोड दिने बताउनु भयो । उहाँले कालिमाटिमा अनुगमन टोली माथि भएको ब्यवहार नेपाली उपभोक्ताका लागि अपाच्य रहको भन्दै अनुगन अघि सुचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्ने बताउनु भयो ।

सरकार परिवर्तनका सवालमा उहाँले राजनीतिमा कति बेला के हुन्छ भन्न नसकिने भन्दै मधेश लगायतका अन्य वास्तविक मागहरु पुरा गर्न संबिधान संशोधन गर्दै समस्या सुल्झाउन सहमतिको सरकारको आवश्यकता रहेको मन्त्री पुनले बताउनु भयो । उहाँले वर्तमान समयमा सबैभन्दा महत्वपूर्ण बिषय संबिधानको सफल कार्यान्वयन रहेकाले सबैको ध्यान यता जानु पर्नेमा समेत जोड दिनु भयो ।

सरकारले जुन गतिमा काम गर्नु पर्ने हो त्यसो हुन नसकेको स्विकार गर्दै मन्त्री पुनले पुनर्निर्माण र संविधान कार्यान्वयन प्रक्रियामा सरकार झण्डै असफल रहेको टिप्पणी गर्नु भयो । इन्धनको अभाव पुरा गर्न आफू मन्त्री मण्डलमा आएपछि सक्दो प्रयास गरिरहेको र छिट्टै इन्धनको सहज उपलब्धता हुने भन्दै उहाँले हाल इन्धनमा कालोबजारी नभएको बताउनु भयो ।

चीनसँगको इन्धन सम्झौता पश्चात नेपाली राजनीतिमा छुट्टै तरगं उत्पन्न भएको र सम्झौताले अन्तिम रुप लिइ सकेकाले अब छिट्टै चीनियाँ इन्धनको समते नेपालीले उपभोग गर्न पाउने उहाँले बताउनु भयो ।

बिगतमा भारतसँगको ब्यापार सम्झौतामा देखिएको तिक्ततालाई नयाँ शिराबाट सम्बन्ध बिस्तार गर्दै जानु पर्ने र ब्यापारिक सम्झौताका आधारमा सम्बन्धलाई बिस्तार गर्दै जानु पर्ने उहाँले बताउनु भयो । सरकारले तोकिएको समयमा गर्ने भनेको निर्वाचनका सवालमा बिभिन्न प्रश्नहरु उठिरहेकाले समस्याको पहिचान गरि समाधानको उपाय खोज्दै बैज्ञानिक पद्धती अनुसार चुनावमा जानु पर्ने उहाँको भनाई छ ।

नेपाली राजनीतिक गतिबिधिकै कारण समय समयमा बैदेशिक हस्तक्षेप बढ्ने गरेको हस्तक्षेप न्यून गर्न नेपालका राजनीतिक दलहरु समन्वय अत्याआवश्यक रहेको मन्त्री पुनले बताउनु भयो ।

एसएलसी दिएका बिद्यार्थीको भर्ना हुने मापदण्ड फेरियो,‘डी प्लस’ ल्याउनेलाई नयाँ अवसर

भक्तपुर, असार २४ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले एसएलसी उत्तीर्ण विद्यार्थीलाई प्राविधिक विषयमा भर्ना हुन मापदण्ड परिवर्तन गरेको छ । सिटिइभिटी राष्ट्रिय पाठ्यक्रम बोर्डको आज बसेको बैठकले भर्ना मापदण्ड परिवर्तन गरीे प्राविधिक विषयको डिप्लोमा कोर्समा भर्ना हुन यसअघि तोकेको मापदण्ड परिवर्तन गरेको हो । परिवर्तन गरेको मापदण्ड अनुसार एसएलसी परीक्षामा अंग्रेजी, गणित र विज्ञानमा डी प्लस ल्याउनेले समेत डिप्लोमा कोर्समा भर्ना हुन पाउने छन् ।

यसअघि डिप्लोमा तहको सबै विषय अध्ययनको लागि अंग्रेजी, गणित र विज्ञान बिषयमा सी ग्रेड ल्याएको हुनुपर्ने व्यबस्था थियो । सिटिइभिटीले स्वास्थ्य बिषयको डिप्लोमा कोर्सको लागि जीपीए कम्तीमा २, अंग्रेजी, गणित र विज्ञानमा सी ल्याएको हुनुपर्ने व्यबस्था भने यथावत राखेको छ ।

इन्जिनियरिङतर्फ डिप्लोमा पढ्न अंग्रेजीमा डी प्लस, विज्ञान र गणितमा सी भए पुग्ने निर्णय गरेको सिटिइभिटीका सदस्य सचिव डा. रामहरि लामिछानेले जानकारी दिनुभयो । कृषि र वनमा डिप्लोमा कोर्स पढ्नको लागि अंग्रेजी, गणित र विज्ञानमध्ये दुई वटामा सी र एउटामा डी प्लस भएपनि भर्ना हुन पाउने छन् ।

यस्तै होटल म्यानेजमेन्ट, उद्यमशीलता विकास र सोसल वर्कजस्ता बिषयमा डिप्लोमा कोर्सको लागि अंग्रेजी, गणित र विज्ञानमा डी प्लस भए पनि भर्ना हुन पाइने व्यबस्था छ ।

बंगलादेशविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा,को-को परे टोलीमा (नामावली)

काठमाडौं,असार २४ । बंगलादेशविरुद्ध हुने आसन्न दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २१ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । यहि असार ३१ र साउन २ गते हुन लागेको खेलको लागि अनिल गुरुङको कप्तानी रहेको टोलीमा बिराज महर्जन उपकप्तान जिम्मा दिईएको छ । शुक्रबार घोषणा गरिएको अन्तिम छनौटमा ३ गोलरक्षक, ९ डिफेन्डर, ५ मिडफिल्डर र ४ फरवार्ड रहेका छन्। टोलीको प्रशिक्षकमा राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षकमा उज्वल मानन्धर छन् ।

२१ खेलाडीको नामावली:

किरण कुमार लिम्बु

विकेश कुथु

बिशाल श्रेष्ठ

बिराज महर्जन

दिनेश राजबंशी

अनन्त तामाङ

आदित्य चौधरी

जितेन्द्र कार्की

देवेन्द्र तामाङ

रबिन श्रेष्ठ

रंजित धिमाल

मन बहादुर तामाङ

सुजल श्रेष्ठ

बिशाल राई

राजेन्द्र रावल

अन्जन बिष्ट

सुमन लामा

नवयुग श्रेष्ठ

भरत खवास

रन्जन बिष्ट

अनिल गुरुङ

सिमा क्षेत्रको कच्ची सडक निमार्ण गर्दै दोधारा चाँदनीका स्थानियहरु

पप्पु गुरुङ्, २४ असार, दोधारा चाँदनी । दोधारा चाँदनीको सिमा क्षेत्रमा रहेको कच्ची सडक जिर्ण भएपछि स्थानियहरु मिलेर बनाउन थालेका हुन् । दोधारा चाँदनी वडा नं. ७, कञ्चनभोजको सिमा क्षेत्र नजिक रहेको कच्ची सडकमा पानीको कारण सडक जिर्ण भएपछि स्थानियहरुले बाटो बनाउन थालेका हुन् । सिमावर्ती भारतिय बजारमा आवत जावत गर्न निकै असजिलो भएको भन्दै हिजो देखि कच्ची सडकको खाल्डो पुर्न तथा सडकमा ग्रेबिल हाल्न थालिएको नेपाली काग्रेस दोधारा चाँदनी नगरकमिटीका अध्यक्ष डम्मर चन्दले जानकारी दिएका छन् । नेपाल/भारत सिमा स्तम्भको शाखा पिल्लर नं. १५ नजिक करिब २ सय मिटर कच्ची बाटोमा माटो फिलिङ्ग तथा ग्रेबिलिङ्ग गर्ने योजना रहेको स्थानियहरुले बताएका छन् । स्थानियहरुले आफ्नै ट्याक्टर, डल्लवहरु प्रयोग गरेर जनश्रमदानबाट सडक बनाउन थालेका हुन् । सरकारले उक्त कच्ची सडक गर्न ध्यान नदिएपछि स्थानियहरु हिजो देखि सडक मर्मत गर्न कस्सीएका हुन् । दैनिक २ हजार भन्दा बढी आवात जावत गर्ने उक्त सडकमा केही दिन देखि आउदै गरेको पानीले स्थानियहरुलाई हिड्नै असजिलो पर्न थालेपछि उक्त बाटो मर्मत गर्न लागेको स्थानिय समाजसेवी निर्मल गिरीले जानकारी दिएका छन् । “स्थानियहरुलाई सिमावर्ती बजार गर्न निकै कष्टकर भएको हुदा बाटो बनाउन थालेका हौ” समाजसेवी निर्मल गिरील्े भने । कच्ची सडक बनाउन थालेपछि सिमावर्ती बजारमा आवत जावत गर्न सहज हुने बिश्वास गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयले स्थानियहरुले आफ्नै जनश्रमदानबाट सडक बन्न थालेपछि २ थान हुयुम पाईप दिने प्रतिबद्धता जाहेर गरेको निर्मल गिरीले बताएका छन् ।

राजधानीको बधशालामा स्याउँस्याउँती किरैकिरा,बन्द गर्न मन्त्रीको निर्देशन (फोटोफिचर)

काठमाडौं,असार २४ । राजधानीमा विक्रि हुने मासु पसलमा किरैकिरा फेला परेको छ । १५ वर्षदेखि सतुङ्गलमा सञ्चालन हुँदै आएको एक मासु पसलमा त्यस्तो फेला परेको हो । राजधानीको सतुङ्गलमा सञ्चालन हुँदै आएको मोजमिट सेन्टरमा अनुगमनका क्रममा स्याउँस्याउँती किरा फेला परेको भेटिएको छ । ढक तराजु नापतौल विभागमा दर्ता नगरेको, बधशाला अत्यन्तै फोहर रहेको र उक्त मासु पसलमा मासु बेच्नका लागि आवश्यक सामान्य मापदण्डसमेत पुरा नगरेको फेला परेको छ । आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा गएको विशेष अनुगमन गर्ने क्रममा यस्तो फेला परेको हो । आपूर्ति मन्त्री गणेशमान पुनले बधशालालाई तत्काल शिल गरेर कडा भन्दा भन्दा कडा कारबाही गर्न निर्देशन दिएका छन् ।

इन्धन लुकाउने धन्दामा फेरि खड्का सक्रिय

काठमाडौं,असार २४ । नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो खसेर अवरोध भएको बहानमा नेपाल आयल निगमले पेट्रोल पम्पले मागेजति इन्धन बाँड्न छाडेपछि बजारमा पछिल्लो दिनमा इन्धनको चरम संकट पैदा भएको छ । निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काको योजनामा नै इन्धन संकट निम्त्याइएको स्रोतको दावी छ । निगमले रु ३६ अर्ब ऋण तिरिसकेपछि बोनस बाड्नुपर्ने भन्ने मागलाई सम्बोधन गर्न पनि पछिल्लो दिनमा इन्धन संकट निम्त्याइएको आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

निगममा नआउने र राजधानीमा विभिन्न होटल तथा रेष्टुरामा बसेर निगम डुबाउने धन्दामा खड्का लागेका भएपनि आपूर्ति मन्त्री गणेशमान पुनले समेत थाहा नपाएको जसरी बसिरहेका छन् । इन्धन संकट किन भयो, समाधानको उपाय के हो भन्ने बारेमा हालसम्म आपूर्ति मन्त्रीले जनतालाई सामान्य जानकारी दिने प्रयास समेत गरेका छैनन् ।

राजधानीमा इन्धन संकट निम्त्याएर त्यसको नाटकिय समाधान गर्ने लक्ष्यका साथ खड्का लागिपरेको बताइन्छ । उनले तालुकदार मन्त्रालयलाई जानकारी नै नदिइकन इन्धनको संकट निम्ताउन हल्ला चलाइएको स्रोतको दावी छ । विभिन्न शक्ति केन्द्रको आडमा निगमलाई धारासायी बनाउँदै आएका खड्का पछिल्लो दिनमा सरकारसँग निहु खोज्ने उपयुक्त मौकाको खोजीमा थिए ।

23.53¡ÆC