आह्वान सहमतिको तयारी बहुमतीय सरकारको

साउन १५, २०७३ मा प्रकाशित
Published at 2016-07-30

356 views

काठमाडौं,साउन १५ । राष्ट्रपति विद्या भण्डारीले राजनीतिक सहमतिका आधारमा नयाँ सरकार गठनको आह्वान गरेको पाँच दिन पुगेको छ । तर, दलहरू सहमतिका लागि औपचारिक छलफलमा छैनन् । सहमतीय सरकारको पक्षमा कांग्रेस नरहेका कारण बहुमतीय सरकार बनाउने विषयमा अनौपचारिक छलफल भएका छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा २९८ को उपधारा २ अनुसार सात दिनभित्र राजनीतिक सहमतिका आधारमा सरकार गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने दललाई आह्वान गरेकी थिइन् । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयावधि १६ साउनमा सकिन्छ ।


प्रचण्डले सहमतीय सरकारका विषयमा यसबीचमा कांग्रेसबाहेकका दलसँग अनौपचारिक छलफल गरेका छन् । शुक्रबार एमाले नेता माधवकुमार नेपाल र परिवार दलका अध्यक्ष तथा शान्तिमन्त्री एकनाथ ढकालसँग प्रचण्डले छलफल गरेका थिए । ‘नेपाल र ढकालसँग अध्यक्षले अनौपचारिक संवाद गर्नुभएको छ,’ प्रचण्डका सहयोगी पूर्ण कार्कीले भने, ‘छलफल सहमतीय सरकारको विषयमा केन्द्रित थियो ।’ नेपाल र ढकाल आइक्यापका अध्यक्ष जोसे डे भेनेसियासँगै शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेका थिए ।


माओवादी अध्यक्ष प्रचण्डका स्वीकय सचिव जोगबहादुर महराका अनुसार प्रचण्डले सहमतीयका लागि शनिबारबाट मात्रै छलफल थाल्ने भएका छन् । ‘अध्यक्षले कांग्रेस, मधेसी मोर्चासँग संयुक्त बैठक गर्ने तयारी गर्नुभएको छ,’ महराले  भने, ‘एमालेका शीर्ष नेताहरूसँग पनि छलफल गर्ने तयारी छ ।’

कांग्रेस–माओवादीका अन्य नेताहरू बहुमतीय सरकारको नीति तथा कार्यक्रम र मन्त्रालय भागबन्डाका विषयमा केन्द्रित रहेर छलफलमा छन् । यस्तो छलफलमा कांग्रेस नेताहरू कृष्ण सिटौला, विमलेन्द्र निधि, रमेश लेखक र माओवादी नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुन अनन्त सक्रिय छन् ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.