‘नेपालको गतिरोधको साँचो दिल्लीमा होईन काठमाडौमै खोज्नु पर्छ’- जोली

असार २४, २०७३ मा प्रकाशित | 993 views

काठमाडौ,असार २४ । भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा कायम रहेको राजनीतिक गतिरोध अन्त्यको साँचो नयाँ दिल्लीमा नभई काठमाडौमै भएको बताएका छन ।  रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ नेपालको संविधान नेपालीले नै बनाएका हुन । त्यसको कार्यान्वयनमा गतिरोध पनि नेपाली नागरिकले नै गरिरहेका छन । मधेसीहरुले सीमानाकामा धर्ना गरेकोले आपूर्ति हुन नसकेको हो । यसकै आधारमा नेपालको आन्दोलनमा भारतको हात छ भन्नु गलत हो । नेपालको गतिरोधको साँचो दिल्लीमा होईन काठमाडौमै खोज्नु पर्छ ।’

साक्षात्कारमा जोलीले नेपाल र भारत सम्बन्धमा राजनीतिक एवम कुटनीतिक स्तरमा कुनै गतिरोध नभएकोले अहिले भारत नेपाललाई टुक्राउन चाहन्छ भनि नेपालका राजनीतिक दलहरुबाट आएका बक्ततब्य भ्रामक भएको आरोप लगाउँदै यो बेलामा त्यस्तो मतभेद उत्पन्न गर्ने कुनै पनि खाले बक्तब्यलाई अस्विकार गर्नु पर्ने धारणा राखे ।

उनले भने,‘ भारत स्थिर, बेलियो, आत्मनिर्भर, प्रगतिशिल र शान्तिपूर्ण नेपाल चाहन्छ । नेपाललाई पीडा हुँदा नयाँ दिल्लीमा हामीलाई पनि दुख्छ । नेपालको आर्थिक, शैक्षिक, जलस्रोतलगायतका क्षेत्रको विकास भारतीय प्रधानमन्त्रीको चाहना छ ।’ उनले थपे,‘ नेपाल र भारतवको विचमा कुनै राजनीतिक कुटनीतिक गरिरोध छैन , सम्बन्ध अहिले विकास तिर अघि बढीरहेको छ । प्रबुद्ध समूहको बैठक दुई देशवीचको सम्बन्धमा एउटा अभुतपूर्व घटनाक्रम हो ।’जोलीले नेपालका दलहरुले राजनीतिक, समाजिक, सहयोगको आधारमा काम गरेर नेपालमा राजनीतिक स्थायित्वकोलागि प्रभावी कदम उठाउने अपेक्षा ब्यक्त गर्दै मधेसको समस्या बार्ता र संबादकै बाटोबाट हल गर्नु पर्ने धारणा राखे ।

उनले भने,‘ पहाड, मधेस जहाँ बसेपछि पहिला उनीहरु नेपाली हुन भन्ने हामी मान्छौ, त्यसैले नेपालको समस्या नेपालीले नै हल गर्नु पर्छ । भारत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दैन । सहकार्यमा विश्वास गर्छ र शसक्त, सुदृढ एवम प्रगतिशिल नेपाल हेर्न चाहन्छ ।’

जोलीले नेपालको अहिलेको प्राथमिकता विकास र भुकम्प पछिको पुर्ननिर्माण भएको भन्दै नेपाल आम सहमतिका साथ अघि बढ्नु पर्ने धारणा राखे ।

नेपालमा कुन धर्म अपनाउने भन्ने कुरा नेपाली जनताको निर्णय हुनु पर्ने भन्दै आफू भारतीय हिन्दु भएको नाताले नेपाली हिन्दुहरुसँग मन र हात मिलाएर अघि बढ्न पाउँदा खुसी हुने भावना ब्यक्त गरे ।

उनले भने,‘ मलाई हिन्दु हुनुमा गर्व छ । नेपालमा पनि ९० प्रतिसत हिन्दु छन । नेपालका विभिन्न प्रदेशहरुबाट हिन्दु राष्ट्रको माग उठिरहेको छ र यहाँ नेताहरुलाईपनि यो कुरा राम्ररी थाँहा । तर यहाँ कुन धर्म अपनाउने भन्ने कुरा नेपाली जनताको निर्णयले हुने कुरा हो ।’ जोलीले थपे,‘मलाई नेपाल आउँदा आफ्नो पन लाग्छ र म नेपालको माटोलाई आफ्नो शिरमा लगाउँछु । किनकी हामीवीचको सम्बन्ध अटुट छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web