सिमा क्षेत्रको कच्ची सडक निमार्ण गर्दै दोधारा चाँदनीका स्थानियहरु

असार २४, २०७३ मा प्रकाशित | 1019 views

पप्पु गुरुङ्, २४ असार, दोधारा चाँदनी । दोधारा चाँदनीको सिमा क्षेत्रमा रहेको कच्ची सडक जिर्ण भएपछि स्थानियहरु मिलेर बनाउन थालेका हुन् । दोधारा चाँदनी वडा नं. ७, कञ्चनभोजको सिमा क्षेत्र नजिक रहेको कच्ची सडकमा पानीको कारण सडक जिर्ण भएपछि स्थानियहरुले बाटो बनाउन थालेका हुन् । सिमावर्ती भारतिय बजारमा आवत जावत गर्न निकै असजिलो भएको भन्दै हिजो देखि कच्ची सडकको खाल्डो पुर्न तथा सडकमा ग्रेबिल हाल्न थालिएको नेपाली काग्रेस दोधारा चाँदनी नगरकमिटीका अध्यक्ष डम्मर चन्दले जानकारी दिएका छन् । नेपाल/भारत सिमा स्तम्भको शाखा पिल्लर नं. १५ नजिक करिब २ सय मिटर कच्ची बाटोमा माटो फिलिङ्ग तथा ग्रेबिलिङ्ग गर्ने योजना रहेको स्थानियहरुले बताएका छन् । स्थानियहरुले आफ्नै ट्याक्टर, डल्लवहरु प्रयोग गरेर जनश्रमदानबाट सडक बनाउन थालेका हुन् । सरकारले उक्त कच्ची सडक गर्न ध्यान नदिएपछि स्थानियहरु हिजो देखि सडक मर्मत गर्न कस्सीएका हुन् । दैनिक २ हजार भन्दा बढी आवात जावत गर्ने उक्त सडकमा केही दिन देखि आउदै गरेको पानीले स्थानियहरुलाई हिड्नै असजिलो पर्न थालेपछि उक्त बाटो मर्मत गर्न लागेको स्थानिय समाजसेवी निर्मल गिरीले जानकारी दिएका छन् । “स्थानियहरुलाई सिमावर्ती बजार गर्न निकै कष्टकर भएको हुदा बाटो बनाउन थालेका हौ” समाजसेवी निर्मल गिरील्े भने । कच्ची सडक बनाउन थालेपछि सिमावर्ती बजारमा आवत जावत गर्न सहज हुने बिश्वास गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयले स्थानियहरुले आफ्नै जनश्रमदानबाट सडक बन्न थालेपछि २ थान हुयुम पाईप दिने प्रतिबद्धता जाहेर गरेको निर्मल गिरीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web