‘ग्लोबल भिलेज फेस्टिवल’ मा नेपाली नृत्य आकर्षित बन्दै

असार २४, २०७३ मा प्रकाशित | 1244 views

क्यानाडा।  क्यानाडाको टोरोन्टोको नर्थयोर्कमा प्रत्येक बर्ष संचालन गरिने “ग्लोबल भिलेज फेस्टिवल“ मा नेपाली नृत्य र लोक धुन आकर्षणको केन्द्र बनेको छ । मेलामा नेवाःगुठीका युवा सदस्यहरुले “सयथरि बाजा एउटैताल’बोलको गीतमाविभिन्नभौगोलिक क्षेत्रको भेष भुषामा सामुहिक नृत्य प्रस्तुतगर्दा विदेशीदर्शकहरु झुुम्मिंदा आयोजकलाई व्यवस्थापनमा कठिनाइ भएको थियो । नेपालका प्रसिद्ध मादलबादक सानुराजामहर्जन, उत्तममा कजु, प्रदीप बाँस्कोटा र बिजु सिंहको टोलीले धिमे, मादल, बाँसुरी, भुस्या, चाँपको तालमा नेपालीलोक धूनहरु प्रस्तुतगरिंदा दर्शकहरु रमाएर नाचेको दृष्य हेर्न लायकको थियो ।

दुइदिनसम्म संचालनभएको सो मेलामा नेपालको प्रचार प्रसार गर्ने उद्देश्यले नेपालबुथ स्थापनागरि नेपाल सम्बन्धि  सूचनाहरु प्रवाहगरिएको थियो । नेपालीलोक धुनको प्रस्तुति पछि गुठीका महिला सदश्यहरु मौसमताम्राकार र श्रीजामाथेमालाई नेपालबारे जानकारी दिनहम्मे हम्मे परेको थियो । क्यानडाका सांसद सलमाजहिदले समेत नेपाल बुथको  अबलोकन गरी नेपालबारे जानकारी लिए पछि नेपालको थपप्रचार हुनपुुगेको थियो । अर्का सांसद  ग्यांगतानले नेपाल क्यानडा मैत्री संघ स्थापना गर्नु पर्नेमा जोड दिए पछि नेपाली टोली थप हौस्सिएको छ ।

नेपालीतथा नेवा संस्कृति सम्बद्र्धन र प्रचार गर्ने उद्देश्यले बृहत्तर टोरोन्टो क्षेत्रमागत १० बर्ष अगाडी स्थापित गैर नाफामुखी संस्था क्यानेडियन नेवा गुठीको सक्रियतामा सो नेपाली कार्यक्रमहरु  प्रस्तुत गरिएका थिए भने बिभिन्न मुलुककाकलाकारहरुले पनि आआफ्नो मुलुकको संस्कृति प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web