रियो ओलम्पिकका लागि अर्जेन्टिनी फुटबल टोलीको घोषणा,चर्चित अनुहार परेनन् (नामावली)

एजेन्सी,असार २५ । ओलम्पिकका लागि अर्जेन्टिनी फुटबल टोलीको घोषणा भएको छ। मार्टिनोले सन्यास लिएपछि युलिओ ओलार्तिकोचियाले १८ सदस्यी ओलम्पिक फुटबल टोलीको घोषणा गरेका हुन्। ओलम्पिक फुटबल टोलीमा २३ वर्षमाथिका ३ खेलाडी राख्न पाउने प्रावधान भए पनि युलियोले घोषणा गरेको टोलीमा टोभिक्टो कुएस्टा मात्र २३ वर्षमाथिका छन्। कोपा अमेरिकावाट अर्जेन्टिना बाहिरिएपछि मेस्सीको सन्याससँगै चर्चित खेलाडीहरुले पनि तत्कालको लागि टिमवाट खेल्ने नखेल्ने स्पष्ट रुपमा नखुलाउदा टोलीको घोषणा गर्न ढिलाई भएको थियो ।

मुख्य प्रशिक्षक जेरार्ड मार्टिनोले पनि राजिनामा  गरेको दिएको केही दिनपछि अर्जेन्टिनी टोलीको घोषणा भएको हो। टोलीमा पाउलो डाएबला, माउरो इकार्डी, माटिएस क्रान्टभिट पर्न असफल भएका छन्। एथ्लेटिको मड्रिडबाट खेल्ने चर्चित खेलाडी एन्जल कोरेअ र लुसिआनो भिएट्टो र इंग्लिस क्लब वेष्टहमबाट खेल्ने मानुएल लान्जीनी भने टोलीमा अटेका छन्। एथ्लेटिको मड्रिडका प्रशिक्षक तथा पूर्व अर्जेन्टिनी खेलाडी डिएगो सिमोनीको छोरा जियोभानी पनि टोलीमा परेका छन्।

अर्जेन्टिना रहेको समूहमा अल्जेरिया, होन्डुरस र पोर्चुगल रहेका छन्। अर्जेन्टिनाले अगस्ट ४ पोर्चुगलसँग पहिलो खेल खेल्नेछ। सन् २००४ र २००८ मा ओलम्पिक फुटबलमा स्वर्ण पदक जितेको अर्जेन्टिना २०१२ को लण्डन ओलम्पिकमा भने छनोट हुन असफल भयो।

१८ सदस्यीय अर्जेन्टिनी ओलम्पिक फुटबल टोली

गोलरक्षक : जेरेनिमो रुल्ली, एक्सल वेर्नर

डिफेन्डर : भिक्टोर कुएस्टा, लाउटारो जिएनेट्टी, जोस लुइस गोमेज, लिसान्ड्रो मागालान, एलेक्सिस सोटो, लिएन्ड्रो भेगा

मिडफिल्डर : सान्टिअगो अस्कासिवर, जिओभानी लो सेल्सो, जोअक्विन कोरेअ, माउरिसिओ मार्टिनेज, लुकास रोमेरो

फरवार्ड : एन्जेल कोरेअ, क्रिस्टियन स्पिनोजा, मानुएल लान्जीनी, जियोभानी सिमोनी, लुसिआनो भिएट्टो

‘नेपाल डे फेस्टिवल’ तयारी बारे बृहत छलफल हुँदै (अपडेट)

नवौं
नेपाल डे फेस्टिवलको प्रचार प्रसार तथा प्रवद्र्धनमा लागिरहेको गैर अवासिय
नेपाली संघ जापानले फेस्टिवलको तयारीका बारेमा छलफल कार्यक्रमको आयोजना
गरेको छ ।

नेपाल डे फेस्टिवल २०१६ को तयारी सम्वन्धमा छलफल गर्न
लागि भनेर एनआरएन जापानले आफ्नै कार्यालयमा यही जुलाई १० तारिखका दिन छलफल
कार्यक्रम आयोजना गर्न लागेको सचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

आगामी अगष्ट ६ र ७ तारिकमा जापानमा हुन लागेको नेपाल डे फेस्टिवल गैर आवासिय नेपाली संघ जापानको आयोजनामा हुन लागेको हो ।

यही
जुलाई १० तारिख आइतबारका दिन नेपाल डे फेस्टिवलको लागि आयोजना गर्न
लागिएको पत्रकार सम्मेलनबारे एनआरएन जापानका अध्यक्ष तथा नेपाल डे
फेस्टिवलका संयोजक रहनुभएका सुदन थापाको नाममा जारी सुचना यस्तो छ

श्री

बिषय:- पत्रकार सम्मेलन सहितको कार्यक्रम मा उपस्थिति संवन्धमा।

उपरोक्त
संवन्धमा  नेपाल डे फ़ेस्टिवल २०१६ को तयारी सम्वन्धमा तपसिल वमोजिम
जानकारीको लागि पत्रकार सम्मेलन सहित बिबिध बिषयमा छलफल गरिने हुदा यहॉको
गरिमामय उपस्थितिको लागि बिनम्र अनुरोध गरिन्छ।

बिषय बस्तु:-
१. हाल सम्म  भएका कार्य प्रगति बिवरण / रिपोटिन्ड
२. बिभागिय प्रमुखको प्रतिवेदन ।
३. पत्रकार सम्मेलन[नेपाली मिडिया ]
४. बुप्पान स्टलको गोला बाट स्टल छनौट।
५. जापान स्थित संघ संस्था संग समन्व र छलफल।
६.बिबिध।

मिति:-२०१६।७।१० आईतवार
समय:-दिवा १४:००~१६:००
स्थान:- सोलमारी ,सिनओकुवो

सुदन थापा
संयोजक
नेपाल डे फ़ेस्टिवल २०१६ – See more at: https://topnepalnews.comjapan/3338#sthash.ISxJ2eht.dpuf

नवौं नेपाल डे फेस्टिवलको प्रचार प्रसार तथा प्रवद्र्धनमा लागिरहेको गैर अवासिय नेपाली संघ जापानले फेस्टिवलको तयारीका बारेमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल डे फेस्टिवल २०१६ को तयारी सम्वन्धमा छलफल गर्न लागि भनेर एनआरएन जापानले जुलाई १० तारिखका दिन छलफल कार्यक्रम आयोजना गर्न लागेको हो  ।

आगामी अगष्ट ६ र ७ तारिकमा जापानमा हुन लागेको नेपाल डे फेस्टिवल गैर आवासिय नेपाली संघ जापानको आयोजनामा हुन लागेको हो ।

यही जुलाई १० तारिख आइतबारका दिन नेपाल डे फेस्टिवलको लागि आयोजना गर्न लागिएको पत्रकार सम्मेलनबारे एनआरएन जापानका अध्यक्ष तथा नेपाल डे फेस्टिवलका संयोजक रहनुभएका सुदन थापाको नाममा जारी सुचना यस्तो छ

श्री

बिषय:- पत्रकार सम्मेलन सहितको कार्यक्रम मा उपस्थिति संवन्धमा।

उपरोक्त संवन्धमा  नेपाल डे फ़ेस्टिवल २०१६ को तयारी सम्वन्धमा तपसिल वमोजिम जानकारीको लागि पत्रकार सम्मेलन सहित बिबिध बिषयमा छलफल गरिने हुदा यहॉको गरिमामय उपस्थितिको लागि बिनम्र अनुरोध गरिन्छ।

बिषय बस्तु:-
१. हाल सम्म  भएका कार्य प्रगति बिवरण / रिपोटिन्ड
२. बिभागिय प्रमुखको प्रतिवेदन ।
३. पत्रकार सम्मेलन[नेपाली मिडिया ]
४. बुप्पान स्टलको गोला बाट स्टल छनौट।
५. जापान स्थित संघ संस्था संग समन्व र छलफल।
६.बिबिध।

मिति:-२०१६।७।१० आईतवार
समय:-दिवा १४:००~१६:००
स्थान:- सोलमारी ,सिनओकुवो

सुदन थापा
संयोजक

जापान अध्ययन । विद्यार्थीले आउनुअघि र आएपछि जान्नैपर्ने कुराहरु

गोकर्ण अधिकारी-टोकियो ।
तपाई अध्ययनै लागि भनेर जापान आउँदै हुनुहुन्छ ? वा अध्ययन भिषामा आएर कमाउने सोचमा हुनुहुन्छ ? या भनौं एक पन्थ दुई सिकार को सोचमा वा पाइला चालिसक्नुभएको छ ? यि मध्ये कुनै एक हो भने तपाईले कम्तिमा यस्ता कुरा जानिराख्नुस् जसले तपाईले सबै पाइलामा सहयोग पुग्नेछ ।

जापान विश्वका अधिकतम विकसीत देशको सुचिमा पर्ने देश हो । यहाँको विकास सँगै सिप र भाषामा दक्ष भएमा कमाइ पनि राम्रो हुन्छ जापानमा । तर तपाईको लागि सिप र भाषा नै प्रमुख खुड्कीलो हो जसले तपाईको सफलता र असफलतामा निर्णायक भूमिका खेल्छ ।

त्यसो त विद्यार्थीहरुका लागि यि दुई बाहेक केही भिन्न र थप जान्नै पर्ने कुराहरु छन् । जुन कुरा जापान आउनुअघि र जापान आइसकेपछि पालना र व्यवहारमा पछ्याउनैपर्ने हुन्छ ।

खुसीको
खवर । जापानमा अध्ययन गर्ने विद्यार्थीलाई Green Card सहित काम गर्ने
सुविधा – See more at: https://topnepalnews.comjapan#sthash.PrlKuD83.dpuf

खुसीको खवर । जापानमा अध्ययन गर्ने विद्यार्थीलाई Green Card सहित काम गर्ने सुविधा

विद्यार्थीले जापान आउनुअघि जान्न र सिक्नैपर्ने कुराहरु

१. आफुजान चाहेको कलेज कुन ठाउँ अर्थात् शहरमा छ ? त्यस ठाउँको बारेमा जानकारी बटुल्ने ।

२. कलेज भएको ठाउँमा काम पाउन कत्तिको सजिलो छ ? काम खोज्न अध्ययन गर्ने कलेजले सहयोग गर्छ वा गर्दैन ?

३. जापानमा अध्ययनको लागि नेपालबाट एप्लाई गरिदिन लागेको कन्सल्टेन्सि कत्तिको विश्वासिलो छ ? उसले भनेका सबैकुरा हो वा होइन अरुबाट र आफैंले इन्टरनेटबाट जानकारी बटुलेर उसका कुरा हो होइन बुझ्ने ।

४. कलेजको होस्टेल छ छैन ? होस्टेलको व्यवस्था भएमा लाग्ने शुल्क, सुविधा लगायतका बारेमा जानकारी लिने ।

५. जापान आउनुअघि आवेदन दिंदा केही शब्द जानेर मात्रैपनि एप्लाई गर्दा केही व्यक्तिको भिषा आएको देखेको सुनेको हुनुहोला । यदी त्यस्तो हो र भाषा जापानमै गएर सिकिहालिन्छ नि भन्ने सोचमा हुनुहुन्छ भने यस्तो सोच भने फेरिहाल्नु वा त्याग्नु जरुरी छ । तपाई जापान आउँदै हुनुहुन्छ भने कम्तिमा नेपालमा एन ४ बराबर भन्दा कम्तिको भाषा छ भने तपाईले भाषाकै कारण जति सजिलो सँग काम, कमाई र सजिलो दैनिकि बिताउनुहुनेथियो त्यसको लागि ६ महिना बर्बाद हुने निश्चित छ । त्यसैले पहिलो शर्तको रुपमा भाषा सिकेर आउनुपर्दछ ।

६. विद्यार्थीले जापानमा काम गर्न पाउने समय कति हो ? आम्दानी कतीसम्म हुन्छ नियम अनुसार काम गरेमा ? बढी काम गर्न पाएमा कतिसम्म खट्न सक्नुहुन्छ ?
नियम विपरीत काम गरेको पाएर प्रहरीले समातेर नेपाल फर्काइदिएमा के गर्नुहुन्छ ? यसको पूर्ण मानसिकत तयारी गर्नुहोस् । आम्दानी कतिसम्म र खर्च कति हुन्छ भनेर त्यसको कार्यतालिका आफैं बनाउनुहोस् ।

७. जापानीज भाषा स्कुल सक्किएपछि अर्को सेसनमा थप पढ्न अन्त जान अर्थात् अर्को सेसनमा अध्ययन गर्न कलेजले कत्तिको सहयोग गर्छ वा गर्दैन ? गर्छ भनेपनि के कस्तो सहयोग गर्छ ?

८. म अब अरुको सहायता बिना सबै काम गर्छु, जे पनि गर्छु आफैं गर्छु भन्ने आँट र साहस गर्नुस् ।

९. जापानको सबै नियम, कानुन पालना गर्छु । गर्नैपर्छ गर्छु भन्ने वानी र प्रतिवद्धता गर्नुस् । यति त चलिहाल्छ नि भन्ने सामान्य जस्तो लाग्ने नियम मिच्ने, कानुन उल्लंघन गर्ने बानी र व्यवहार पूर्ण रुपमा त्याग्नुस् ।

१०. जापान आउनेवित्तिकै पैसा कमाइन्छ । कमाउँछु भन्दा पनि संघर्ष गर्छु । अब शुन्यबाट सुरु गर्दैछु भन्ने हेक्का राख्नुस् । जापान आउनु नै सफलता होइन नयाँ संघर्षको सुरुवात हो भन्ने बझु्नुस् ।

११. जापानमा भएका तपाईका साथी, आफन्त, नाता गोता जे जति छन् सबै तपाईका शुभचिन्तक मात्र हुन् सहयोगी होइनन् । त्यसैले जे गर्नुछ मैले आफैं गर्नुछ भन्ने आँट र आत्मविश्वास लिएर जापानको यात्रा थाल्नुस् ।

जापान आउने हुनुभयो, भिषा लाग्यो त्यसो हो भने यस्ता तयारी गर्नुस्

१. आफुले जापान लैजान पाउने सामान र तौलको बारेमा स्पष्ट हुनुहोस् ।

२. अत्यावश्यक र व्यक्तिगत रुपमा आफुलाई चाहिने सामान लिष्ट बनाएर किन्नुहोस् ।

३. नेपालको फेसन वा प्रयोग भन्दा जापानमा प्रयोग हुने र आफुलाई कस्तो सामान चाहिन्छ बुझ्नुहोस् ।

४. कपडा किन्दै हुनुहुन्छ भने जाडो र गर्मी हरेक मौसमको लागि तीन वा चार जोर किन्नुभए हुन्छ । सामान सस्तो वा धेरै महंगो भन्दा पनि मध्यम खालको गुणस्तरीय किन्ने प्रयास गर्नुस् ।

५. मेकअपका सामान, औषधी लगायत साना खालका आफुलाई चाहिने सामानको लिष्ट तयार पारेर ६ महिना जतिको लागि पुग्ने सामान किन्दा हुन्छ ।

६. तपाईले किन्नुपर्ने र ल्याउन चाहेको र ल्याउनै पर्ने कुराहरु सहित सबै सामान जापान आउनु कम्तिमा दुई वा तीन दिन अघि तयार पार्नुस् । जसले गर्दा छुटेका वा अन्य सामानबारेमा तपाईलाई सोच्न र अन्तिम समयमा हतारिनु पर्दैन ।

७. आफ्ना सामान तयार पारेपछि मात्र अरुको सामान बोक्न तथा जापानमा रहनुभएकाहरुको लागि कोसेली सामान तयार पार्नुस् । जसले गर्दा तपाईले बोक्नु पाउनुपर्ने सामान भन्दा बढी हुन नपाओस् र आफ्ना सामान नछुटोस् ।

८. सामान लगिदिनुपर्ने भएमा के सामान, गैर कानुनी वा लैजान नपाइने भन्सार बन्देज सामान हो कि बुझेर मात्र लिनुहोला । जसले गर्दा नेपाल वा जापानको कानुन विपरितको सामान ओसार पसार जान अन्जानमा गरेको नभओस् ।

९. अध्ययनको लागि भाषा कलेजमा पुग्नुपर्ने अन्तिम मिति भन्दा कम्तिमा दुई वा तीन दिनको समय अघि जापान पुग्नेगरि प्लेनको टिकट किन्नुहोस् ।

१०. प्लेनको टिकट किन्दा चिने जानेको मात्र होइन प्लेनको टिकट शुल्क कति लाग्छ बुझेर आधिकारीक व्यक्ति तथा ठाउँबाट मात्र टिकट किन्नुहोस् । साथै कम्तिमा दुई वा सो भन्दा बढी बिमान कम्पनीको शुल्क । बिमान रोकिने ठाउँमा लाग्ने टन्जिट समय लगायत बारेमा जानकारी लिनुस् ।

११. मिलेसम्म पहिलो यात्रामा जानकारी अभाव तथा अल्मलीने र केही झण्झटीलो समेत हुने हुनाले सकभर चिनेजानेको वा कोही जापान पुग्ने व्यक्तिकै साथमा यात्रा गर्दा उत्तम हुनेछ ।

जापान आइपुग्नुभयो भने तपाईको लागि जान्नै पर्ने जापानका केही दैनिक स्वनियम तथा कानुन

१. जापान आइपुग्नु अघि कलेज, नेपालबाट आउने कन्सल्टेन्सी, आफन्त वा साथी कसैलाई एयरपोर्टमा लिन बोलाउनुहोस् । जसले गर्दा एयरपोर्टबाट होस्टेल वा आफन्तकोमा बस्ने हो भने त्यहाँ सम्म पुग्न सहिलो होओस् ।

२. जापान आउने वित्तकै कोयाक्सो अर्थात् सिटी वा वार्ड अफिसमा पुगेर आफ्नो इन्स्योरेन्स बिमा गराउनुहोस् ।

३. अध्यागमन विभागमा पुगेर काम गर्ने अनुमती पत्र बनाउनुहोस् । काम गर्ने अनुमतिपत्र नबनाईकन काम गर्न नपाइने भएको हुनाले यो अनिवार्य र गर्नैपर्ने हुन्छ ।

४. रेलमा यात्रा गर्दा जान्नै पर्ने केही नियमहरु पढेर वा साथीहरु मार्फत् सिक्नुहोस् ।

५. रेलमा यात्रा गर्दा प्रयोग गरिने कार्ड सुइका प्रयोग तरिका, कार्ड बिना टिकट खरिद प्रक्रिया । समस्या परेमा रेल स्टेशन एकीमा भन्नुपर्ने कुरा बारे सामान्य जानकारी लिनुहोस् ।

५.बैंक खाता खोल्नुहोस् । बैंकमा पैसा राख्न, झिक्न तथा अरुलाई पठाउन सिक्नुहोस् ।

६. मोबाइलको सिमकार्ड लिन, कुन कम्पनीको लिंदा सजिलो र फाइदा हुन्छ बुझ्नुहोस् । न्युनतम मासिक कति तिर्नुपर्ने ? बढीमा कति शुल्क लाग्छ ? सेवा सुविधा आदि बारे सबै जानकारी लिएर मात्र मोबाइल लिनुहोस् ।

७. जापानी भाषागत लवज, व्यवहार, आदर सत्कार सम्मान, धन्यवाद आदि दिन सिक्नुहोस् । जसले गर्दा तपाईको जापान बसाई सुखदपुर्ण सुरुवात हुनेछ ।

प्रभुराम भट्टराईको सहयोगमा

खुसीको खवर । जापानमा अध्ययन गर्ने विद्यार्थीलाई Green Card सहित काम गर्ने सुविधा

जापान माइ नम्वर प्रणालीमा समस्या, के तपाईलाई माई नम्वर बारे थाहा छ ?

ढाका बम आक्रमणपछि नेपालमा सुरक्षा सतर्कता

२५ असार, काठमाडौं ।

बिहीबार नेपाली जामे र कश्मीरी मस्जिद अगाडि सडकमा सवारी निषेध थियो। दरबारमार्ग संस्कृत छात्रावासदेखि रत्नपार्कसम्मको क्षेत्रमा बर्दिधारी प्रहरीको बाक्लो उपस्थिति थियो। कान्तिपुर दैनिकमा समाचार छ।

छात्राबास, त्रिचन्द्र क्याम्पस, कमलादी मोड, रत्नपार्कका चार कुनामा सादा पोसाकमा उत्तिकै सुरक्षाकर्मी खटिएका थिए ।

मस्जिद वरिपरी स्थानीय प्रहरीसँगै आतंकबाद हेर्ने नेपाल प्रहरीको विशेष ब्युरोसँगै सशस्त्र र राष्ट्रिय अनुसन्धान विमागका जनशक्ति खटिएका थिए। विशेष कार्यदलमा एक टोली बोलावट आएसँगै तत्काल खटिनसक्ने गरी तयारी अवस्थामा थियो।

यो सतर्कताको उद्देश्य इद उल फित्रमा प्रार्थनाका लागि मस्जिद आउने सर्वसाधारणको आवातजावत सहज बनाउने त थियो नै, अन्तर्राष्ट्रिय आतंकबादी आक्रमणको बढ्दो त्रासलाई लिएर सतर्कता पनि थियो। चारै कुनामा प्रहरीसँगै ब्इुरो र विभागका कर्मचारी खटिएका थिए।

युरोप, अमेरिका लगायत क्षेत्रलाई हायलकायल पारे पनि नेपालमा आतंकबादी संगठहरु आईएस र अलकायदाको प्रत्यक्ष प्रभाव देखिएको छैन। तर, इदको समयमा साउदी अरबको मदिनामा रहेको मस्जिददेखि इराक र बंगलादेशका मस्जिद लक्षित आक्रमणका घटना भएपछि नेपालका सुरक्षा संगठन झस्किए।

काठमाडौंसँगै नेपालगन्ज, वीरगन्जलगायत मूख्य सहरका मस्जिदहरुमा बिहीबार गरिएको सुरक्षा प्रबन्ध त्यही झस्काइको परिणाम हो।

दृष्टिविहीन मेसेन्जरमा गफ, नेटमा पढाइ गर्दै

२५ असार, काठमाडौं ।
पेसाले शिक्षक ओमप्रकास बन्जाडे अरु जस्तै फेसबुकमा अनेक भाव र भंगीका फोटो पोस्ट गर्दैैनन्। हतपत्ति कसैको फोटोमा लाइकगर्दैनन्। कमेन्ट पनि लेख्दैनन्। गरुन् पनि कसरी ?

दृष्टिविहीन बन्जाडे सूचना लिन र दिनका लागि फेसबुक प्रयोग गर्छन्। फुर्सदका बेला साथीभाइसँग मेसेन्जरबाट संवाद गर्छन्। फेसबुकमा राखिएको लिंक पछ्याउँदै समाचार सुन्छन्। दुनियाँको खबर थाहा पाउँछन् र आफ्नो दृष्टिकोण बनाउँछन्। कान्तिपुर दैनिकमा समाचार छ।

दृष्टिविहीन भएर के भोरु अरुले जस्तै ओमप्रकाशको पनि चल्तीका सामाजिक सञ्जालमा उपस्थिति छ। एन्ड्रोइड मोबाइल चलाउने उनी मोबाइलमार्फत भाइबर र स्काइपमा गफ गर्छन्। युट्युबबाट गीत सुन्छन्।

सामाजिक सञ्जाल र प्रविधि प्रयोगले उनी अपडेट मात्रै भएका छैनन्, ज्ञानको दायर पनि फराकिलो बनाइरहेछन्। भन्छन्,‘प्रविधिले मान्छेको आत्मविश्वास ह्वात्तै बढाइदिँदो रहेछ।’

राम्रो शैक्षक पृष्ठभूमि भएका  र सहरमा करिअर संघर्ष गरिरहेका अधिकांश दृष्टिविहीन अरुभन्दा कम छैनन्। प्रविधिको सायोगमा उनीहरुले आफूलाई अब्बल तुल्याउने प्रयास त गरिरहेका छन् नै, दृष्टिविहीन कमजोर हुन्छन् भन्ने आम सोचाइलाई परिवर्तन गरिदिएका छन ।

‘बाबा तपाईँ कहिले आउनुहुन्छ ?’ भन्दै हेलो सरकारमा फोन आएपछि

प्रधानमन्त्री कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन एकाइ अर्थात हेल्लो सरकारमा वास्तविक उजुरी र गुनासो भन्दा धेरै ‘ब्लफकल’ आउने गरेको छ।

हेल्लो सरकारले सुरु गरेको टोल फ्री नम्बर अर्थात पैसा नलाग्ने फोनमा आउने ‘ब्लफकल’ले कर्मचारीहरु भने हैरान भएका छन्। कान्तिपुर दैनिकमा समाचार छ।

इकाइका उपसचिव प्रधुम्न उपाध्यायले भने,‘निजी गन्थन र पारिवारिक कुरा सुनाउन पनि कतिले फोन गर्छन्। जसले हाम्रा कर्मचारीको समय बर्बाद भएको छ।’ उनका अनुसार धेरैजसो फोन बच्चाको आउने गरेको छ।

कर्मचारीले रिसिभ गर्दा उनीहरुले सोध्छन्,‘बाबा तपाई कहिले आउनुहुन्छरु’ उपसचिव उपाध्यायको अनुमानमा बच्चाहरुले बाबुसँग गफ गर्न खोजेका तिनका आमाहरुले हेल्लो सरकारमा फोन लगाएर बच्चालाई दिन्छन्।

धेरै मध्ये यस्ता बच्चाका बाबु विदेश रहेको अनुमान गर्न सकिन्छ। एकाईले बारम्बार ‘ब्लफकल’ गर्नेलाई कारबाही गर्नेबारे सोचे पनि व्यवहारिक रुपमा सम्भव नहुने भएपछि त्यसबारे केही निर्णय गरेको छैन।

‘समर क्याम्प भन्दै बालबालिका अमेरिका तस्करी, एक पक्राउ

२५ असार, काठमाडौं ।
नौ जना बालबालिका अमेरिका पुर्‍याएर उतै छोडेको अभियोगमा पुतली सडकस्थित सहारा लिङ्क इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

समर स्कूलका लागि भनेर अमेरिका पुर्‍याइएका ९ बालबालिका न्युयोर्क विमानस्थलबाट भगाएपछि फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले रजनीलाई नियन्त्रणमा लिएको थियो। नागरिक दैनिकमा समाचार छ।

अमेरिका प्रवेश गर्दा साथमा हेका बालबालिका पछि बेपत्ता देखिएपछि अमेरिकी अध्यागमनले नेपालको अध्यागमन विभागलार्इ पत्राचार गर्दै श्रेष्ठमाथि अनुसन्धान गर्न अाग्रह गरेको थियो ।

अध्यागमन विभाग महानिर्देशक केदार न्यौपानेले बालबालिका तस्करीको शंकामा अमेरिकी अध्यागमन विभागले नेपालको अध्यागन विभागलाई पत्र पठाएर अनुसन्धान गर्न आग्रह गरेको बताए। विमानस्थलको रेकर्डअनुसार २४ जुनमा रजनी श्रेष्ठ १२ बालबालिका साथमा न्युयोर्कका लागि उडेकी थिइन्। फर्किंदा उनको साथमा ३ बालबालिका मात्र थिए।

महानिर्देशक न्यौपानेले बालबालिका तस्करीको गम्भीर उद्देश्य देखिएकाले अमेरिकी अध्यागमनले पत्र पठाएरै अनुसन्धान अनुरोध गरेको जनाए। 'केस गम्भीर देखिएकाले हामीले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइसकेका छौं। हनुमानढोका प्रहरीले अनुसन्धान गरिरहेको छ।’ यो मुद्दालाई अहिले महानगरीय प्रहरी परिसर हनुमान ढोकाले अनुसन्धान गरिरहेको छ।

यसरी छोडिए ९ बालबालिका अमेरिकामा

पुतलीसडकमा कार्यालय रहेको सारा लिङ्क विदेश पढ्न जानेलाई परामर्श दिने कम्पनी हो। कम्पनीले सन् २०१६ को इएसएल ब्रिजको गृष्म कार्यक्रम (समर प्रोग्राम) मा अमेरिका लैजान १४० आवेदन लिएको थियो।

अमेरिकाको इकोसेरा इएएसएल ब्रिज स्कूलले स्काइपबाट सबै निवेदकसँग अन्तर्वार्ता गरेको थियो। तीमधेये ८६ जना उत्तीर्ण हुन सफल भएका थिए। सारा लिङ्कले ८६ जनाको डकुमेन्टेसन गरेर काठमाडौंस्थित अमेरिकी दूतावासमा भिषा आवेदन पठाएको थियो। ती मध्ये १३ जनाले भिषा पाउन सफल भए। पैसाको लेनदेन नमिल्दा एका जना अमेरिका गएनन्।

दोस्रो भाषा अंग्रेजी भएकाहरुलाई अंग्रेजी भाषा, संस्कृतिसँग जोड्न अमेरिकामा इएसएल ब्रिज कार्यक्रम सञ्चालन हुनेगर्छ।

शशांकले सुप र जुस पिउन थाले

२५ असार , काठमाडौं । स्वास्थ्यमा सुधार आउन थालेपछि नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले झोलिलो खानेकुरा खान थालेका छन् ।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार राति चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका डा.कोइरालाको स्वास्थ्य बुधबार बिहानपखदेखि झन् जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । आजको अन्नपूर्णमा समाचार छ ।

स्वास्थ्यमा सुधार आएपछि बिहीबारदेखि भेन्टिलेटरबाट हटाइएका डा. शशांकले चिकित्सकको निगरानीमा जुसलगायत झोलिलो खान थालेको उपचारको नेतृत्व गरिरेहका डा। लवनरसिंह जोशीले बताए ।

सुतिरहेका बेला बान्ता गर्दा सर्किएर फोक्सोमा परेपछि डा. शशांकका महत्वपूर्ण अंगहरुले काम गर्न सकेका थिएनन् । निरन्तर विशेषज्ञको उपचारपछि उनको स्वास्थ्य २४ घन्टामै सुधार आएको हो ।

प्रचण्डलाई प्रधानमन्त्रीले भने-‘चित्त नबुझे सरकार ढाल्नुस्, नभए काम गर्न दिनुस्’

२५ असार , काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार दिउँसो र साँझ गरेर  दुई पटक बालुवाटार पुगे ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच दुई घन्टा गोप्य वार्ता भएको छ । उनीहरूबीच बिहान ८ बजेदेखि दसबजेसम्म छलफल भयो ।

ओली र प्रचण्डको भेटमा यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । दाहालले भने, ‘शुक्रबार साँझको भेटमा मंसिरसम्म यही सरकार कायम राख्ने विषयमा छलफल भएको छ ।’

प्रचण्ड र ओलीबीच शुक्रबार मात्र पटकपटक भेटवार्ता भएको भए पनि दाहालले भने साँझ एक पटकमात्र भेटवार्ता भएको दाबी गरे । ‘साँझ प्रधानमन्त्रीसँग भेट भएको हो,’ दाहालले भने ।

भेटमा प्रचण्डले माओवादी केन्द्र वर्तमान गठबन्धनको सरकारको विपक्षमा जान नसक्ने विषय जानकारी गराका थिए । आजको अन्नपूर्णमा समाचार छ ।

पछिल्लो  समय सरकार परिवर्तनबारे अनावश्यक टिकाटिप्पणी भएको भन्दै ओलीले दाहलसँग असन्तुष्टि पोखेका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले आफूलाई चित्त नबुझे कि सरकार ढालिहाल्नु, नभए सरकारलाई काम गर्ने वातावरण बनाइदिनु भनी प्रचण्डसँग भनेको स्रोतको दाबी छ ।

उनले मंसिरमा स्थानीय निकायको निर्वाचन सम्पन्न गरेपछि मात्र सरकारको नेतृत्वका विषयमा छलफल गर्दा राम्रो हुने सुझाएका थिए ।

मनमोहन हस्पतालले सामाजिक अभियन्ता केसीलाई असफल पार्न यसरी डाक्टर उचाल्यो

२५ असार, काठमाडौं ।

प्रस्तावित मनमोहन मेमोरियल शिक्षण अस्पतालका ३३ चिकित्सकले डा. गोविन्द केसी शिक्षण अस्पतालभित्र अनशन बस्न नपाउने दाबी गरेका छन् ।

केसी अनशन बसे त्यसविरुद्ध आफूहरू पनि अनशन बस्ने चेतावनी उनीहरूले दिएका छन् ।

अस्पताल प्रशासनलाई पत्र पठाउँदै उनीहरूले डा. केसीले अस्पतालभित्रै अनशन गर्न पाउने भए आफूहरूलाई पनि अनशनस्थल उपलब्ध गराउन माग गरेका आजको नयाँ पत्रिकाले जनाएको छ ।

पटक–पटकको अनशनले स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै उनीहरुले डा. केसीलाई कारबाही गर्नसमेत माग गरेका छन् ।

केसीलाइ कारबाही गर्न माग गर्दै अस्पताल प्रशासनलाई पत्र पठाउँने डाक्टरहरूमा उमाकान्त भट्टराई, रामप्रसाद श्रेष्ठ, नगेन्द्रप्रसाद शाह, गुणकुमार श्रेष्ठ, राजकुमार क्षेत्री, उमा क्षेत्रीलगायतका रहेका छन् ।

अटेरी भूटान । आफ्नै नागरिक लखेटेर भन्छ-‘नेपालका भूटानी शरणार्थी हैन आप्रवासी हुन्’

२५ असार, काठमाडौं । भुटानले सन् १९९० को दशकमा जबर्जस्ती खेदिएका नागरिक शरणार्थी नभएको जिकिर गरेको छ ।

दजगतबलशरणार्थी फिर्तीका विषयमा नेपालसँग १५औँ चरणको वार्तामा सहभागी भुटानले आफ्नो परराष्ट्र मन्त्रालयमा राखेको नेपाली भाषाको पछिल्लो विवरणमा यो समस्या अवैध आप्रवासनसँग जोडिएको उल्लेख छ ।

विवरणमा हार्डभर्ड युनिभर्सिटी पढेका छिरिङ तोब्गे प्रधानमन्त्री भएपछि उनका सामाजिक–आर्थिक कार्यक्रमसमेत राखिएको छ । हालै राखिएको कन्ट्री रिपोर्ट २०१४ मा उल्लेखित नेपाली भाषाको दस्ताबेज डब्लुडब्लुडब्लू डट एमएफए डट जिओभी डट बिटीमा राखिएको छ ।

‘पूर्वीनेपालका शिविरमा बसोबास गर्ने मानिसहरूको स्थिति खासै शरणार्थी स्थिति नभएर यो एउटा जटिल प्रकारको स्थिति हो भने यसको जरो अवैधानिक आप्रवाससित जोडिएको छ,’ भुटानले दस्ताबेजमा भनेको छ, ‘यो समस्या समाधानका लागि भुटान र नेपालबीच भइसकेका सम्झौताका आधारमा भुटान समस्याको दीर्घकालीन समाधानप्रति प्रतिबद्ध रहेको छ ।’

तर, भुटानको आनाकानीका कारण सन् २००३ यता शरणार्थी विषयमा वार्ता हुन सकेको छैन । यद्यपि सन् २००६ देखि अन्तर्राष्ट्रिय समुदायको सक्रियतामा नेपालमा रहेका भुटानी शरणार्थी तेस्रो मुलुक पुनर्वासमा गएका छन् ।

भुटानी पहिचानसहित आठवटा मुलुकमा जम्मा एक लाख दुई हजार एक सय ४१ जना शरणार्थीको पुनर्वास गराइएको नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोगको कार्यालय ९युएनएचसीआर०ले जनाएको छ । अमेरिका, बेलायत, नर्वे, नेदरल्यान्ड, न्युजिल्यान्ड, डेनमार्क, क्यानाडा र अस्ट्रेलियामा ती शरणार्थीको पुनर्वास भइसकेको छ ।

यद्यपि भुटानले पुनर्वासलाई भने समर्थन गरेको छ । ‘शिविरमा रहेका मानिसलाई पुनर्वास गराउन प्रयास गर्ने मुख्य समूहसित भुटान प्रशंसा व्यक्त गर्न चाहन्छ । पुनर्वास गराउने यो कामले यसरी तन्केर गइरहेको मानवीय समस्याको समाधान गर्न सहयोग पु९याएको छ,’ भुटानी दस्ताबेजमा उल्लेख छ ।

नेपालमा रहेका भुटानी शरणार्थीमध्ये अब १५ हजार पाँच सय बाँकी छन् । उनीहरू शनिश्चरे र बेलडाँगी शिविरमा छन् ।

शनिश्चरेमा तीन हजार ४९ जना र बेलडाँगीमा १२ हजार चार सय २१ जना छन् । युएनएचसीआरका अनुसार जम्मा चार हजार एक सय ५७ परिवार शिविरमा छन् । यीमध्ये १३ हजार पाँच सयजनाले तेस्रो मुलुक पुनर्वासका लागि निवेदन दिएका छन् भने दुई हजार जनाले स्वदेश फिर्ताको पक्षमा अडान राखेका छन्।

नेपालमा रहेको पसल भारत सार्दै व्यापारी

२५ असार, काठमाडौं ।

सिम्रौनगढमा वर्षौंदेखि किराना पसल चलाएका उमेश गुप्ताले अहिले सीमावर्ती भारतीय बजार घोडासहनमा कपडा पसल खोलेका छन् ।

‘सबै ग्राहक किनमेल गर्न घोडासहनमै जान थालेका छन्,’उनले भने,’मेरो मात्रै होइन, यहाँका लगभग सबै पसलेको अवस्था बेहाल छ । त्यसैले यहाँका अरु व्यापारी पनि उतै पसल सार्ने तयारीमा छन् ।’

सिम्रौनगढमै रहेको विवेक एन्ड साहिल बस्त्रालयका सञ्चालक छोटेलाल साहले पनि पसल सार्न घोडासहनमा सटर भाडामा लिइसकेका छन् । ‘यहाँ दिनभर पसलमा झिंगा मारेर बस्नु पर्ने अवस्था छ,’उनले भने,’साउन महिनाभित्र कपडा पसल घोडासहनमा सार्छु ।’ आजको अन्नपूर्णमा समाचार छ ।

भन्सार राजस्व तिरेर सामान ल्याउने सहज वातावरण नभएका कारण ऐतिहासिक एवं पर्यटकीय स्थल बाराको सिम्रौनगढ बजारका व्यापारी भारत पलायन हुन थालेका छन् ।

दुई महिनामा सिम्रौनगढ बजारका झन्डै २० वटा पसल सीमावर्ती भारतीय सहर घोडासहनमा सरिसकेका छन् ।  दुई महिनाको अवधिमा सिम्रौनगढबाट कपडा, किराना, भाँडाकुँडा र सुनचाँदीका गरी लगभग २० वटा पसल घोडासहनमा सरिसकेको र अझै केही सर्ने तयारीमा रहेको उद्योग वाणिज्य संघ सिम्रौगढका अध्यक्ष जयन्त कुशवाहाले बताए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web