एजेन्सी,असार २५ । ओलम्पिकका लागि अर्जेन्टिनी फुटबल टोलीको घोषणा भएको छ। मार्टिनोले सन्यास लिएपछि युलिओ ओलार्तिकोचियाले १८ सदस्यी ओलम्पिक फुटबल टोलीको घोषणा गरेका हुन्। ओलम्पिक फुटबल टोलीमा २३ वर्षमाथिका ३ खेलाडी राख्न पाउने प्रावधान भए पनि युलियोले घोषणा गरेको टोलीमा टोभिक्टो कुएस्टा मात्र २३ वर्षमाथिका छन्। कोपा अमेरिकावाट अर्जेन्टिना बाहिरिएपछि मेस्सीको सन्याससँगै चर्चित खेलाडीहरुले पनि तत्कालको लागि टिमवाट खेल्ने नखेल्ने स्पष्ट रुपमा नखुलाउदा टोलीको घोषणा गर्न ढिलाई भएको थियो ।

मुख्य प्रशिक्षक जेरार्ड मार्टिनोले पनि राजिनामा गरेको दिएको केही दिनपछि अर्जेन्टिनी टोलीको घोषणा भएको हो। टोलीमा पाउलो डाएबला, माउरो इकार्डी, माटिएस क्रान्टभिट पर्न असफल भएका छन्। एथ्लेटिको मड्रिडबाट खेल्ने चर्चित खेलाडी एन्जल कोरेअ र लुसिआनो भिएट्टो र इंग्लिस क्लब वेष्टहमबाट खेल्ने मानुएल लान्जीनी भने टोलीमा अटेका छन्। एथ्लेटिको मड्रिडका प्रशिक्षक तथा पूर्व अर्जेन्टिनी खेलाडी डिएगो सिमोनीको छोरा जियोभानी पनि टोलीमा परेका छन्।

अर्जेन्टिना रहेको समूहमा अल्जेरिया, होन्डुरस र पोर्चुगल रहेका छन्। अर्जेन्टिनाले अगस्ट ४ पोर्चुगलसँग पहिलो खेल खेल्नेछ। सन् २००४ र २००८ मा ओलम्पिक फुटबलमा स्वर्ण पदक जितेको अर्जेन्टिना २०१२ को लण्डन ओलम्पिकमा भने छनोट हुन असफल भयो।

१८ सदस्यीय अर्जेन्टिनी ओलम्पिक फुटबल टोली

गोलरक्षक : जेरेनिमो रुल्ली, एक्सल वेर्नर

डिफेन्डर : भिक्टोर कुएस्टा, लाउटारो जिएनेट्टी, जोस लुइस गोमेज, लिसान्ड्रो मागालान, एलेक्सिस सोटो, लिएन्ड्रो भेगा

मिडफिल्डर : सान्टिअगो अस्कासिवर, जिओभानी लो सेल्सो, जोअक्विन कोरेअ, माउरिसिओ मार्टिनेज, लुकास रोमेरो

फरवार्ड : एन्जेल कोरेअ, क्रिस्टियन स्पिनोजा, मानुएल लान्जीनी, जियोभानी सिमोनी, लुसिआनो भिएट्टो

22.12¡ÆC