काठमाडौं,असार २६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठनको निर्णय वर्तमान सत्तासमीकरण भत्काउन र सरकार परिपवर्तन गर्नको लागि नभएको प्रष्ट पारेका छन् । माओवादी केन्द्रकै नेताहरु सरकार ढाल्ने खेलमा सहभागी भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार बिहान भएको भेटवार्तामा अध्यक्ष दाहालले सो प्रस्टीकरण दिएका हुन् । माओवादी केन्द्रको निर्णय दोहोरो अर्थ लाग्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले स्पस्ट पर्न सुझाएपछि दाहालले सो भनाइ राखेको लाजिम्पाट स्रोतले बताएको आजको राजधानी दैनिकले जनाएको छ ।

शुक्रबार प्रधानमन्त्रीसँग भेट गरेका दाहालले आफ्नो पार्टीको निर्णयलाई लिएर प्रधानमन्त्री ओलीले थप परामर्श थालेको जानकारी पाएपछि शनिबार बिहानै प्स्ट पार्न बालुटार पुगेका थिए । प्रधानमन्त्री ओलीले स्थानीय निकायको निर्वाचन गर्दा सम्म यही सरकार रहेने भएपनि माओवादी नेताहरुकेा अभिव्यक्तिले भ्रम छरको भन्दै आपत्ति जनाएका थिए ।

भेटमा प्रचण्डले आफूहरु सत्ता गठबन्धन तोड्ने पक्षमा नरहेको प्रस्टीकरण दिएका थिए । ‘ हाम्रो निर्णय सहमतिको सरकार गठन गर्ने उद्देश्यअनुरुप हो, बाहिर आएजस्तो सरकार परिवर्तनका लागि हुदैँ होइन, नौबुँदे सहमतिको स्पिरिटअनुसार अघि बढौं भन्ने मात्रै हाम्रो निर्णय हो, ‘ प्रधानमन्त्रीसँग दाहालको भनाइ थियो ।

काठमाडौं,असार २६ । भोटेकोसी नदीमा आएको बाढीले एनसेलको टावर रहेको घर कटान गरेर नदीमा मिलाएपछि तातोपानी क्षेत्र सञ्चार सम्पर्कविहीन बनेको छ । यसअघि राजमार्गका विभिन्न भागमा सडक कटान गरेकाले सडक सञ्जालबाट सीमा क्षेत्रको सम्पर्क विच्छेद भइसकेको थियो । शनिबार लिपिङस्थित एनसेलको टावर रहेको सहित १५ घर नदीको कटानमा परेका छन् ।

स्थानीय प्रशासनको अभिलेखमा यी १५ सहित कुल ४२ घर पूर्णरुपमा क्षति भएको उल्लेख छ । तातोपानी क्षेत्रको कुन ठाउँको कति घर नदीमा मिले भन्नेमा जिल्लाका प्रहरी प्रमुख समेत अनिभिज्ञ छन् । तातोपानी क्षेत्रका लिपिङ, तातोपानी, कोदारी, १० किलोलगायतका बस्ती कटानको उच्च जोखिममा छन् । प्रहरी प्रमुख केसीलाई तातोपानी क्षेत्रका कुनकुन ठाउँको घर नदी कटानमा परेको भन्ने जानकारी नभएको आजको अन्नपूर्णमा समाचार छ ।एनसेलको टावर घरसँगै नदीमा मिसिएपछि सीमा प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक खुमलाल भूसाल सञ्चार सम्पर्कबाट बाहिर छन् । मंगलबार राति चीनतर्फबाट आएको बाढीले सीमा क्षेत्रका घर बगाउन सुरु गरेको थियो ।

काठमाडौं,असार २६ । सांस्कृतिक आदानप्रदानका नाममा नेपाली बालबालिका अमेरिका तस्करी गरेको आरोपमा पुतलीसडकस्थित सहारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई शनिबार प्रहरीले हिरासतमा राखेर कारवाही थालेको छ। नौ जना बालबालिका अमेरिका पुर्याएर उतै छाडेको अभियोगमा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले मानव ओसारपसार तथा बेचबिखन ऐनअन्तर्गत थप कारवाहीका लागि श्रेष्ठलाई शनिबार हिरासतमा लिएको हो । परिसरले अनुसन्धानका लागि हाजिरी जमानीमा राखेकी श्रेष्ठलाई थप प्रमाणका आधारमा हिरासतमा लिएको हो ।

परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले थप अनुसन्धानका लागि श्रेष्ठलाई हिरासतमा लिएको पुष्टि गरे । उनले घटनापछि प्रहरीको नियमित सम्पर्कमा रहेकी श्रेष्ठका बिरुद्ध थप प्रमाण जुटाउन हिरासतमा लिनु परेको बताए । उनले भने ‘घटनाका विषयमा थप प्रमाण र आधार भेटिएका छन, कानुन अनुसार अनुसन्धान हुन्छ। ’

समर स्कुलका लागि भनेर अमेरिका पुर्याइएका नाै बालबालिका न्युयोर्क विमानस्थलबाट भगाएपछि फर्किने क्रममा त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थल अध्यागमनले रजनीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो। अमेरिका प्रवेश गर्दा साथमा रहेका बालबालिका पछि बेपत्ता देखिएपछि अध्यागमन विभागले प्रहरीलाई असार १६ गते पत्राचार गर्दै श्रेष्ठमाथि अनुसन्धान गर्न आग्रह गरेको थियो। आजको नागरिक दैनिकमा खबर छ ।

काठमाडौं,असार २६ । कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले आफूलाई उपसभापति मनोनीत गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन्। तीनपटक भेटेर दबाब दिए पनि देउवाले टारेको भन्दै खड्काले शनिबार आफूपक्षीय नेता–कार्यकर्ताको भेला गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। ‘सभापति शेरबहादुर देउवाले महाधिवेशनअघि खड्काजीलाई उपभापति दिने प्रतिबद्धता गर्नुभएको हो। तर, अहिले भ्रातृ संस्थाको अधिवेशनपछि मात्र पदाधिकारी चयन गर्ने भनेर ढिलाइ हुँदै आएको छ,’ भेलामा सहभागी नेता देवेन्द्रराज कँडेलले भने, ‘पदाधिकारी चयन किन ढिलाइ भइरहेको छ।

केन्द्रीय सदस्य पनि हाम्रो पक्षलाई दिने भन्ने थियो तर दिइएन। यिनै विषयसहित भातृ संस्थाको अधिवेशन र हिन्दु धर्मबारे छलफल गर्न भेला डाकेका हौ।’ भेलाले आफ्नो पक्षलाई समेत मिलाएर लैजान देउवा तयार हुनुपर्ने निष्कर्ष निकालेको छ। लगनखेलस्थित कराातेको कार्यालयमा दिउँसो ३ बजेदेखि दुई घन्टा चलेको भेलामा खुमबहादुर खड्कासहित शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लसहित दुई सय महाधिवेशन प्रतिनिधि सहभागी थिए।

पार्टी पदाधिकारी तथा सदस्य मनोनित गर्न ढिलाइ भएमा अपजस जति देउवालाई नै जाने भन्दै छिटो गर्न पहिले दबाब दिने, त्यसो नभए थप रणनीति बनाउनेबारे सहभागीले सुझाब दिएका थिए। ‘विधानमा दुई महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिने भन्ने भए पनि चार महिनासम्म हुन नसक्दा जसअपजस सबै सभापतिलाई गइरहेको छ,’ कँडेलले भने, ‘समयभन्दा ढिलो गर्दा अपजस मात्रै बोक्नुपर्ने अवस्थाबाट मुक्त हुनुस् भनेर अब दबाब दिन्छौं।’

देउवासँग छलफल गर्न टोली

भेलाले शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल र अजयकुमार चौरसियालाई देउवासाग संवाद गर्ने जिम्मा दिएको छ। ‘उपसभापति दिने र केन्द्रीय सदस्यमा पनि भागबन्डा गर्ने सहमति भएको हो। खुमबहादुरजीले सभापतिलाई तीनपटक भेटेरै मनोनित गर्न भन्नुभयो। चार महिना बित्न लाग्दा पनि प्रतिज्ञा पूरा भएको छैन,’ कँडेलले भने, ‘अब देउवाजीसँग भेटेर क्लियर कुरा गर्छौं।’

काठमाडौं,असार २६ । नेपाल र चीनबीच रहेको व्यापारिक सीमानाका बन्द भएपछि दुवै देशका उच्चसुरक्षा अधिकारी गोप्य छलफलमा जुटेका छन् । प्राकृतिक प्रकोप र सुरक्षा संवेदनशिलतालाई प्रमुख कारण देखाउँदैबन्द भएका तातोपानी खासा, रसुवागढी र मुस्ताङको कोरला नाका सुचारु गर्ने लगातयका विषयमा छलफलगर्न चिनियाँ सुरक्षा अधिकारी काठमाडों आइपुगेका हुन् ।

औपचारिक छलफल र भेटघाटको तालिका नै तय नभई भएको चिनियाँ सुरक्षा अधिकारीहरुको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको आजको कारोबार दैनिकले जनाएको छ । जनमुक्ति सेनाका मेजर जनरल फु पेङ नेतृत्वको चिनियाँ टोली शनिबार अपरान्ह काठमाडों आइपुगेको हो । बुधबारसम्म नेपालमै रहने भ्रमण टोलीले नेपालका सुरक्षा अधिकारीसँग अनौपचारिक छलफल गर्नेछ ।

गृहसचिव नारायणगोपाल मलेगोसहितका सुरक्षा अधिकारीसँग उनीहरुको छलफल हुने जनाइएको छ । नेपाल चीन व्यापारिक नाका सुचारु गर्ने, सीमा अपराध नियान्त्रण गर्ने र एक चीन नीतिविरुद्धका गतिविधि नियन्त्रण गर्ने लगायतका बिषयमा छलफल हुने गृहमन्त्रालयल श्रोतले जनाएको छ । यसअघि बिहिबार तीन उपप्रधानमन्त्रीहरुले चीनसँग सीमा जोडिएको कोरला नाका अवलोकन गरेका थिए ।

पप्पु गुरुङ्, २५ असार, दोधारा चाँदनी । नेपाल विद्युत् प्राधिकरण दोधारा चाँदनी फ्युज शाखाका खेताला कर्मचारीलाई कार्वाही गर्न अनुरोध गरिएको छ् । नेपाल विद्युत् प्राधिकरण दोधारा चाँदनी फ्युज शाखाका खेताला कर्मचारीले आफ्नो जिम्मेवारीमा चरम लापरवाही गरेको भन्दै आज बसेको दोधारा चाँदनी नगरपालिकाको कार्यालयको सर्वदलिय बैठकले प्राधिकरण दोधारा चाँदनी फ्युज शाखाका खेताला कर्मचारीलाई कार्वाही गर्न नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय महेन्द्रनगरमा अनुरोध गर्ने निर्णय गरिएको दोधारा चाँदनी नगरपालिकाको कार्यालयले जनाएको छ् । नेपाल विद्युत् प्राधिकरण दोधारा चाँदनी सेवा केन्द्रका मिटर रिडरहरुले समयमा नै ग्राहकको घरमा रहेको मिटर रिडिङ नगरी कार्यालयमै बसेर मनपरी ढङ्गले अङ्क चढाई दिदा अनावश्यक रुपमा बढी पैसा तिर्नु परेको ग्राहकले गुनासो आईरहदा दोधारा चाँदनी नगरपालिकाको कार्यालयको सर्वदलिय सयन्त्रले यसो निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरण दोधारा चाँदनी फ्युज शाखामा २ जना मिटर रिडरहरु खटाए पनि उनिहरुले कहि कतै ग्राहकको घरमा रहेको मिटर रिडिङ नगरी कार्यालयमै बसेर मनपरी ढङ्गले अङ्क चढाउने गरेको ग्राहकहरुले बताएका छन् । वर्षौ बित्दा समेत दोधारा चाँदनीको घरमा रहेको मिटर रिडिङ नगरी तलव खादै आएको सथानियहरुले गुनासो गरेका छन् । आज बसेको दोधारा चाँदनी नगरपालिकाको कार्यालयको सर्वदलिय बैठकले प्राधिकरण दोधारा चाँदनी फ्युज शाखाका खेताला कर्मचारीलाई तत्काल समस्या समाधान सहित लापरवाही कर्मचारीलाई कार्वाही नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय महेन्द्रनगरमा अनुरोध गरेको छ् ।

पप्पु गुरुङ्, २५ असार, दोधारा चाँदनी । प्रहरीको त्रासको कारण कञ्चनपुरको दोधारा चाँदनीका ६ दलित घरधुरीका आमा बाबु फरार भएपछि उनिहरुका नानीहरुको बिचल्ली भएको छ् । उनिहरु डरै डरले रातभरी एक्लो घरमा सुत्नु परेको बताईएको छ् । प्रहरीले मानव तस्करीमा संलग्न अरोपितलाई पक्राउ गर्दा गाँउनै त्रसित गराउदै ६ जना बिरुद्ध सार्वजनिक मुद्धा दर्ता गरेको कारण ६ घरधुरीका आमा, बाबु प्रहरीको त्रासको कारण बिस्तापित भएका हुन् । प्रहरीले सुत्केरी महिलालाई समेत मध्यरातमा मच्छरदानीमा बाहिर निस्कन लगाई धम्काउन थालेपछि वालवालिकामा थप डर उत्पन्न भएको स्थानियहरुले बताएका छन् । नेपाल/भारत सिमा क्षेत्रमा रहेको दोधारा चाँदनीको सुन्दरनगर बस्तीमा चोर, डाका भन्दा अहिले प्रहरीको त्रास बढेको स्थानियहरुले बताउन थालेका छन् । प्रहरीको अनुसन्धान पछि काला सुनार, माईला भनिने बिक्रम सुनार, दिवान सुनार, गणेश चदारो, शेर बहादुर चदारो र अभियुक्त सुनारको श्रीमती (नाउ नखुलेको) को नाउमा प्रहरीले चेलीबेटी बेचबिखनको मुद्धामा २०६६ साल माघ १७ गते देखि फरार रहेका दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरका बिर बहादुर सुनारलाई भगाउन सहयोग गरेको भन्दै सार्वजनिक मुद्धा दर्ता गरेको हो । जेठ १८ गते मंगलवार करिब ३ बजे ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्मा र प्रहरी जवान गगन ढुङ्गाल दोधारा चाादनी नगरपालिका वडा नं. ८, सुन्दरनगरमा सुरक्षा अवस्था जाँच गर्ने जाने क्रममा अचानक प्रहरीले चेलीबेटी बेचबिखनको मुद्धामा फरार रहेका दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरका बिर बहादुर सुनारलाई देखेपछि पक्राउ गर्न थालेको हो । पक्राउ गर्ने क्रममा प्रहरीले पेस्तोलले एक राउण्ड हवाई फायर समेत गरेको थियो । १४ वर्षिय अन्जली सुनारले प्रहरीको पड्काएको पोस्तोलको डरले राती पनि डर लाग्ने गरेको बताएका छन् । “कहिले गोली पड्केको सुनेको थिएन्” अन्जलीले भनिन् । प्रहरीले तिम्रो आमा, बाबुको फोन नम्वर देउ भन्दै शरिरमा खानतलासी गरेको बताएका छ् । “खानतलासी गर्दा मेरो शरिरै डरले काम्यो” अन्जलीले थपिन् । अन्जली मात्रै नभै सुन्दरनगरको आधा दर्जन वालवालिका प्रहरी कतिबेला आएर बन्दुक पड्काउने हो भन्ने डरै डरमा बस्दै आएका छन् । कतिपय वालवालिका नजिकै रहेको बिद्यालय समेत जान छाडेको स्थानिय पार्वती चदारोले बताईन् । सार्वजनिक मुद्धा लागेका अभियुक्तहरु बलवालिकाहरुको घरको जिम्मामा छाडेर भारत पलाएन भएका हुन् । फरार रहेका एक अभियुक्त माईला भनिने बिक्रम सुनारले आफुहरुले बिर बहादुर सुनार माथी गोली प्रहार गर्ने सादा पोसाकमा प्रहरी भएको आफुहरुलाई थाहा नभएको टेलीफोन मार्फत बताएका छन् । “बिर बहादुरलाई चोरले गोली हान्यो भनेर सबैले हल्ला गरे । हामी सबै गएर बिर बहादुरलाई बचाउन लाग्यौ” टेलीफोन मार्फत माईला भनिने बिक्रम सुनारले भने । आज नेकपा(एमाले) दोधारा चाँदनी नगरकमिटिको बैठकले गाँउलाई त्रसित गराउदै बन्दुक पड्काएर प्रहरीले ६ जना बिरुद्ध लगाएको सार्वजनिक मुद्धाको बिषयमा प्रहरीको घोर निन्दा गरेको छ् । प्रहरीले गरेको असमाजिक कार्य प्रति पार्टीको आपत्ती जनाउदै प्रहरीले गरेको दमन प्रति खेद प्रकट गरेको छ् ।

काठमाडौं,असार २५ । युरोकप फुटवलको उपाधि फ्रान्स र पोर्चुगल मध्ये कस्ले जित्ने भन्ने विषयलाई लिएर शनिवार राजधानीमा महालेखापरिक्षकको कर्मचारीबीच मैत्रीपूर्ण फुटबल म्याच भएको छ । च्यासल फुटबल मैदान ललितपुरमा भएको खेलमा महालेखापरिक्षकको फ्रान्सटीमले पोर्चुगलको टिमलाई ६-० ले हरायो । फ्रान्सटिमको लाई शुक्र तामाङ ह्याट्रिक सहित चार गोल गरे भने रामकाजी थापा मगरले २ गोल गरे । पोर्चुगलले पेनाल्टीको मौका पाउँदा पनि गोल गर्न सकेन ।

जय गौतमको नेतृत्वमा मैदान ओर्लिएको फ्रान्सटिमले पहिलो हाफमा नै ३ गोलका अग्रता लिएर अर्जुन गिरिको नेतृत्वमा टिम पोर्चुगललाई निकै दवाबमा राख्दै दास्रो हाफमा ३ गोल थप्यो । निकै प्रतिस्पर्धात्मक खेलमा पार्चुगलले पाएको मौका सदुपयोग गर्न नसक्दा लजास्पद नजिजा सुम्पन बाध्य भयो । दर्शकले खचाखच भरिएको च्यासल फुटबल मैदान लेखापरीक्षण अधिकारी ताराकुमार सुवेदी बिशिष्ट पाहुनाको रुपमा उपस्थित भै ट्रफी तथा पुरस्कार बितरण गर्नु भयो । खेलमा ह्याट्रिक गरेका सुक्र तामाङ म्यान अफ दि म्याच र शुत्रुधन प्रसाद यादब उत्कृष्ट खेलाडी घोषित भए । फ्रान्समा चलिरहेको १५ औं संस्करणको युरोकप उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगलबीच नेपाली समयअनुसार आइतबार मध्यराती हुदैछ ।

काठमाडौँ, असार २५ । नेपाल बक्सिङ्ग संघको नयाँ कार्यसमितिले बक्सिङ्गको बार्षिक क्यालेन्डर बार्षिक क्यालेन्डर सार्वजनीक गरेको छ । काठमाण्डौमा शनिबार पत्रकार सम्मेलन गरि एक बर्षका लागि दश वटा कार्ययोजना सार्वजनीक ग¥यो । बक्सिङ्गलाई विद्यालयस्तरमा लैजाने योजना बनाएको कार्य समितिले विभिन्न राष्ट्रिय प्रतियोगितालाई कार्य तालिकामा समावेश गरेको छ ।

कार्यतालिका अनुसार श्रावणको अन्तिम साता काठमाण्डौमा राष्ट्रिय एवं नेभिस बक्सिङ्ग प्रतियोगिता गरीनेछ । फाल्गुनमा राष्ट्रिय प्रतियोगिता र च्याम्पियनसिप तथा जुनियर बक्सिङ्ग प्रतियोगिता हुने कार्यतालिकामा उल्लेख छ । कार्यतालिका अनुसार मङ्सिर १४ देखि १९ सम्म खेलाडीको स्तर निर्धारण गर्ने ¥याङकिङ प्रतियोगिता झापामा हुनेछ । गत जेष्ठ २२ गते चौथो साधारण सभाले राम अवाले नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको थियो । अवाले नेतृत्व नयाँ कार्यसमितिले यस वर्ष बक्सिङ खेललाई विकेन्द्रित गर्ने खालको कार्यतालिका ल्याएको छ । अध्यक्ष अवाले आफै पनि प्रथम दक्षिण एशियाली खेलमा बक्सिङको तर्फबाट रजत बिजेता खेलाडि हुन् ।

त्यस्तै कार्यतालिका अनुसार यही असार २८ र २९ गते रेफ्री जर्ज रिफ्रेसमेन्ट कोर्स हेटाँैंडामा हुनेछ जसमा देशभरिका ४० रेफ्री तथा जजले तालिम लिनेछन् । असोज र कात्तिकमा यू–१६ र यू–१७ वर्ष उमेरका खेलाडी सम्मिलित युथ च्याम्पियनसिप पोखरामा हुनेछ । त्यस्तै पुस÷माघमा जिल्ला क्षेत्र तथा राष्ट्रियस्तरबाट प्रशिक्षकलाई तालिम दिन ‘कोच रिफ्रेसमेन्ट टेनिङ’ फागुनमा हुनेछ ।

चैतमा सिनियर बक्सिङ खेलाडीका लागि रेफ्री जर्ज कोर्स दिइनेछ जसबाट सङ्घले नयाँ रेफ्री उत्पादन हुने आशा राखेको छ । आगामी २०७४ वैशाख र जेठमा बक्सिङ खेल विद्यालयस्तरबाटै विकास गर्ने योजना अनुरुप सो क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिने कार्यसमितीले जनायो । सघंका अध्यक्ष राम अवालले आगामी वर्षमा देशमा एउटा अन्र्तराष्ट्रियस्तरको बक्सिङ प्रतियोगिता गर्न आफूहरुले पहल गरिरहेको जानकारी दिए ।

त्यसका बिच साताँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बक्सिङ खेल पनि हुने भएकाले यो वर्ष बक्सिङ खेल विकासले लामो फड्को मार्ने सघंले जनाएको छ । क्यालेण्डर सार्वजनिक कार्यक्रममा बक्सिङका अग्रज सुरेश सिंह आले,महासचिव सविन भट्टचार्य,प्रवक्ता श्याम अवालेलगायतको उपस्थिति रहेको थियो ।

काठमाडौं,असार २५ । स्व. पत्रकार सूर्यकुमार क्षेत्री प्रथम राष्ट्रिय अन्तर मिडिया कप फुटसल २०७३ प्रतियोगिता हुने भएको छ । गोलपोष्ट स्पोट्र्स एण्ड ट्रेनिङ सेन्टर भैंसेपाटीले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना तयारीबारे जानकारी दिएको हो। सेन्टरका प्रबन्ध निर्देशक केशव थापाका अनुसार प्रतियोगिता साउन १० देखि फुटसल मैदान भैंसेपाटीमा हुने छ। पत्रकार क्षेत्रीका छोराको पढाइका लागि सहयोगार्थ प्रतियोगिता आयोजना गरिएको थापाले बताए।

‘खेल क्षेत्रको विकाससँगै पत्रकार क्षेत्रीका छोराको उज्जवल भविष्यका लागि थोरै भए पनि सहयोग हुन्छ भनेर प्रतियोगिता आयोजना गर्न लागिएको हो,’ थापाले पत्रकार सम्मेलनमा भने। प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार, दोस्रो हुनेले १५ र तेस्रो हुने टिमले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रतियोगितामा समावेश हुने टिमले दुई हजार प्रवेश शुल्क तिर्नुपर्ने थापाले बताए। प्रवेश फारम खुलिसकेको बताउँदै थापाले खेलकुद पत्रकार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालय र गोलपोष्टको कार्यालय भैंसेपाटीमा पाइने बताए। प्रतियोगिता आगामी साउन १० देखि १२ गतेसम्म चल्नेछ। नेपाल प्रेस युनियनका सचिव पत्रकार क्षेत्रीको दुई महिनाअघि ब्रेन ट्युमरका कारण निधन भएको थियो।

२५ असार, काठमाडौं ।

गैर आवासिय नेपाली संघ जापानका वरिष्ठ पदाधिकारीहरुले नै संघको कामकारवाहीमा अहयोग गरेको भन्दै प्रष्टिकरण सोधिएको छ । एनआरएन जापानले तिन साता अघि संघका महासचिव, उपाध्यक्ष सहित आफ्ना चार सदस्यहरुलाई संघको कामकारवाहीमा असहयोग गरेको भन्दै प्रष्टिकरण सोधेको हो ।सन् २०१५ जुनमा आयोजना गरिएको महजात्रा कार्यक्रम देखिनै उहाँहरुबाट असहयोग भएको थियो श्रोतले भन्यो नेपालको पहिचानसंग जोडिएको नेपाल डे फेस्टिवलमा समेत सहयोग नभएपछि प्रष्टिकरण सोधिएको हो ।

एनआरएन जापानले आफ्ना महासचिव अनुज थापा तथा उपाध्यक्ष टंक गैरे सहित चार जना सदस्यहरुलाई यस बारेमा लिखित प्रष्टिकरण सोधेको छ । लिखित स्पष्टिकरण केही साथिहरुले बुझाएपनि केही साथिहरुले पटक पटक समय थपेरपनि बुझाउनुभएको छैन सायद अब बुझाउनुहुन्छ होला श्रोतले भन्यो । एनआरएन जापानका गतिविधिलाई असहयोग गर्दै आउनुभएका भनिएका उपाध्यक्ष, महासचिव र सदस्यहरुले एनआरएन जापान आफैंले आयोजना गरेका कार्यक्रमहरुको प्रचारप्रसार देखी प्रायोजन खोज्ने लगायतका काममा समेत कुनै सहयोग नगरेको बताइएको छ ।

एनआरएन जापानको आन्तरिक बैठकहरुमा निरन्तर तीनपटक जानकारी विना अनुपस्थित भएमा कुनैपनि सदस्यमाथि संस्थाले कारवाही प्रक्रिया अघि बढाउनसक्ने उल्लेख रहेको छ । तर स्पष्टिकरण सोधिएका व्यक्तिहरु निरन्तर आधा दर्जन बढी बैठकहरुमा विना सुचना अनुपस्थित हुनुका साथै लिखित प्रष्टिकरण समेत पटक पटक सोध्दा पनि जवाफ नपठाएको समेत श्रोतले जानकारी दियो । संस्थाको बैठकमा अनुपस्थित हुने तथा काम कारवाहीमा कुनै चासो नराख्नुका साथै सहयोग नगर्ने गरेपछि पदमात्र ओगटेर बसेको ठानेपछी बाध्यभएर प्रष्टिकरण सोधिएको श्रोतले जानकारी दिए ।

काठमाडौ,असार २५ । आपूर्ति मन्त्री गणेशमान पुनले देशै भरी बजार अनुगमन कार्यलाई तिब्रता दिने घोषणा गर्दै बजार अनुगमन नगर्ने कर्मचारीमाथि समेत कारवाही गर्ने चेतावनी दिएका छन ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘राजधानीमा चलाईएको साताब्यापी विशेष बजार अनुगमनको क्रममा गुणस्तरहिन र अखाद्य बस्तु विक्री वितरण भईरहेको फेला परेकोले मन्त्रायले अब जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन समितिलाई सक्रिय बनाएर देशै भरी एकैपटक अनुगमन कार्य सुरु गर्छ । यसक्रममा गैरकानूनी काम गर्नेलाई पनि कारवाही हुन्छ, अनुगमन नगर्नेलाई पनि कारवाही हुन्छ ।’

साक्षात्कारमा मन्त्री पुनले आगामि आर्थिक बर्षबाट उपभोक्ता हित संरक्षण र बजार अनुगमन अभियान थाल्ने स्पष्ट पार्दै मन्त्रालय अहिले कारवाहीमा देखिएको फितलो कानून र अन्तर मन्त्रालय समन्वयमा देखिएको समस्या हल गरेर एकीकृत अनुगमन अभियान थाल्ने योजनामा सक्रिय रहेको जानकारी दिए ।

उनले राजधानीमा एक साता सम्म गरिएको अनुगमन अभियानपछि पनि त्यसको पुन निरिक्षण गरेर उपयूक्त बातावरण तयार नगरेसम्म सञ्चालन गर्न नदिने चेतावनी दिदै बजार अनुगमन र कारवाही चानचुने ढंगले नहुने भएकोले यसलाई सबै मन्त्रालय र निकायहरु मिलेर एकीकृत रुपमा अघि बढाउनु पर्ने आवश्यकता औल्याए ।

मन्त्री पुनले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास सामान्य अवस्था भन्दा बढी आयात गरिएकोले समान्य भईसकेको भन्दै राजधानीमा तत्काल देखिएको अभाव विदाको दिनमा पनि वितरण गर्ने ब्यवस्था मिलाएर सहज बनाउन लागिएको बताए ।

उनले भने,‘ ग्यास अभाव हुन नदिन पारादिपबाट समेत ग्यास आयात गर्ने प्रक्रिया अघि बढीसकेको छ । अब पेट्रोलियम पदार्थको कृत्तिम अभावको विषयमा पनि अनुगमन सुरु गर्छौ ।’

मन्त्री पुनले बजारमा देखिएको बेथिति, अनुगमन र कारवाही जनयूद्ध लड्नु जत्तिकै जटिल रहेको आफूले महसुस गरेको अनुभव सुनाउँदै यो कार्य कठिन भएकोले अब बजार अनुगमनलाई जनयूद्ध जस्तै अघि बढाउने बताए । उनले भने,‘ कुनै पनि कामको दुई आयाम हुन्छ । जनयूद्ध जटिल थियो । बजार अनुगमन पनि जटि छ । यो नै जनयूद्ध हो ।’

संविधानको कार्यान्वयन, शान्ति प्रक्रियालाई निष्कर्समा पुर्याउने, भुकम्पपछिको पुनर्निर्माण र आर्थिक विकासको एजेण्डालाई संबोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेको मा जोड दिदै अहिले को ब्यक्तिको नेतृत्मा राष्ट्रिय सहमति भन्दा पनि मुद्दा संबोधनमा राष्ट्रिय सहमतिको कुरा महत्वपूर्ण रहेको उनले तर्क गरे ।

मन्त्री पुनले आफ्नो कार्यशैलीलाई लिएर पार्टी भित्र फिर्ता बोलाउने विषयमा कुनै छलफल नभएको दावी गर्दै काम गर्ने क्रममा कहिले काही पर्फमेन्स तलमाथि हुनु स्वभाविक रहेको तर्क गरे ।

नेपाली काग्रेसका यूवा नेता एवम एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णु प्रसाद धितालले ब्यापारीहरुलाई पूर्व जानकारी दिएर बजारको अनुगमन गरेर मन्त्रीले चर्चा मात्रै कमाउने योजना बनाएको आरोप लगाउँदै यसखाले बजार अनुगमनले उपलब्धि प्राप्त नहुने दावी गरे ।

उनले बर्तमान सरकार चिर निन्द्रमा सुतेकोले मुलुकमा बेथिति र भ्रष्टाचार मौलाएको आरोप लगाउँदै बजारलाई मर्यादित बनाउने हो भने चर्चा कमाउने भन्दा पनि कर्तब्य निष्ट भएर काम गर्नु पर्ने सुझाव दिए ।

उनले मुलुकको आर्थिक विकासकोलागि सम्पूर्ण राजनीतिक दलहरु एक ठाँउमा आउनु पर्ने आवश्यकता औल्याउँदै त्यसकोलागि राष्ट्रिय सहमतिको सरकार गठनमा भईरहेको प्रयासलाई अघि बढाउन नेकपा माओवादी केन्द्रले पहिला सरकारलाई दिएको सर्मथन फिर्ता लिएर नेपाली काग्रेससँग छलफल अघि बढाउनु पर्ने सुझाव दिए ।