Dr. Govinda KC, a senior orthopedic surgeon at the Institute of Medicine (IoM), has started fast-unto-death from today with various demnands for reformation of medical sector.

It is the eighth hunger strike by the doctor.

Organizing a press meet at Tribhuvan University Teaching Hospital (TUTH), Dr. KC said that he will continue the fast-unto-death until his demands are addressed.

Earlier today, he had snubbed an invitation for talks by Prime Minister KP Sharma Oli.

He has also demanded to implement the agreements with the erstwhile government, recall the bill tabled at the parliament that turns Manmohan Medical College into an academy and establish at least one medical college in each of the seven provinces among others.

काठमाडौं,आसार २६ । मैत्रीपूर्ण खेल र अभ्यासका लागि इंग्ल्याण्ड भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बेलायतमा मैत्रीपूर्ण खेल्ने राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गर्दै यूवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुणमणि पौडेलले नेपाली राष्ट्रिय टोलीलाई शुभकामना दिदै खेलाडी, प्रशिक्षक र कर्मचारीहरुको बिदाइ गरेका हुन् ।

विश्व क्रिकेट लिग च्याम्पियन्सीप अन्तर्गत आगामी साउन २९ र ३१ गते नेदरल्याण्ड्सविरुद्ध हुने खेलको तयारी स्वरुप नेपाली टोली इंग्ल्याण्ड जान लागेको हो । भ्रमणका क्रममा नेपालले त्यहाँका स्थानीय क्लबहरुका साथै बिश्वको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट एकेडेमीसँग विश्वप्रशिद्ध क्रिकेट मैदान लर्ड्समा मैत्रीपूर्ण खेल खेल्ने छ ।

नेपाली टोलीका कप्तान पारस खड्काले लर्ड्समा खेल्न पाउनु ठूलो अवसर भएको भन्दै आपूmहरु उत्साहित बनेको बताए । यस्तै, टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले इंग्ल्याण्ड र नेदरल्याण्ड्सको अवस्था मिल्दोजुल्दो भएकाले नेदरल्याण्ड्स विरुद्धको खेलका लागि राम्रो तयारी हुने विश्वास ब्यक्त गरे ।
यसैबीच, युवा दिवसको अवसरमा सरकारले राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर सन्दिप लामिछानेलाई १ लाख रुपैयाँ नगदसहित पुरस्कृत गर्ने भएको छ ।

Although the water level in the artificial lake formed after the landslide blocked Tamor River in Sawandin VDC has started to recede, locals are still living in fear as mudslides have continued to hit the area.

A police team at the site concluded that water level is decreasing as the one house submerged by the river has started appearing.

According to the District Police, Taplejung, crisis has not been fully averted as landslides have not stopped.

Locals in the lower belt have been asked to be watchful, police said.

Central Secretariat meeting of the CPN Maoist Centre has held discussion on implementation of the 9-point agreement struck with CPN UML, formation of national consensus government including the present political development in the country.

In the meeting held at the party chairman's residence Lajimpat today, the leaders discussed on the agenda that UML should support in forming national consensus government by implementing agreement signed with the coalition partner CPN UML, informed party spokesperson Pampha Bhusal.

The Executive Committee of the National Reconstruction Authority has issued the Reconstruction Fund Management and Mobilization Regulations, 2016.

The Regulations has been issued as per the Reconstruction Act, for the sustainable and systematic construction of the structures devastated by the April 25 earthquake last year.

Spokesperson of the Authority Ram Prasad Gyawai said the prime objective of the Regulations is for maintaining simple, transparent and accountable management of the Reconstruction fund.

२६ असार, सुर्खेत ।
प्रहरीले नक्कली फेसबुक खोलेर एक महिलाको नग्न तस्विरहरु राख्ने गरेको पाइएपछि अर्का एक महिलालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध नियन्त्रण शाखा टेकुका अनुसार सुर्खेत भेरीगंगा नपा १४ घर भई बस्ने महिलाको चरित्र हत्या गर्ने कार्यमा संलग्न २७ बर्षीय गंगा चन्द ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

यस सम्वन्धमा प्रहरीले दिएको विवरण यस्तो छ

Metropolitan Crime Division, Teku Kathmandu.
" फेसबुक मार्फत अर्काको चरित्र हत्या गर्ने कार्यमा संलग्न ब्यक्ति पक्राउ "

घटना बिवरण:
जिल्ला सुर्खेत भेरीगंगा न.पा. वडा नं. १४ घर भई बस्ने एक महिलाको Fake फेसबुक ID बनाई अश्लिल फोटोहरु पोष्ट गरी आफन्त तथा साथीभाईहरु समेतलाई Tag गरी सामाजिक संजाल मार्फत चरित्र हत्या गरेको भन्ने निज निवेदीका महिलाको यस महाशाखामा निवेदन पर्न आएकोमा उक्त कार्यमा संलग्न मानिसको खोजी गर्ने क्रममा Technical रुपमा अनुसन्धान गर्दै जांदा सुर्खेत भेरीगंगा न.पा. वडा नं. १४ बस्ने बर्ष २७ की गंगा चन्द ठकुरीले गरेको देखिएको र निज महिलालाई मिति २०७३।०३।२६ गते यस महाशाखामा झिकाई प्रारम्भिक अनुसन्धान गर्दा निजले प्रयोग गर्ने गरेको मोवाईल मार्फत पीडित महिलाको नक्कली फेसबुक Account खोली बिभिन्न अश्लिल तस्विर पोष्ट गरेको देखिन आएकोले निज गंगा चन्द ठकुरीलाई बिधुतिय कारोवार सम्बन्धी मुद्दामा आवश्यक कारवाहीको लागी मिति २०७३।०३।२६ गते महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको ।

पक्राउ ब्यक्तिको बिवरण:
नामथर : गंगा चन्द ठकुरी
उमेर : बर्ष २८
ठेगाना: जि सुर्खेत भेरीगंगा न.पा. वडा नं. १४
पक्राउ मिति : २०७३।०३।२६ गते ।

बरामद सामानहरु
Samsung Company को मोवाईल- १ थान ।

मिति २०७३।०३।२६ गते
Press Release

हरिसुन्दर छुकां-२६ असार, काठमाडौं ।
बर्षातको बेला भए पनि काठमाडौं आएकी रौतहटकी सुनयना ठाकुरले सोधिन्, ‘पोष्टर प्रकाशन गरेर मात्र परिवर्तन हुन्छ र ? हजुर ?’

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालहरुको मध्यमाञ्चल क्षेत्रीय भेलामा सहभागी उनले उक्त प्रश्न शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. रमेशकुमार खरेललाई गरेकी हुन् । जारी भेलामा निर्देशक डा. खरेलले निः शुल्क स्वास्थ्य र मातृशिशु स्वास्थ्य विषयमा प्रस्तुतिकरण दिएलगत्तै उनले उक्त जिज्ञासा राखिन् ।

डा. खरेलले सरकारले सुर्तीका कारण धेरै प्रकारका नसर्ने रोगहरु फैलिरहेको र रोग नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रमहरु गरिरहेको प्रस्तुति दिएपछि सुर्ती स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल (एचआरटिसी) रौतहटका सदस्य ठाकुरले सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरे पनि ती कार्यक्रमहरु प्रभावकारी समेत नभएको बताइन् । उनले सरकारले सुर्ती नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन गर्न नसक्दा नियमविपरीत सुर्ती तथा अल्कोहलजन्य पदार्थको बिगबिगी बढेको बताइन् ।

‘सुर्ती र अल्कोहलको विज्ञापन नरोकिएको अवस्था छ, गाउँका प्रत्येक दोकानहरुमा सजिलै सुर्ती, अल्कोहल पाइरहेको छ । त्यसलाई कसरी नियन्त्रण गर्ने ? उनले प्रश्न तेस्र्याइन्, गाउँ÷ गाउँमा त्यस्ता सामानहरु सजिलै पाउँदा ससाना बालबालिकाहरुसमेत त्यस्ता पदार्थतिर आकर्षित भइरहेका छन्, के कितावमा मात्र, संविधानमा मात्र उल्लेख हुँदैमा परिवर्तन हुन्छ ?’

उनीमात्र नभएर कार्यक्रममा सहभागी हुन वीरगञ्जबाट आएका अजय यादवले पनि सरकारले बनाएका ऐनमा व्यावहारिक कठीनाइ भएकोले ’यसलाई व्यावहारिक बनाउनुपर्ने सुझाव दिए । ‘कमजोरी कहाँ छ त्यो पत्ता लगाउनुपर्यो ।’
सुर्ती नियन्त्रणमा लागेका ती अभियन्ताहरुको जवाफमा डा. खरेलले व्यावहारिक कठीनाइलाई स्वीकार गर्दै सरकारको कार्यक्रम र नीतिमा विभिन्न कमी कमजोरीहरु रहेको स्वीकारे । ‘ऐन आएका छन्, निर्देशिका बनेका छन्, तर कार्यान्वयन प्रभावकारी भएको छैन, यो कुरामा म सहमत छु’, उनले जवाफको क्रममा भने, ‘हाम्रो अनुगमन प्रभावकारी छैन, चुस्त छैन, हुनुपर्ने अनुगमन भएको छैन । अनुगमन फितलो छ, त्यसमा दुईमतै छैन, यसमा राजनीतिक स्वार्थ मिसिएको छ ।’

उनले सामाजिक रुपान्तरणका लागि कठीनाइ भएको बताउँदै स्वास्थ्यमा आजको भोलि नै परिवर्तन नहुने बताउँदै सरकारका नीति र नियम अंगीकार गर्न लायक छन् कि छैन भन्ने बारेमा अन्तरक्रिया हुनु जरुरी रहेको आवश्यकता औंल्याए ।
सोही क्रममा स्वास्थ्य विभागका निर्देशक डा. बाबुराम मरासिनीले भूकम्पपछि सरुवा रोगको अवस्थाबारेमा जानकारी दिँदै अझै पनि स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय सफलता पाउन नसकिएको बताए ।
कार्यक्रममा चितवन, रौतहट, धादिङ, धनुषा, बारा, महोत्तरी, काभ्रे, सर्लाही, भक्तपुर, काठमाडौंलगायतका जिल्लाहरुबाट प्रतिनीधित्व रहेको छ ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र(रेस्फेक)को आयोजना तथा एचआरटीसी भक्तपुरको आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा रोशनी श्रेष्ठ, रेस्फेकका शान्तलाल मुल्मी,
एचआरटीसी भक्तपुरका रत्ना चवाललगायतले स्वास्थ्यसम्बन्धी विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

पप्पु गुरुङ्, २५ असार, दोधारा चाँदनी । जगबुडा नदीमा डुबेर एक वालिकाको आज मृत्यु भएको छ् । कञ्चनपुरको दोधारा चाँदनी वडा नं. ३, जामुनाघारी बस्ने राजु चन्दको छोरी वर्ष १३ कि सन्जना चन्दको आज जगबुडा नदीमा डुबेर जयान गएको छ् । आज बिहान ११ बजे गोठाला गएको बेला साथीहरु संग नदीमा नुहाउने क्रममा अचानक नदी बहाव बढेको बताईएको छ् । स्थानियहरुले सन्जनाका साथीहरुलाई सकुशल उद्धार गरेपनि संजनालाई बचाउन नसकेको बताईएको छ् ।

अशोक ढकाल
२६ असार, काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव आगामी फागुन १४ गते हुने भएको छ ।

आज आइतबार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको त्रिवि सभामा आगामी फागुन १४ गते स्ववियुको चुनाव गर्ने बारे छलफल भएको थियो । सभामा शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलसहित त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विभिन्न विद्यार्थी संगठन नेताहरुका उपस्थिती रहेको थियो ।

उमेर हद म्यादका बारेमा विभिन्न विद्यार्थी संगठनका बिच कुरा नमिल्दा यसअघि तोकिएको चुनाव पनि हुन सकेको थिएन् । हरेक दुई वर्षमा स्ववियु चुनाव हुनु पर्ने प्रावधान भएपनि २०६५ सालदेखि चुनाव हुन सकेको छैन ।

उमेर हदम्याद, चुनाव प्रणालीलगायतका समस्या समाधान गर्न त्रिविका रेक्टर डाक्टर सुधा त्रिपाठीको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

समितिले अबको एक महिना भित्र उमेर हदबन्दी, मिश्रित वा समानुपातिक चुनाव प्रणलीलगायतका समस्याहरु समाधान गर्ने र फागुन १४ गते चुनाव हुने अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताउनुभयो । तर यसमा अन्य विद्यार्थी संगठनले सहमति जनाउन बाँकी छ । एक पटकको चुनावलाई उमेर हदबन्दी नलगाउनु पर्ने अखिल क्रान्तिकारीका प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

एजेन्सी,असार २६ । युरोकप २०१६ को फाइनल खेल आज हुदैछ । सोमबार बिहान नेपाली समयअनुसार पौने एक बजे हुने खेलमा उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगल बीच प्रतिस्पर्धा हुदैछ । पोर्चुगल पहिलो युरोकप उपाधि जित्ने लक्ष्यको साथ मैदान उत्रदै छ भने दुई पटकको विजेता फ्रान्स घरेलु मैदानको फाइदा लिँदै तेस्रो पटक उपाधि उचाल्ने तयारीमा छ ।

यसअघि आठ पटक युरोकपमा सहभागिता जनाउँदै सन् १९८४ र २००० मा उपाधि जितेको फ्रान्स तेस्रो पटक उपाधि जित्दै जर्मनी र स्पेनको रेकर्ड बराबरी गर्ने तयारीमा छ। फ्रान्स १६ वर्षपछि फाइनल पुगेको हो। पोर्चुगल वेल्सलाई २–० तथा फ्रान्स विश्व विजेता जर्मनीलाई सेमिफाइनलमा २–० ले नै हराएर फाइनलमा आएको हो । फ्रान्स पछिल्ला १० खेलमा अपराजित छ भने पोर्चुगल सात खेलमा अपराजित छ । पोर्चुगलले दोस्रो पटक युरोकपको फाइनल खेल्न लागेको छ ।

यसक्रममा अपराजित रहेको फ्रान्सले सेमिफाइनलमा विश्व विजेता जर्मनीलाई २–० ले हराएको थियो। घरेलु मैदानमा शानदार इतिहास रहेको फ्रान्स यसपटक पनि उक्त लयलाई निरन्तरता दिने योजनामा छ।

सेमिफाइनलमा विश्व विजेता जर्मनीलाई समेत हराएको फ्रान्स फाइनलमा उच्च मनोवलका साथ प्रस्तुत हुने तयारीमा छ।

काठमाडौ,असार २६ । नेपालले उत्तरी छिमेकी चीनलाई दुई जोडी गैंडा उपहार दिने भएको छ । आइतवार विहान बसेको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैंडा उपहारस्वरुप दिने निर्णय गरेको हो । अध्ययन अनुसन्धान र शिक्षा प्रबर्द्धनका लागि चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको सूचना तथा संचारमन्त्री शेरधन राईले जानकारी दिए।

मन्त्रिपरिषदको बैठकले कानुन सेवा आयोगको अध्यक्षमा पूर्वमन्त्री तथा पूर्व सचिव माधव पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि चुनावी सरकारको मन्त्री र त्यसअघि सरकारका सचिव रहेका पौडेल कानुन आयोगको अध्यक्ष बन्नु भएको हो । यस्तै सिंचाइ विभागका महानिर्देशक रामानन्द यादवलाई सचिवमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ । यस्तै मन्त्रिपरिषदको बैठकले प्रदेशका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको सेवा सुविधा निर्धारणमा पनि सैद्धान्तिक सहमति गरेको छ ।

काठमाडौं,असार २६ । कोइलाबाट तेल निकाल्ने विषयमा अध्ययन गर्न नेपाली टोली चीन जाँदै छ। आज (आइतबार) बिहान ११ बजे प्रस्थान गर्ने टोलीको नेतृत्व आपूर्तिसचिव श्रीधर सापकोटाले गर्दै छन्। उनीसँग मन्त्रालयका उपसचिव अर्जुनराज पन्त, आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का, पेट्रोलियम इन्जिनियर विजय सत्याल र एकजना पेट्रोलियम प्रयोगशाला इन्जिनियर पनि जाँदै छन्। भ्रमण टोलीमा उद्योग मन्त्रालयका प्रतिनिधि पनि छन्। आजको नयाँ पत्रिकामा अजित अधिकारीले खबर लेखेका छन्।

चीनले लगानी गर्ने

नेपालले कोइलाबाट तेल निकाल्ने इच्छा देखाए चीनले सहुलियतपूर्ण ऋण लगानी गर्ने प्रतिबद्धता जनाइसकेको स्रोतले बतायो। ‘कोइलाबाट तेल निकाल्ने प्रविधि पनि चीनमा मात्रै रहेछ, प्रविधिमा पनि सहयोग गर्छु भनेर चीनले आश्वस्त पारेको छ,’ स्रोतले भन्यो। सचिव सापकोटाको टोलीले सबै प्रविधि हेरेर नेपालमा कोइलाबाट तेल निकाल्न सकिने/नसकिने निष्कर्ष चिनियाँ पक्षलाई दिएर आउने स्रोतले बतायो।

कोइला पनि चीनले दिने

नेपालमा कोइला खानी उत्खनन भइसकेको छैन। त्यसैले कोइलाबाट तेल निकाल्न गाह्रो हुने विषयमा नेपालस्थित चिनियाँ राजदूतावासलाई जानकारी गराइएको थियो। त्यसपछि नेपालले इच्छा देखाए कोइला पनि चीनले नै दिने सम्भावना रहेको स्रोतले बतायो। ‘हामीसँग कोइला छैन भनेर जानकारी गराएका थियौँ। त्यसपछि चीन आफैँले कोइला दिन्छु भनेको छ,’ स्रोतले भन्यो। प्रारम्भिक अध्ययनमा कोइलाबाट निकालेको तेलको मूल्य सस्तो पर्ने देखिएको स्रोतको भनाइ छ। कोइलाबाट तेल उत्पादन गर्न सरकार आफैँले उद्योग स्थापना गर्नुपर्ने चीनको सर्त छ। ‘नेपाल सरकारले व्यवस्थापन पक्ष हेरिदिए पुग्छ, हामी सहुलितदरमा ऋण र प्रविधि दिन्छौँ भन्ने चिनियाा पक्षको भनाइ छ,’ स्रोतले भन्यो। पहिला चीनले कोइलाबाट तेल उत्पादन गरेको प्रविधि हेरेर मात्रै सरकारले यसबारे धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।

तर, प्रशोधित तेल ल्याउने योजना अलपत्र

चीनबाट कुल खपतको एकतिहाइ प्रशोधित इन्धन ल्याउने ११ कात्तिकमा दुई देशका सरकार स्वामित्वका पेट्रोलियम कम्पनीबीच समझदारी भएको थियो। तर, ८ महिना बितिसक्दा पनि सरकारले त्यसतर्फ ध्यान दिएको छैन। बाटोको समस्या देखाउँदै सरकारले चीनबाट तेल ल्याउन ढिलाइ गरिरहेको छ। अर्कातिर प्रतिलिटर करिब ३० रुपैयाँ महँगो पर्ने भन्दै चिनियाँ तेल ल्याउने योजना थन्क्याइएको छ।

प्रधानमन्त्रीको भ्रमणमै सहमति

प्रधानमन्त्री केपी ओलीले चैत पहिलो साता चीन भ्रमण गरेकै समयमा कोइलाबाट तेल निकाल्न सकिने विषयमा चीनले जानकारी गराएको थियो। र, नेपालले पनि कोइलाबाट तेल निकाल्ने सोच बनाए सहयोग गर्ने चीनले बताएको थियो। त्यसपछि दुवै देशले कोइलाबाट तेल निकाल्ने प्रारम्भिक सहमति गरेका थिए। ‘सोही सहमतिअनुसार नेपालमा कोइलाबाट तेल निकाल्न सम्भव छ कि छैन भनेर अध्ययन गर्न नेपाली टोली चीन जान लागेको हो,’ स्रोतले भन्यो। चीनले कोइलाबाट तेल निकालिरहेको हेर्न टोली कारखानासम्मै पुग्नेछ। ३१ असारसम्म टोलीले चीनका विभिन्न कारखाना पुगेर कोइलाबाट तेल निकाल्ने प्रविधि हेर्नेछ।