शुक्रराज ट्रपिकल हस्पिटलका निर्देशकलाई प्रश्न ः ‘पोष्टर प्रकाशन गरेर मात्र परिवर्तन हुन्छ र ? हजुर ?

असार २६, २०७३ मा प्रकाशित
Published at 2016-07-10

874 views

हरिसुन्दर छुकां-२६ असार, काठमाडौं ।
बर्षातको बेला भए पनि काठमाडौं आएकी रौतहटकी सुनयना ठाकुरले सोधिन्, ‘पोष्टर प्रकाशन गरेर मात्र परिवर्तन हुन्छ र ? हजुर ?’

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालहरुको मध्यमाञ्चल क्षेत्रीय भेलामा सहभागी उनले उक्त प्रश्न शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. रमेशकुमार खरेललाई गरेकी हुन् । जारी भेलामा निर्देशक डा. खरेलले निः शुल्क स्वास्थ्य र मातृशिशु स्वास्थ्य विषयमा प्रस्तुतिकरण दिएलगत्तै उनले उक्त जिज्ञासा राखिन् ।

डा. खरेलले सरकारले सुर्तीका कारण धेरै प्रकारका नसर्ने रोगहरु फैलिरहेको र रोग नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रमहरु गरिरहेको प्रस्तुति दिएपछि सुर्ती स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल (एचआरटिसी) रौतहटका सदस्य ठाकुरले सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरे पनि ती कार्यक्रमहरु प्रभावकारी समेत नभएको बताइन् । उनले सरकारले सुर्ती नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन गर्न नसक्दा नियमविपरीत सुर्ती तथा अल्कोहलजन्य पदार्थको बिगबिगी बढेको बताइन् ।

‘सुर्ती  र अल्कोहलको विज्ञापन नरोकिएको अवस्था छ, गाउँका प्रत्येक दोकानहरुमा सजिलै सुर्ती, अल्कोहल पाइरहेको छ । त्यसलाई कसरी नियन्त्रण गर्ने ? उनले प्रश्न तेस्र्याइन्, गाउँ÷ गाउँमा  त्यस्ता सामानहरु सजिलै पाउँदा ससाना बालबालिकाहरुसमेत त्यस्ता पदार्थतिर आकर्षित भइरहेका छन्, के कितावमा मात्र, संविधानमा मात्र उल्लेख हुँदैमा परिवर्तन हुन्छ ?’

उनीमात्र नभएर कार्यक्रममा सहभागी हुन वीरगञ्जबाट आएका अजय यादवले पनि सरकारले बनाएका ऐनमा व्यावहारिक कठीनाइ भएकोले ’यसलाई व्यावहारिक बनाउनुपर्ने सुझाव दिए । ‘कमजोरी कहाँ छ त्यो पत्ता लगाउनुपर्यो ।’
सुर्ती नियन्त्रणमा लागेका ती अभियन्ताहरुको जवाफमा डा. खरेलले व्यावहारिक कठीनाइलाई स्वीकार गर्दै सरकारको कार्यक्रम र नीतिमा विभिन्न कमी कमजोरीहरु रहेको स्वीकारे । ‘ऐन आएका छन्, निर्देशिका बनेका छन्, तर कार्यान्वयन प्रभावकारी भएको छैन, यो कुरामा म सहमत छु’, उनले जवाफको क्रममा भने, ‘हाम्रो अनुगमन प्रभावकारी छैन, चुस्त छैन, हुनुपर्ने अनुगमन भएको छैन । अनुगमन फितलो छ, त्यसमा दुईमतै छैन, यसमा राजनीतिक स्वार्थ मिसिएको छ ।’

उनले सामाजिक रुपान्तरणका लागि कठीनाइ भएको बताउँदै स्वास्थ्यमा आजको भोलि नै परिवर्तन नहुने बताउँदै  सरकारका नीति र नियम अंगीकार गर्न लायक छन् कि छैन भन्ने बारेमा अन्तरक्रिया हुनु जरुरी रहेको आवश्यकता औंल्याए ।
सोही क्रममा स्वास्थ्य विभागका निर्देशक डा. बाबुराम मरासिनीले भूकम्पपछि सरुवा रोगको अवस्थाबारेमा जानकारी दिँदै अझै पनि स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय सफलता पाउन नसकिएको बताए ।
कार्यक्रममा चितवन, रौतहट, धादिङ, धनुषा, बारा, महोत्तरी, काभ्रे, सर्लाही, भक्तपुर, काठमाडौंलगायतका जिल्लाहरुबाट प्रतिनीधित्व रहेको छ ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र(रेस्फेक)को आयोजना तथा एचआरटीसी भक्तपुरको आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा रोशनी श्रेष्ठ, रेस्फेकका शान्तलाल मुल्मी,
एचआरटीसी भक्तपुरका रत्ना चवाललगायतले स्वास्थ्यसम्बन्धी विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.