२६ असार, सुर्खेत ।
प्रहरीले नक्कली फेसबुक खोलेर एक महिलाको नग्न तस्विरहरु राख्ने गरेको पाइएपछि अर्का एक महिलालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध नियन्त्रण शाखा टेकुका अनुसार सुर्खेत भेरीगंगा नपा १४ घर भई बस्ने महिलाको चरित्र हत्या गर्ने कार्यमा संलग्न २७ बर्षीय गंगा चन्द ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

यस सम्वन्धमा प्रहरीले दिएको विवरण यस्तो छ

Metropolitan Crime Division, Teku Kathmandu.
" फेसबुक मार्फत अर्काको चरित्र हत्या गर्ने कार्यमा संलग्न ब्यक्ति पक्राउ "

घटना बिवरण:
जिल्ला सुर्खेत भेरीगंगा न.पा. वडा नं. १४ घर भई बस्ने एक महिलाको Fake फेसबुक ID बनाई अश्लिल फोटोहरु पोष्ट गरी आफन्त तथा साथीभाईहरु समेतलाई Tag गरी सामाजिक संजाल मार्फत चरित्र हत्या गरेको भन्ने निज निवेदीका महिलाको यस महाशाखामा निवेदन पर्न आएकोमा उक्त कार्यमा संलग्न मानिसको खोजी गर्ने क्रममा Technical रुपमा अनुसन्धान गर्दै जांदा सुर्खेत भेरीगंगा न.पा. वडा नं. १४ बस्ने बर्ष २७ की गंगा चन्द ठकुरीले गरेको देखिएको र निज महिलालाई मिति २०७३।०३।२६ गते यस महाशाखामा झिकाई प्रारम्भिक अनुसन्धान गर्दा निजले प्रयोग गर्ने गरेको मोवाईल मार्फत पीडित महिलाको नक्कली फेसबुक Account खोली बिभिन्न अश्लिल तस्विर पोष्ट गरेको देखिन आएकोले निज गंगा चन्द ठकुरीलाई बिधुतिय कारोवार सम्बन्धी मुद्दामा आवश्यक कारवाहीको लागी मिति २०७३।०३।२६ गते महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको ।

पक्राउ ब्यक्तिको बिवरण:
नामथर : गंगा चन्द ठकुरी
उमेर : बर्ष २८
ठेगाना: जि सुर्खेत भेरीगंगा न.पा. वडा नं. १४
पक्राउ मिति : २०७३।०३।२६ गते ।

बरामद सामानहरु
Samsung Company को मोवाईल- १ थान ।

मिति २०७३।०३।२६ गते
Press Release

20.08¡ÆC