कोइलाबाट तेल निकाल्ने सरकारको योजना,अध्ययन गर्न नेपाली टोली आज चीन जाँदै

असार २६, २०७३ मा प्रकाशित | 915 views

काठमाडौं,असार २६ ।  कोइलाबाट तेल निकाल्ने विषयमा अध्ययन गर्न नेपाली टोली चीन जाँदै छ। आज (आइतबार) बिहान ११ बजे प्रस्थान गर्ने टोलीको नेतृत्व आपूर्तिसचिव श्रीधर सापकोटाले गर्दै छन्। उनीसँग मन्त्रालयका उपसचिव अर्जुनराज पन्त, आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का, पेट्रोलियम इन्जिनियर विजय सत्याल र एकजना पेट्रोलियम प्रयोगशाला इन्जिनियर पनि जाँदै छन्। भ्रमण टोलीमा उद्योग मन्त्रालयका प्रतिनिधि पनि छन्। आजको नयाँ पत्रिकामा अजित अधिकारीले खबर लेखेका छन्।

चीनले लगानी गर्ने

नेपालले कोइलाबाट तेल निकाल्ने इच्छा देखाए चीनले सहुलियतपूर्ण ऋण लगानी गर्ने प्रतिबद्धता जनाइसकेको स्रोतले बतायो। ‘कोइलाबाट तेल निकाल्ने प्रविधि पनि चीनमा मात्रै रहेछ, प्रविधिमा पनि सहयोग गर्छु भनेर चीनले आश्वस्त पारेको छ,’ स्रोतले भन्यो। सचिव सापकोटाको टोलीले सबै प्रविधि हेरेर नेपालमा कोइलाबाट तेल निकाल्न सकिने/नसकिने निष्कर्ष चिनियाँ पक्षलाई दिएर आउने स्रोतले बतायो।

कोइला पनि चीनले दिने

नेपालमा कोइला खानी उत्खनन भइसकेको छैन। त्यसैले कोइलाबाट तेल निकाल्न गाह्रो हुने विषयमा नेपालस्थित चिनियाँ राजदूतावासलाई जानकारी गराइएको थियो। त्यसपछि नेपालले इच्छा देखाए कोइला पनि चीनले नै दिने सम्भावना रहेको स्रोतले बतायो। ‘हामीसँग कोइला छैन भनेर जानकारी गराएका थियौँ। त्यसपछि चीन आफैँले कोइला दिन्छु भनेको छ,’ स्रोतले भन्यो। प्रारम्भिक अध्ययनमा कोइलाबाट निकालेको तेलको मूल्य सस्तो पर्ने देखिएको स्रोतको भनाइ छ। कोइलाबाट तेल उत्पादन गर्न सरकार आफैँले उद्योग स्थापना गर्नुपर्ने चीनको सर्त छ। ‘नेपाल सरकारले व्यवस्थापन पक्ष हेरिदिए पुग्छ, हामी सहुलितदरमा ऋण र प्रविधि दिन्छौँ भन्ने चिनियाा पक्षको भनाइ छ,’ स्रोतले भन्यो। पहिला चीनले कोइलाबाट तेल उत्पादन गरेको प्रविधि हेरेर मात्रै सरकारले यसबारे धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।

तर, प्रशोधित तेल ल्याउने योजना अलपत्र

चीनबाट कुल खपतको एकतिहाइ प्रशोधित इन्धन ल्याउने ११ कात्तिकमा दुई देशका सरकार स्वामित्वका पेट्रोलियम कम्पनीबीच समझदारी भएको थियो। तर, ८ महिना बितिसक्दा पनि सरकारले त्यसतर्फ ध्यान दिएको छैन। बाटोको समस्या देखाउँदै सरकारले चीनबाट तेल ल्याउन ढिलाइ गरिरहेको छ। अर्कातिर प्रतिलिटर करिब ३० रुपैयाँ महँगो पर्ने भन्दै चिनियाँ तेल ल्याउने योजना थन्क्याइएको छ।

प्रधानमन्त्रीको भ्रमणमै सहमति

प्रधानमन्त्री केपी ओलीले चैत पहिलो साता चीन भ्रमण गरेकै समयमा कोइलाबाट तेल निकाल्न सकिने विषयमा चीनले जानकारी गराएको थियो। र, नेपालले पनि कोइलाबाट तेल निकाल्ने सोच बनाए सहयोग गर्ने चीनले बताएको थियो। त्यसपछि दुवै देशले कोइलाबाट तेल निकाल्ने प्रारम्भिक सहमति गरेका थिए। ‘सोही सहमतिअनुसार नेपालमा कोइलाबाट तेल निकाल्न सम्भव छ कि छैन भनेर अध्ययन गर्न नेपाली टोली चीन जान लागेको हो,’ स्रोतले भन्यो। चीनले कोइलाबाट तेल निकालिरहेको हेर्न टोली कारखानासम्मै पुग्नेछ। ३१ असारसम्म टोलीले चीनका विभिन्न कारखाना पुगेर कोइलाबाट तेल निकाल्ने प्रविधि हेर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web