इन्धन लुकाउने धन्दामा फेरि खड्का सक्रिय

असार २४, २०७३ मा प्रकाशित | 1203 views

काठमाडौं,असार २४ । नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो खसेर अवरोध भएको बहानमा नेपाल आयल निगमले पेट्रोल पम्पले मागेजति इन्धन बाँड्न छाडेपछि बजारमा पछिल्लो दिनमा इन्धनको चरम संकट पैदा भएको छ ।  निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काको योजनामा नै इन्धन संकट निम्त्याइएको स्रोतको दावी छ । निगमले रु ३६ अर्ब ऋण तिरिसकेपछि बोनस बाड्नुपर्ने भन्ने मागलाई सम्बोधन गर्न पनि पछिल्लो दिनमा इन्धन संकट निम्त्याइएको आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

निगममा नआउने र राजधानीमा विभिन्न होटल तथा रेष्टुरामा बसेर निगम डुबाउने धन्दामा खड्का लागेका भएपनि आपूर्ति मन्त्री गणेशमान पुनले समेत थाहा नपाएको जसरी बसिरहेका छन् । इन्धन संकट किन भयो, समाधानको उपाय के हो भन्ने बारेमा हालसम्म आपूर्ति मन्त्रीले जनतालाई सामान्य जानकारी दिने प्रयास समेत गरेका छैनन् ।

राजधानीमा इन्धन संकट निम्त्याएर त्यसको नाटकिय समाधान गर्ने लक्ष्यका साथ खड्का लागिपरेको बताइन्छ । उनले तालुकदार मन्त्रालयलाई जानकारी नै नदिइकन इन्धनको संकट निम्ताउन हल्ला चलाइएको स्रोतको दावी छ । विभिन्न शक्ति केन्द्रको आडमा निगमलाई धारासायी बनाउँदै आएका खड्का पछिल्लो दिनमा सरकारसँग निहु खोज्ने उपयुक्त मौकाको खोजीमा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web