अन्तराष्ट्रिय पोल्ट्री प्रर्दशनीको उपराष्ट्रपति पुन द्धारा उद्घाटन हुने

चितवन ।

कार्तिक १७ देखि १९ गते चितवनमा हुन गइरहेको अन्तराष्ट्रिय पोल्ट्री प्रर्दशनी तयारी करीब पुरा भईसकेको छ । गत शुक्रबारसम्म विदेशी र स्वदेशी स्टल गरी २४० स्टल बुकिङ्ग भईसकेको आयोजक संस्था नेपाल पोल्ट्री महासंघले जानकारी दिएको छ ।

प्रर्दशनीको पहिलो दिन उपराष्ट्रपति नन्द बहादुर पुनद्धारा उद्धघाटन गर्ने र स्टलको भ्रमण एवं निरीक्षण गरिने पोल्ट्री महासंघका उपाध्यक्ष एवं प्रर्दशनी व्यवस्थापक टीकाराम पोख्रेलले जानकारी दिए। पोख्रेलका अनुसार मासु तथा अण्डाको महत्व तथा उपयोगिताका बारेमा दोस्रो र तेस्रो दिन चिकेन एण्ड एग फेष्टिवलको आयोजना समेत गरिएको छ । यसका साथै अन्तराष्ट्रिय पोल्ट्री व्यवसायी एवं प्रर्दशकद्धारा अन्तराष्ट्रिय पोल्ट्रीको विकास एवं चुनौतिको बारेमा सेमिनार एवं गोष्ठी समेत संचालन हुनेछ।

स्टेरिङ्ग कमिटीका सदस्य एवं प्रकाशन समितिका संयोजक पोल्ट्री बिज्ञ डा. तिलचन्द्र भट्टराईले  चितवनमा भएको यस प्रर्दशनी तेस्रो अन्तराष्ट्रिय प्रर्दशनी भएको हुँदा व्यवसायीक र अन्य भिजीटर गरी करीब २५ हजारले प्रर्दशनी अवलोकन गर्ने अपेक्षा गरिएको उनले बताए । बर्षेनी अन्तराष्ट्रिय स्तरमा पोल्ट्री उद्योगमा प्रयोग गरिएका नवीनतम प्रविधिहरुको जानकारी एवं प्रयोगगरी अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउने र कम लागतमा उत्पादन बृद्धि गरी उपभोक्तालाई गुणस्तरीय अण्डा र मासु उपलब्ध गराउने उद्धेश्यले प्रर्दशन आयोजना गर्न लागिएको उनको भनाई छ  । प्रर्दशनी काम तयारी पुरा भई स्टल सेटिङ्ग एवं मुलद्धार निर्माणको काम भईरहेको र देश तथा बिदेशबाट प्रर्दशकहरु आउने क्रम जारी रहेको नेपाल पोल्ट्री व्यवसायी मञ्चका कार्यकारी अधिकृत एवं प्रर्दशनीका सचिवालय सयोजनकर्ता शिवराज बरालले जानकारी दिए ।

नेपाल पोल्ट्री महासङ्घको आयोजना एवम् नेपाल सरकार पशुपंक्षी विकास मन्त्रालय र नेपाल पोल्ट्री व्यवसायी मञ्च र चितवन उद्योग संघको सहआयोजनामा हुन गइरहेको बृहद प्रदर्शनी तीन दिनसम्म चल्नेछ। प्रदर्शनीमा रहने स्टल पोल्ट्री व्यवसायी एवम् कुखुरापालन गर्ने कृषकलाई लक्षित रहने बताइएको छ । प्रदर्शनीमा पोल्ट्री व्यवसायका लागि चाहिने ब्रिडिङ प्रविधि, वातावरण सन्तुलन प्रविधि, ह्याचरी एवम् दाना उत्पादन गर्ने मेशिन, आधुनिक फिडर, औषधिको स्टल रहनेछ । नेपालको पोल्ट्री उद्योगमा झण्डै ७० अर्ब लगानी भएको छ भने डेढलाख भन्दा बढीले रोजगारी पाएका छन ।

जापानमा १८ बर्षीया किशोरीले खैरो कपाललाई विद्यालयले कालो पार्न लगाएपछि मुद्दा हालिन्

टोकियो ।

प्राकृतिक रुपमै आफ्नो खैरो रहेको कपाललाई विद्यालयले जर्वजस्ती कालो पार्न लगाएपछि

जापानमा एक १८ वर्षीया किशोरीले क्षतिपूर्ति माग गर्दै स्थानीय सरकारविरुद्ध मुद्दा दायर हालेकी छिन् ।

समाचार अनुसार ओसाका नजिकै रहेको उनको माध्यमिक विद्यालयले विद्यार्थीहरुको कपाल कालो रंगको हुनुपर्ने नियम पालना नगरिए विद्यालय छाड्न भनेपछि ती किशोरीले कपाल कालो गरेकी थिइन् । तर आफ्नो प्राकृतिक रुपमै खैरो रहेको कपाल कालो बनाउन प्रयोग गरिएको रंगले आफ्नो कपाल र तालुमा असर पुर्‍याएको उनले बताएकी छिन् ।

काइफूकान हाइ स्कूल नामको बिद्यालयले कपाल रंगाएका विद्यार्थीहरुलाई प्रतिबन्ध गर्ने विद्यालयको नीति रहेको बताएको छ ।

जन्मिंदादेखि नै आफ्नी छोरीको कपालको रंग खैरो रहेको जानकारी उनकी आमाले विद्यालयलाई गराएपनि विद्यालयले बारम्बार ती किशोरीलाई कपाल कालो गर्न निर्देशन दिएको उनकी आमाले बताएकी छिन् ।

किशोरीले क्षतिपूर्तिस्वरुप १९ हजार ३ सय डलर माग गरेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ओसाका प्रिफेक्चरले अदालतलाई उनको दाबी अस्वीकार गर्न माग गर्ने भएको छ ।

विद्यालयले यसमा प्रतिक्रिया दिन अश्विकार गरेको छ भने किशोरी गत वर्षको सेप्टेम्बरदेखि विद्यालय गएकी छैनन् ।

जापानमा विद्यार्थी कस्तो देखिने भनेर धेरै विद्यालयमा कडा नियमहरु रहेको पाइन्छ ।

कपालको रंग, मेकअपको प्रयोग र स्कर्टको लम्बाइ, झोला, मोबाइल फोन लगायतमा विद्यालय पिच्छे विभिन्न कडा नियमहरु रहेको पाइन्छ । जापानका विद्यालयहरुले प्रचार गर्ने नयाँ नियम तथा अनुशासन हेरेर समेत अभिभावकहरुले आफ्ना विद्यार्थी भर्ना गर्ने हुनाले जापानमा यस्ता नियम विद्यालय अनुसार फरक र कडा रुपमा पालना गराउने गरेको पाइन्छ ।

भैंसि चराउन जाँदा यौन क्रियाकलाप गरेको देख्ने भाईको हत्या आरोपी किशोरीद्धारा आत्महत्या

सिरहा ।

जंगलमा भैंसि चराउन जाँदा गाउँकै युवकसँग यौन क्रियाकलाप गरिरहेको देखेपछि ठूलो बुवाको छोरालाई हत्या गरेको आरोप लागेकी १६ बर्षिया किशोरीले आत्महत्या गरेकी छिन् ।

सिरहाको कर्जन्हा २ मा भाइको हत्याको अरोपमा पक्राउ परेकी १६ वर्षीया किशोरी प्रियंका यादवले प्रहरी चौकीमै आत्महत्या गरेकी हुन् ।

आफ्नो यौन सम्बन्ध लुकाउन ठूलोबुबाका छोरा भवेश यादवको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ गरी आज मध्याहृन मात्रै सार्वजनिक गरिएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयामा थुनुवा राख्ने ठाउँ नभएपछि इलाका प्रहरी कार्यालय बिष्णुपुर लगिएको थियो ।

साँझ ५ बजेतिर प्रहरीको अनुमतिमा चौकीकै बाथरुममा नुहाउन छिरेकी उनले सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

महिला थुनुवा कक्ष भित्रै बाथरुम रहेको र गर्मी भएको भन्दै नुहाउन भनेर छिरेकी यादव छिरेको बाथरुमबाट कुनै आवाज नआएपछि हेर्दा आत्महत्या गरेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा लगिएको छ ।

कात्तिक २ गतेदेखि हराइरहेका भवेशको शव दुई दिनपछि भेटिएको थियो । किशोरीसँग यौन क्रियाकलापमा संलग्न रहेर बालक भवेशको हत्यामा संलग्न सञ्जय शाहभने प्रहरी नियन्त्रणमा छन् ।

निगम प्रमुख खड्काले मनोमानी अनुमति दिएको भन्दै ट्यांकर व्यवसायीद्वारा इन्धन ढुवानी ठप्प पार्ने चेताव

१२ कात्तिक, काठमाडौं ।

नेपाल आयल निगमका विवादास्पद कार्यकारी निर्देशक गोपालबहादुर खड्काले मनोमानीगरि नयाँ ट्यांकर सञ्चालनको अनुमति दिएको आरोप लगाउँदै व्यवसायीले पेट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आइतबार आपूर्ति मन्त्रालय र निगमलाई मागपत्र पेश गर्दै निर्णय खारेज नभए १५ मंसिरदेखि ढुवानी ठप्प पार्ने बताएका हुन् ।

निगमले ८ पुस ०७३ मा नयाँ पेट्रोलियम ढुवानी नियमावली जारी गरेको थियो । जेठ ०७४ सम्ममा करिब दुई सय वटा नयाँ ट्यांकरले अनुमति दिएको सूचना आफूहरुलाई प्राप्त भएको महासंघका कार्यवाहक अध्यक्ष गुणराज निरौलाले बताए । निगमबाट स्वीकृति पाएर कतिपय ट्यांकर सञ्चालनमा समेत रहेको महासंघको दाबी छ ।

खारेज गरिएका ट्यांकरसमेत सञ्चालनमा आएकाले तिनको तथा नयाँ स्वीकृति पनि खारेज गरिनुपर्ने महासंघको माग छ ।

हाल नेपालमा १८ सय ट्यांकरमार्फत् इन्धन ढुवानी हुँदै आएको छ ।

यसअघि सोही विषयलाई लिएर अख्तियारमा पनि उजुरी परेको थियो । आयोगले नियमावली बनाएर कानुनसम्मत अनुमति दिन निगमलाई निर्देशन दिएको थियो ।

नयाँ ट्यांकरको सञ्चालन अनुमति दिँदा सार्वजनिक सूचना जारी गरेर आवश्यकताका आधारमा मात्र स्वीकृति दिन अख्तियारले निगमलाई निर्देशन दिएको थियो ।

निगम आफैंले बनाएको नियमावली कुल्चेर अनुमति दिएको आरोप महासंघको छ ।

देउवाले पछि हट्दै सिटौलालाई प्रत्यक्ष चुनावकै टिकट दिए

काठमाडौं ।

समानुपातिक सांसदमा नाम राखेपछि पार्टी सभापती शेरबहादुर देउवासँग असन्तुष्ट रहँदै आएका नेता कृष्णप्रसाद सिटौलाले अन्तत प्रत्यक्ष चुनावमै लड्न टिकट पाएका छन् ।

सिटौला पक्षका नेताहरुको चर्को दबावपछि पार्टीले उनको नाम समानुपातिक सूचीबाट झिकेर प्रत्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सिटौला मंसिरमा हुने चुनावमा प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने निश्चित भएको हो ।

सिटौलाले आफ्नो पुरानो निर्वाचन क्षेत्र झापा ३ बाट सातौं पटक चुनाव लड्न लागेका हुन् । यसअघि पार्टीले उनको नाम समानुपातिक सूचीको पहिलो नम्बरमा राखेर निर्वाचन आयोगलाई बुझाएको थियो । तर, सिटौलाको तीव्र असन्तुष्टि, कार्यकर्ताको चौतर्फी दबाबका कारण पार्टीले आइतबार उनको नाम समानुपातिक सूचीबाट हटाएको हो ।

सिटौलालाई प्रत्यक्षबाटै उम्मेदवार बनाउने निर्णय शुक्रबार बसेको कांग्रेस संसदीय समितिको बैठकमा भएको थियो । तर, गठबन्धनमा असर पर्ने भन्दै सार्वजनिक गरिएको थिएन । लोकतान्त्रिक गठबन्धनअन्तर्गत झापा ३ राष्ट्रिय प्रजातन्त्र पार्टी 'राप्रपा'ले माग गर्दै आएको थियो । उक्त क्षेत्रबाट राप्रपाले महामन्त्री राजेन्द्र लिङ्देनलाई उम्मेदवार बनाउने बताउँदै आएको थियो । तर, सिटौलाले क्षेत्र छाड्न नमानेपछि पार्टी सभापति शेरबहादुर देउवा पछि हटेको कांग्रेस स्रोतको भनाइ छ ।

पार्टीले नाम समानुपातिकमा राखे पनि सिटौलाले आफ्नो क्षेत्रमा चुनावको तयारी दुई साता अघिदेखि नै सुरु गराइसकेका थिए ।

पार्टीभित्र शीर्ष वरीयतामा रहेका सिटौला रणनीतिक नेताका रुपमा चिनिन्छन् । सिटौला नेपाली काँग्रेसभित्र भारत निकट नेता मानिन्छन् उनी करोडौं रुपैयाँको सुडान घोटाला काण्डका समयमा गृहमन्त्री भएका विवादास्पद नेता समेत हुन् ।

एएफसी अण्डर १९ फुटबल प्रतियोगिताकोलागि नेपाली टोली किरगिस्तान प्रस्थान

काठमाडौं ।

एएफसी अण्डर १९ फुटबल प्रतियोगितामा खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आईतबार किरगिस्तान प्रस्थान गरेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले अर्पन कार्कीको कप्ताननिमा २३ सदस्यि अण्डर १९ राष्ट्रिय फुटबल टोलीको नामावली शनिबार मात्रै सार्वजनिक गरेको थियो ।

प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल आयोजक किरगिस्तान संग आउँदो मङ्गलबार खेल्ने छ ।

यसैगरि दोस्रो खेल बिहिबार बहराईन संग, तेस्रो खेल शनिबार संयुक्त अरब ईमिरेट्स् यु ए ई संग र अन्तिम खेल आउँदो बुधबार ओमान संग खेल्ने  छ ।

प्रतियोगिताको पहिलो चरणमा सहभागि मुलुकहरुलाई १० वटा समूहमा विभाजन गरिएको छ ।

१० वटा समूहबाट उत्कृट एक राष्ट्र अन्तिम चरणका लागि छनोट हुनेछन् भने समग्र समूहको उत्कृष्ट ५ उप विजेता र आयोजक पनि अर्को वर्ष हुने अन्तिम चरणका लागि छनोट हुनेछन् ।

यहि नेपाली टोलीले गत असोजको पहिलो साता भुटानमा सम्पन्न साफ अण्डर १८ फुटबल प्रतियोगिताको उपाधि हात पारेको थियो ।

नेपाली अण्डर १९ राष्ट्रिय फुटबल टोली आईतबार किरगिस्तान प्रस्थान गरेको छ ।

एन्फामा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले नेपाली टोलीलाई विदाई गर्नु भएको थियो ।

दिपेन्द्रसिंह ऐरीको नेतृत्वमा एशिया कप क्रिकेट टोलि घोषणा

काठमाडौं ।

ए सी सी अण्डर १९ यशिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

मलेसीयामा आयोजना हुने अण्डर १९ कपका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा आईतबार अन्तिम १५ सदस्यि टोलीको घोषणा गरिएको थियो ।

यसैगरि ४ जना खेलाडिहरुलाई बैकल्पिकका रुपमा राखिएको छ ।

नेपाली टोलीको छनोट मुख्य प्रशिक्षक बिनोद दास र ए सी सी का प्रतिनिधि बेंकटपति राजुले गरेका थिए ।

गत महिना सम्पन्न पूर्विय क्षेत्रको विजेता बन्दै नेपाल एशिया कपका लागि छनोट भएको थियो ।

एशिया कप मलेसियामा नोभेम्बर ११ देखि १९ तारिख सम्म सन्चालन हुनेछ ।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलङ्का, बंगलादेश, अफ्गानिस्तान जस्ता टेस्ट मान्यता प्राप्त राष्ट्र लगायत ८ वटा टोलीको सहभागिता रहने छ ।

तर यस भन्दा अघि प्रतियोगिताको अभ्यासका लागि नेपाली टोली सोमबार बंगलादेश जाने भएको छ ।

बंगलादेशमा रहँदा नेपालले त्यहाँको युवा टोली संग ३ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।

नोभेम्बर २, ४ र ५ तारिखमा ३ वटा अभ्यास खेल खेलेपछि नेपाली टोली नोभेम्बर ६ तारिखमा काठमाडौँ फर्कनेछ ।

संखुवासभामा एक महिला खाना पकाउने क्रममा जलेर गम्भिर घाईते

खाँदवारी ।

चैनपुर नगरपालिका वडा नं६ चैनपुरबजारमा विना सहारा वसीरहेकी ललिता श्रेष्ठ चुलोमा खाना पकाउने क्रममा  विहान ९ बजेतिर शरीर जलेर शक्त घाइते भएकी छन् ।

अन्दाजी ८५ वर्षकी श्रेष्ठलाई हाल प्राथमिक स्वास्य केन्द्र चैनपुरमा प्राथमिक उपचार भएका भए पनि उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको प्राथमिक स्वास्थ्य केन्द चैनपुरले जनाएको छ ।

घरमा तरकारी पकाइरहेको अवस्थामा आगो अचानक शरीरमा सल्कदा शरीरका सबै भाग जलेर शक्त घाइते श्रेष्ठको इलाका प्रहरी कार्यालय चैनपुरले समेत उक्त घटनाको सत्यतथ्य छानविन गरिरहेको जनाएको छ ।

संखुवासभामा मतदाता शिक्षा विषयक कार्यक्रम सम्पन्न

संखुवासभा ।

चैनपुर नगरपालिका स्थित दिलकुमारी सभाहल चैनपुरमा संखुवासभाका माननिय जिल्ला न्यायधिस प्रकाश राउतले १ दिवसिय मतदाता शिक्षा प्रशिक्षण कार्यक्रम समुद्घाटन गर्नुहुँदै मतदाताहरुलाई घरदैलो मा पुगरे भोट हाल्ने तरिका  सिकाउन कार्यक्रममा सहभागीहरुलाई अग्रह गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यलय संखुवासभाको अगुवाइमा मतदाता शिक्षा कार्यक्रमको लागि स्वयम सेवक प्रशिक्ष्ण कार्यक्रम सम्पन्न भएको हो । मतदाता देशमा नै बढी म तबदर हुने जिल्लाको रुपमा चिनिने संखुवासभाको निर्वाचन क्षेत्र नं. २ (ख) का लागि ७३ वटा मतदान केन्द्रमा कम्तिमा १ जना स्वयम सेविका मतदाता शिक्षाको लागि मतदाताहरुलाई सु–सुचित गर्ने उद्देश्यले महिला महिला स्वयम सेविका  स्थानीय तहमा कार्यरत सामाजिक परिचालक,  , स्थानीय तहमा कार्यरत सामाजिक परिचालक, प्रथामिक शिक्षक, बालविकास  शिक्षिका गरी ६७ जनाको सहभागीता मा मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रमको सहजकर्ताको रुपमा जिल्ला शिषा कार्यालयका विद्यालय निरीक्षक सन्तोष बराल, जिल्ला निर्वाचन अधिकारी ऋषि कुमार दाहालले गर्नुभएको थियो ।

जिल्लामा १ लाख ५ हजार ८५ मतदाता संख्या रहेकोमा क्षेत्र नं. १ मा ५२ हजार ७ सय ८६  र निर्वाचन क्षेत्र नं. २ मा ५२ हजार २ सय  ९९  मतदाताहरु रहेको समेत निवार्चन कार्यालय संखुवासभाले जनाएको छ । आसन्न मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रमा १ सय ३ मतदान स्थल रहेका छन भने १ सय ५३ मतदान केन्द्र कायम गरिएको समेत निर्वाचन अधिकारी दाहाले जनाउनुभएको छ ।

पर्बतमा ७४ वटा मतदान स्थल निर्धारण

कुश्मा ।

आगामी मंसीर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि पर्बतमा ७४ वटा मतदान स्थलको निर्धारण गरिएको छ । मतदान स्थल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावमा निर्धारण गरिएका मतदान स्थललाई नै आधार वनाएर निर्धारण गरिएको हो ।

मतदान स्थल ७४ रहेपनि मतदान केन्द्र भने १ सय ३९ निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यलय पर्बतले जनाएको छ । निर्बाचन अधिकृत लक्षु शर्माका अनुसार मतदान स्थल ७४ रहेपनि मतदाता सख्या बढेको कारण मतदाता सख्याको आधारमा १ सय ३९ मतदान केन्द्र बनाईएको हो । यो स्थानिय तहको निर्बाचनको भन्दा १० मतदान केन्द्र थप गरिएको उहाले जानकारी दिनुभयो ।

उहाका अनुसार गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन भन्दा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ८ हजार ५७ मतदाता थपिएका छन । अव पर्बत जिल्लामा कुुल मतदाता संख्या १ लाख ७ हजार ३ सय पुगेको छ । जव कि स्थानीय तहको निर्वाचनमा पर्बतमा ९९ हजार २ सय ४३ मतदाता रहेका थिए ।

प्रदेश सभाको निर्वाचनका लागि पर्बत क्षेत्र नम्बर १ मा ५८ हजार ८ सय २१ जना मतदाता रहेका छन । जसमा ३० हजार ४ सय महिला र २८ हजार ४ सय २९ पुरुष रहेका छन् । भने क्षेत्र नम्बर २ मा ४८ हजार ४ सय ७९ मतदाता रहेका छन् ।

जसमध्ये २५ हजार ८६ महिला र २३ हजार ३ सय ९३ पुरुष रहेको जिल्ला निर्बाचन अधिकृत शर्माले जानकारी दिनुभयो । पर्बतमा कुल मतदाता मध्ये महिला मतदाता बढी रहेका छन् । कुल १ लाख ७ हजार ३ सय मतदाता रहेको पर्बतमा ५५ हजार ४ सय ८६ महिला र ५१ ह्जार ८ सय १४ पुरुष मतदाता रहेका छन् ।

सीता चरित्रमा आधारित हिन्दी भाषाको सीतायणको प्रकाशन

जनकपुरधाम ।

सीता चरित्रमा आधारित हिन्दी भाषाको सीतायण नामक ग्रन्थको आज जनकपुरधाममा लोकार्पण गरिएको छ ।

नेपाल हिन्दी प्रतिष्ठान जनकपुर तथा भाष संगम ईलाहावादको आयोजनामा आज जनकपुरधाममा भएको सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय हिन्दी विभागका विभागाध्यक्ष डा. संजिता वर्मा, पूर्व विभागाध्यक्ष डा. सूर्यनाथ गोप, बरिष्ठ पत्रकार तथा नेपाल हिन्दी प्रतिष्ठानका अध्यक्ष राजेश्वर नेपाली, पुस्तकका प्रकाशक तथा टिकाकार डा गोविन्द राजन र विद्वान डा. रामचन्द्र रायले संयुक्त रुपमा सीतायणको लोकार्पण गर्नु भएको थियो ।

कूल ६ भाग तथा ९ सय ३३ पृष्ठको सीतायण पुस्तकमा सीताको जन्म देखि पृथवी समागमसम्मको अवस्थालाई निक्कै सहज तरिकाले समेटेर प्रकाशन गरिएको छ । यसमा माता सीताको वालकाण्ड, द्वितीय काण्ड, जयमालाकाण्ड, रसमाला काण्ड, सुखमालाकाण्ड र रसाल काण्ड रहेका छन् ।

सीतायणको दोहाको मूल लेखक रामप्रीया शरण भएपनि सो पुस्तकको संपादन गर्ने काम भाष संगम ईलाहावाद विद्वान डा. गोविन्द राजनले गर्नु भएको छ । पुस्तक निक्कै संग्रहणीय रहेको छ । पुस्तकको मूल्य भारतीय रकम ६ सय रहेको छ ।

कार्यक्रममा सहभागि भएका विद्वान वक्ताहरुले पुस्तकले माता सीताको आदर्श, सहनशीलता, त्याग, निष्ठा, पवित्रता जस्ता कुराहरु पुस्तकमा समेटेकाले यो सवैका लागि पठनीय भएको पनि बताउनु भएको थियो ।

नेपाल हिन्दी प्रतिष्ठान जनकपुरका अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको अध्यक्षतामा भएको सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय हिन्दी विभागका विभाध्यक्ष डा. संजिता वर्माले लेखेको गुरु दक्षिणा कथा संग्रहको पनि विमोचन गरिएको थियो । उक्त पुस्तक पनि भाषा संगम ईलाहावादले नै प्रकाशन गरेको छ ।

कार्यक्रममा बोल्दै वक्ताहरुले सीतायणको प्रकाशनले जनकपुरको चर्चा परिचर्चा भारत सहित सम्पूर्ण विश्वमा हुने र जनकपुरधामको धार्मिक पर्यटन प्रबद्र्धनमा पनि मद्दत पुग्ने विचार राख्नु भएको थियो ।

कार्यक्रममा विभिन्न हिन्दीका कविहरुले कविता पनि वाचन गरेका थिए । कार्यक्रममा केही विद्वानलाई सम्मान गर्ने काम पनि भएको थियो ।

Parties submit final list of close list of proportional representation system

The parties have submitted the final closed list of candidates for the proportional representation after necessary amendment on the list.

Secretary at the Election Commission Begendra Raj Sharma said the almost all the parties have submitted the list of the candidates for the proportional representation in the upcoming election scheduled for November 26 and December 7.

As per the scheduled the parties had time to amend the list of the candidates till 5 o’clock today since 23 October.

For the proportional representation in the house of representation, 49 parties had submitted the list and for the state assemblies 18 to 31 parties have given their list in the respective election commission offices.

Election Commission has a schedule to publish the close list on 3rd November.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web