काठमाडौं ।

बिश्व पावरलिफ्टिङ्ग प्रतियोगिता २०१७ मा पदक हात पार्दै नेपाली पावरलिफ्टिङ्ग टोली सोमबार काठमाडौँ फर्किएको छ ।

भारतको दिल्लीमा सम्पन्न प्रतियोगितामा नेपालले एक स्वर्ण, एक रजत र एक काँस्य पदक प्राप्त गरेको थियो ।

बुद्धिजंग कार्कीले ९० केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरेका थिए ।

यसैगरि बाबु ज्ञानेन्द्र नकर्मीले मास्टर्स तर्पm रजत र उनका छोरा रोजिन नकर्मीले सव जुनियर तर्पm काँस्य पदक प्राप्त गरेका थिए ।

नेपाली टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल शारिरिक शुगठन तथा फिटनेस संघका पदाधिकारी लगायत उपस्थित सर्वसार्धारणले स्वागत गरेका थिए ।

एनएलटिए एशियन अण्डर १४ र्याङिकङ्ग प्रतियोगिता सुरु

काठमाडौं ।

केशा ग्रुप नेपाल लन टेनिस यसोशियसन एन।एल।टि।ए एशियन अण्डर १४ र्याङिकङ्ग प्रतियोगिता सोमबार देखि सातदोबाटो टेनिस कम्प्लेक्समा सुरु भएको छ ।

एशियाली टेनिस महासंघको सहयोगमा र अखिल नेपाल लन टेनिस संघको आयोजनामा संचालित प्रतियोगितामा ९ पुरुष र १३ महिला खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगितामा व्यक्तिगत र जोडी तर्फ गरेको प्रदर्शनको आधारमा खेलाडिहरुलाई अङ्क प्रदान गरिने संघले जनाएको छ ।

युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के।सी।ले एक सोमबार सातदोबाटोमा आयोजित एक कार्यक्रमबमचि निर्णायक प्रविन कुमार नायकलाई टेनिस बल प्रदान गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

भदौ महिनामा निर्यात मात्र ३ प्रतिशत बढ्यो

काठमाडौं ।

चालुआर्थिक बर्षको भदौ महिनामा नेपालको कुल वस्तुनिर्यात ३ प्रतिशतले बढेर १३ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.७ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा भारततर्फ ३.३ प्रतिशतले निर्यात घटेको छ भने चीनतर्फ ४४.६ प्रतिशत र अन्य मुलुकतर्फ ९.७ प्रतिशतले बढेको नेपाल राष्ट्र बैकले जनाएको छ ।

यस अवधीमा वस्तुगत आधारमा पशु आहार, धागो, तयारी पोशाक, पिना, वनस्पती घ्यू लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलैची, उनी गलैचा, जि।आई। पाइप, टूथपेष्ट लगायतका वस्तुहरुको निर्यात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात ११ प्रतिशतले बढेर १६५ अर्ब ४१ करोड पुगेको छ ।

यस अवधिमा भारतबाट भएको आयात ८.१ प्रतिशत, चीनबाटको आयात २६.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १०.७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ११.८ प्रतिशतले बढी १५१ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ४८.१ प्रतिशतले बढेको थियो ।

‘प्रत्यक्ष चुनावको छुट्टा छुट्टै मतपत्र छाप्न थाल्यौं’-प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि छुट्टा छुट्टै मतपत्रको छपाई शुरु भएको बताउनु भएकोे छ ।

प्रमुख निर्वाचन आयुक्त डा। यादवले आज आयोगमा पत्रकारहरुसँग कुरा गर्नुहुँदै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि छुट्टा छुट्टै मतपत्र छपाइ गर्ने क्रममा बझाङ र बैतडी जिल्लाका लागि आवश्यक मतपत्र छपाइको कार्य पुरा भएको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा। यादवले प्रतिनिधि सभा र प्रदेश सभाका लागि छुट्टा छुट्टै मतपत्रको व्यवस्था भएपछि मतपेटिका, जनशक्ति, ढुवानी, मतदाता शिक्षालगायतको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी भयो ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई तोकिएकै समयमै सम्पन्न गर्ने क्रममा आइपर्ने विभिन्न खाले चूनौति र संकटको व्यवस्थापन गर्दै दृढ आत्मबलका साथ आयोग अघि बढेकाले अब कुनै पनि शक्तिले निर्वाचनलाई रोक्न नसक्ने दृढता व्यक्त गर्नुभयो ।

नारायणकाजीको चुनावी भाषण-‘चुनाव जितेर बामपन्थीको सरकार बनाएर सम्बृद्धि ल्याउँछौं’

गोरखा ।

बामगठबन्धनबाट गोरखा २ का उमेद्वार तथा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मंसीर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जितेर बामपन्थीहरुको नेतृत्वमा सरकार बनाउँदै देशलाई सम्बृद्धिको दिशामा लगिने बताउनु भएको छ ।

चुनावी घरदैलोका क्रममाः आज गोरखाको पालुङटारमा प्रदेशसभा कार्यालय उद्घाटन गर्दै श्रेष्ठले बाह्य हस्ताक्षेप सदाका लागि अन्त्य गर्न एमाले र माओबादी केन्द्रबीच गठबन्धन गर्दै एउटै कम्युनिष्ट केन्द्र बनाउने दुई पार्टीबीच निर्णय भएको बताउनुभयो । कम्युनिष्टहरु थप शसक्त हुन आसन्न चुनावले सहयोग पुग्ने श्रेष्ठको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘समाजबाद उन्मुख राज्य खडा गर्ने, देशलाई स्वाधिन बनाउँदै सबृद्धिको दिशातर्फ अघि बढाउने, जनताको बिकासप्रतिको आशा तथा अपेक्षा पूरा गर्ने र बिश्वले देख्ने गरी नमूना समाजबादको आधार खडा गर्न यो चुनाव महत्वपूर्ण हुनेछ ।’ माओबादी र एमालेले कसरी साझा उमेद्वारलाई जिताउन सकिन्छ भन्नेबारे सोच्नुपर्ने बेला आएको भन्दै श्रेष्ठले एकिकृत कम्युनिष्ट पार्टी बनाउँदै कम्युनिष्टहरुले चुनावमा जितेपछि सरकार बनाउने दावी गर्नुभएको छ ।

श्रेष्ठले भन्नुभयो, ‘देशमा कम्युनिष्टहरुको मत दुई तिहाइ छ । कम्युनिष्टहरुकै पक्षमा जनताको समर्थन छ । तर नेतृत्व र सरकार भने प्रतिक्रियाबादीले चलाइरहेका छन् । गरिबी, बेरोजगारी समस्या समाधान गर्न पनि बामपन्थीको सरकार आवश्यक छ ।’

निर्वाचन आयोगले सर्वोच्च अदालतमा यस्तो जवाफ बुझायो

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव सहित निर्वाचन आयुक्तहरुले सर्वोच्च अदालतबाट यही कात्तिक ८ गते भएको आदेश अनुसार आज महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ ।

साथै उहाँहरुले सर्वोच्च अदालतको आदेशबमोजिम २०७४ मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि आवश्यक पर्ने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइसम्बन्धी प्रगति प्रतिवेदनसमेत पेश गर्नुभएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

अदालतमा पेश गरिएको प्रतिवेदनमा सर्वोच्च अदालतको आदेश र आदेशमा अभिव्यक्त भावना तथा मर्मको उच्च सम्मान गर्दै सरकारले तोेकेको मितिमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न गर्ने सुनिश्चितताका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभाका लागि छुट्टै पानामा र प्रदेशसभा सदस्य निर्वाचनका लागि छुट्टै पानामा मतपत्र छपाइ गर्ने निर्णय आयोगले गरेको उल्लेख छ ।

छुट्टा–छुट्टै पानामा मतपत्र छपाइ गर्दा मतदाता शिक्षा सामग्री, उम्मेदवारी दर्ता र नतिजा तयारीसम्बन्धी सफ्टवेयर, विभिन्न तहको तालिम सामग्रीमा समेत परिमार्जन गर्नुपर्ने, मतपत्र छपाइ कार्ययोजनामा संशोधन गर्नुपर्ने, मतपत्र छपाइ कागज, सामग्री व्यवस्थापन र ढुवानी एवं निर्वाचनको समग्र बजेट तथा कार्यक्रममा पुनरावलोकन र संशोधन गर्नुपर्ने भएकाले तत्काल आवश्यक प्रक्रिया अगाडि बढाउनेसमेत आयोगबाट निर्णय भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतले यही कात्तिक ८ गतेको आदेशबमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको छुट्टाछुट्टै मतपत्र छपाइको प्रगति प्रतिवेदनसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत तीन दिनभित्र उपस्थित हुन आदेश दिएको थियो ।

बाग्लुङ गल्कोट र बझाङका तीन जना २४ किलो चरेस सहित पक्राउ

बझाङ ।

दुर्गाथली गाँउपालिका–२ मौरीबगर बजार स्थित खोडपे चैनपुर सडक खण्डमा प्रहरी चौकी मटेलाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा छविसपाथिभेरा गाँउपालिका–६ बस्ने ५० बर्षीय झब्बर बुढा र सोही स्थान बस्ने ४२ बर्षीय ज्ञान बहादुर बुढालाई लागू औषध चरेश करीब ४ किलो ५ सय ग्राम सहित फेला पारी आइतबार नियन्त्रणमा लिएको छ ।

यसैगरि बाग्लुङ बडिगाड गाउँपालिका–२ स्थित हाँडीखोला बजारमा प्रहरी चौकी खर्बाङबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद रुपमा हिडेका गल्कोट नगरपालिका–१० पाण्डवखानी बस्ने ४५ बर्षीय धन बहादुर बुढालाई चेकजाँच गर्ने क्रममा निजले बोकेको २ वटा झोलामा प्याकिङ गरिएको अवस्थामा करीब २० किलो लागू औषध चरेश फेला पारी आइतबार नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

३०२ जना इन्स्पेक्टर सरुवामा परे

काठमाडौं ।

निर्वाचन आचारसंहिता बिपरित सरकारले एकैपटक ३०२ जना प्रहरी निरीक्षक इन्स्पेक्टरको सरुवा गरेको छ ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन मात्र २७ दिन बाँकी रहँदा प्रहरी प्रधान कार्यालयले सरुवाको निर्णय गरेको हो ।

प्रहरी प्रधान कार्यालयको निर्णयमा ‘आवश्यकता अनुसार’ सरुवा गर्नुपरेको जिकिर गरिएको छ ।

कात्तिक महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएकै दरबन्दीबाट पाउने गरी इन्स्पेक्टरहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

झापा ३ सिटौलाले नछाडेपछि राप्रपा महामन्त्रीद्धारा कांग्रेससँगको गठबन्धन टुटेको घोषणा

झापा ।

झापा क्षेत्र नं. ३ को प्रत्यक्ष निर्वाचनमा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई सघाउने आश्वासन दिएको काँग्रेसले अन्तिम समयमा नेता कृष्ण सिटौलालाई उठाउने निर्णय गरेपछि कांग्रेस–राप्रपा गठबन्धन टुट्ने भएको छ ।

सिटौला लोकतान्त्रिक गठबन्धनबाट झापा ३ मा उम्मेदवार बन्ने भएपछि गाउँमा भोट माग्दै हिँडेका लिङ्देनले गठबन्धन टुटेको घोषणा गर्दै चुनावी प्रचार तिव्रपारेका छन् ।

राप्रपा नेता लिङदेनले अब कांग्रेससँगको देशव्यापी गठबन्धन पनि लगभग टुटिसकेको भन्दै आइतबार राति ट्वीट गर्दै झापा–३ मा आफूले दिएको उम्मेदवारी कायमै रहेको जनाएका छन् । उनले कांग्रेससँगको गठबन्धन टुटेकोसमेत प्रष्ट पारेका छन् ।

राप्रपा महामन्त्री लिङदेनले कांग्रेससँग गठबन्धन टुटेको बताए पनि पार्टीले औपचारिकरुपमा कांग्रेससँगको गठबन्धन टुटेको औपचारिक घोषणा गरिसकेको छैन ।

यसअघि कांग्रेसले झापा ३ मा राप्रपाका महामन्त्री लिङ्देनलाई समर्थन गर्दै सिटौलालाई समानुपातिकमा राखेको थियो । तर, सिटौलाले समानुपातिकमा नबस्ने चेतावनी देउवालाई दिएपछि राप्रपासँगको सहमती तोड्दै काँग्रेसले सिटौलालाई उम्मेद्धार बनाउने निर्णय हिजो गरेको थियो ।

अर्बपती बिनोद चौधरीले पार्टी फेरे, काँग्रेसले चुनाव खर्च पाउनेभएपछि समातुपातीकमा राख्यो

काठमाडौं ।

उद्योगपतिका रुपमा चिनिएका पूर्व एमाले सांसद विनोद चौधरीले पार्टी फेरेका छन् । त्यसो त चौधरीले पार्टी फेरेका मात्र भने होइनन् काँग्रेसले चौधरीबाट चुनाव खर्च पाउनेभएपछि उनलाई समानुपातीक सांसद बनाउने भएको छ ।

विश्वकै धनीहरुको सूचीमा परेका व्यापारी चौधरीलाई नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा प्राथमिकतामा राखेको खुलासा भएको छ ।

कांग्रेसले आइतवार राति निर्वाचन आयोगलाई बुझाएको अन्तिम नामावलीमा चौधरीको नाम राखेको पाइएको हो ।

०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद भएका चौधरी ०७० मा पनि एमालेबाटै नवलपरासीबाट प्रत्यक्षका लागि सिफारिस भएपनि चौधरी चुनावमा पराजित हुने डरले प्रत्यक्ष चुनावबाट पछि हटेका थिए ।

उतिबेला समेत चौधरीले करोडौं रुपैयाँ एमालेलाई सहयोग गरेर सांसद बनेको चर्चा चलेको थियो ।

अर्बपतीका रुपमा चिनिएपनि बिनोद चौधरी अर्बौं रुपैयाँ भ्याट छली प्रकरणमा समेत संलग्न भेटिएको छ । उनले सञ्चालन गरेका कयौं कम्पनीले भ्याट छलेको खवर यसअघिनै प्रकाशित भइसकेका छन् ।

काँग्रेस वरिष्ठ नेताहरुले नै चौधरीको नाम समानुपातिक सुचिमा राखेको समाचार पढेर थाहा पाएको बताउन थालेका छन् ।

आफ्नै पार्टीले ककसलाई समानुपातिक सुचिमा के का आधारमा राखेको समेत थाहा नपाएको भन्दै व्यापारि चौधरीले प्राथमिकता सहित सुरुवाती क्रममै नाम राखेको भन्दै काँग्रेसभित्र असन्तुष्टि बढ्नुका साथै पार्टी सभापती शेरबहादुर देउवा आर्थिक प्रलोभनमा परेको आरोप लगाउन थालेका छन् ।

थाई राजाको अन्त्यष्टिमा विश्वभरका नेता, एनआरएन थाइल्याण्डद्धारा कार्यक्रम

बैंकक ।

थाई राजा भूमिबल आदुल्यादेजको अन्तेष्टिमा सहभागी हुन विश्वभरका नेता थाइल्यान्ड पुगेका छन् । थाइल्यान्डमा रहेका नेपाली समुदायले समेत राजा भूमिबलप्रति बेन्कक को राज बिहारमा बिशेष कार्यक्रम गरी राजा भूमिबलप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्यान्डको आयोजनामा भएको उक्त कार्यक्रममा सम्माननीय राजगुरु (रोयल मंक) को पनि उपस्थिति रहेको थियो । मन्दिरमा प्रार्थना पश्चात एनआरएन को टोलि त्यहाँ रहेका नेपालीले राजा भूमिबलप्रति सानाम लुआङ्ग पुगेर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

गैरआवासीय नेपाली संघद्वारा आयोजित श्रद्धाञ्जली सभामा त्यहाँका चार शाही भिक्षुलाई ‘चिवर (भिक्षुको पवित्र वस्त्र)’ प्रदान गरी प्रार्थना गराइएको एनआरएनएका अन्तर्रा्ष्ट्रिय समिति कार्यकारी सदस्य खगेन्द्रराज ढकालले जानकारी दिए । गत बुधबार देखि सुरु भएको ५ दिने अन्तेष्टि आइतबार सम्पन्न भएको छ ।

मृत व्यक्तिको सम्झनामा भिक्षुलाई चिवर दान गरे स्वर्गवास हुने विश्वास रहिआएको छ । त्यहाँको किङ मोंगुट प्राविधिक विश्वविद्यालयका प्राध्यापक समेत रहेका ढकालले राजा भूमिबलले न्यून आय भएको राष्ट्रलाई आफ्ना शासनकालमा अघि बढाएको भन्दै उनी विश्वकै नेताका रूपमा स्मरण गरे ।

राजा भूमिबलको पाँचदिने अन्त्येष्टि कार्यक्रम आइतबार सकिँदै छ । १३ अक्टोबर २०१६ मा ८८ वर्षको उमेरमा उनको निधन भएको थियो । उनको पार्थिव शरीरलाई एक वर्षसम्म ग्रान्ड पलेसमा राखिएको थियो । पार्थिव शरीर त्यही“को बगैंचामा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिन लागिएको हो ।

१९ मिलियन मानिसहरुले राजाको नाम मा फुल चढाएको थाई मेडिया ले जनाएका छन् । लाखौ सहभागी भएको श्रद्धाञ्जली सभामा एनआरएनए थाइल्यान्डको लागि छुटै कार्यक्रमको अवसर प्रदान गरेकोमा राज बिहार र थाई अधिकारी हरु प्रति कृतज्ञता ब्यक्त गर्छन एन आर एन ए का अध्यक्ष आसाजिता अवा ।

एक वर्षसम्म विश्वका नेता थाइल्यान्डमा पुगेर पार्थिव शरीरमा माल्र्यापण गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि गत वैशाखमा बैंकक पुगेर माल्यार्पण गरेकी थिइन् । उनको अन्त्येष्टिमा नेपालका तर्फबाट रक्षामन्त्री भीभसेनदास प्रधान बैंककमा सहभागी भएका थिए । अन्त्येष्टिमा थाल्यान्डका लाखौं सर्वसाधारण तथा ९४ देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भए ।

ब्रिटेनका राजकुमार एन्ड्र्यु, जापानका राजकुमार अकिसिनोसहित नेदरल्यान्ड, बेल्जियम, स्पेन, स्विडेनका शाही परिवारका सदस्य र अमेरिकी रक्षामन्त्री जेम्स माटिससमेत सहभागी भएका छन् ।

‘बाँदरमुढे नरसंहारको लागि उतिबेलै माफि मागीसकें, सबै उम्मेदवारको टुंगो आजै’ – प्रचण्ड

चितवन ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आज वेलुकासम्ममा सबै क्षेत्रका उम्मेदवारको टुंगो लाग्ने बताउनुभएको छ । चितवनको भरतपुरमा आज प्रेस सेन्टर र प्रेस चौतारी नेपालको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले नेपालका ८,१० स्थानमा उम्मेदवारको टुंगो लाग्न बाँकी भएको भन्दै बेलुकासम्ममा टुंगो लाग्ने बताउनुभयो ।

पत्रकारसम्मेलनमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘छलफल चलिरहेको छ, जटिल भएर पनि हैन, समय असाध्यै चाप भएर हो, सम्भवत आज बेलुका मेरो र नेकपा एमाले अध्यक्ष केपी ओलीको बैठक छ, त्यो बैठकबाट टुंगो लाग्छ ।’ उहाँले चुनावको बारेमा आशंका लिनुपर्ने आवश्यकता नरहेको समेत दावी गर्नुभयो ।

बाम गठबन्धनको विषयमा सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले हरेक पार्टीले आआफ्नै हितलाई प्राथमिकता दिएर तालमेल गर्ने गरेको भएपनि अहिलेको बाम गठबन्धन भने फरक रहेको उल्लेख गर्नुभयो । ‘अहिलेको नयाँ कुरा भन्या के हो भने बाम एकता र गठबन्धन गर्ने जो प्रयास गरिएको छ, यो अली बढी बैचारिक र राजनीतिक पक्ष अवश्य छ’, उहाँले भन्नुभयो ।

सम्बाद सहकार्यको हिसाबले अहिले पनि सरकारमा रहेको र काँग्रेससँग सहकार्य तोडिई नसकेको भन्दै प्रचण्डले बाम एकता अहिलेको नयाँ विशेषता भएको जिकिर समेत गर्नुभयो । एकता गर्ने उद्देश्यका साथ नै सहमती गरिएको उहाँले बताउनुभयो । आगामी निर्वाचनको मतपरिणामले समेत कुनै असर नगर्ने दावी प्रचण्डको छ । उहाँले देशको राजनीतिक आवश्यकताले, ऐन संविधानले समेत थोरै पार्टी हितमा छ भन्ने परिकल्पना गरेको समेत बताउनुभयो ।

ठुला थोरै पार्टी रहने प्रक्रियाको शुरुआत माओवादी र एमालेले गरेको उहाँको भनाई थियो । ‘काँग्रेसमा पनि त्यो शुरुआत भएको छ,यो राष्ट्रिको हितमा हुन्छ यो जनताको हितमा हुन्छ भनेर बुझ्नु उचित छ,’ प्रचण्डको भनाई थियो । उहाँले चितवन आफ्नो जिल्ला भएको नाताले चितवनका जनताको विश्वास लिएर देशको नेतृत्व गर्ने तयारीमा रहेको प्रष्ट्याउनुभयो । चितवनका जनताले यो ऐतिहासिक अबसरलाई त्यही रुपमा बुझ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बाँदरमुढे घटनाको विषयमा सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले घटना भएको भोलीपल्टै माफी समेत मागिसकेको र बाँदरमुढे घटना पिडितहरुलाई यसअघि पनि सम्बोधन र सहयोग समेत गरेको दावी गर्नुभयो । सो घटनाका दोषिलाई पार्टीभित्र कारवाही समेत भैरहेको उहाँले जिकिर छ । ‘चितवनको जनतालाई पनि, देशभरी र दुनियाँभरीको जनतालाई नी के थाहा छ भने बाँदरमुढे घटना घट्ने वित्तीकै मैले भोलीपल्ट नै गल्ती भयो क्षमायाचना गर्दै जनतासँग बक्तव्य निकालेको थिएँ र संयुक्त राष्ट्रसंघलाई पनि थाहा छ ।’ प्रचण्डको कथन थियो ।

19.12¡ÆC