उपेन्द्र यादव सप्तरी २ बाट चुनाव लड्ने, फोरमका ६२ उम्मेद्धार घोषणा

काठमाडौं ।

पहिलो चरणको प्रतिनिधिसभा र संघिय प्रदेशको चुनावमा समानुपातिक भोटमात्र बटुल्नेगरि उम्मेद्धारी तय गर्दै संघीय समाजवादी फोरमले प्रतिनिधिभाका ६२ उम्मेदवार घोषणा गरेको छ ।

राजपासँग प्रदेश २ को सिट बाँडफाँट गर्दै फोरमले प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुको सूची सार्वजनिक गरेको हो ।

सार्वजनिक उम्मेद्धारहरुको नामावली अनुसार फोरम अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि सप्तरी २ बाट चुनाव लड्ने भएका छन् ।

वरिष्ठ नेता अशोक राई पनि तराईबाटै चुनाव लड्ने भएका छन् । उनले सुनसरी १ मा भाग पाएका छन् । राईलाई कांग्रेसले पनि समर्थन गर्ने भएकोछ । त्यसको बदलामा फोरमले सुनसरी ३ मा उम्मेदवारी नै नदिने भएको छ ।

फोरमले मोरङको क्षेत्र नम्बर ६ बाहेकका सबै सिट र झापाका सबै सिटमा उम्मदेवार तोकेको छ ।

महोत्तरी १ मा लक्ष्मी महतो, ४ मा डा. सुरेन्द्र महतो, सर्लाही ३ मा अशोक सिंह कोइरी, रौतहट २ मा किरण साह, बारा २ मा रामसहायद यादव, ३ मा रामकिशोर यादव उम्मेदवार भएका छन् । पर्सा १ मा प्रदिप यादव, २ मा विमलप्रसाद श्रीवास्तव र ३ मा हरिनारायण रौनियारलाई उम्मेदवार बनाइएको छ ।

सप्तरी १ मा सूर्यनारायण यादव, सिरहा १ मा राजला यादव र २ मा शत्रुघन सिंह कोइरी र ३ मा अशेश्वर यादव, धनुषा १ मा दिपक कार्की, २ उमा उमाशंकर अरगरीया र ४ मा महाजन यादवलाई उम्मेदवार बनाइएको छ ।

बालकृष्ण ढुंगेल सदरखोर चलान, आजैबाट १२ वर्ष ५ महिना २२ दिन जेलको बास

काठमाडौं ।

हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएपछि फरार रहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरी सदरखोर जेल चलान गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई पक्राउ गरि सदरखोर चलान गरेको छ ।

पहिलो संविधानसभा २०६४ मा ओखलढुंगा २ बाट निर्वाचित ढुंगेल सभासद रहेकै बेला सर्वोच्चले दोषी ठहर गरेको थियो । तर, सर्वोच्चले फैसला गरेपछि लुक्दै आएका उनलाई माओवादीले नै लुक्न सघाउँदै आएको थियो भने प्रहरीले राजनीतिक दबावमा नभेटेको भनि खोजि नगरि बसेको आरोप लाग्दै आएको थियो । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम भने प्रहरीले पक्राउ गरेपछि अहिले जेलमै छन् ।

ढुंगेलको सजाय माफीका लागि तत्कालिन बाबुराम भट्टराई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेपनि सर्वोच्चले सिफारिस कार्यान्वयन रोकिदिएको थियो ।

सर्वोच्चले ३१ चैत २०७३ मा सात दिनभित्र ढुंगेललाई पक्राउ गर्न आदेश दिएको थियो ।

मंगलबार ललितपुरबाट सादा पोषामा रहेका प्रहरीले उनि लुकेर बस्दै आएको कोठाबाट बाहिर निक्लेको समयमा मंगलबार अपरान्ह पक्राउ गरेर  जिल्ला अदालतमा उपस्थित गराएर सदरखोर चलान गरेको हो ।

अदालतका अनुसार ढुंगेल मंगलबारको मितिबाट अब १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु बस्नेछन् ।

ढुंगेललाई प्रहरीले पक्राउ गरेपछि माओवादी नेताहरुले भने शान्ति प्रक्रियामाथिको हस्तक्षेप भन्दै रिहाइको माग गरेका छन् ।

हत्या अभियोगमा जन्मकैद सजाएपछि फरार बनेका बालकृष्ण ढुंगेललाई ‘दाह्रीवाल’ले पक्रियो

हत्या अभियोगमा जन्मकैद सजाएपछि फरार बनेका बालकृष्ण ढुंगेललाई ‘दाह्रीवाल’ले पक्रियो

काठमाडौं ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतबाट जन्मकैद सुनाएपछि फरार रहेका माओवादी नेता तथा पूर्व सांसद बालकुष्ण ढुंगेल पक्राउ परेका छन् ।

प्रहरीको खोजी सूचीमा रहेपछि फरार रहेर लुक्दै आएका ढुंगेललाई प्रहरीले दाह्रीवाल सुराकी लगाएर पक्राउ गरेको हो । मंगलबार बिहान करिव साँढे ११ बजेको समयमा सातदोबाटोस्थित डेराबाट बाहिर निस्किएका ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ ।

यसरी प्रहरीको फन्दामा परे

ढुंगेल आफ्नो डेराबाट बाहिरमात्रै के निस्किएका थिए ४/५ जना व्यक्तिहरुले उनलाई घेरे । सिभिल ड्रेसमा रहेका उनीहरु प्रहरी थिए । केही व्यक्तिले दाह्री पालेका थिए भने केहीले रातो ज्याकेट लगाएका ।

‘तपाई हाम्रो अफिसमा जानुपर्‍यो, तपाईलाई लिएर आउनु भन्नुभएको छ’ दाह्रीवालमध्येका एक व्यक्तिले यसो भनेपछि ढुंगेलले गोजीबाट मोबाइल फोन निकालेर कसैलाई फोन गर्न खोजे । तर, प्रहरीले फोन गर्न दिएन ।

प्रहरीले ढुंगेललाई त्यहाँबाट चोकतिर लग्यो र गाडी चढाएर हेडक्वार्टरमा पुर्‍यायो । ढुंगेलका आफन्तले अनलाइनखबरलाई दिएको जानकारी अनुसार यो घटना करिब साढे ११ बजेतिरको हो ।

ओखलढुंगाका पूर्वसभासद समेत रहेका ढुंगेलकी पत्नी र परिवारका सदस्यहरु कपनमा बसोबास गर्छन् । उनीचाहिँ प्रहरीले पक्रने डरले कपनमा नबसी सातदोबाटोमा डेरा लिएर लुक्दै आएका थिए । उनको डेरामा भाइ बहिनीसहित ३र४ जना बस्दै आएका थिए ।

ढुंगेललाई प्रहरीले पक्राउ गर्नासाथ उनका भाइले विनाविभागीय गृहमन्त्री जनार्दन शर्मालाई टेलिफोन गरेर जानकारी दिएका थिए । त्यसलगत्तै ढुंगेल पक्राउ परेको खबर माओवादी हेडक्वार्टरमा पुगेको थियो ।

माओवादी नेताहरुले ढुंगेलको गिरफ्तारीलाई शान्ति प्रक्रियामाथिको हस्तक्षेपमा रुपमा बिरोध गर्न थालेका छन् ।

ओखलढुंगा २ बाट ०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला अदालतबाट दोषी ठहर भएका थिए । उनीसँगै सजायँ तोकिएका पूर्वमाओवादी कार्यकर्ता पुष्कर गौतम अहिले जेलमै छन् ।

ढुंगेलको सजायँ माफीका लागि तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको थियो । तर, सर्बोच्च अदालतले सो सिफारिस अस्वीकार गरेपछि ढुंगेल फरार अभियुक्तका रुपमा रहेका थिए ।

जापानमा २७ बर्षीय युवाको कोठामा ९ जनाको शव टुक्रा टुक्रा पारेको अवस्थामा भेटियो

टोकियो ।

जापानमा एक युवाको कोठामा ९ जना व्यक्तिको विभत्स तरिकाले हत्या गरी टुक्रा टुक्रा पारि राखिएको अवस्थामा फेला परेको छ ।

जापानमा इतिहाँसमै एक क्रुर घटना भएको भन्दै प्रहरीले घटना अकल्पनिय र अत्यासलाग्दो भएको बताएको छ ।

एनएचके टेलिभिजनका अनुसार ९ जनालाई टुक्रा टुक्रा पारि शव राखिएको सो कोठाबाट २७ बर्षीय ताकाहिरो सिराइसी नामक एक जापानी युवालाई पक्राउ गरेको छ ।

टोकियो प्रहरीका अनुसार जामे सिटि नजिकै सोमबार घटनास्थल पत्ता लागेको हो । प्रहरीका अनुसार हाचिओजीबाट बेपत्ता २३ बर्षिय युवतिको खोजि गर्ने क्रममा सो स्थान भेटिएको हो । बेपत्ता युवति गत हप्ताको मंगलबारबाट सम्पर्कविहिन भएकी थिइन् ।

खोजिका क्रममा उक्त कोठामा तापक्रम मिलाउने एक एसि बक्समा दुई जनाको शव टुक्रा टुक्रा अवस्थामा भेटिएको थियो । पछि खोजीका क्रममा अन्य ७ जनाको शव कोठामा प्याक गरिएको अवस्थामा टुक्रा टुक्रा अवस्थामा भेटिएको हो ।

प्रहरीका अनुसार बेपत्ता किशोरीले आफुले आत्महत्या गर्न लागेको भन्ने म्यासेज परिवारमा पठाएकी थिइन् । जुन सन्देश ९ जनाको शव टुक्रा टुक्रा पारि राखेको युवाको कोठा नजिकैबाट पठाएको देखिएको छ । मंगलबारबाट बेपत्ता युवती सोमबार उक्त कोठा नजिक हाचिवोजि रेल स्टेशन अगाडी सँगै देखिएको भिडियो फुटेजबाट पत्ता लागेको थियो ।

जापान प्रहरीले अनुसन्धान गरिरहेको भन्दै शव भेटिएका ९ जना मध्ये ८ जना महिला र एक पुरुषको शव रहेको छ । तर गत हप्ता बेपत्ता युवती ति शव मध्ये हो वा होइन भन्ने परिक्षण हुन बाँकी रहेको छ ।

आचार संहितालाई कुल्चदै कार्यकर्ता पोस्न ४ करोड ५८ लाख, कसले कति पाए ?

काठमाडौं । सरकारले निर्वाचनको मुखैमा निर्वाचन आचार संहितालाई कुल्चदै आफू निकटका ३ सय १० कार्यकर्तालाई राज्यकोषबाट एकै दिन ४ करोड ५८ लाख ५० हजार भन्दा वढि रकम वितरण गरेको छ। प्रधानमन्त्री शेर वहादुर देउवा आफैले गृह मन्त्रालय सम्हालेपछि गृह मन्त्रालयकै प्रस्तावमा आफू निकटका कार्यकर्तालाई निर्वाचनको मुखैमा ४ करोड ५८ लाख भन्दा वढि वितरण गर्ने निर्णय गरिएको हो।

गत ६ कार्तिकमा बसेको मन्त्रिपरिषद् वैठकले गृह मन्त्रालयको प्रस्तावमा ३ सय १०जनालाई आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार रकम पाउनेमा सत्तासीन दलका कार्यकर्ता तथा उच्च नेता निकटका व्यक्तिहरु रहेका छन्। निर्वाचनमा कार्यकर्तालाई परिचालन गर्न सो रकम वितरण गरिएको गृह मन्त्रालयकै एक अधिकारीले दावी गरे। रकम कुनै मापदण्ड विना नै हचुवाको आधारमा दिइएको छ। अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ ।

रकम पाउनेहरुले ५० हजार देखि १० लाख सम्म पाएका छन्।गृह मन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीले आर्थिक सहायता वितरणको निर्णय भएपनि त्यसको औपचारिक जानकारी गृह मन्त्रालयमा आउन वाकी नै रहेको जानकारी दिए।

आर्थिक सहायता दिने भन्ने निर्णय भएको भएपनि आफ्नो महाशाखामा त्यसको जानकारी आउन वाकी नै रहेको प्रवक्ता दुवाडीले बताए।

ह मन्त्रालय अन्तर्गत रहेको सहजीकरण शाखाले आर्थिक सहायता सम्वन्धि प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो।’आर्थिक सहायता दिने सम्वन्धि प्रस्ताव हामीले पठाएका थियौ निर्णय भएर आएको छ।’ ‘ मन्त्रालयका सहजीकरण शाखाका एक अधिकारीले अन्नपूर्णसँग भने।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले पनि आर्थिक सहायता वितरण सम्वन्धमा गरिएको निर्णय सोमवार प्रधानमन्त्री कार्यालय वाट गृह मन्त्रालयमा पठाइएको जानकारी दिएको छ।रकम पाउनेमा प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेलधुरा, उपप्रधानमन्त्री गोपाल मान श्रेष्ठको गृह जिल्ला स्याङ्जा, वझाङ, कञचनपुर, कैलाली, जुम्लाका अत्याधिक छन्।

आर्थिक सहायता पाउनेमा चार दर्जन भन्दा वढि त प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुराकै रहेका छन्। यसैगरि आर्थिक सहायता पाउनेमा कञ्चनपुर, कैलाली र स्याङ्जाका पनि अत्याधिक संख्यामा रहेका छन्।

यस अघि सरकारले गत २ असोजमा मात्रै आफू निकटका ८सय ८७ जनालाई झण्डै १० करोड रुपैया वितरण गरेको थियो।निर्वाचन आयोगले आचार संहिता जारी गर्दै सरकारलाई कुनै पनि प्रकारको आर्थिक सहायता वितरण नगर्न सचेत पारेको थियो तर सरकारले एक पछि अर्को गर्दै निर्वाचन आचार संहिताको ठाडो उल्लंङ्कघन गर्दै धमाधम करोडौ रुपैया आर्थिक सहायता वितरण गर्दै आइरहेको छ।

गृह मन्त्रालयमा आर्थिक सहायता रकम शिर्षकमा वजेट सकिएपछि गृहले अर्थ मन्त्रालय सँग थप १० करोड रुपैया माग गरेको छ।गृह मन्त्रालयको आर्थिक प्रशासन शाखामा आर्थिक सहायता पाएका भनिएका व्यक्तिहरु आएर रकम माग गर्न थालेका छन्।

आर्थिक प्रशासन शाखाका अनुसार अहिले गृह मन्त्रालयमा आर्थिक सहायता वापत दिने रकम सकिएकाले केहि दिन अघि मात्रै अर्थ मन्त्रालय सँग १० करोड रुपैया माग गरेर पत्र पठाइएको छ।गृह मन्त्रालयका अनुसार उच्च राजनीतिक पहुच भएकाहरुले यसरी आर्थिक सहायता पाउने गरेका छन्।

गरिब विपन्न र पहुच नभएका नागरिकहरु उपचार नपाएर मर्न विवश हुन्छन् तर उनीहरुले भने उपचार खर्च वापत कुनै रकम पाउदैनन तर सोर्सफोर्सधारीहरुले विभिन्न वहानामा राज्यकोषवाट लाखौ रुपैया वुझ्ने गर्छन।’गृहका एक अधिकारीले अन्‍नपूर्णसंग भने।

यस अघि गत साउन भदौमा मात्रै सरकारले आफू निकटका कार्यकर्तालाई ४ करोड ७६ लाख रुपैया वितरण गरेको थियो।

बढी रकम पाउनेहरू

अर्जुन खड्का, उदयपुर १० लाख

सुजितकुमार ठाकुर, महोत्तरी ५ लाख

केदार चौलागाईं, रामेछाप ४ लाख

विक्रान्त सुवेदी, नवलपरासी ३ लाख

विन्दु शर्मा, बाँके ३ लाख

रवि बज्राचार्य, ललितपुर ३ लाख

रेशमबहादुर कुमाल, गोर्खा ३ लाख

शान्तमणि देवकोटा, गोरखा ३ लाख

प्रकाशबहादुर गुरुङ, कास्की ३ लाख

यशोदादेवी भट्ट, कैलाली ३ लाख

माधवमणि राजभण्डारी, दोलखा ३ लाख

तोपनाथ अर्याल, स्याङ्जा २ लाख

दीपकप्रसाद न्यौपाने, स्याङ्जा २ लाख

अभिमन्यु जोशी, पर्वत २ लाख

देवदत्तबहादुर थारू, बारा २ लाख

अम्बिका शर्मा, बर्दिया २ लाख

उषारमण शर्मा घिमिरे, दाङ २ लाख

एकबहादुर मल्ल, म्याग्दी २ लाख

हेमराज तिमिल्सिना, कैलाली २ लाख

लक्ष्मी भट्टराई, नवलपरासी २ लाख

लालबहादुर बोगटी, डडेलधुरा २ लाख

वीरबहादुर सिंह, कैलाली २ लाख

वीरेन्द्रबहादुर मल्ल, डडेलधुरा २ लाख

विष्णुप्रसाद भट्ट, बैतडी २ लाख

शान्तिकुमारी महत, बझाङ २ लाख

शान्ति कार्की, मकवानपुर २ लाख

शारदादेवी भट्ट, कैलाली २ लाख

शारदादेवी विष्ट, डडेलधुरा २ लाख

शिवराज पाण्डे, कञ्चनपुर २ लाख

सुष्मा कार्की, रामेछाप २ लाख

महेश न्यौपाने, धनकुटा २ लाख

मानबहादुर ऐर, डडेलधुरा २ लाख

मीना भट्ट, कञ्चनपुर २ लाख

मेनुका भण्डारी, विराटनगर २ लाख

रवीन्द्र सापकोटा, भोजपुर २ लाख

रोशन अधिकारी, लमजुङ २ लाख

दीपेन्द्र शाही, बाँके २ लाख

दिलीप गौतम, अर्घाखाँची २ लाख

दुर्गाप्रसाद कापडी डडेल्धुरा २ लाख

देउकीमाया धिताल, गोरखा २ लाख

देवीकुमारी सेठी, बझाङ २ लाख

प्रयागराज अवस्थी, डोटी २ लाख

वसन्तीदेवी भण्डारी, डडेलधुरा २ लाख

भीमबहादुर शाह, बाजुरा २ लाख

मंगलीदेवी जोशी, कञ्चनपुर २ लाख

अम्बिका शर्मा, बर्दिया २ लाख

इसुफ मियाँ, सुनसरी २ लाख

कक्षा ११ को परीक्षा विद्यालयबाटै सञ्चालन

काठमाडौं । आगामी २०७५ सालको शैक्षिक सत्रबाट कक्षा ११ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन नगर्ने भएको छ।  सो परीक्षा अब विद्यालय आफैँले सञ्चालन गर्नुपर्नेछ। कानुनमा कक्षा १० को वार्षिक परीक्षा प्रदेशस्तरमा र कक्षा १२ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने व्यवस्था छ।  हाल कक्षा १० को वार्षिक परीक्षा (एसईई) बोर्डको अनुमतिमा परीक्षा नियन्त्रण कार्यालयले तथा कक्षा ११ र १२ को परीक्षा बोर्डले सञ्चालन गर्दै आएको छ।  सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने, “अब कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मेवारी विद्यालयलाई नै दिने भएका छौँ, जतिसक्दो छिटो त्यो जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छौँ। ”

उनले हालको परीक्षा नियन्त्रण कार्यालयलाई अभिलेखालयका रूपमा विकास गरिने प्रस्ट गरे।  “परीक्षा नियन्त्रण कार्यालयमा १९९० सालदेखि हालसम्ममा प्राप्ताङ्कका अभिलेख भएकाले त्यसलाई अभिलेखालयका रूपमा विकास गर्नु उचित ठानेका छौँ”, अध्यक्ष डा. पौडेलले भने।

बोर्डले यसै वर्षबाट कक्षा ११ को नतिजा अक्षराङ्कन (लेटर ग्रेडिङ) पद्धतिका आधारमा सार्वजनिक गर्ने भएको छ।  बोर्डका सदस्यसचिव लक्ष्मीराम पौडेलले हालको मूल्याङ्कन प्रणाली वैज्ञानिक नभएको तर्क गर्दै उत्तीर्ण र अनुत्तीर्ण व्यवस्थालाई हटाउन खोजिएको बताए।  यस वर्षको कक्षा ११ को परीक्षा गत असारमा सञ्चालन गरिएको थियो र आगामी मङ्सिरमा नतिजा सार्वजनिक गरिँदैछ।

अध्यक्ष प्रा.डा. पौडेलले ‘सिङ्गल सब्जेक्ट सर्टिफिकेसन’को पनि थालनी गरिने जानकारी दिए।  उनका अनुसार समग्र नतिजालाई जीपीएका आधारमा विश्लेषण गरिनेछैन।

हालसम्म पनि बोर्डको प्रदेश–६ मा क्षेत्रीय कार्यालय स्थापना हुन सकेको छैन।  उनले अब सबै प्रदेशमा छिटै प्रादेशिक संरचना स्थापना गरिने बताउँदै प्रादेशिक निकायले कक्षा १० को परीक्षा      (एसईई) सञ्चालन गर्ने बताए।  “आगामी वर्षबाटै बोर्डको प्रादेशिक निकायले एसईई परीक्षा सञ्चालन गर्ने गरी तयारी गर्दैछौँ, त्यसपछि हालको पनिका स्वतः खारेज हुनेछ”, उनले भने।

यसैबीच बोर्डले कात्तिक १६ देखि १८ गतेसम्म धुलिखेलमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ।  सम्मेलनमा नेपालबाहेक भुटान, भारत, पाकिस्तान, मरिसस, सिङ्गापुर र बेलायतका प्रतिनिधि सहभागी हुनेछन्।  सम्मेलनले परीक्षा बोर्डको मूल्याङ्कन विधिका बारेमा नयाँ अवधारणा तय गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो। आजको गोरखापत्रमा समाचार छापिएको छ।

निर्वाचन रोक्न सर्वोच्चमा मुद्दैमुद्दा

काठमाडौं । निर्वाचन रोकिनुपर्ने मागसहित दर्ता भएका पुराना मुद्दा थाती रहेकै अवस्थामा समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र छाप्ने कार्य गैरकानुनी रहेको प्रश्न उठाउँदै बदर गर्न मागसहित सोमबार सर्वोच्च अदालतमा फेरि अर्को विवादले प्रवेश पाएको छ। समानुपातिकतर्फ छापिएका सबै मतपत्र रद्द गरी भिन्नाभिन्नै छपाइ हुनुपर्ने माग गर्दै अधिवक्ता सीताराम अग्रवाल रिट लिएर सर्वोच्च पुगेका हुन्। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

सर्वोच्चले गत बुधबार भिन्नाभिन्नै मतपत्र छाप्ने विषयमा आयोगलाई गम्भीरतापूर्वक लिन भने पनि पालना नभएको प्रश्न अग्रवालले उठाएका छन्। तर, आयोगले समानुपातिकतर्फ एक करोड ७४ लाख मतपत्र छापिसकेको छ। यता, अग्रवालले समानुपातिकतर्फ भाग लिन आयोगमा दर्ता भएका दलको संख्याभन्दा बढी निर्वाचन चिह्न छापिएको प्रश्न उठाउँदै सोमबारै अर्को रिटसमेत दर्ता गराएका छन्।

समानुपातिकका लागि ४९ वटा दल दर्ता भए पनि कानुनविपरीत हुने गरी निर्वाचन चिह्न भने ८८ वटा छापिएकाले बदर गर्न अग्रवालको माग छ। समानुपातिकतर्फ दलित, आदिवासी, जनजाति, सीमान्तकृत समुदायका लागि संविधान र निर्वाचन ऐनअनुरूप ‘क्लस्टर’ समेत नराखिएको भनाइ रिटमा छ । यसअघि प्रतिनिधिसभा र प्रदेशसभाका लागि भिन्नाभिन्नै ऐन रहेको अवस्थामा प्रत्यक्ष र समानुपातिकका लागि चारवटा मतपत्र नछापिएको भन्दै राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले अर्को रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले अलग्गै मतपत्र छाप्ने सन्दर्भमा ‘आयोगले गम्भीरतापूर्वक लिई विचार गर्ने’ भन्दै कात्तिक १ गते ध्यानाकर्षणसमेत गरेको थियो।

सर्वोच्चको संयुक्त इजलासले भनेअनुसार भिन्नाभिन्नै मतपत्र छाप्ने सन्दर्भमा आयोगले गम्भीरता नदेखाएको भन्दै शुक्लले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलगायत पदाधिकारीविरुद्ध अर्को अवहेलना मुद्दा दिए। उक्त मुद्दामा न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले मतपत्र छपाइका विषयमा तीन दिनभित्र लिखित जवाफमार्फत प्रस्ट पार्न आयोगलाई आदेश दियो। ‘दुई भिन्नभिन्न ऐनबमोजिम व्यवस्थित गर्नुपर्ने प्रतिनिधिसभा र प्रदेशसभाका लागि अलगअलग मतपत्र छाप्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाअनुरूप यस्तो मतपत्र छाप्ने कार्यमा के–कस्तो प्रगति भएको छ ?’, भन्दै आदेश दिएपछि आयोग पूर्वनिर्णयबाट पछि हट्यो। आयोगबाट प्रत्यक्षतर्फ केन्द्र र प्रदेशका लागि दुईवटा मतपत्र छाप्ने निर्णय आइतबार भएको छ।

यसअघि पनि केन्द्र र प्रदेशको निर्वाचन रोकिनुपर्ने मागसहित पुरानो शक्ति पार्टीकी महामन्त्री आरजु थापाले अर्को रिट दायर गरेकी थिइन् । उक्त पार्टीलाई आयोगले दल दर्ता गर्न र निर्वाचन चिह्न दिन नमानेपछि अन्तरिम आदेशमार्फत निर्वाचन प्रक्रिया नै रोक्न रिटमा माग थियो । उक्त विवादमा निर्वाचन रोक्न अन्तरिम आदेश नहुने निर्णय भए पनि रिटको अन्तिम फैसला हुन बाँकी छ।

यी मुद्दा थाती रहेकै अवस्थामा सोमबार नै मंसिर १० र २१ गतेको निर्वाचनमा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मीलाई समानुपातिक प्रणालीमा मतदान गर्न दिनुपर्ने र मतदानको सुनिश्चितता नभएसम्मका लागि निर्वाचन रोक्नुपर्ने माग राखेर महान्यायाधिवक्ता कार्यालयका कर्मचारी भरतकुमार मैनालीले अर्को रिट सर्वोच्चमा दर्ता गरेका छन्।

सर्वोच्चबाट प्रत्यक्ष र समानुपातिकमा फरकफरक मतपत्र छाप्न ध्यानाकर्षण गर्ने गरी भएको आदेशमा टेकेर कर्मचारीलाई मताधिकार प्रयोगको मागसहित रिट दायर भएको हो। आयोगले अस्थायी मतदाता नामावलीको व्यवस्था गर्न नसकेका कारण चुनावमा खटिने ९८ हजार ३ सय ३८ म्यादी प्रहरी, दुई लाख २० हजार कर्मचारी र एक लाख ७३ हजार ८ सय ८५ सुरक्षाकर्मी मताधिकारबाट वञ्चित हुने प्रश्न मैनालीले उठाएका छन् ।

यी पछिल्ला रिटमा मंगलबार सुनुवाइ हुने भएको छ । ‘सबै रिट दर्ता गर्ने कुरा राम्रो होइन। चर्चामा आउन पनि रिट दर्ता भएका छन्,’ सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता शैलेन्द्रकुमार दाहालले  भने, ‘सबै सार्वजनिक सरोकारका रिट अदालतमा आउँदैनन्। सर्वोच्चले सूक्ष्म रूपले छानबिन गरेर मात्र दर्ता गर्नुपर्छ । सबै राजनीतिक मुद्दा दर्ता गर्दै जाने हो भने न्यायालय कमजोर हुँदै जान्छ । दर्ता हुनलाई भरपर्दो आधार र कारण चाहिन्छ ।’ बृहत् राष्ट्रिय स्वार्थमा न्यायपालिका, राजनीतिक दल, रिट निवेदक सबै सहमत हुनुपर्ने सुझाव उनको छ ।

तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइँदै,यस्तो छ महत्त्व

काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।

कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

यस्तो महत्त्व छ

तुलसीको सनातन हिन्दु धर्मावलम्वीहरूको लागि तुलसी ज्यादै महत्त्वपूर्ण वनस्पति हो। वेददेखि पौराणिक ग्रन्थहरूमा तुलसीको महिमा बताइएको छ। हिन्दूहरुको देवकार्य एवं पितृकार्यका समेत तुलसीको प्रयोग अनिवार्य मानिन्छ। मानिसको अन्तिम अवस्था हुँदा पनि तुलसीको मठमा लगेर सुताउने चलन छ। पौराणिक ग्रन्थहरूमा कतै तुलसीलाई विष्णुको स्वरूप मानिएको छ भने कतै विष्णुप्रियाको रूपमा लिइएको छ।

जेष्ठशुक्ल एकादशीको दिन तुलसीको बीजारोपण गरी आषाढशुक्ल पूर्णिमा अर्थात् हरिशयनी एकादशीको दिन आ–आफ्नो आँगनमा रहेको मठमा तुलसी विधिपूर्वक रोपण गरिन्छ। चतुमासभरि अर्थात् कार्तिक शुक्ल एकादशीसम्म पूजा गरी सोही दिन तुलसी विवाह गरी विसर्जन गरिन्छ। धार्मिक रूपले मात्र नभई तुलसीको आयुर्वेदिक दृष्टिले पनि उत्तिकै महत्त्व रहेको छ। हाम्रा आयुर्वैदिक ग्रन्थहरूमा तुलसीबाट गर्न सकिने उपचारहरूको बारेमा व्यापक रूपले उल्लेख गरिएको पाइन्छ। धन्वन्तरि, सुश्रुत, चरक आदि महान् आयुर्वेदका ज्ञाताहरूले तुलसीलाई बहुपयोगी औषधीको रूपमा प्रस्तुत गरेका छन्। सुरसा अर्थात् श्रेष्ठ रस भएको तुलसीको रस सौन्दर्यवर्धक हुन्छ।

तुलसी उत्तम पित्तनाशक, कफनाशक, विषहर, वीर्यवर्धक, स्मृतिवर्धक औषधी हो। मुखगन्ध, गर्भरोग, अतिसार, कर्ण–दन्त–उदरशूल, वमन, मूत्ररोग, श्वासरोग, चर्मरोग, रक्तरोग, मुर्छालगायत सयौं रोगको लागि पनि अत्यन्त सरल किसिमबाट प्राप्त हुने तुलसीबाट गर्न सकिन्छ। आधुनिक विज्ञानले पनि अत्यधिक अक्सिजन फ्याँक्ने र अत्याधिक मात्रामै विद्युत् शक्ति भएको विरुवा भन्ने पत्ता लगाएको छ। तुलसीको मठ रहेको चारैतिरको हावा शुद्ध एवं स्वास्थ्यवर्धक हुने विज्ञानले पत्ता लगाएको छ। साथै तुलसीको विरुवाबाट निस्कने ग्यासका कारण आँखाले नदेखिने विषालु किटाणु दूर हुने तथ्य विज्ञानले प्रमाणित गरेको छ

भारतले जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी समस्यामा

बाँके ।

भारतले जडीबुटी निकासीमा वस्तु तथा सेवा कर लगाएपछि नेपाली जडीबुटी व्यवसायी समस्यामा परेका छन् ।

यसअघि केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले लगाएको ‘ट्रान्जिट परमिट’को मार खेप्दै आएको नेपाली जडीबुटीमाथि हाल आएर वस्तु तथा सेवा कर समेत लगाइएकाले व्यवसायीले आफूहरू दोहोरो मारमा परेको जनाएका छन् ।

जापानसँग रणनीतिक सुचना साझोदारी गर्न सञ्चार मन्त्री र जापानी प्रतिनिधि मण्डलबीच छलफल

काठमाडौं ।

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले नेपालको दूरसञ्चार क्षेत्रमार्फत मुलुकको प्रगति गर्न बलियो रणनीतिक साझेदार भि¥याउने बारेमा आज जापानी प्रतिनिधिमण्डलसँग मन्त्रालयमा छलफल गर्नुभएको छ ।

मन्त्रालयमा भएको भेटमा नेपालले विश्वको बदलिँदो नयाँ प्रविधिसँग दूरसञ्चार क्षेत्रमा काम गर्न रणनीतिक साझेदार भित्र्याउने तयारीलाई तीव्र बनाएको विषयमा छलफल भएको थियो ।

नेपालको दूरसञ्चार क्षेत्रमा रणनीतिक साझेदार बन्न इच्छा देखाउँदै नेपालका लागि जापानका राजदूत मासासी ओगावा, ग्लोबल विजिनेश सेक्टर अफ केडिडीआई कोपरेसनका प्रमुख कार्यकारी अधिकृत हिरोयुकी सोशीलगायत प्रतिनिधिमण्डलले मन्त्री बस्नेतसँग छलफल गरेको हो ।

जापानी प्रतिनिधिमण्डलले आफूहरु नेपालको दूरसञ्चारसँग रणनीतिक साझेदार भई काम गर्न इच्छुक भएको र त्यस सम्बन्धी प्रस्ताव पेश गरेको जनाएको छ ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री बस्नेतले सन् २०२७ सम्म नेपाललाई ‘डिजिटल नेपाल’ बनाउन आवश्यक तयारीस्वरुप छिट्टै रणनीतिक साझेदार भित्र्याउने बताउनुभयो ।

मन्त्रालयले हाल सातै प्रदेशका १४ जिल्लामा नमुना परियोजनाका रुपमा सामुदायिक विद्यालयमा निःशुल्क कम्युटर, प्रिन्टर र इन्टरनेटको व्यवस्था गरिसकेको छ ।

सरकारले आगामी ३ वर्षभित्र मुलुकभरका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा लागू गर्ने उद्देश्य राखेको छ ।

बिर्तामोडमा लगाइएको निषेधाज्ञा हट्यो, छानबिन समिति काठमाडौं फिर्ता

झापा । बिर्तामोडमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा आज अपराह्नबाट हटाइएको छ ।

जिल्ला सुरक्षा समितिले  आज अपराह्न ३ बजेबाट निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो । निषेधाज्ञा हटाएसँगै बिर्तामोडको जनजीवन सामान्य बन्दै गएको छ ।

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै बिर्तामोडमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ का ३० वर्षीय नरेश थापाको शुक्रबार मृत्यु भएको थियो ।

छानबिन समिति काठमाडौं फिर्ता

झापा । ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्युको विषयमा छानबिन गर्न सरकारद्वारा गठित छानबिन समितिले स्थलगत अध्ययन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव वीरन्द्रकुमार यादवको संयोजकत्वमा गठित समितिले मृतक र नगरपालिकाका जनप्रतिनिधि, सञ्चारकर्मी र जिल्ला सुरक्षा समितिसँग घटनाका विषयमा जानकारी लिएको थियो ।

समितिले बिर्तामोड घटनाको प्रतिवेदन सात दिनभित्र गृह मन्त्रालयमा बुझाउने छ ।

असुरक्षित यातायात ! उदयपुरमा जिप दुर्घटना ९ र गुल्मीमा माइक्रो दुर्घटनमा ७ जनाको मृत्यु

उदयपुर ।

सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–११ स्थित ठाटीमा सुमो जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो जिप आज दिउँसो दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार चालक हरि कार्कीसहित ११ जना यात्रु रहेको सुमो जिप ठाटीको सडकको भिरबाट ५०० मिटर तल खसेको थियो ।

घटनास्थलमा उद्धार कार्य जार रहेको प्रहरीले जनाएको छ ।

माइक्रो बस दुर्घटनामा परी ७ को मृत्यु

गुल्मी । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको माइक्रो बस आज गुल्मीको वीरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ६ जना घाइते भएका छन् भने २ जना हराइरहेका छन् ।

दुर्घटनामा ७ जनाको मृत्यु भएको र ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो ।

मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web