बर्दिवास ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि महोत्तरीमा आज २२४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधि सभाको लागि ७५ जना र प्रदेश सभाको लागि १ सय ४९ जनाले उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनोनयन दर्ताको लागि विहान १० बजेबाट साँझ ५ बजे सम्मको समय तय भएको र तोकिएको समयमै उम्मेदवारी दर्ता पक्रिया सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत वृजेश प्याकुरेलले जानकारी दिनुभयो ।

प्रतिनिधी सभाको लागि जम्मा दुई जना महिलाको उम्मेदवारी परेको छ । महोत्तरी क्षेत्र नम्बर १ र २ बाट गरी दुई जना महिलाहरुले प्रतिनिधी सभाको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधी सभाको लागी २ नम्बर क्षेत्रबाट नेपाली काँग्रेसकी नेतृ किरण यादवले उम्मेदवारी दिनुभएको छ । त्यस्तै प्रदेश सभाको लागि १२ जना महिलाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधी ४ निर्वाचन क्षेत्र रहेको महोत्तरीमा ४ जनाको प्रतिनिधि सभा र ८ जनाको प्रदेश सभाका पदको लागि निर्वाचन हुनेछ ।

काठमाडौं ।

प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापती शेरबहादुर देउवा सुदूरपश्चिमको डडेल्धुराबाट सदाझै यसपटक पनी सांसदमा उठ्दैछन् ।

उता प्रतिपक्षि दल बनेको एमालेका अध्यक्ष केपी ओली भने सुदूरपूर्वको झापा ५ बाट चुनावी मैदानमा बाम गठबन्धनको उम्मेद्धार बनेका छन् ।

०४८ सालदेखि गृहजिल्ला डडेल्धुराबाट चुनाव जित्दै आएपनि देउवालाई यसपटक बाम गठबन्धनको संयुक्त उम्मेद्धार भएका कारण जित्न सजिलो छैन ।

तर मुलुकको भावी नेतृत्वकर्ताको रुपमा हेरिएका एमाले अध्यक्ष ओलीलाई भने झापा केही सजिलो हुने देखिएको छ । जहाँ उसलाई बाम गठबन्धनको मुख्य दल माओवादी केन्द्रले सहयोग गर्दैछ ।

दोस्रो संविधानसभाबाट तेस्रो दल भए पनि ‘निर्णायक’ भूमिकामा रहेको माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेपछि अध्यक्ष पुष्पकमल दाहालले पुरानै चुनावी क्षेत्र चितवन रोजेका छन् । चितवन ३ बाट दाहाल चुनावी मैदानमा होमिएका छन् ।

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव नेपाल काठमाडौं २ बाट उठेका छन् । जहाँ उनको कडा प्रतिस्पर्धा विवेकशिल साझा पार्टीका प्रवक्ता समेत रहेका सुर्यराज आचार्यसँग हुने देखिएको छ ।

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम १ बाट प्रतिस्पर्धामा उत्रेका छन् । तत्कालीन संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भने इलाम २ बाट चुनावी मैदानमा छन् । दुवैले गत निर्वाचनमा सोही क्षेत्रबाट बाजि मारेका थिए । यसपटक बाम गठबन्धन भएका कारण दुवै नेता सजिलो अवस्थामा देखिएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट उठेका छन् । कांग्रेसकै महामन्त्री शशांक कोइराला नवलपरासी १ बाट चुनाव लड्दै छन् । एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १, उपाध्यक्ष भीम रावल अछाम १, महासचिव ईश्वर पोखरेल काठमाडौं ५ बाट उम्मेदवार बनेका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला झापा ३ बाट मैदानमा उत्रेका छन् । युवा नेता गगन थापा काठमाडौं ४ र विश्वप्रकाश शर्मा झापा १ बाट चुनाव लड्ने भएका छन् । कांग्रेसका थापासँग एमालेका युवा नेता डा. राजन भट्टराई र शर्मासँग माओवादी केन्द्रका राम कार्की प्रतिस्पर्धामा छन् । सिटौलाको क्षेत्र सुरुमा राप्रपाका राजेन्द्र लिङदेनलाई छाड्ने भनिए पनि आफैँले उठ्न अडान लिएपछि सिटौला र लिङदेनबीच त्यस क्षेत्रमा प्रतिस्पर्धा हुने भएको छ । लिङदेनलाई वाम गठबन्धनको पनि समर्थन छ । यस आधारमा सिटौलालाई यो निर्वाचन जित्न फलामको चिउरा चपाए सरह हुने देखिएको छ ।

प्रधानमन्त्रीपत्नी डा.आरजु राणा कैलाली ५ बाट चुनाव लड्दै छिन् । सँधै समानुपातिक सांसदमा बस्दै आएकी राणालाई कैलालीमा उठाउने निर्णय देउवाले सजिलो ठाउँ छान्दै काँग्रेसको बढी प्रभाव रहेको क्षेत्रको आधारमा सो ठाउँ छुट्याएको बताइन्छ ।

कांग्रेसका विमलेन्द्र निधि धनुषा ३ बाट उम्मेदवार बनेका छन् । कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य बालकृष्ण खाँण, पद्मनारायण चौधरी, सुजाता कोइराला, चित्रलेखा यादवलगायत नेता भने चुनावमा नगई समानुपातिकमा सजिलै सांसद बन्न सजिलो बाटोमा लागेका छन् ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ २ बाट चुनावमा उठेका छन् । एमालेका शंकर पोखरेल प्रदेशसभामा उठ्ने भएपछि महरा वाम गठबन्धनबाट उम्मेदवार बनेका हुन् । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेता पहिलो चरणको निर्वाचनमै उम्मेदवार बनिसकेका छन् । चितवन २ मा माओवादी केन्द्रका नेता रामबहादुर थापाले दाबी गरे पनि उक्त क्षेत्रमा गठबन्धनका तर्फबाट एमालेका कृष्णभक्त पोखरेल उम्मेदवार बनेका छन् ।

काठमाडौं १० मा माओवादी केन्द्रले हितमान शाक्यलाई उम्मेदवार बनाउने भएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे भक्तपुर १ बाट चुनावी मैदानमा छन् ।

शीर्ष नेता को कहाँ ?

एमाले

केपी ओली झापा ५

माधव नेपाल काठमाडौं २

झलनाथ खनाल इलाम १

वामदेव गौतम बर्दिया १

भीम रावल अछाम १

सुवास नेम्वाङ इलाम २

ईश्वर पोखरेल काठमाडौं ५

विष्णु पौडेल रुपन्देही

सुरेन्द्र पाण्डे चितवन १

कांग्रेस

शेरबहादुर देउवा डडेल्धुरा

रामचन्द्र पौडेल तनहुँ १

विमलेन्द्र निधि धनुषा ३

प्रकाशमान सिंह काठमाडौं १

कृष्णप्रसाद सिटौला झापा ३

शशांक कोइराला नवलपरासी १

गगन थापा काठमाडौं ४

रमेश लेखक कञ्चनपुर ३

एनपी साउद कञ्चनपुर २

माओवादी केन्द्र

पुष्पकमल दाहाल चितवन ३

कृष्णबहादुर महरा दाङ २

गिरिराजमणि पोखरेल महोत्तरी १

राम कार्की झापा १

काठमाडौंमा वाम गठबन्धनका उम्मेदवार

१ अनिल शर्मा (माओवादी केन्द्र)

२ माधव नेपाल (एमाले)

३ कृष्ण राई (एमाले)

४ डा. राजन भट्टराई (एमाले)

५ ईश्वर पोखरेल (एमाले)

६ झक्कु सुवेदी (माओवादी)

७ रामवीर मानन्धर (एमाले)

८ उमेश स्थापित (माओवादी)

९ कृष्णगोपाल श्रेष्ठ (एमाले)

१० हितमान शाक्य (माओवादी)

काठमाडौं ।

नेकपा एमाले सहित केही कन्युनिष्ट पार्टीसँग बाम गठबन्धन गर्दै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी एकता गरेको नेकपा माओवादी केन्द्र आफ्ना प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेद्धारको टुंगो लगाएको छ ।

दोस्रो चरणको निर्वाचनमा उम्मेदवारी दिन निर्वाचन आयोगमा प्रत्यक्ष तर्फका उम्मेद्धारहरुको सुचि बुझाएको छ ।

यि हुन् माओवादी केन्द्रको प्रतिनिधि सभा उम्मेद्धारहरु

१) भाेजपुर – सुदन किराँती

२) साेलुखुम्बु – हेमकुमार राई

३) उदयपुर २ – सुरेशकुमार राई

४) सुनसरी २ – डम्बर सुवेदी

५) झापा १ – सुरेन्द्र कुमार कार्की

६) माेरङ ४ – अमनलाल माेदी

७) माेरङ ५ – शिवकुमार मण्डल

८) सप्तरी १ – अशाेक कुमार मण्डल

९) सप्तरी २ – उमेश कुमार यादव

१०) सिरहा २ – सुरेशचन्द्र दास

११) सिरहा ४ – अजयशंकर नायक

१२) धनुषा १ – मातृका प्रसाद यादव

१३) धनुषा २ – रामचन्द्र झा

१४) धनुषा ३ – रामसिंह यादव

१५) महाेत्तरी १ – गीरिराजमणि पाेखरेल

१६) महाेत्तरी ४ – रजी हैदर

१७) सर्लाही २ – दिनेश राय यादव

१८) सर्लाही ३ – रामेश्वर राय यादव

१९) सर्लाही ४ – शिबपुजन यादव

२०) रौतहट १ – सत्यनारायण भगत

२१) रौतहट ३ – प्रभु साह

२२) बारा २ – शिवचन्द्र कुशवाहा

२३) पर्सा ४ – उर्मिला अर्याल

२४) रामेछाप – श्यामकुमार श्रेष्ठ

२५) सिन्धुली २ – हरिबाेल गजुरेल

२६) सिन्धुपाल्चाेक १ – अग्निप्रसाद सापकाेटा

२७) काभ्रे १ – गंगाबहादुर तामाङ

२८) भक्तपुर १ – मिलन सुवाल

२९) नुवाकाेट – हितबहादुर तामाङ

३०) ललितपुर ३ – पम्फा भुसाल

३१) चितवन ३ – पुष्पकमल दाहाल

३२) काठमाडौं १ – अनिल शर्मा

३३) काठमाडौं ६ – झक्कुप्रसाद सुवेदी

३४) काठमाडौं ८ – उमेश स्थापित

३५) काठमाडौं १० – हितमान शाक्य

३६) लमजुङ – देवप्रसाद गुरुङ

३७) गाेरखा १ – हरिराज अधिकारी

३८) गाेरखा २ – नारायणकाजी श्रेष्ठ

३९) बाग्लुङ २ – देवेन्द्र पाैडेल

४०) नवलपुर १ – भविश्वर पराजुली

४१) अर्घाखाँची – टाेपबहादुर रायमाझी

४२) रोल्पा — वर्षामान पुन

४३) रुकुम पूर्व — कमला रोका

४४) नवलपरासी २ — घनश्याम यादव

४५) बर्दिया २ — सन्तकुमार थारु

४६) कपिलवस्तु १ — चक्रपाणि खनाल

४७) दाङ २ — कृष्णबहादुर महरा

४८) बाँके १ — महेश्वर गहतराज

४९) रुपन्देही ५ — डिलाराम आचार्य

५०) जुम्ला — गजेन्द्र महत

५१) कालिकोट — दुर्गाबहादुर रावल

५२) हुम्ला — छिमी लामा

५३) सल्यान — टेकबहादुर बस्नेत

५४) जाजरकोट — शक्तिबहादुर बस्नेत

५५) रुकुम पश्चिम — जनार्दन शर्मा

५६) डडेलधुरा — खगराज भट्ट

५७) कञ्चनपुर १ — बिना मगर

५८) कैलाली ३ — गौरीशंकर चौधरी

५९) कैलाली ४ — लेखराज भट्ट

प्रदेश सभा

१) ताप्लेजुङ (ख) — टंक आङबुहाङ

२) पाँचथर (ख) — इन्द्र आङवो

३) संखुवासभा (क) — पूर्णप्रसाद राई

४) ओखलढुंगा (ख) — मोहन खड्का

५) खोटाङ (ख) — रामकुमार राई

६) इलाम २ (ख) — धीरेन्द्र शर्मा

७) उदयपुर १ (ख) — रामबहादुर थापा

८) उदयपुर २ (क) — भेषकुमारी राउत

९) सुनसरी ४ (ख) — मोहम्मद जाकिर हुसैन

१०) झापा ३ (क) — पूर्णसिंह राजवंशी

११) झापा ४ (क) — झलकसिंह दर्लामी

१२) मोरङ १ (क) — कुलप्रसाद साम्वा

१३) मोरङ २ (क) — गणेशकुमार उप्रेती

१४) मोरङ ३ (क) — गीता तिमिल्सिना

१५) मोरङ ५ (क) — देवेन्द्र कुमार गुप्ता

१६) मोरङ ६ (क) — जीवन आचार्य

१७) सप्तरी १ (ख) — मोहमद सकिल मिया

१८) सप्तरी २ (क) — सरोज कुमार मण्डल

१९) सप्तरी २ (ख) — महेन्द्र प्रसाद यादव

२०) सप्तरी ४ (क) — शशीप्रसाद यादव

२१) सिरहा २ (क) — जीवछ यादव

२२) सिरहा ३ (क) — रामकुमार यादव

२३) सिरहा ४ (क) — दीलिप साह

२४) धनुषा १ (ख) — रामचन्द्र मण्डल

२५) महोत्तरी १ (क) — भरतप्रसाद साह

२६) बारा ३ (क) — ज्वालाकुमारी साह

२७) दोलखा (क) — बिशाल खड्का

२८) रसुवा (ख) — इन्द्रप्रसाद गोतामे

२९) सिन्धुली १ (क) — लेखनाथ दाहाल

३०) सिन्धुली २ (ख) — बुद्धिमान माझी

३१) सिन्धुपाल्चोक २ (क) — युवराज दुलाल

३२) सिन्धुपाल्चोक २ (ख) — दावा लामा

३३) काभ्रे १ (क) — रत्नप्रसाद ढकाल

३४) भक्तपुर १ (क) — देवीप्रसाद ढकाल

३५) मकवानपुर १ (क) — प्रेमबहादुर पुलामी

३६) मकवानपुर २ (क) — कुमारी मोक्तान

३७) नुवाकोट १ (क) — राधिका तामाङ

३८) नुवाकोट २ (ख) — हिरानाथ खतिवडा

३९) धादिङ १ (ख) — शालिकराम जमरकट्टेल

४०) धादिङ २ (ख) — जगत सिम्खडा

४१) ललितपुर १ (क) — लालकुमारी पुन

४२) ललितपुर ३ (क) — राजकाजी महर्जन

४३) काठमाडौं ३ (क) — रुद्र बराइली

४४) काठमाडौं १० (क) — दीलिप महर्जन

४५) म्याग्दी (क) — विनोद केसी

४६) पर्वत (क) — नेत्रनाथ अधिकारी

४७) गोरखा १ (क) — लेखबहादुर थापा

४८) गोरखा २ (क) — कमला नहर्की

४९) गोरखा २ (ख) — अमर बहादुर गुरुङ

५०) तनहूँ १ (ख) — हरिबहादुर चुमान

५१) तनहूँ २ (क) — आशा कोइराला

५२) स्याङ्जा १ (क) — दीपक चर्तिमगर

५३) बाग्लुङ १ (क) — चन्द्रबहादुर बुढा

५४) नवलपुर १ (क) — सूर्य न्यौपाने

५५) कास्की १ (क) — दीपक कोइराला

५६) कास्की २ (ख) — राजकाजी गुरुङ

५७) कास्की ३ (क) — रामजी प्रसाद बराल

५८) प्युठान (ख) — कृष्णध्वज खड्का

५९) रोल्पा (क) — कुलप्रसाद केसी

६०) रोल्पा (ख) — दीपेन्द्र कुमार पुन

६१) रुकुम पूर्व (क) — तेजबहादुर ओली

६२) रुकुम पूर्व (ख) — पूर्ण बहादुर घर्ति

६३) गुल्मी १ (क) — सुदर्शन बराल

६४) गुल्मी २ (ख) — दिनेश पन्थी

६५) पाल्पा २ (ख) — बसन्त घर्ती

६६) नवलपरासी २ (ख) — कन्हैया कहार

६७) बर्दिया १ (क) — तिलकराम शर्मा

६८) बर्दिया २ (ख) — दिनेश थारु

६९) कपिलवस्तु ३ (ख) — जावेद आलम खान

७०) दाङ १ (क) — इन्द्रजीत थारु

७१) दाङ ३ (क) — जगप्रसाद शर्मा

७२) बाँके १ (क) — कृष्णा केसी

७३) बाँके २ (क) — कामता खटिक

७४) बाँके ३ (क) — इन्द्रप्रसाद खरेल

७५) रुपन्देही १ (ख) — दयाराम न्यौपाने

७६) रुपन्देही ३ (क) — विश्वास बराल

७७) रुपन्देही ४ (क) — सहबुद्धिन देवान

७८) डोल्पा (ख) — बीरबहादुर शाही

७९) जुम्ला (क) — नरेश भण्डारी

८०) कालिकोट (ख) — महेन्द्र बहादुर शाही

८१) हुम्ला (ख) — विजय भण्डारी

८२) जाजरकोट (क) — गणेश सिंह

८३) रुकुम पश्चिम (क) — गोपाल शर्मा

८४) रुकुम पश्चिम (ख) — रातो कामी

८५) सुर्खेत १ (क) — ठम्मरबहादुर बिष्ट

८६) सुर्खेत २ (ख) — बिन्दमान बिष्ट

८७) दैलेख १ (क) — धर्मराज रेग्मी

८८) बझाङ (ख) — देवकी मल्ल

८९) डोटी (ख) — त्रिलोचन भट्ट

९०) बैतडी (क) — प्रेमप्रकाश भट्ट

९१) दार्चुला (ख) — मानबहादुर धामी

९२) अछाम १ (ख) — झपड बोहरा

९३) अछाम २ (क) — अक्कल रावल

९४) कञ्चनपुर ३ (ख) — मानबहादुर सुनार

९५) कैलाली १ (ख) — नेपबहादुर चौधरी

९६) कैलाली २ (ख) — नन्दबहादुर सावद

९७) कैलाली ३ (क) — बीरमान चौधरी

काठमाडौं ।

स्थानिय निर्वाचनपछि पहिलो ठूलो दल बनेको नेकपा एमालेले दोस्रो चरणमा आज मनोनयन हुने ४५ जिल्लाबाट उम्मेद्धार बन्ने आफ्ना प्रतिनिधिसभा उम्मेद्धार टुंगो लगाएको छ ।

१२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफ्नो भागमा परेको उदयपुर १ बाहेक सबै क्षेत्रका उम्मेदवार टुंगो लगाएको हो ।

उदयपुर १ मा भने अहिलेसम्म कसैको नाम नतोकेपनि पूर्वमन्त्री तथा निवर्तमान सांसद मन्जुकुमारी चौधरी उम्मेद्धार बन्ने लगभग पक्का देखिएको छ ।

पार्टीका पदाधिकारीमध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिवद्वय पृथ्वीसुब्बा गुरुङ तथा भीम आचार्य प्रदेशसभाको उम्मेदवार बनेका छन् । अरु सबै नेता प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । तर उपाध्यक्ष युवराज ज्ञवाली भने कतैपनि उम्मेद्धारमा सिफारिस भएका छैनन् ।

नेकपा माओवादी केन्द्र सहित केही अन्य बामदलसँग समेत तालमेल गरेको एमालेले आफ्नो भागमा परेको ठाउँमा तोका उम्मेद्धारहरु यि हुन् ।

प्रदेश १

इलाम १ः झलनाथ खनाल

इलाम २ः सुवास नेम्वाङ

झापा २ः पवित्रा खरेल

झापा ४ः एलपी साँवा लिम्बु

झापा ५ः केपी शर्मा ओली

मोरङ १ः घनश्याम खतिवडा

मोरङ २ः ऋषिकेश पोखरेल

मोरङ ३ः भानुभक्त ढकाल

मोरङ ६ः लालबाबु पण्डित

सुनसरी १ः जयकुमार राई

सुनसरी ३ः भगवती चौरधी

सुनसरी ४ः रमेश श्रेष्ठ

धनकुटाः राजेन्द्र राई

तेह्रथुमः भवानी खापुङ

उदयपुर १ः मन्जु चौधरी

प्रदेश २

सिरहा १ः गंगाप्रसाद यादव

सिरहा २ः लिलानाथ श्रेष्ठ

सप्तरी ३ः ताराकान्त चौधरी

सप्तरी ४ः मोहम्मद इस्लाम

धनुषा ४ः रघुवीर महासेठ

महोत्तरी ३ः बिजय चौधरी

सर्लाही १ः धु्रवप्रसाद गौतम

बारा १ः अच्युत मैनाली

बारा ३ः अध्यानन्द पाण्डे

बारा ४ः देवनारायण चौधरी

पर्सा १ः बिचारी यादव

पर्सा ३ः राजकुमार गुप्ता

रौतहट २ः अब्दुल रजक

रौतहट ४ःडा.वंशीधर मिश्र

प्रदेश ३

सिन्धुली १ः गणेश पहाडी

काभ्रे २ः गोकुल बास्कोटा

मकवानपुर १ः कृष्ण दाहाल

मकवानपुर २ः बिरोध खतिवडा

चितवन १ः सुरेन्द्र पाण्डे

चितवन २ः कृष्णभक्त पोखरेल

भक्तपुर २ः महेश बस्नेत

ललितपुर १ः नवराज सिलवाल

ललितपुर २ः कृष्णलाल महर्जन

काठमाडौं २ः माधवकुमार नेपाल

काठमाडौं ३ः कृष्ण राई

काठमाडौं ४ःडा।राजन भट्टराई

काठमाडौं ५ः इश्वर पोखरेल

काठमाडौं ७ः रामवीर मानन्धर

काठमाडौं ८ःजीवनराम श्रेष्ठ

काठमाडौं ९ःकृष्णगोपाल श्रेष्ठ

प्रदेश ४

नवलपुर २ः तिलक महत

तनहु १ःकृष्णकृुमार श्रेष्ठ

तनहु २ःकेदार सिग्देल

कास्की १ः खगराज अधिकारी

कास्की २ःरविन्द्र अधिकारी

कास्की ३ःजगत विश्वकर्मा

स्याङ्जा १ः नारायण मरासिनी

स्याङ्जा २ः पद्माकुमारी अर्याल

पर्वतः पदम गिरी

प्रदेश ५

नवलपरासी १ःहृदयेश त्रिपाठी

रुपन्देही १ः छबिलाल विश्वकर्मा

रुपन्देही २ः बिष्णु प्रसाद पौडेल

रुपन्देही ३ः घनश्याम भुसाल

रुपन्देही ४ः ओमप्रकाश यादव गुल्जारी

कपिल्बस्तु २ः बृजेशकुमार गुप्ता

पाल्पा १ः दलवहादुर रानामगर

पाल्पा २ः सोमप्रसाद पाण्डे

गुल्मी १ः प्रदीप ज्ञवाली

गुल्मी २ः गोकर्णराज विष्ट

दाङ १ःमेटमणी चौधरी

दाङ ३ः हिराचन्द्र केसी

बाँके २ पशुपतिदयाल मिश्र

बाँके ३ः नन्दलाल रोकाय

बर्दिया १ः बामदेव गौतम

प्रदेश ६

सुर्खेत १ः ध्रव शाही

सुर्खेत २ः नवराज रावत

दैलेख १ः रविन्द्रराज शर्मा

दैलेख २ः राजवहादुर बुढा

प्रदेश ७

कैलाली १ः गरिमा शाह

कैलाली २ः झपट रावल

कैलाली ५ः नारदमुनी राना थारु

कन्चनपुर २ः नरवहादुर धामी

कन्चनपुर ३ः दिपकप्रकाश भट्ट

डोटी : प्रेम आले

अछाम १ः भीमवहादुर रावल

अछाम २ः पदम बोगटी

काठमाडौं ।

सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गर्दा पार्टीलाई चुनावमा असरपर्ने आशंकामा नेपाल आयल निगमलाई मूल्यबृद्धि फिर्ता गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि निगमले मूल्यबृद्धिको निर्णय फिर्ता लिएको छ। मूल्यबृद्धि फिर्ता गरी पुरानै मूल्य कायम गरिएको आपूर्तिमन्त्री जयन्त चन्दले बताएका छन् ।।

निगमले बिहीबारदेखि हवाई इन्धनबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले पेट्रोल र डिजेलमा दुई रुपैयाँ तथा मट्टितेलमा डेढ रुपैयाँ मूल्य बढाएको थियो। खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले मूल्य बढाउनु पर्ने बाध्यात्मक अवस्था आएको भन्दै बुधार निगमले मूल्य समायोजन गरेको थियो ।

मूल्यवृद्धिपछि निगमलाई १५ दिनमा १ करोड ९७ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको थियो।

तर मूल्य यथावत राख्ने निर्णयले निगमको घाटा २० करोडभन्दा माथि पुग्ने बताइएको छ ।

काठमाडौं ।

'अबको आशा विवेकशिल साझा' भन्ने मुल नारा सहित आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा होमिएको वैकिल्पक राजनीतिक शक्तिको रुपमा उदाएको बिवेकशिल साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्वर १ बाट मनोनयन दर्ता गराएका छन् ।

विवेकशीला साझाका तर्फबाट संयोजक रवीन्द्र मिश्रले काठमाडौँ १ मा प्रतिनिधिसभातर्फ मनोनयन दर्ता गराएका छन् ।

यसैगरि काठमाडौँ २ बाट सार्वजनिक नीति तथा पूर्वाधार विकासका विज्ञ एवं साझा पार्टीका प्रवक्ता समेत रहेका सूर्यराज आचार्यले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्तापछि लोकप्रिय छवि बनाएका मिश्रले आफ्नै कालमा देश रुपान्तरणको लक्ष्य सहित पार्टीले निर्वाचनमा भाग लिएको भन्दै तीन प्रतिशत भोट ल्याएर राष्ट्रिय पार्टी बनेर संसद्मा प्रतिनिधित्व गर्ने बताए ।

पार्टी निर्माण भएको छोटो समयमै निर्वाचनमा होमिएकाले देशभर उम्मेद्धारी दिन नसकेपनि उम्मेद्धारी दिएका ठाउँमा तराजु चुनाव चिन्हका उम्मेद्धारलाई र देशभर समानुपातिक तर्फ आम नागरिकले वास्तविक परिवर्तनको लागि तराजु चुनाव चिन्हमा मतदात दिने मिश्रले विश्वास व्यक्त गरे ।

यो पटक राष्ट्रिय पार्टी अर्को पटक देशको नेतृत्व सम्हालेर परिवर्तन हाम्रै जिवनकालमा ल्याउने प्रतिवद्धता सहित स्थानिय निर्वाचनको समयमा गठन भइ विवेकशिल साझा पार्टीसँग पार्टी एकिकरण गरेपछि तराजु चुनाव चिन्ह रहेको विवेकशिल साझा पार्टीको संयोजकका रुपमा रबिन्द्र मिश्र रहेका छन् भने उज्जवल थापा सहसंयोजकको रुपमा रहेका छन् । थापा काठमाडौं क्षेत्र नम्वर ५ बाट उम्मेद्धार रहेका छन् ।

काठमाडौं ।

निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहिबार हुने उम्मेदवार मनोनयन दर्ताको तयारी पूरा भएको जनाएको छ ।

आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवले भोलि बिहान १० देखि अपरान्ह ५ बजेसम्म मनोनयन दर्ता शान्तिपूर्ण तरिकाबाट सम्पन्न गर्न सबै राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारलाई आग्रह गर्नुभयो ।

उहाँले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री आयोगमा प्राप्त हुने क्रम शुरु भएको, र सर्वोच्च अदालतको आदेशअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै पानामा मतपत्र छपाइ गर्ने कार्य जारीरहेको बताउनुभयो ।

प्रमुख आयुक्त डा।यादवले प्रतिनिधिसभा सदस्यका लागि सेतो कागजमा हरियो रङमा निर्वाचन चिह्न भएको मतपत्र र प्रदेशसभाका लागि सेतो कागजमा कालो मसीमा निर्वाचन चिन्हहरु रहने गरी मतपत्रको ढाँचा स्वीकृत गरी २१ जिल्लाको मतपत्र छाप्न पठाइसकेको जानकारी दिनुभयो ।

यसैबिच निर्वाचनमा भाग लिने भएका सबैजसो दलहरुले आफ्ना उम्मेद्धारको टुंगो लगाएका छन् । व्यापारी, ठेकेदार देखी दलका ५० औं बर्षदेखीका नेता देखी गुण्डानाईके समेतलाई समेट्दै ठूला भनिने दलहरुले उम्मेद्धार टुंगो लगाएका छन् । उनिहरुले अन्तिम समयमा मात्र उम्मेद्धार टुंग्याउन सकेका हुन् भने केही दलमा उम्मेद्धारका बिरुद्ध चर्को बिरोध रहेको छ भने कतिपय दलले उठाएका गुण्डा नाईके, ठेकेदार भ्रष्ट नेताको जनस्तरमै बिरोध सुरुभएको छ ।

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रमुख निर्वाचन आयुक्त डा। आयोधीप्रसाद यादवले आज राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको छ ।

भेटका अवसरमा प्रमुख निर्वाचन आयुक्त डा। यादवले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अवस्थाबारे राष्ट्रपतिलाई अवगत गराउनुभएको थियो ।

भेटका अवसरमा आयोगले गरेको निर्वाचनको राम्रो तयारीप्रति सन्तोष व्यक्त गर्नुहुदै राष्ट्रपति भण्डारीले तोकिएकै मितिमा निर्वाचन गराउनु राष्ट्रका लागि आवश्यक रहेको बताउनु भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको आदेश अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र छपाइ गर्ने कार्य जारी रहेको तथा मतदान केन्द्रित निर्वाचनका लागि आवश्यक पर्ने सामग्र्रीहरुको व्यवस्थापन गर्ने कार्य तीव्ररुपमा भइरहेको राष्ट्रपतिलाई प्रमुख निर्वाचन आयुक्त डा। यादवले जानकारी गराउनुएको थियो ।

एजेन्सी ।

अन्तराष्ट्रिय खेलमा बार्सीलोना फुटबल क्लबले समूह चरणका खेलमा ५ बर्ष पछि बराबरीको सामना गर्नु परेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती भएको खेलमा समूह डि मा अन्तिम स्थानमा रहेको ओलम्पियाकोसले बार्सीलोनालाई गोल रहित बराबरीमा रोकेको थियो ।

यो खेल जितेको भए बार्सीलोनाले दुई खेल खेल्नु अगावै अन्तिम १६ मा स्थान बनाउने थियो ।

अब च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गर्न बार्सीलोनालाई ती दुई खेलबाट १ अङ्क ल्याए पुग्छ

काठमाडौं ।

एएफसी अण्डर १९ फुटबल प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल बिहिबार बहराईन संग खेल्ने छ ।

किरगिस्तानमा मंगलबार भएको पहिलो खेलमा नेपाल आयोजक किरगिस्तान संग २-० गोल अन्तरले पराजित भएको थियो ।

नेपालको तेस्रो खेल शनिबार संयुक्त अरब ईमिरेट्स् यु ए ई संग र अन्तिम खेल आउँदो बुधबार ओमान संग हुने छ ।

यहि नेपाली टोलीले गत असोजको पहिलो साता भुटानमा सम्पन्न साफ अण्डर १८ फुटबल प्रतियोगिताको उपाधि हात पारेको थियो ।

सुर्खेत ।

पिकनिक खाएर फर्किदै गरेको जीप सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ को थाग्लीमा आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

बिहान सुर्खेतबाट कुपिण्डे दहमा पिकनिकमा गएको भे १ ज ९२७ जीप फर्कने क्रममा बेलुका चार बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले जानकारी दिनु भयो ।

उहाँका अनुसार मृत्यु हुनेमा चालक भेरीगंगा–८ का देवराज कामी र वीरेन्द्रनगर–८ कि ३५ वर्षीय धनमाया नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।

जीपमा सवार मध्ये १७ जना घाइते भएनका छन् । उनीहरुको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं ।

प्रधानमन्त्री तथा काँग्रेस सभापती शेरबहादुर थापाको हातबाट टिका लगाउँदै नेकपा एमालेका दुई निवर्तमान सांसद नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

यसरी काँग्रेस प्रवेश गर्नेमा माओवादी केन्द्रका शम्भु श्रेष्ठ पनि रहेका छन् । उनी त्यसअघि काँग्रेसमै थिए ।

दोस्रो संविधानसभामा कैलाली २ बाट निर्वाचित मोहनसिंह राठोर मंगलबार कांग्रेस प्रवेश गरेका हुन् । उनीसँगै निवर्तमान सांसद रवनी चौधरी पनि कांग्रेस प्रवेश गरेकी छिन् ।

काँग्रेसले टिकट नदिएपछि दोस्रो संविधानसभामा सांसद बन्नकै लागि माओवादी प्रवेश गरेर माओवादीको मत र काँग्रेसका समेत मत बटुल्दै एमाले नेता झलनाथ खनाललाई हराएका चतुर नेता शम्भु श्रेष्ठ पुन कांग्रेसमा फर्किएका छन् ।

बालुवाटारमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा तीनै निवर्तमान सांसदलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस बरिष्ठ नेताहरुले टिका र खादा लगाएर भव्य स्वागत गरे ।