मनोनयन दर्ता गर्न आयोगको तयारी पुरा, दलहरुले बल्लतल्ल उम्मेद्धार टुंग्याए

कार्तिक १५, २०७४ मा प्रकाशित | 807 views

काठमाडौं ।

निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहिबार हुने उम्मेदवार मनोनयन दर्ताको तयारी पूरा भएको जनाएको छ ।

आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त  आयोधीप्रसाद यादवले भोलि बिहान १० देखि अपरान्ह ५ बजेसम्म मनोनयन दर्ता शान्तिपूर्ण तरिकाबाट सम्पन्न गर्न सबै राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारलाई आग्रह गर्नुभयो ।

उहाँले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री आयोगमा प्राप्त हुने क्रम शुरु भएको, र सर्वोच्च अदालतको आदेशअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै पानामा मतपत्र छपाइ गर्ने कार्य जारीरहेको बताउनुभयो ।

प्रमुख आयुक्त डा।यादवले प्रतिनिधिसभा सदस्यका लागि सेतो कागजमा हरियो रङमा  निर्वाचन चिह्न भएको मतपत्र र प्रदेशसभाका लागि सेतो कागजमा कालो मसीमा निर्वाचन चिन्हहरु रहने गरी मतपत्रको ढाँचा स्वीकृत गरी २१ जिल्लाको मतपत्र छाप्न पठाइसकेको जानकारी दिनुभयो ।

यसैबिच निर्वाचनमा भाग लिने भएका सबैजसो दलहरुले आफ्ना उम्मेद्धारको टुंगो लगाएका छन् । व्यापारी, ठेकेदार देखी दलका ५० औं बर्षदेखीका नेता देखी गुण्डानाईके समेतलाई समेट्दै ठूला भनिने दलहरुले उम्मेद्धार टुंगो लगाएका छन् । उनिहरुले अन्तिम समयमा मात्र उम्मेद्धार टुंग्याउन सकेका हुन् भने केही दलमा उम्मेद्धारका बिरुद्ध चर्को बिरोध रहेको छ भने कतिपय दलले उठाएका गुण्डा नाईके, ठेकेदार भ्रष्ट नेताको जनस्तरमै बिरोध सुरुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web