काँग्रेसका भ्रष्ट नेता गोविन्दराज जोशी पनि उम्मेद्धार !

काठमाडौं ।

विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीको बागी उम्मेदवारी कानुनअनुसार अयोग्य भएको कानुनविदहरूले जिकिर गरेका छन् ।

जोशीले बिहीबार तनहुँ १ बाट बागी उम्मेदवारी दर्ता गराएका छन् । त्यस क्षेत्रमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । आफूले नपाएपछि जोशीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन् । कानुनविदहरूले भ्रष्टाचारी ठहर भइसकेकाले जोशीको उम्मेदवारी कानुनअनुसार रद्द हुनुपर्ने बताएका छन् ।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार जोशी उम्मेदवारीका लागि अयोग्य छन् किनभने उनलाई अदालतले भ्रष्टाचार ठहर गरिसकेको छ,’ वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापाले भने, ‘उनी अहिले सर्वोच्चमा पुनरावेदन गरिरहेका भए पनि कानुनअनुसार भ्रष्टाचारी नै हुन् र उम्मेदवारीका लागि अयोग्य छन् ।’

यस्तै घटना सन् २००१ मा भारतकी राजनीतिज्ञ जयललिताका सम्बन्धमा पनि भएको थियो । जयललिताले चुनाव जिते पनि सर्वोच्च अदालतले खारेज गरिदिएको उदाहरण दिँदै थापाले जोशीका हकमा पनि त्यही नै लागू हुने जिकिर गरे ।

भ्रष्टाचार मुद्दा खेपिरहेकी जयललिताले हाई कोर्टबाट धरौटी लिएर तामिलनाडुमा उम्मेदवारी दिइन् र दुई तिहाइ मत पाएर मुख्यमन्त्री पनि बनिन् तर त्यसविरुद्ध सर्वोच्चमा तुरुन्तै रिट पनि पर्‍यो । ‘दुई तिहाइ मत पाएकाले जनताको सर्वोच्चता कायम हुने हुँदा उनको विजय कायमै हुनुपर्ने तर्क उनका कानुन व्यवसायीले गरेका थिए,’ थापाले भने, ‘तर सर्वोच्चले भ्रष्टाचार ठहर भएको व्यक्ति चुनाव लड्न र सार्वजनिक पदमा बस्न नपाउने संवैधानिक व्यवस्था भएको हुँदा संवैधानिक सर्वोच्चता कायम हुने र जयललिता मुख्यमन्त्रीबाट बर्खास्त हुने आदेश गर्‍यो । यो नजिर हामीकहाँ पनि मिल्छ ।’

जोशीलाई विशेष अदालतले १० साउन २०६९ मा भ्रष्टाचारी ठहर गर्दै ४ करोड ३२ लाख बिगो र जरिवाना तथा डेढ वर्ष कैद हुने फैसला गरेको थियो । त्यसविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन दिए पनि ऐनअनुसार भने उम्मेदवारी दिन नमिल्ने भएको हो ।

प्रतिनिधिसभा सदस्यसम्बन्धी ऐन २०७३ को दफा १३ को उपदफा 'घ' मा उम्मेदवारहरूको अयोग्यतासम्बन्धी व्यवस्था छ । यसमा भनिएको छ– ‘भ्रष्टाचार, जबरजस्ती करणी।।।।वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको’ उक्त कानुन प्रस्ट नभएकाले जोशीले छिद्र खोजेर उम्मेदवारी दिएको संविधानविद डा। विपिन अधिकारीले बताए ।

‘केलाई अन्तिम अदालतको फैसला मान्ने भन्ने द्विविधा यहाँ छ,’ अधिकारीले भने, ‘किनभने विशेष अदालतले उनलाई भ्रष्ट ठहर गरिसकेको छ तर पुनरावलोकन गरेकाले त्यो निवेदन सर्वोच्चमा अहिले चलि नै रहेको छ । यस्तो अवस्थामा उम्मेदवारी दिन पाइने नपाइने भनेर ऐनको उक्त दफाले प्रस्ट भनेको छैन । तर नैतिक पतन देखिने कुनै पनि काममा संलग्न भएकाले पनि उम्मेदवार हुन नपाउने पनि भनेको छ ।

भ्रष्टाचार नैतिक पतन हुने काम भएकाले यसमा उनको उम्मेदवारीविरुद्ध दाबीविरोध गर्नेलाई ठाउँ प्रशस्त छ ।’ निर्वाचन आयोगले यससम्बन्धमा विचार गरेर तुरुन्त निर्णय दिनुपर्ने अधिकारीको जिकिर छ ।

अयोग्य अस्थायी शिक्षकलाई पनि स्थायी बनाउन सजिला प्रश्न

काठमाडौं ।

भनसुन र तोक आदेशमा सामुदायिक विद्यालयमा नियुक्त अस्थायी शिक्षकहरूलाई शिक्षक सेवा आयोगले लिने परीक्षामा सजिलो प्रश्न सोधेर सहजै स्थायी बनाइने भएको छ । आयोगले अस्थायी शिक्षकहरूलाई सोध्ने प्रश्नको ग्रिड तथा पाठ्यक्रम नै सहज बनाएको छ । अस्थायी शिक्षकलाई उसले पढाउने विषयका आधारमा प्रश्न सोध्ने व्यवस्था गरिएको छ भने खुला प्रतिस्पर्धाबाट शिक्षक हुन चाहनेलाई विषयगत ज्ञानबाहेक पाठ्यक्रम, शिक्षण विधि एवम् प्रविधिबाट पनि प्रश्न सोध्ने पाठ्यक्रम बनाइएको छ ।

अस्थायी शिक्षकलाई सहजै स्थायी गराउन ४० नम्बरको वस्तुगत र ६० नम्बरको विषयगत ज्ञानको प्रश्न सोधिनेछ । तर, खुला प्रतिस्पर्धीलाई २० नम्बरको मात्रै वस्तुगत प्रश्न सोधिनेछ । बाँकी ८० नम्बरमा सम्बन्धित विषयवस्तुसम्बन्धी ज्ञानको ४० नम्बर र पाठ्यक्रम, शिक्षण विधि एवम् प्रविधिसम्बन्धी ४० नम्बरको छ । अस्थायीलाई विषयगत ज्ञानको प्रश्न ६० नम्बरको सोध्न लागिएको छ भने खुलालाई ४० नम्बरको मात्रै छ । अस्थायीलाई पाठ्यक्रम, शिक्षण विधि एवम् प्रविधिसम्बन्धी प्रश्न वस्तुगतमा समेटिएको छ । खुला प्रतिस्पर्धीले भने यससम्बन्धी लामा र छोटा उत्तर लेख्नुपर्ने हुन्छ ।

त्यस्तै अस्थायीलाई विषयगतको पनि लामो प्रश्न मात्रै सोध्न लागिएको छ भने खुलाले लामो र छोटो दुवै प्रश्नको उत्तर लेख्नुपर्नेछ । अस्थायीलाई सम्बन्धित ज्ञानमा आधारित रहेको १०–१० नम्बरका ६ प्रश्न ९६० नम्बरको० मात्रै सोध्ने ग्रिड बनाइएको छ । छोटो प्रश्न छैन । खुलालाई विषयगत प्रश्न १० नम्बरको २ वटा र पाँच नम्बरको छोटो प्रश्न १२ वटा सोध्ने ग्रिड बनाइएको छ । स्थायी शिक्षक हुन ४० नम्बर ल्याए पास हुने व्यवस्था छ । शिक्षा ऐनअनुसार ०४९ अघिदेखि ०६१ सम्मका अस्थायी शिक्षकले स्थायी हुन ४० नम्बर मात्रै ल्याए हुन्छ । वस्तुगत प्रश्न ४० नम्बरको भएपछि पास गर्न समस्या पर्दैन ।

शिक्षाविद् प्रा। विद्यानाथ कोइरालाले अस्थायी र खुला प्रतिस्पर्धीलाई फरक पाठ्यक्रम बनाउने नियत नै गलत भएको बताए । ‘छुट्टाछुट्टै प्रश्न किन चाहियो रु अस्थायी र खुला प्रतिस्पर्धीलाई फरक पाठ्यक्रम, ग्रिड बनाउनु भनेको विभेद हो,’ उनले भने, ‘अस्थायीलाई लिखितमै संरक्षण गर्ने होइन । अन्तर्वार्तामा उसको अनुभवका आधारमा नम्बर दिने व्यवस्था गर्नु उचित हुन्छ ।’ शिक्षकलाई ४० नम्बरको पास हुने व्यवस्था गर्नु नै गलत भएको कोइरालाको भनाइ छ । ‘४० नम्बरमा पास हुनु भनेको ६० नम्बर जान्दैन भनेको हो । धेरै नजान्नेलाई सिस्टममा भित्र्याउन हुँदैन,’ उनले भने ।

अस्थायी शिक्षक र शिक्षा मन्त्रालयबीच गत असार ९ मा भएको सम्झौताको तेस्रो बुँदामा शिक्षक विज्ञापनको पाठ्यक्रम, प्रश्नपत्र ग्रिड र परीक्षा सजिलो बनाउने विषय उल्लेख थियो । आयोगले साविकको प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका अस्थायी शिक्षकलाई सहजै पास गर्न सकिने गरी पाठ्यक्रम बनाएको हो । खुला प्रतिस्पर्धा गर्न चाहनेले भने अस्थायीले प्रतिस्पर्धा गरेकै तहमा परीक्षा दिनुपर्दा गाह्रो प्रश्नको उत्तर दिनुपर्ने हुन्छ । वस्तुगत प्रश्न मात्रै नभई सम्बन्धित विषयवस्तुको ज्ञानको पाठ्यक्रमसमेत अस्थायी शिक्षकलाई सजिलो छ भने खुलालाई गाह्रो छ ।

आयोगले सार्वजनिक गरेको पाठ्यक्रम विश्लेषण गर्दा पनि अस्थायीलाई सीधै स्थायी बनाउन लागेको पुष्टि हुन्छ । निम्नमाध्यमिक तहका अस्थायीलाई तयार गरिएको पाठ्यक्रममा हामी र हाम्रो समाज, हाम्रो सामाजिक मूल्य र मान्यता, सामाजिक समस्या र समाधान, नागरिक चेतना, हाम्रो पृथ्वी, हाम्रो विगत, हाम्रो आर्थिक क्रियाकलाप, हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग, जनसंख्या र यसको व्यवस्थापनका बारेमा मात्रै छ । तर, खुला प्रतिस्पर्धीलाई सम्बन्धित विषयको विषयवस्तुसम्बन्धी ज्ञानमा  सामाजिक अध्ययनको स्वरूप, सामाजिक अध्ययनअन्तर्गत भूगोल विषयका प्रमुख विषयवस्तु, सामाजिक अध्ययनअन्तर्गत इतिहास विषयका प्रमुख विषयवस्तु, अर्थशास्त्र, समाजशास्त्ररमानवशास्त्र र जनसंख्या विषयका प्रमुख विषयवस्तु, राजनीतिशास्त्र, दर्शनशास्त्र र नीतिशास्त्रका प्रमुख विषयवस्तु, सामाजिक अध्ययनका प्रमुख सीप, सामाजिक अध्ययन विषयका पूरक तत्त्व पाठ्यक्रममा राखिएका छन् ।

त्यस्तै माध्यमिक तहको अंग्रेजीमा पनि यस्तै छ । माध्यमिक तहको अंग्रेजीको पाठ्यक्रमको पहिलो पाठबाहेक अरू केही मिल्दैन । खुलालाई इङलिस ल्याङग्वेज टिचर्स प्रोफेसनल डेभलपमेन्ट, इङलिस ल्याङग्वेज क्लासरुम म्यानेजमेन्ट, इङलिस ल्याङवेज टिचिङ एड्स एन्ड रिसोर्स, इन्स्ट्रक्सन प्लानिङ, लिट्रेचर फर ल्याङग्वेज डेभलपमेन्ट, इङलिस ल्याङग्वेज टिचिङ इन नेपाल, ल्याङग्वेज एन्ड लिङगुस्टिक्स, ल्याङग्वेज फङसन्स टाइप एन्ड युजसहित १२ वटा पाठ राखिएका छन् । तर, आन्तरिकमा पूरै परिवर्तन गरेर ल्याङग्वेज एन्ड लिङगुस्टिक्स, कम्युनिकेसन इन इङलिस, रिडिङ एन्ड राइटिङ इन इङलिस, ग्रामर, इङलिस ल्याङग्वेज टेस्टिङ र इस्युज एन्ड च्यालेन्जेज अफ इङलिस ल्याङग्वेज टिचिङ इन नेपाल पाठसहित सात वटा युनिट राखिएको छ ।

खुलालाई तयार गरिएको पाठ्यक्रम विस्तृतमा छ । कक्षा व्यवस्थापनदेखि पढाउने तरिकासम्म समावेश गरिएको छ । अंग्रेजी विषय शिक्षण विधि, सिद्धान्त, नेपालको सन्दर्भमा अग्रेजी भाषा, अंग्रेजी कसरी पढाउने भन्ने शैक्षणिक योजनासमेत समावेश छ । तर, अस्थायीको पाठ्यक्रम यस्तो छैन । त्यस्तै सामाजिकको माध्यमिक तहको पाठ्यक्रम ९ र १० मा पढाइ हुने पाठमा आधारित छ ।

त्यसमा हामी र हाम्रो समाज, विकास र विकासको पूर्वाधार, हाम्रो सामाजिक मूल्य र मान्यता, सामाजिक समस्या र समाधान, नागरिक चेतना, हाम्रो पृथ्वी, हाम्रो विगत, हाम्रो आर्थिक क्रियाकलाप, हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग, समाजिक अध्ययनअन्तर्गतका प्रमुख सीप गरी १० पाठ राखिएका छन् । खुलालाई योभन्दा फरक छ । सम्बन्धित विषयको विषयवस्तुसम्बन्धी ज्ञानको ४० अंकमा सामाजिक अध्ययन, सामाजिक अध्ययनका प्रमुख विषयवस्तुहरू, सामाजिक अध्ययनअन्तर्गतका प्रमुख सीप, सामाजिक अध्ययनमा प्रयोग हुने शैक्षिक सामग्री, सामाजिक अध्ययनमा सिकाइ योजना र सहजीकरण प्रक्रिया रहेका छन् । जुन कक्षा ९ र १० को पाठभन्दा फरक छ ।

शिक्षाविद् प्रा। मनप्रसाद वाग्लेले एउटै पदमा प्रतिस्पर्धा गर्ने शिक्षकलाई दुई खालको पाठ्यक्रम राख्नुु गलत भएको बताए । ‘लिखितबाट व्यक्तिको गुणस्तर परीक्षण गर्ने हो,’ उनले भने, ‘लिखितमा सम्झौता गरेपछि गुणस्तर कहाँ खोज्ने रु अनुभवका आधारलाई आरक्षण दिन सकियो । लिखितमा सम्झौता गर्नु हँुदैन । वस्तुगतमा कसैलाई २० कसैलाई ४० बनाउनु बदमासी हो ।’

शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमले अस्थायी र खुलाको पाठ्यक्रममा एकरूपता हुने बताए । ‘अस्थायीको विज्ञापन भइसकेकाले पाठ्यक्रम परिवर्तन भए पनि खुलाको विज्ञापन भइनसकेकाले परिवर्तन बाँकी छ,’ उनले भने, ‘कसैलाई विभेद गरिएको होइन । अस्थायीलाई जुन पाठ्यक्रममा परीक्षा लिने हो, खुलालाई पनि त्यही हुनेछ ।’ मकर श्रेष्ठले कान्तिपुरमा लेख्नुभएको खवर साभार गरिएको हो ।

करिश्मा हुन् वा कोमव वलि, रेखा थापा देखी निर शाह सबै कलाकारको उम्मेद्धारी चर्चामै सीमित

काठमाडौं ।

‘नीतिनिर्माण तहमा कलाकारहरू पुग्न नसकेका कारण नै नेपाली कलाकारिता क्षेत्र पछि परेको हो, यस क्षेत्रको विकासले गति लिन नसकेको हो', कलाकारले राजनीति गर्नु हुन्छ कि हुँदैन भन्ने बहसमा अग्रज कलाकार नीर शाहको धारणा हो यो।

‘फोहोरी राजनीति कलाकारले मात्र होइन, कसैले पनि गर्नु हुँदैन तर राजनीति बुझ्नु जरुरी छ', शाहको बुझाइ छ, ‘हलिउड, बलिउडमा कला क्षेत्रका व्यक्ति नीतिनिर्माण तहमा पुगेका कारण यो क्षेत्रको विकास भएको हो तर हामी भने कलाकारले राजनीति गर्नु हुँदैन भन्ने सोचमै रुमल्लिएका छौं।'

मंसिर १० गते हुने पहिलो र २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता सकिएको छ। तर, दुवै चरणको निर्वाचनका लागि कुनै पनि दलले कला क्षेत्रबाट उल्लेख्य उम्मेदवार बनाउन सकेनन्। मनोनयनअघि कलाकारहरू उम्मेदवार बन्ने र बनाइने चर्चा धेरै चले पनि अन्तिम समयमा आएर उनीहरूको उम्मेदवारी चर्चामै सीमित भएको छ। आफूलाई राजनीतिमा समाहित गराउन केही कलाकारले निकै दौडधुप गरे, एकपछि अर्को पार्टी प्रवेश गरे अनि भाषणबाजीसमेत गरे। तर, उनीहरूको उम्मेदवार बन्ने प्रयास त्यसै खेर गयो। उनीहरूले छानेका दलहरूले नै उनीहरूलाई निराश बनाए।

‘कांग्रेसले नीर शाहलाई क्षेत्र नं. ५ बाट सिफारिस गरेको थियो। उहाँले पाउने ठूलो आश थियो तर निराश बन्नु पर्‍यो', स्थानीय मतदातासमेत रहेका चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई भन्छन्, ‘दलहरूले कलाकारलाई प्रयोग मात्रै गरे। यो अवस्थाबाट बाहिर आउन हामी आफैं अग्रसर हुनु जरुरी छ, राजनीति बुझ्नु आवश्यक छ।'

निर्माणमार्फत चलचित्र उद्योगमा प्रवेश गरेका नायक मधुकुमार श्रेष्ठ कांग्रेसबाट धादिङ क्षेत्र नं. १ मा प्रदेश सभासद्को उम्मेदवार बनेका छन्। उनको उम्मेदवारी दर्ता यसअघि नै भइसकेको छ। ‘अवसर दिनुस्, विकास गर्न पाँच वर्ष कुर्नु पर्दैन। दुई वर्षमै काम गरेर देखाउँछु', उनी भन्छन्।

निर्माता तथा चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय राप्रपा (प्रजातान्त्रिक)बाट प्रदेश नं. ५ बाट समानुपातिकमा सिफारिसमा परेका छन् भने निर्माता उद्धव पौडेल काठमाडौं-४ बाट समानुपातिकमा सिफारिसमा परेका छन्। प्रत्यक्षमा भने आफ्नो पार्टीबाट कुनै कलाकारले उम्मेदवारी दर्ता नगराएको पार्टी प्रवक्तासमेत रहेका प्रदीपले बताए। यसैगरी कांग्रेसले पुराना चलचित्र निर्माता सुबोधकुमार पोखरेललाई सप्तरी-१ बाट प्रदेशसभामा उम्मेदवार बनाएको छ।

नायक तथा निर्माता रोज राणालाई कांग्रेसद्वारा प्यूठान क्षेत्र नम्बर २ बाट प्रदेशसभाका लागि सिफारिस गरिएको थियो। राणासँगै कांग्रेस प्यूठान क्षेत्र नम्बर २ ले प्रदेशसभाका लागि तीनजनाको नाम सिफारिस गरे पनि उनले टिकट पाउन सकेनन्।

यसैगरी सुर्खेत-२ मा माओवादी केन्द्रबाट एक नम्बरमा सिफारिसमा परेका चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारीले मनोनयनको दिनमा आएर मैदान छाड्नु पर्‍यो। ‘ठूला नेतालाई छोड्नुपर्दा हाम्रो क्षेत्रले स्थान पाएन। माओवादी केन्द्र र एमाले दुवैमा चलचित्र क्षेत्र रित्तो रह्यो', उनले भने।

अभिनेत्री करिश्मा मानन्धरले नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी हुन्। भर्खर राजनीति सिक्दै गरेकी करिश्माले यसपालि टिकट दाबी नै गरिनन्। पाँच वर्ष सिकेर अर्को चुनावमा उठ्ने सोच बनाएकी उनी अहिले साथीहरूलाई सहयोग गरिरहेकी छन्। भन्छिन्, ‘पार्टीले जस्तो रोल दिन्छ, त्यसलाई पूरा गर्छु।' उनको पार्टीलाई थ्रेसहोल्ड पार गर्ने समस्या सबैभन्दा ठूलो छ।

कलाकारिता क्षेत्रमा योगदान पुर्‍याइसकेकाले राजनीतिमा यति छिट्टै भाग खोज्न नचाहेको उनको भनाइ छ। भनिन्, ‘चुनाव लड्नुभन्दा यति बेला पार्टी ठूलो बनाउन युद्ध गर्नुपर्दो रहेछ।'

अहिलेसम्मको राजनीतिक अनुभवमा उनले विचारभन्दा पनि सत्तामोह पाल्ने धेरै देखिन्। धेरैजसो राजनीतिक पार्टीले कलाकारलाई विश्वास गरेका छैनन्। महिला कलाकारलाई झनै पछाडि पारेको अनुभव उनले गरिन्।

कोमल वलीले टिकट नपाउँदा करिश्माको मन पनि दुखेको छ। भनिन्, ‘उहाँ सक्षम मान्छे हो, भाषणमा महिलाका विषयमा ठूला कुरा गर्ने पार्टीले कार्यान्वयनको समयमा महिलालाई हेप्छन्।' आफ्नो पार्टीलाई यसबाट चोखो राख्दै थपिन्, ‘मेरो पार्टीमा चाहिँ त्यस्तो छैन।'

माओवादीमा प्रवेश गर्ने बेला ‘कि लाऊ माया मैतिर कि लाऊ उहीतिर, निर नलाऊ दुईतिर' भन्दै प्रचण्डसँग कम्मर मर्काएकी अभिनेत्री रेखा थापाले तीनतिर माया लाइसक्दा पनि हात लाग्यो शून्य भएको छ। पार्टीले महत्वपूर्ण स्थान नदिएपछि उनको माया राष्ट्रिय प्रजातन्त्र पार्टीमा सरेको थियो। केही समयअघि एमालेमा प्रवेश गर्ने चर्चा चुलिएको थियो। जुन हाँगो समाए पनि राजनीतिक पार्टीले कलाकारलाई पत्याएनन्। चुनावअघि जति उचालिए पनि सँघारमा आएर निराश हुनु कलाकारको नियति बन्यो।

कोमल स्वतन्त्र

भाषणमा गह्रुँगा शब्द प्रयोग गर्दै ‘बोल्ड' स्वभाव देखाउँदै आएकी गायिका कोमल वलीले व्यवहारमा पनि बोल्डनेस देखाएकी छन्। केही समयअघि राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर एमाले प्रवेश गरेकी कोमललाई पार्टीले घात गर्‍यो। टिकट दिने सर्त राख्दै पार्टी प्रवेश गराएको एमालेले अन्तिम समयमा धोका दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्। दाङको क्षेत्र नम्बर ३ बाट प्रदेशसभामा आफ्नो उम्मेदवारी दिएपछि उनले भनिन्, ‘पार्टीले के गरेको हो, छक्क पर्‍या छु। उहाँहरूले मेरो काम, योग्यता र क्षमतामाथि विश्वास गर्नुभएन।'

पार्टीकै योजनाअनुसार समानुपातिकको फारमसमेत भरिसकेकी कोमलले बुधबार मात्र टिकट नपाउने टुंगो पाइन्। पहिले प्रत्यक्षबाटै टिकट दिने सहमति भएको थियो। पछि समानुपातिकबाट पनि हात खाली भएपछि भनिन्, ‘पहिले नै हुँदैन भनेको भए म आफ्नो बाटो सोच्थेँ।'

राजनीतिकै लागि सरकारी जागिर छाडेकी कोमललाई कुनै राजनीतिक पार्टीले चर्चित बनाएको होइन। उनले आफ्नो परिचय नै काफी भएको आत्मविश्वाससहित चुनाव लड्ने अठोट गरेकी छन्। दाङमा महिला सशक्तीकरण सहितका विकासका मुद्दा लिएर चुनावको योजना बनाएकी थिइन्।

बिहीबारसम्म पार्टीकै घोषणापत्रमा आधारित रहेर बनाएको योजना अब फेर्ने बताइन्। दाङमा एमालेका कार्यकर्ताको साथसमेत रहेको दाबी उनको छ। जुन पार्टी रोजे पनि कलाकार सधैं पछिल्लो प्राथमिकतामा पर्ने थाहा पाएपछि अबको राजनीतिक यात्रा राष्ट्रियताको सवालमा आवाज उठाउने पार्टीको साथमा रहने उनले बताइन्। उनको यो कदमलाई पार्टीले कसरी लिन्छ भन्नेचाहिँ हेर्न बाँकी छ। उनी पनि पार्टीको प्रतिक्रियाको पर्खाइमा छिन्। भनिन्, ‘पार्टीले के नीति अख्तियार गर्छ हेरौं, निकाल्न पनि सक्छ, पार्टीभित्रै रहेर अन्तरसंघर्ष पनि हुनसक्छ।'

अनन्त वाग्ले विनीता मरहट्टाले अन्नपूर्णपोष्टमा लेख्नुभएको समाचार साभार गरिएको हो ।

नारायणमान बिजुक्छेले उम्मेद्धारी दिएनन्, भन्छन्-‘राजनीतिबाट सन्यास नै लिएको होइन’

काठमाडौं ।

नेपाल मजदुर किसानका अध्यक्ष नारयाणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको स्पष्ट पारेका छन् ।

आफू प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीति भूमिकामा सक्रिय रहने बिजुक्छेले बताए । भक्तपुरमा रफत सञ्चार क्लवको साक्षात्कारमा उनले नयाा पुस्ता पनि जिम्मेवारी बहन गर्न सक्षम रहेको कारण पार्टीको निर्णयअनुसार नै पुस्ता हस्तान्तरण गरिएको बताए ।

बिजुक्छे २०४८ पछिका सबै चुनावमा निर्वाचित हुने सीमितमध्येका एक राजनीतिज्ञ हुन् । तर आगामी प्रतिनिधिसभामा आफूले उम्मेदवारी नदिई उनले अर्का नेता प्रेम सुवाललाई अगाडि सारेका छन् ।

वामपन्थी विचारलाई थप सुदृढ र सशक्त गर्नका लागि पार्टीकै राजनीतिमिा सक्रियरुपमा रहने भन्दै बिजुक्छेले अहिले वाम गठबन्धनका रुपमा रहेका एमाले र माओवादी केन्द्रले सत्ताका लागि मात्र गठबन्धन गरेको आरोप लगाए ।

मुलुकमा दुइटा मात्रै राजनीतिक दल भए झन् भद्रगोल हुने दाबी गर्दै बिजुक्छेले 'थ्रेसहोल्ड'ले प्रजातन्त्रको मर्मलाई अन्त्य गरेको बताएको कान्तिपुरमा खवर छ ।

तमोर नदीमा र्याफ्टिङ्ग शुरु

धनकुटा ।
सेतु एडभेन्चर प्रा.लि.धरानले हरेक बर्ष झैं धनकुटाको तमोर नदीमा जल–यात्रा 'र्याफ्टिङ्ग'सेवा शुरु गरेको छ ।

उक्त रोमाञ्चक जल–यात्राको लागि प्रति ब्यक्ति रु ३ हजार तिरेर एक दिनको जल–यात्रा गर्न सक्ने सन्चालक सेतु सिलवालले जानकारी दिनुभयो ।

एक पटकमा दुई वटा बोटबाट १६ जनालाई धनकुटाको मुलघाट देखि ३४ किलोमिटर सुनसरीको चतरा सम्म जल–यात्रा गराईने सिलवालले जानकारी दिनुभयो ।

जलयात्रा ९¥याफ्टिङ्ग०का लागि नेपालको तीन उत्कृष्ट नदी मध्ये तेस्रो स्थानमा पर्ने यो नदीमा ¥याफ्टिङ्ग सेवा दिने संस्थाको संख्या सेतु प्रा।लि।संगै तीन पुगेको छ ।

राप्ती क्षेत्रकै प्रसिद्ध डिग्रे मेला जारी

रुकुम ।
राप्ती क्षेत्रकै प्रसिद्ध धार्मिक स्थल रुकुमको मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको डिग्रे शाईकुमारी मन्दिर परिसरमा लाग्ने डिग्रेमेला जारी रहेको छ । हरेक बर्ष हरिवोधनी एकादशी देखी कार्तिक शुक्लपुर्णिमा सम्म लाग्ने डिग्रे मेलामा सयौको संख्यामा बोकाको बली समेत दिईने गरेको छ । मेला अबधीमा विहान सबेरै देखि साँझ अबेर सम्म पनि मन्दिरमा पुजाआजा गर्ने भक्तजनहरुको भिड लाग्ने गरेको छ ।
मेलामा सुर्खेत, जाजरकोट, रोल्पा, सल्यान दाङ, बर्दिया जिल्ला लगायत रुकुम जिल्लाका विभिन्न ठाउँबाट आएर झण्डै एक लाख बढी भक्तजनहरुले मन्दिरमा पुजापाठ तथा दर्शन भेट गर्ने मेला ब्यबस्थापन समितिले बताएको छ । डिग्रे शाइकुमारीको मन्दिरमा पुजा पाठ गर्नाले मनले चिताएको पुग्ने जनविश्वास रही आएको छ ।

सप्तरीमा १ सय ६८ जना उम्मेद्धार, दल भन्दा स्वतन्त्रमा धेरै उम्मेद्धारी

सप्तरी ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभाका निर्वाचन क्षेत्रलागि सप्तरीमा १ सय ६८ जनाले उम्मेदबारी दर्ता गराएका छन् । चार वटा प्रतिनिधीसभाको क्षेत्र रहेको सप्तरीमा ५९ जनाले उम्मेदबारी दिएका छन् भने आठ वटा प्रदेश सभाका लागि १०९ जनाले उम्मेदबारी दिएका छन् ।
क्षेत्र नम्बर १ मा प्रतिनिधीसभाका लागि १४ जनाले उम्मेदबारी दिएका छन् ।
क्षेत्र नम्बर २ बाट १८ क्षेत्र नम्बर ३ बाट १२ र क्षेत्र नम्बर ४ बाट १५ जनाले प्रतिनिधीसभाका लागि उम्मेदबारी दर्ता गराएका छन् ।
प्रदेशसभाका लागि क्षेत्र नम्बर १ को १ बाट ९ र १ को २ बाट पनि नौ जनाले नै उम्मेदबारी दिएका छन् ।
क्षेत्र नम्बर २ को १ बाट १३ जना र २ को २ बाट २२ जनाले उम्मेदबारी दिएका छन् ।
क्षेत्र नम्बर ३ को १ बाट १९ जना र ३ को २ बाट १४ जनाले उम्मेदबारी दिएका छन् ।
क्षेत्र नम्बर ४ को १ बाट ११ जना र क्षेत्र नम्बर ४ को २ बाट १२ जनाले प्रदेश सभाका लागि उम्मेदबारी दिएका छन् ।
स्वतन्त्रको घुइँचोदलहरुले जित्नका लागि गठबन्धन बनाएपनि दलभन्दा स्वतन्त्र उम्मेदबारको संख्या उल्लेख्य छ ।
प्रतिनिधीसभाका लागि कुल ५९ जनाले उम्मेदबारी दिएको जिल्लामा २१ जनाले स्वतन्त्र उम्मेदबारी नै दिएका छन् ।
प्रदेशसभाका लागि १०९ जनाले उम्मेदबारी दिएकोमा ३९ जना स्वतन्त्र छन् ।
क्षेत्र नम्बर १ मा प्रतिनिधीसभाका लागि ५ जनाले, क्षेत्र नम्बर २ बाट ८ जनाले, क्षेत्र नम्बर ३ बाट ३ जनाले र क्षेत्र नम्बर ४ बाट ५ जनाले स्वतन्त्र उम्मेदबारी दर्ता गराएका छन् ।
प्रदेश सभा अन्तर्गत क्षेत्र नम्बर १ को १ बाट २ जना, १ को २ बाट ३ जना, क्षेत्र नम्बर २ को १ बाट ४ जना, क्षेत्र नम्बर २ को २ बाट १२ जनाले स्वतन्त्र उम्मेदबारी दिएका छन् ।
यस्तै क्षेत्र नम्बर ३ को १ बाट ७ जना, ३ को २ बाट ४ जना, क्षेत्र नम्बर ४ को १ बाट ४ जना र ४ को २ बाट ३ जनाले प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदबारी दिएका छन् ।

भेरी नदिमा एक जना वेपत्ता

सुर्खेत ।
जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका एक जना भेरी नदिमा डुवेर वेपत्ता भएका छन् ।
सुर्खेतको तारकुलाबाट पसलको सामान ल्याएर फर्किनेक्रममा बन्गाड कुपिण्डे नगरपालिका वडा न २ भर्सिलका ४७ वर्षिय देव बहादुर राना नदिमा डुवेर वेपत्ता भएका हुन् ।
बिहिबार साझँ साढे ६ बजेतिर कल्यान भन्ने स्थानबाट भेरी नदि तर्नेक्रममा नदिमा डुवेर वेपत्ता भएको छोरा गोविन्द रानाले जानकारी दिनु भयो । वेपत्ता रानाको खोजी कार्य भई रहेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । रानाको खोजीका लागि प्रहरी र स्थानीयबासी भेरी नदिमा जुटेका छन् ।

सल्यानमा यस्ता छन् प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्धार, ५ जनाले दिए बागी उम्मेदवारी

सल्यान ।

सल्यानमा बिभिन्न राजनैतिक दलहरुले उम्मेदवारको मनोनयन दर्ता गरेका छन् । मंसिर२१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचनको लागी बिभिन्न राजनैतिक दलहरुले उम्मेदवारको मनोनयन दर्ता गरेको हुन् । बिभिन्न बाजागाजाहरुको साथमा र्याली सहित बजार परिक्रमा गरेर मूख्य निर्बाचन अधिकृतको कार्यालयमा गएर नेकपा एमाले, माओबादी केन्द्रको बामगठबन्धन, नेपाली काँग्रेस, राप्रपा लगाएतका बिभिन्न दलहरुले उम्मेदवारको मनोनयन दर्ता गरेका हुन ।

यस जिल्लामा उम्मेदवारहरुको मनोनयन दर्ता शान्तीपूर्ण बाताबरणमा भएको  मूख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मंसिरमा हुने निर्बाचनको लागी नेकपा एमाले, माओबादी केन्द्रको संयुक्त बामगठबन्धनले उम्मेदवारी दर्ता गरेका छन् । निर्बाचनको लागी नेकपा एमाले, माओबादी केन्द्रको संयुक्त बामगठबन्धन बाट प्रतिनिधिसभाको लागी माओवादी केन्दका विना विभागीय मन्त्री टेकबहादुर बस्नेतले मनोनयन दर्ता गरेका छन् । यस्तै प्रदेशसभाका लागी  क्षेत्र नम्बर १ बाट एमालेका जिल्ला ईन्चार्ज गुलाबजंग शाह र क्षेत्र नम्बर २ का लागी एमालेका पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले मनोनयन दर्ता गरेका छन् ।

उता बामगठबन्धनका बिरुद्ध नेकपा माओबादीका नेताहरुले बागी उम्मेदवारी दिएका छन् । पार्टीको जिल्लाको आधिकारीक निर्णय भन्दै माओबादीका उमाकान्त शर्माले प्रतिनिधिसभाको लागी उम्मेदवार दिएका छन् । यस्तै प्रदेश सभाको लागी क्षेत्र नम्बर १ बाट भिम प्रकाश शर्मा र क्षेत्र नम्बर २ बाट जित बहादुर पुनले उम्मेदवारी दिएका छन् । यस अघि माओबादी केन्द्र सल्यानले केन्द्रको निर्णय नमान्ने भन्दै बुधबार बिज्ञप्ती निकालेका थिए ।

यस्तै स्वतन्त्र बाट प्रतिनिधिसभाका लागी ज्ञान बहादुर वलीले उम्मेदवारी दिएका छन भने प्रदेश सभाको लागी क्षेत्र नम्बर १ बाट धर्मे बुढाथोकीले उम्मेदवारी दिएका छन । यस्तै क्षेत्र नम्बर २ बाट स्वतन्त्र रुपमा शोभाराम थापा र धन बहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन ।

यस्तै नेपाली काँग्रेसको तर्फ बाट प्रतिनिधि सभाका लागी पूर्व शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुर शाहले मनोनयन दर्ता गरेका छन् । यस्तै प्रदेशसभामा क्षेत्र नम्बर १ बाट महासमिती सदस्य एकराज डाँगी र क्षेत्र नम्बर २ बाट पूर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मीले मनोनयन दर्ता गरेका छन् ।

यस्तै राप्रपाको तर्फ बाट प्रतिनिधि सभाका लागी गणेश भण्डारीले उम्मेदवारी दिएका छन् । यस्तै प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ मा बालाराम शर्मा र क्षेत्र नम्बर २ मा राजेन्द्र बिर राई ले उम्मेदवारी दर्ता गराएका छन् ।

यता निर्बाचनको लागी नेकपा माले र जनसमाजबादी पार्टीले चुनाबी तालमेल गरेका छन् । नेकपा मालेले प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्र नम्बरमा १ मा उम्मेदवारको मनोनयन गर्दा गरेका छन् । भने जनसमाजबादी पार्टीले क्षेत्र नम्बर २ मा उम्मेदवारको मनोनयन दर्ता गरेको छ । मालेको तर्फ बाट प्रतिनिधी सभामा बलबहादुर गिरी, प्रदेशसभा १ मा टोप बहादुर रोका र प्रदेश सभामा २ मा जनसमाजबादी पार्टीका हिमलाल बुढाथोकीले उम्मेदवारी दिएका छन् । यी दुई पार्टी बिचमा चुनाबमा एकअर्काले सहयोग गर्ने सहमती भएको छ ।

यस्तै राष्ट्रिय जनमुक्तिले पनि उम्मेदवारी दर्ता गरेको छ । प्रतिनिधि सभामा जिल्ला अध्यक्ष खड्क बहादुर पुन र प्रदेशसभा क्षेत्र नमबर २ मा डण्डबिर पुनले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारी दर्ता गरेको छ । प्रतिनिधि सभाका लागी ढकन प्रसाद शर्माले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश सभाको लागी क्षेत्र नम्बर १ बाट जनमोर्चाका दले बुढा मगरले उम्मेदवारी दिएका छन् ।

यस्तै एकृकित राप्रपा राष्ट्रबादी बाट प्रतिनिधि सभामा गुरु प्रसाद भण्डारीले उम्मेदवारी दिएकाछन् । यस्तै राप्रपा प्रजातान्त्रिकले प्रदेश सभा तर्फ क्षेत्र नम्बर २ मा बेद बहादुर खत्रीलाई उम्मेदवार बनाएको छ । यस्तै नयाँ शक्तिले प्रतिनिधि सभाका लागी सुमन कुमार बिकले उम्मेदवारी दिएका छन् । यस्तै प्रदेश सभा क्षेत्र २ मा बिमल राज डिसीले उम्मेदवारी दिएका छन् ।

चितवनमा १०४ जना उम्मेदवार, प्रचण्ड बिरुद्ध १७ जनाको उम्मेद्धारी (भिडियो सहित)

चितवन ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि चितवनमा आज १०४ जनाको उम्मेदवारी परेको छ ।

चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेका अनुसार जिल्लाको तीन निर्वाचन क्षेत्रको ९ जनाका लागि १०४ जनाको उम्मेदवारी परेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिनुभएको चितवन निर्वाचन क्षेत्र नम्बर तीनमा प्रतिनिधिसभातर्फ सबैभन्दा बढी १८ जनाले उम्मेदवारी दिएका छन् । जसमा ८ जना स्वतन्त्रबाट उम्मेदवारी परेको छ ।

यस्तै प्रदेशसभातर्फ (क) र (ख) मा ८, ८ जनाको उम्मेदवारी परेको छ । एमाले नेता तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको चितवन क्षेत्र नम्बर १ मा ४ स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी परेको जनाईएको छ ।

सो क्षेत्रको प्रदेशसभा अन्तरगत (क) र (ख) मा क्रमश १०, १० जनाको उम्मेदवारी परेको छ । यस्तै क्षेत्र नम्बर २ मा ३ स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी परेको घिमिरेको भनाई छ ।

प्रदेशसभातर्फ सो क्षेत्रको (क) मा ९ र (ख)मा ११ जनाको उम्मदवारी परेको उहाँले जानकारी दिनुभयो ।

बाम गठबन्धनबाट चितवन क्षेत्र नम्बर १ मा सुरेन्द्र पाण्डे, २ मा कृष्णभक्त पोखरेल र क्षेत्र नम्बर तीनमा पुष्पकमल दाहालले उम्मेदवारी दिनुभएको छ ।

यस्तै लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर १ का राजेन्द्र बुर्लाकोटी , क्षेत्र नम्बर २ बाट शेषनाथ अधिकारी र क्षेत्र नम्बर तीनबाट राप्रपा प्रजातान्त्रिकका बिक्रम पाण्डेले उम्मेदवारी दिनुभएको छ ।

निर्वाचन कार्यतालिका अनुसार आज शुक्रबार दावी विरोध, शनिवार दर्ताको निर्णय हुने तथा १९ गते नामावली फिर्ताको समय रहने र सोही दिन नै निर्वाचन चिन्ह प्रदान हुने घिमिरेले जानकारी दिनुभयो

उदयपुरमा ६ जनाको लागि ६२ जनाले दिए उम्मेद्धारी, यस्ता छन् उम्मेद्धारहरु

उदयपुर ।

आसन्न मंसिर २१ हुने प्रतिनिधि तथा प्रदेश सभाका निर्बाचनका लागि दोस्रोचरणमा उदयपुरमा मनोनयन दर्ता शान्तिपूर्वक विहिबार सम्पन्न भएको छ ।

२ प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको उदयपुरमा प्रतिनिधिसभातर्फ २३ र प्रदेशसभातर्फ ३९ गरी ६२ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको मूख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताएका छन् छ । विभिन्न १६ राजनीतिक दल र ६ जना स्वतन्त्रबाट उम्मेदवारी परेको हो ।

प्रतिनिधि सभा क्षेत्र नं. १ मा १२ जनाको उम्मेदवारी परेको छ । जसमा नेपाली कांग्रेसको तर्फबाट डा. नारायण खड्का, बाम गठबन्धनको तर्फबाट नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले मनोनयन दर्ता गराएका छन् । त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट गोपाल राई, नेपाल कांंग्रेस (विपि)बाट प्रशान्त राई, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट अम्बरबहादुर परियार, एकीकृत राप्रपा राष्ट्रवादीबाट कनकबहादुर रानामगर, राप्रपा प्रजातान्त्रिकबाट गोविन्दबहादुर बस्नेत, नेकपा माक्सवादीबाट गम्भिरबहादुर कार्की, नयाँ शक्ति पार्टी नेपालबाट विश्वराज राई, राजपा नेपालबाट राजेन्द्र राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट कसिककुमार राई र नेकपा मालेबाट रामप्रसाद चौलागाईले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नं. २ मा १ स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसको तर्फबाट नारायण कार्की, नेकपा माओवादी केन्द्रबाट सुरेश कुमार राई (हिमाल), नेकपा एमालेबाट जगन्नाथ खतिवडाले उम्मेदवारी दिएका छन् । त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट विष्णुबहादुर राई दनुवार, नेपाल मजदुर किसान पार्टीबाट नयन बहादुर कार्की, राप्रपा राष्ट्रवादीबाट गोपी गिरी, नयाँ शक्ति नेपालबाट खम्बराज खत्री, मंगोल नेशनल अर्गनाईजेशनबाट खड्गबहादुर किरिङ मगर, राजपाबाट उपेन्द्र राई र नेकपा माक्सबादीबाट शंकरकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा दिवस कटुवाल छन् । उनी नेकपा माओवादी केन्द्र उदयपुरको जिल्ला संयोजक हुन् ।

त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गतको प्रदेश सभा क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १० जनाको उम्मेदवारी परेको छ । जसमा नेपाली कांग्रेसको तर्फबाट विदुर बस्नेत, बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका विमल कार्कीले उम्मेदवारी दिएका छन् । त्यस्तै संघीय समाजवादी फोरम नेपालको तर्फबाट गणेशकुमार राई, जनसमाजवादी पार्टीबाट मनकुमार राई, नेपाल संघीय समाजवादी पार्टीबाट दिनेश राई, नयाँ शक्ति पार्टी नेपालबाट सोजसिंह कार्की, राप्रपा प्रजातान्त्रिकबाट रामप्रसाद गिरी, राप्रपाबाट चन्द्रबहादुर विष्ट, राजपा नेपालबाट खिसाबहादुर राई र स्वतन्त्रबाट कुशलबाबु बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवार बस्नेत नेकपा एमाले उदयपुरका जिल्ला सदस्य हुन् ।

प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गतको प्रदेश सभा क्षेत्र नं. २ मा दुई स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा नेपाली कांग्रेसको तर्फबाट हिमाल कार्की, बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रामबहादुर थापाको उम्मेदवारी परेको छ । त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट प्रदिपकुमार चौधरी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट शंकरबहादुर पौडेल, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालबाट राजकुमार राई, एकिकृत राप्रपा राष्ट्रबादीबाट नारायणबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट गंगध्वज कार्की, राप्रपाबाट श्यामकुमार तामाङ, नेकपा माक्सबादीबाट रामकुमार थापा, राप्रपा प्रजातान्त्रिकबाट बिरेन्द्रकुमार अधिकारी, नयाँ शक्ति पार्टी नेपालबाट राजनकुमार दनुवार र राजपा नेपालबाट सूर्यनारायण साह तेलीको मनोनयन दर्ता भएको छ । स्वतन्त्र उम्मेदवार दर्ता गराउनेहरुमा मिनबहादुर ज्यू ठकुरी र जीवनकुमार कार्की रहेका छन् । ठकुरी र कार्की दुबै नेकपा माओवादी केन्द्रका जिल्ला नेता हुन् ।

त्यसैगरी प्रदेश नं. २ अन्तर्गत प्रदेशसभा क्षेत्र नं. १ मा दुई स्वतन्त्रसहित ८ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसको तर्फबाट भेषबहादुर थापामगर, बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी भेषकुमारी राउतको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै अन्य दलहरु राप्रपाबाट सुवासराज शाही ठकुरी, नयाँ शक्ति पार्टी नेपालबाट अरुणकुमार राई, राप्रपा प्रजातान्त्रिकबाट विष्णुबहादुर बस्नेत र संघीय समाजवादी फोरमबाट शिवहाङ राई रहेका छन् । स्वतन्त्रमा नारायण बहादुर मगर र हुमबहादुर दाहालको उम्मेदवारी परेको छ । मगर नेकपा माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज हुन भने दाहाल नेकपा एमाले उदयपुरका जिल्ला नेता हुन् ।

प्रदेश नं. २ अन्तर्गत प्रदेशसभा क्षेत्र नं. २ मा ७ जनाको उम्मेदवारी परेको छ । जसमा नेपाली कांग्रेसको तर्फबाट रामकुमार खत्री, बाम गठबन्धनको तर्फबाट नेकपा एमालेकी कला घले, नेमकिपाबाट चन्द्रबहादुर कार्की, राप्रपाबाट सुरेन्द्रकुमार थापा, राप्रपा (प्रजातान्त्रिक) बाट माला तामाङ, संघीय समाजवादी फोरमबाट यसकुमार राई र नयाशक्ति पार्टीबाट ओषण घिमिरेको उम्मेदवारी दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृत शर्माले मनोनयन दर्ता कार्यक्रम शान्ति र सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको बताए । राजनीतिक दलहरुले समयतालिका अनुरुप उपस्थिति जनाइदिनुका साथै जुलुसमा सहभागि कार्यकर्तालाई बाहिरै व्यवस्थित गरेकाले र कर्मचारीहरुको सक्रिय खटाइका कारण सहजढंगले मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको उनले बताए  ।

कांग्रेस, एमाले, माओवादी केन्द्रले र्यालीसहित उम्मेदवारी दर्ता गराएका थिए । उत्साहपूर्वक कार्यकर्ताको सहभागिता रहेको र्यालीले गाईघाट बजार परिक्रमा गरी आँखा हस्पिटल, जिल्ला हस्पिटल चौक, जिल्ला प्रहरी कार्यालय अगाडी हुदै जिल्ला समन्वय समिति उदयपुरमा रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।

४५ जिल्लामा मात्रै ४ हजार ७ सय ८ जनाले उम्मेदवारी दिए

काठमाडौं ।

आगामी मंसिर २१ गते दोस्रो चरणमा प्रत्यक्ष तर्फ ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज भएको उम्मेदवारहरूको मनोनयन दर्ता राजनीतिक दलहरुको उत्साहजनक सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा प्राप्त पछिल्लो विवरण अनुसार प्रतिनिधिसभातर्फ १ हजार ७ सय ४२ र प्रदेशसभातर्फ २ हजार ९ सय ६६ गरी जम्मा ४ हजार ७ सय ८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशसभातर्फ २ सय ९ गरी जम्मा ३ सय ३४ महिला उम्मेदवार रहेका छन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादलले  आगामी मङसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनको लागि राजनीतिक दलको उल्लासपूर्ण सहभागीतामा उम्मेदवारी मनोनयनदर्ता भएकोमा खुशी प्रकट गर्दै सवैप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

आवाज

प्रमुख आयुक्त डा. यादवले  उम्मेदवारी दर्ताको उत्साहलाई निर्वाचन आचार संहिता पालनामा पनि कायम राख्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिनुभयो ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले उम्मेदवारी मनोनयन दर्ताबाट प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनप्रतिको सबै किसिमका आशंका हटेर देश पूर्णरुपमा निर्वाचनको उत्सवमा होमिएको बताउनु भयो ।

निर्वाचन कार्यक्रम अनुसार, सम्बन्धित निर्वाचन कार्यालयबाट आज नै उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।

भोलि १७ गते उम्मेदवारको विरोधमा उजूरी दिन सकिने र कात्तिक १८ गते मनोनयनपत्र र उजूरीमाथि जाँचबूझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी, कात्तिक १९ गते उम्मेदवारले नाम फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web