राष्ट्रपतिलाई निर्वाचन आयोगका पदाधिकारीले के भने ?

कार्तिक १५, २०७४ मा प्रकाशित | 690 views

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रमुख निर्वाचन आयुक्त डा। आयोधीप्रसाद यादवले आज राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको छ ।

भेटका अवसरमा प्रमुख निर्वाचन आयुक्त डा। यादवले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अवस्थाबारे राष्ट्रपतिलाई अवगत गराउनुभएको थियो ।

भेटका अवसरमा आयोगले गरेको निर्वाचनको राम्रो तयारीप्रति सन्तोष व्यक्त गर्नुहुदै  राष्ट्रपति भण्डारीले तोकिएकै मितिमा निर्वाचन गराउनु राष्ट्रका लागि आवश्यक रहेको बताउनु भएको निर्वाचन  आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको आदेश अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र छपाइ गर्ने कार्य जारी रहेको तथा मतदान केन्द्रित  निर्वाचनका लागि आवश्यक पर्ने सामग्र्रीहरुको व्यवस्थापन गर्ने कार्य तीव्ररुपमा भइरहेको राष्ट्रपतिलाई प्रमुख निर्वाचन आयुक्त डा। यादवले जानकारी गराउनुएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web