एमाले, काँग्रेस र माओवादीका मूख्य नेता कहाँबाट चुनाव लड्दैछन्

कार्तिक १६, २०७४ मा प्रकाशित | 766 views

काठमाडौं ।

प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापती शेरबहादुर देउवा सुदूरपश्चिमको डडेल्धुराबाट सदाझै यसपटक पनी सांसदमा उठ्दैछन् ।

उता प्रतिपक्षि दल बनेको एमालेका अध्यक्ष केपी ओली भने सुदूरपूर्वको झापा ५ बाट चुनावी मैदानमा बाम गठबन्धनको उम्मेद्धार बनेका छन् ।

०४८ सालदेखि गृहजिल्ला डडेल्धुराबाट चुनाव जित्दै आएपनि देउवालाई यसपटक बाम गठबन्धनको संयुक्त उम्मेद्धार भएका कारण जित्न सजिलो छैन ।

तर मुलुकको भावी नेतृत्वकर्ताको रुपमा हेरिएका एमाले अध्यक्ष ओलीलाई भने झापा केही सजिलो हुने देखिएको छ । जहाँ उसलाई बाम गठबन्धनको मुख्य दल माओवादी केन्द्रले सहयोग गर्दैछ ।

दोस्रो संविधानसभाबाट तेस्रो दल भए पनि ‘निर्णायक’ भूमिकामा रहेको माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेपछि अध्यक्ष पुष्पकमल दाहालले पुरानै चुनावी क्षेत्र चितवन रोजेका छन् । चितवन ३ बाट दाहाल चुनावी मैदानमा होमिएका छन् ।

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव नेपाल काठमाडौं २ बाट उठेका छन् । जहाँ उनको कडा प्रतिस्पर्धा विवेकशिल साझा पार्टीका प्रवक्ता समेत रहेका सुर्यराज आचार्यसँग हुने देखिएको छ ।

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम १ बाट प्रतिस्पर्धामा उत्रेका छन् । तत्कालीन संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भने इलाम २ बाट चुनावी मैदानमा छन् । दुवैले गत निर्वाचनमा सोही क्षेत्रबाट बाजि मारेका थिए । यसपटक बाम गठबन्धन भएका कारण दुवै नेता सजिलो अवस्थामा देखिएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट उठेका छन् । कांग्रेसकै महामन्त्री शशांक कोइराला नवलपरासी १ बाट चुनाव लड्दै छन् । एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १, उपाध्यक्ष भीम रावल अछाम १, महासचिव ईश्वर पोखरेल काठमाडौं ५ बाट उम्मेदवार बनेका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला झापा ३ बाट मैदानमा उत्रेका छन् । युवा नेता गगन थापा काठमाडौं ४ र विश्वप्रकाश शर्मा झापा १ बाट चुनाव लड्ने भएका छन् । कांग्रेसका थापासँग एमालेका युवा नेता डा. राजन भट्टराई र शर्मासँग माओवादी केन्द्रका राम कार्की प्रतिस्पर्धामा छन् । सिटौलाको क्षेत्र सुरुमा राप्रपाका राजेन्द्र लिङदेनलाई छाड्ने भनिए पनि आफैँले उठ्न अडान लिएपछि सिटौला र लिङदेनबीच त्यस क्षेत्रमा प्रतिस्पर्धा हुने भएको छ । लिङदेनलाई वाम गठबन्धनको पनि समर्थन छ । यस आधारमा सिटौलालाई यो निर्वाचन जित्न फलामको चिउरा चपाए सरह हुने देखिएको छ ।

प्रधानमन्त्रीपत्नी डा.आरजु राणा कैलाली ५ बाट चुनाव लड्दै छिन् । सँधै समानुपातिक सांसदमा बस्दै आएकी राणालाई कैलालीमा उठाउने निर्णय देउवाले सजिलो ठाउँ छान्दै काँग्रेसको बढी प्रभाव रहेको क्षेत्रको आधारमा सो ठाउँ छुट्याएको बताइन्छ ।

कांग्रेसका विमलेन्द्र निधि धनुषा ३ बाट उम्मेदवार बनेका छन् । कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य बालकृष्ण खाँण, पद्मनारायण चौधरी, सुजाता कोइराला, चित्रलेखा यादवलगायत नेता भने चुनावमा नगई समानुपातिकमा सजिलै सांसद बन्न सजिलो बाटोमा लागेका छन् ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ २ बाट चुनावमा उठेका छन् । एमालेका शंकर पोखरेल प्रदेशसभामा उठ्ने भएपछि महरा वाम गठबन्धनबाट उम्मेदवार बनेका हुन् । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेता पहिलो चरणको निर्वाचनमै उम्मेदवार बनिसकेका छन् । चितवन २ मा माओवादी केन्द्रका नेता रामबहादुर थापाले दाबी गरे पनि उक्त क्षेत्रमा गठबन्धनका तर्फबाट एमालेका कृष्णभक्त पोखरेल उम्मेदवार बनेका छन् ।

काठमाडौं १० मा माओवादी केन्द्रले हितमान शाक्यलाई उम्मेदवार बनाउने भएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे भक्तपुर १ बाट चुनावी मैदानमा छन् ।

शीर्ष नेता को कहाँ ?

एमाले

केपी ओली झापा ५

माधव नेपाल काठमाडौं २

झलनाथ खनाल इलाम १

वामदेव गौतम बर्दिया १

भीम रावल अछाम १

सुवास नेम्वाङ इलाम २

ईश्वर पोखरेल काठमाडौं ५

विष्णु पौडेल रुपन्देही

सुरेन्द्र पाण्डे चितवन १

कांग्रेस

शेरबहादुर देउवा डडेल्धुरा

रामचन्द्र पौडेल तनहुँ १

विमलेन्द्र निधि धनुषा ३

प्रकाशमान सिंह काठमाडौं १

कृष्णप्रसाद सिटौला झापा ३

शशांक कोइराला नवलपरासी १

गगन थापा काठमाडौं ४

रमेश लेखक कञ्चनपुर ३

एनपी साउद कञ्चनपुर २

माओवादी केन्द्र

पुष्पकमल दाहाल चितवन ३

कृष्णबहादुर महरा दाङ २

गिरिराजमणि पोखरेल महोत्तरी १

राम कार्की झापा १

काठमाडौंमा वाम गठबन्धनका उम्मेदवार

१ अनिल शर्मा (माओवादी केन्द्र)

२ माधव नेपाल (एमाले)

३ कृष्ण राई (एमाले)

४ डा. राजन भट्टराई (एमाले)

५ ईश्वर पोखरेल (एमाले)

६ झक्कु सुवेदी (माओवादी)

७ रामवीर मानन्धर (एमाले)

८ उमेश स्थापित (माओवादी)

९ कृष्णगोपाल श्रेष्ठ (एमाले)

१० हितमान शाक्य (माओवादी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web