एमालेका दुई र माओवादीका एक पूर्व सांसदद्धारा देउवाको हातबाट टिका थाप्दै काँग्रेस प्रवेश

कार्तिक १४, २०७४ मा प्रकाशित | 844 views

काठमाडौं ।

प्रधानमन्त्री तथा काँग्रेस सभापती शेरबहादुर थापाको हातबाट टिका लगाउँदै नेकपा एमालेका दुई निवर्तमान सांसद नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

यसरी काँग्रेस प्रवेश गर्नेमा माओवादी केन्द्रका शम्भु श्रेष्ठ पनि रहेका छन् । उनी त्यसअघि काँग्रेसमै थिए ।

दोस्रो संविधानसभामा कैलाली २ बाट निर्वाचित मोहनसिंह राठोर मंगलबार कांग्रेस प्रवेश गरेका हुन् । उनीसँगै निवर्तमान सांसद रवनी चौधरी पनि कांग्रेस प्रवेश गरेकी छिन् ।

काँग्रेसले टिकट नदिएपछि दोस्रो संविधानसभामा सांसद बन्नकै लागि माओवादी प्रवेश गरेर माओवादीको मत र काँग्रेसका समेत मत बटुल्दै एमाले नेता झलनाथ खनाललाई हराएका चतुर नेता शम्भु श्रेष्ठ पुन कांग्रेसमा फर्किएका छन् ।

बालुवाटारमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा तीनै निवर्तमान सांसदलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस बरिष्ठ नेताहरुले टिका र खादा लगाएर भव्य स्वागत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web