महोत्तरीमा उम्मेद्धार मात्रै २ सय २४ जना

कार्तिक १७, २०७४ मा प्रकाशित | 628 views

बर्दिवास ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि महोत्तरीमा आज २२४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधि सभाको लागि ७५ जना र प्रदेश सभाको लागि १ सय ४९ जनाले उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनोनयन दर्ताको लागि विहान १० बजेबाट साँझ ५ बजे सम्मको समय तय भएको र तोकिएको समयमै उम्मेदवारी दर्ता पक्रिया सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत वृजेश प्याकुरेलले जानकारी दिनुभयो ।

प्रतिनिधी सभाको लागि जम्मा दुई जना महिलाको उम्मेदवारी परेको छ । महोत्तरी क्षेत्र नम्बर १ र २ बाट गरी दुई जना महिलाहरुले प्रतिनिधी सभाको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधी सभाको लागी २ नम्बर क्षेत्रबाट नेपाली काँग्रेसकी नेतृ किरण यादवले उम्मेदवारी दिनुभएको छ । त्यस्तै प्रदेश सभाको लागि १२ जना महिलाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधी ४ निर्वाचन क्षेत्र रहेको महोत्तरीमा ४ जनाको प्रतिनिधि सभा र ८ जनाको प्रदेश सभाका पदको लागि निर्वाचन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web