सल्यानमा पिकनिक गएको जीप दुर्घटनामा दुईको मृत्यु, १७ जना घाईते

कार्तिक १५, २०७४ मा प्रकाशित | 759 views

सुर्खेत ।

पिकनिक खाएर फर्किदै गरेको जीप सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ को थाग्लीमा आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

बिहान सुर्खेतबाट कुपिण्डे दहमा पिकनिकमा गएको भे १ ज ९२७ जीप फर्कने क्रममा बेलुका चार बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले जानकारी दिनु भयो ।

उहाँका अनुसार मृत्यु हुनेमा चालक भेरीगंगा–८ का देवराज कामी र वीरेन्द्रनगर–८ कि ३५ वर्षीय धनमाया नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।

जीपमा सवार मध्ये १७ जना घाइते भएनका छन् । उनीहरुको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web