जापानसँग रणनीतिक सुचना साझोदारी गर्न सञ्चार मन्त्री र जापानी प्रतिनिधि मण्डलबीच छलफल

कार्तिक १३, २०७४ मा प्रकाशित | 1126 views

काठमाडौं ।

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले नेपालको दूरसञ्चार क्षेत्रमार्फत मुलुकको प्रगति गर्न बलियो रणनीतिक साझेदार भि¥याउने बारेमा आज जापानी प्रतिनिधिमण्डलसँग मन्त्रालयमा छलफल गर्नुभएको छ ।

मन्त्रालयमा भएको भेटमा नेपालले विश्वको बदलिँदो नयाँ प्रविधिसँग दूरसञ्चार क्षेत्रमा काम गर्न रणनीतिक साझेदार भित्र्याउने तयारीलाई तीव्र बनाएको विषयमा छलफल भएको थियो ।

नेपालको दूरसञ्चार क्षेत्रमा रणनीतिक साझेदार बन्न इच्छा देखाउँदै नेपालका लागि जापानका राजदूत मासासी ओगावा, ग्लोबल विजिनेश सेक्टर अफ केडिडीआई कोपरेसनका प्रमुख कार्यकारी अधिकृत हिरोयुकी सोशीलगायत प्रतिनिधिमण्डलले मन्त्री बस्नेतसँग छलफल गरेको हो ।

जापानी प्रतिनिधिमण्डलले आफूहरु नेपालको दूरसञ्चारसँग रणनीतिक साझेदार भई काम गर्न इच्छुक भएको र त्यस सम्बन्धी प्रस्ताव पेश गरेको जनाएको छ ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री बस्नेतले सन् २०२७ सम्म नेपाललाई ‘डिजिटल नेपाल’ बनाउन आवश्यक तयारीस्वरुप छिट्टै रणनीतिक साझेदार भित्र्याउने बताउनुभयो ।

मन्त्रालयले हाल सातै प्रदेशका १४ जिल्लामा नमुना परियोजनाका रुपमा सामुदायिक विद्यालयमा निःशुल्क कम्युटर, प्रिन्टर र इन्टरनेटको व्यवस्था गरिसकेको छ ।

सरकारले आगामी ३ वर्षभित्र मुलुकभरका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा लागू गर्ने उद्देश्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web