हत्या अभियोगमा जन्मकैद सजाएपछि फरार बनेका बालकृष्ण ढुंगेललाई ‘दाह्रीवाल’ले पक्रियो

कार्तिक १४, २०७४ मा प्रकाशित | 1292 views

काठमाडौं ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतबाट जन्मकैद सुनाएपछि फरार रहेका माओवादी नेता तथा पूर्व सांसद बालकुष्ण ढुंगेल पक्राउ परेका छन् ।

प्रहरीको खोजी सूचीमा रहेपछि फरार रहेर लुक्दै आएका ढुंगेललाई प्रहरीले दाह्रीवाल सुराकी लगाएर पक्राउ गरेको हो । मंगलबार बिहान करिव साँढे ११ बजेको समयमा सातदोबाटोस्थित डेराबाट बाहिर निस्किएका ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ ।

यसरी प्रहरीको फन्दामा परे

ढुंगेल आफ्नो डेराबाट बाहिरमात्रै के निस्किएका थिए ४/५ जना व्यक्तिहरुले उनलाई घेरे । सिभिल ड्रेसमा रहेका उनीहरु प्रहरी थिए । केही व्यक्तिले दाह्री पालेका थिए भने केहीले रातो ज्याकेट लगाएका ।

‘तपाई हाम्रो अफिसमा जानुपर्‍यो, तपाईलाई लिएर आउनु भन्नुभएको छ’ दाह्रीवालमध्येका एक व्यक्तिले यसो भनेपछि ढुंगेलले गोजीबाट मोबाइल फोन निकालेर कसैलाई फोन गर्न खोजे । तर, प्रहरीले फोन गर्न दिएन ।

प्रहरीले ढुंगेललाई त्यहाँबाट चोकतिर लग्यो र गाडी चढाएर हेडक्वार्टरमा पुर्‍यायो । ढुंगेलका आफन्तले अनलाइनखबरलाई दिएको जानकारी अनुसार यो घटना करिब साढे ११ बजेतिरको हो ।

ओखलढुंगाका पूर्वसभासद समेत रहेका ढुंगेलकी पत्नी र परिवारका सदस्यहरु कपनमा बसोबास गर्छन् । उनीचाहिँ प्रहरीले पक्रने डरले कपनमा नबसी सातदोबाटोमा डेरा लिएर लुक्दै आएका थिए । उनको डेरामा भाइ बहिनीसहित ३र४ जना बस्दै आएका थिए ।

ढुंगेललाई प्रहरीले पक्राउ गर्नासाथ उनका भाइले विनाविभागीय गृहमन्त्री जनार्दन शर्मालाई टेलिफोन गरेर जानकारी दिएका थिए । त्यसलगत्तै ढुंगेल पक्राउ परेको खबर माओवादी हेडक्वार्टरमा पुगेको थियो ।

माओवादी नेताहरुले ढुंगेलको गिरफ्तारीलाई शान्ति प्रक्रियामाथिको हस्तक्षेपमा रुपमा बिरोध गर्न थालेका छन् ।

ओखलढुंगा २ बाट ०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला अदालतबाट दोषी ठहर भएका थिए । उनीसँगै सजायँ तोकिएका पूर्वमाओवादी कार्यकर्ता पुष्कर गौतम अहिले जेलमै छन् ।

ढुंगेलको सजायँ माफीका लागि तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको थियो । तर, सर्बोच्च अदालतले सो सिफारिस अस्वीकार गरेपछि ढुंगेल फरार अभियुक्तका रुपमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web