काठमाडौं ।

हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएपछि फरार रहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरी सदरखोर जेल चलान गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई पक्राउ गरि सदरखोर चलान गरेको छ ।

पहिलो संविधानसभा २०६४ मा ओखलढुंगा २ बाट निर्वाचित ढुंगेल सभासद रहेकै बेला सर्वोच्चले दोषी ठहर गरेको थियो । तर, सर्वोच्चले फैसला गरेपछि लुक्दै आएका उनलाई माओवादीले नै लुक्न सघाउँदै आएको थियो भने प्रहरीले राजनीतिक दबावमा नभेटेको भनि खोजि नगरि बसेको आरोप लाग्दै आएको थियो । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम भने प्रहरीले पक्राउ गरेपछि अहिले जेलमै छन् ।

ढुंगेलको सजाय माफीका लागि तत्कालिन बाबुराम भट्टराई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेपनि सर्वोच्चले सिफारिस कार्यान्वयन रोकिदिएको थियो ।

सर्वोच्चले ३१ चैत २०७३ मा सात दिनभित्र ढुंगेललाई पक्राउ गर्न आदेश दिएको थियो ।

मंगलबार ललितपुरबाट सादा पोषामा रहेका प्रहरीले उनि लुकेर बस्दै आएको कोठाबाट बाहिर निक्लेको समयमा मंगलबार अपरान्ह पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराएर सदरखोर चलान गरेको हो ।

अदालतका अनुसार ढुंगेल मंगलबारको मितिबाट अब १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु बस्नेछन् ।

ढुंगेललाई प्रहरीले पक्राउ गरेपछि माओवादी नेताहरुले भने शान्ति प्रक्रियामाथिको हस्तक्षेप भन्दै रिहाइको माग गरेका छन् ।

हत्या अभियोगमा जन्मकैद सजाएपछि फरार बनेका बालकृष्ण ढुंगेललाई ‘दाह्रीवाल’ले पक्रियो

19.12¡ÆC