झापा । बिर्तामोडमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा आज अपराह्नबाट हटाइएको छ ।

जिल्ला सुरक्षा समितिले आज अपराह्न ३ बजेबाट निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो । निषेधाज्ञा हटाएसँगै बिर्तामोडको जनजीवन सामान्य बन्दै गएको छ ।

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै बिर्तामोडमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ का ३० वर्षीय नरेश थापाको शुक्रबार मृत्यु भएको थियो ।

छानबिन समिति काठमाडौं फिर्ता

झापा । ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्युको विषयमा छानबिन गर्न सरकारद्वारा गठित छानबिन समितिले स्थलगत अध्ययन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव वीरन्द्रकुमार यादवको संयोजकत्वमा गठित समितिले मृतक र नगरपालिकाका जनप्रतिनिधि, सञ्चारकर्मी र जिल्ला सुरक्षा समितिसँग घटनाका विषयमा जानकारी लिएको थियो ।

समितिले बिर्तामोड घटनाको प्रतिवेदन सात दिनभित्र गृह मन्त्रालयमा बुझाउने छ ।

18.12¡ÆC