काठमाडौं ।

निर्वाचन आचारसंहिता बिपरित सरकारले एकैपटक ३०२ जना प्रहरी निरीक्षक इन्स्पेक्टरको सरुवा गरेको छ ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन मात्र २७ दिन बाँकी रहँदा प्रहरी प्रधान कार्यालयले सरुवाको निर्णय गरेको हो ।

प्रहरी प्रधान कार्यालयको निर्णयमा ‘आवश्यकता अनुसार’ सरुवा गर्नुपरेको जिकिर गरिएको छ ।

कात्तिक महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएकै दरबन्दीबाट पाउने गरी इन्स्पेक्टरहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

20.12¡ÆC