थाई राजाको अन्त्यष्टिमा विश्वभरका नेता, एनआरएन थाइल्याण्डद्धारा कार्यक्रम

कार्तिक १३, २०७४ मा प्रकाशित | 1356 views

बैंकक ।

थाई राजा भूमिबल आदुल्यादेजको अन्तेष्टिमा सहभागी हुन विश्वभरका नेता थाइल्यान्ड पुगेका छन् । थाइल्यान्डमा रहेका नेपाली समुदायले समेत राजा भूमिबलप्रति बेन्कक को राज बिहारमा बिशेष कार्यक्रम गरी  राजा भूमिबलप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्यान्डको आयोजनामा भएको उक्त कार्यक्रममा सम्माननीय राजगुरु (रोयल मंक) को पनि उपस्थिति रहेको थियो । मन्दिरमा प्रार्थना पश्चात एनआरएन को टोलि  त्यहाँ रहेका नेपालीले राजा भूमिबलप्रति सानाम लुआङ्ग पुगेर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

गैरआवासीय नेपाली संघद्वारा आयोजित श्रद्धाञ्जली सभामा त्यहाँका चार शाही भिक्षुलाई ‘चिवर (भिक्षुको पवित्र वस्त्र)’ प्रदान गरी प्रार्थना गराइएको एनआरएनएका अन्तर्रा्ष्ट्रिय समिति कार्यकारी सदस्य खगेन्द्रराज ढकालले जानकारी दिए । गत बुधबार देखि सुरु भएको ५ दिने अन्तेष्टि आइतबार सम्पन्न भएको छ ।

मृत व्यक्तिको सम्झनामा भिक्षुलाई चिवर दान गरे स्वर्गवास हुने विश्वास रहिआएको छ । त्यहाँको किङ मोंगुट प्राविधिक विश्वविद्यालयका  प्राध्यापक  समेत रहेका ढकालले राजा भूमिबलले न्यून आय भएको राष्ट्रलाई आफ्ना शासनकालमा अघि बढाएको भन्दै उनी विश्वकै नेताका रूपमा स्मरण गरे ।

राजा भूमिबलको पाँचदिने अन्त्येष्टि कार्यक्रम आइतबार सकिँदै छ । १३ अक्टोबर २०१६ मा ८८ वर्षको उमेरमा उनको निधन भएको थियो । उनको पार्थिव शरीरलाई एक वर्षसम्म ग्रान्ड पलेसमा राखिएको थियो । पार्थिव शरीर त्यही“को बगैंचामा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिन लागिएको हो ।

१९ मिलियन मानिसहरुले राजाको नाम मा फुल चढाएको थाई मेडिया ले जनाएका छन् । लाखौ सहभागी भएको श्रद्धाञ्जली सभामा एनआरएनए थाइल्यान्डको लागि छुटै कार्यक्रमको अवसर प्रदान गरेकोमा राज बिहार र थाई अधिकारी हरु प्रति कृतज्ञता ब्यक्त गर्छन एन आर एन ए का अध्यक्ष आसाजिता अवा ।

एक वर्षसम्म विश्वका नेता थाइल्यान्डमा पुगेर पार्थिव शरीरमा माल्र्यापण गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि गत वैशाखमा बैंकक पुगेर माल्यार्पण गरेकी थिइन् । उनको अन्त्येष्टिमा नेपालका तर्फबाट रक्षामन्त्री भीभसेनदास प्रधान बैंककमा सहभागी भएका थिए । अन्त्येष्टिमा थाल्यान्डका लाखौं सर्वसाधारण तथा ९४ देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भए ।

ब्रिटेनका राजकुमार एन्ड्र्यु, जापानका राजकुमार अकिसिनोसहित नेदरल्यान्ड, बेल्जियम, स्पेन, स्विडेनका शाही परिवारका सदस्य र अमेरिकी रक्षामन्त्री जेम्स माटिससमेत सहभागी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web