बाग्लुङ गल्कोट र बझाङका तीन जना २४ किलो चरेस सहित पक्राउ

बझाङ ।

दुर्गाथली गाँउपालिका–२ मौरीबगर बजार स्थित खोडपे चैनपुर सडक खण्डमा प्रहरी चौकी मटेलाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा छविसपाथिभेरा गाँउपालिका–६ बस्ने ५० बर्षीय झब्बर बुढा र सोही स्थान बस्ने ४२ बर्षीय ज्ञान बहादुर बुढालाई लागू औषध चरेश करीब ४ किलो ५ सय ग्राम सहित फेला पारी आइतबार नियन्त्रणमा लिएको छ ।

यसैगरि बाग्लुङ बडिगाड गाउँपालिका–२ स्थित हाँडीखोला बजारमा प्रहरी चौकी खर्बाङबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद रुपमा हिडेका गल्कोट नगरपालिका–१० पाण्डवखानी बस्ने ४५ बर्षीय धन बहादुर बुढालाई चेकजाँच गर्ने क्रममा निजले बोकेको २ वटा झोलामा प्याकिङ गरिएको अवस्थामा करीब २० किलो लागू औषध चरेश फेला पारी आइतबार नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

TOP