संखुवासभा ।

चैनपुर नगरपालिका स्थित दिलकुमारी सभाहल चैनपुरमा संखुवासभाका माननिय जिल्ला न्यायधिस प्रकाश राउतले १ दिवसिय मतदाता शिक्षा प्रशिक्षण कार्यक्रम समुद्घाटन गर्नुहुँदै मतदाताहरुलाई घरदैलो मा पुगरे भोट हाल्ने तरिका सिकाउन कार्यक्रममा सहभागीहरुलाई अग्रह गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यलय संखुवासभाको अगुवाइमा मतदाता शिक्षा कार्यक्रमको लागि स्वयम सेवक प्रशिक्ष्ण कार्यक्रम सम्पन्न भएको हो । मतदाता देशमा नै बढी म तबदर हुने जिल्लाको रुपमा चिनिने संखुवासभाको निर्वाचन क्षेत्र नं. २ (ख) का लागि ७३ वटा मतदान केन्द्रमा कम्तिमा १ जना स्वयम सेविका मतदाता शिक्षाको लागि मतदाताहरुलाई सु–सुचित गर्ने उद्देश्यले महिला महिला स्वयम सेविका स्थानीय तहमा कार्यरत सामाजिक परिचालक, , स्थानीय तहमा कार्यरत सामाजिक परिचालक, प्रथामिक शिक्षक, बालविकास शिक्षिका गरी ६७ जनाको सहभागीता मा मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रमको सहजकर्ताको रुपमा जिल्ला शिषा कार्यालयका विद्यालय निरीक्षक सन्तोष बराल, जिल्ला निर्वाचन अधिकारी ऋषि कुमार दाहालले गर्नुभएको थियो ।

जिल्लामा १ लाख ५ हजार ८५ मतदाता संख्या रहेकोमा क्षेत्र नं. १ मा ५२ हजार ७ सय ८६ र निर्वाचन क्षेत्र नं. २ मा ५२ हजार २ सय ९९ मतदाताहरु रहेको समेत निवार्चन कार्यालय संखुवासभाले जनाएको छ । आसन्न मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रमा १ सय ३ मतदान स्थल रहेका छन भने १ सय ५३ मतदान केन्द्र कायम गरिएको समेत निर्वाचन अधिकारी दाहाले जनाउनुभएको छ ।

19.12¡ÆC