भैंसि चराउन जाँदा यौन क्रियाकलाप गरेको देख्ने भाईको हत्या आरोपी किशोरीद्धारा आत्महत्या

कार्तिक १२, २०७४ मा प्रकाशित | 3790 views

सिरहा ।

जंगलमा भैंसि चराउन जाँदा गाउँकै युवकसँग यौन क्रियाकलाप गरिरहेको देखेपछि ठूलो बुवाको छोरालाई हत्या गरेको आरोप लागेकी १६ बर्षिया किशोरीले आत्महत्या गरेकी छिन् ।

सिरहाको कर्जन्हा २ मा भाइको हत्याको अरोपमा पक्राउ परेकी १६ वर्षीया किशोरी प्रियंका यादवले प्रहरी चौकीमै आत्महत्या गरेकी हुन् ।

आफ्नो यौन सम्बन्ध लुकाउन ठूलोबुबाका छोरा भवेश यादवको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ गरी आज मध्याहृन मात्रै सार्वजनिक गरिएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयामा थुनुवा राख्ने ठाउँ नभएपछि इलाका प्रहरी कार्यालय बिष्णुपुर लगिएको थियो ।

साँझ ५ बजेतिर प्रहरीको अनुमतिमा चौकीकै बाथरुममा नुहाउन छिरेकी उनले सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

महिला थुनुवा कक्ष भित्रै बाथरुम रहेको र गर्मी भएको भन्दै नुहाउन भनेर छिरेकी यादव छिरेको बाथरुमबाट कुनै आवाज नआएपछि हेर्दा आत्महत्या गरेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा लगिएको छ ।

कात्तिक २ गतेदेखि हराइरहेका भवेशको शव दुई दिनपछि भेटिएको थियो । किशोरीसँग यौन क्रियाकलापमा संलग्न रहेर बालक भवेशको हत्यामा संलग्न सञ्जय शाहभने प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web