खाँदवारी ।

चैनपुर नगरपालिका वडा नं६ चैनपुरबजारमा विना सहारा वसीरहेकी ललिता श्रेष्ठ चुलोमा खाना पकाउने क्रममा विहान ९ बजेतिर शरीर जलेर शक्त घाइते भएकी छन् ।

अन्दाजी ८५ वर्षकी श्रेष्ठलाई हाल प्राथमिक स्वास्य केन्द्र चैनपुरमा प्राथमिक उपचार भएका भए पनि उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको प्राथमिक स्वास्थ्य केन्द चैनपुरले जनाएको छ ।

घरमा तरकारी पकाइरहेको अवस्थामा आगो अचानक शरीरमा सल्कदा शरीरका सबै भाग जलेर शक्त घाइते श्रेष्ठको इलाका प्रहरी कार्यालय चैनपुरले समेत उक्त घटनाको सत्यतथ्य छानविन गरिरहेको जनाएको छ ।

19.12¡ÆC