Election Commission to reply the Sc by tomorrow

The Election Commission is to send a reply to the supreme court regarding ballot by tomorrow.

The spokesperson of the Commission Nabaraj Dhakal said, the commission will lead the election programmes as per the spirit of the directives  given by the court.

The commission earlier had sought legal advice from the Attorney General regarding the directive of the court. Spokesperson Dhakal further said after the consultation with Attorney General the commission is considering printing of ballot separate as per the need.

Election Commission annuls all programmes related to Constituency development fund

The election commission has decided to annul all the programme under Constituency development fund.

Election Commissioner Sudhir Kumar Shah said, at the time parliament has been annulled after the initiation of the election to the house of representatives, there are no parliamentarian and the fund that has been allocated to the parliamentarian can’t be spent by former lawmakers.

Commission has asked all the chief district officers to send reports  regarding the halt of programme under constituency development fund  by tomorrow.

Catalonia independence: Huge pro-Spain rally in Barcelona

A major rally calling for Spanish unity is starting in Barcelona a day after Catalonia was stripped of its autonomy for declaring independence.

Many of those protesting in the region's largest city chanted that sacked Catalan leader Carles Puigdemont should be jailed.

Mr Puigdemont was dismissed as Spain's central government took control of Catalan institutions.

Friday saw the regional parliament declare independence, with Madrid responding by declaring the move illegal.

Iran will continue to produce missiles : Rouhani

Iranian President Hassan Rouhani has said Tehran will continue to produce missiles for defence purposes and does not believe its missile development programme violates international accords.

In a speech to parliament on Sunday, Rouhani also hit out at the US, calling negotiations with Washington "madness."

"We have built, are building and will continue to build missiles," the 68-year-old was quoted by State TV as saying.

Meanwhile International Atomic Energy Agency (IAEA) has said that Iran is living up to nuclear deal that was signed in 2015.

DR Congo’s Kasai conflict: ‘Millions face starvation without

The head of the UN food agency has appealed for aid to avert a humanitarian crisis in the conflict-wracked DR Congo province of Kasai.

David Beasley told the BBC that more than three million people were now at risk of starvation.

He warned that hundreds of thousands of children could die in the coming months if aid was not delivered.

Violence flared in August 2016 after the death of a local leader during clashes with security forces.

It has forced 1.5 million million people from their homes, most of them children.

Iraqi Kurdish leader Massoud Barzani ‘to resign’

Iraqi Kurdish president Massoud Barzani is to resign, reports say, as the fallout from the region's independence referendum continues.
Kurds voted overwhelmingly last month for Kurdistan to secede but Iraq's central government insists the referendum was illegal.
Iraq's army then launched an assault on the Kurdish-held city of Kirkuk, seizing the area's rich oil fields.
Mr Barzani's current term had been due to end in four days.

निर्वाचन आयोगले मतपत्र छाप्न अलमल गर्यो, दुई दिनसम्म नमुना मतपत्र मात्रै छापियो

काठमाडौं ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतपत्र छुट्टा छुट्टै छाप्न आदेश दिनसक्ने भन्दै निर्वाचन आयोगले मतपत्र छाप्न ढिलाइ गरेको छ ।

मतपत्र छपाइ शुक्रबारदेखि सुरु हुनुपर्ने भएपनि दुईदिनसम्म नमुना मतपत्र मात्र छापेर आयोगले मतपत्र छपाईमा ढिलाइ गरेको हो । निर्वाचन नसर्ने र मतपत्र छापिने बताएपनि सर्वोच्च अदालतको पछिल्लो आदेशपछि मतपत्र एउटै छाप्ने कि छुट्टाछुट्टै भन्नेमा अलमलमा परेको आयोगले समयमै निर्णय गर्न नसकेको देखिएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले शुक्रबार नै समानुपातिकतर्फको मतपत्र छपाइ सकिएको र प्रत्यक्षतर्फको छपाइ सुरु भएको बताएका थिए ।

आयोगका अरु पदाधिकारीले पनि पूर्वनिर्धारित कार्यतालिका अनुसार नै काम भैरहेको दावी गरिरहेका छन् । तर उनीहरुको भनाई र दावी अनुसार मतपत्र छपाइ अघि बढ्न नसकेको तथ्य खुलेको छ ।

सर्वोच्च अदालतले गएको बुधबार प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र अलग अलग छाप्नेबारे भएको काम तथा सुनिश्चितताको प्रगति विवरण तीन दिनभित्र पेस गर्न आयोगलाई आदेश दिएको थियो । सर्वोच्चले बुधबार आदेश दिएपनि यसबारेको पत्र शनिबार मात्र निर्वाचन आयोगमा पुग्यो ।

आयोगले पत्रको अध्ययन र छलफल अझै हुन नसकेको जनाएको छ । यसबारे आज आइतबार कानुनविदसँग छलफल गर्ने आयोगको तयारी छ ।

मतपत्र दुईवटा भएमा व्यवस्थापनमा समस्या

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको लागि एउटै पानामा भोट दिन मिल्नेगरी मतपत्रको ढाँचा तयार पारेको छ । अहिले यही ढाँचा अनुसार एउटै मतपत्र छाप्न लागिएको हो । मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाको लागि चुनाव चिन्ह रहनेछन् ।

सर्वोच्चको आदेश अनुसार छुट्टाछुट्टै मतपत्र छाप्नुपर्ने बाध्यात्मक अवस्थामा एउटै पानामा छापेर पछि काट्ने विकल्प पनि छ । तर यसो गर्दा निर्वाचन अधिकृतले सहि गर्नुपर्ने ठाउँ दुईतिर राख्नुपर्ने हुन्छ । दुईवटा मतपत्र छाप्नुभन्दा दुईतिर सहि गर्ने ठाउँ राखेर एउटै पानामा पछि काट्न सजिलो हुनेगरी छाप्ने विकल्पलाई आयोगले प्राथमिकता दिएको छ ।

एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्रको लागि झण्डै एक करोड ७५ लाख छाप्नुपर्ने हुन्छ । छुट्टाछुट्टै पानाका मतपत्र छाप्नुपर्दा यसको दोब्बर चाहिन्छ । यसले समय र खर्च दोब्बर पर्ने आयोगको भनाई छ । छपाइको समय र खर्च व्यवस्थापन गर्न सकिए पनि निर्वाचन सामग्री, मतदान केन्द्र, सुरक्षाकर्मीको व्यवस्थापन लगायतमा समस्या हुने आयोगका पदाधिकारी बताउँछन् ।

दरबारमार्गका ठग व्यापारिको दादागिरि-‘प्रहरीले बोलाउने बित्तिकै भेट्नुपर्छ भन्ने छैन’

काठमाडौं ।

लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा चर्को मूल्य लिई उपभोक्तालाई ठगी गर्ने दरबारमार्गका ठग व्यवसायीहरू प्रहरीबाट सम्पर्कविहीन भएका छन् ।

महानगरीय प्रहरी परिसर टेकुले १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेपनि उनिहरुले दादागिरि देखाउँदै प्रहरीले बोलाउँदैमा नजाने बताउन थालेका छन् ।

‘थप अनुसन्धान प्रक्रियाका लागि व्यवसायीलाई पत्र काटेका थियौं,’ परिसरका डीएसपी बेलबहादुर पाण्डेले भने, ‘तर, व्यवसायीहरू फरार छन् ।’ उनका अनुसार व्यवसायीहरू पसलमा कामदार राखेर सम्पर्कविहीन भएर बसेका छन् । व्यवसायीहरू फरार भएपछि कारबाही प्रक्रिया नै प्रभावित भएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले भदौ १९ र २१ गते दरबारमार्गका पसल अनुगमन गर्दा अत्यधिक नाफा लिने गरेको फेला पारेपछि ९ वटा पसलमा सिल गरिएको थियो । दुईवटा पसलमा भने सिलबन्दी गरिएको थिएन । विभागले ती दुई लत्ताकपडा व्यवसायीलाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो ।

टोलीले २१ गते नै न्युरोडको लत्ताकपडा पसलमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा दुई पसललाई सिलबन्दी गरेको थियो । विभागका शाखा अधिकृत रमेश श्रेष्ठका अनुसार ती व्यवसायीसँग लिएको बयान विश्लेषण गरी परिसरमा बुझाएको थियो । विभागले अत्यधिक मुनाफा राखी बिक्री गरेको निष्कर्षसहित कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारबाही गर्न फाइल बुझाएको थियो । विभागले पेस गरेको फाइलको आधारमा परिसरले असोज २१ गतेबाट अनुसन्धान थालेको हो ।

ती फाइलका आधारमा परिसरले पुनस् अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने जनाएको थियो । तर, कारबाहीमा पर्ने डरले व्यवसायीहरू फरार भएका हुन् । ‘पसलमा प्रहरी पनि पठाएका थियौं,’ डीएसपी पाण्डेले भने, ‘सञ्चालकहरू फेला परेनन् ।’ व्यवसायीहरू अटेरी गर्न थालेपछि परिसरले थप कडा रूपमा प्रस्तुत हुने तयारी गरेको छ । दोस्रो चरणअन्तर्गत टेलिफोन ट्रेस गरेर प्रक्राउ गर्ने उनले बताए । ‘कालोबजारी गरेको आरोपमा फाइल दर्ता भइसकेको छ,’ उनले भने, ‘छिट्टै सम्पर्कमा नआए दोस्रो चरणअन्तर्गत फोन ट्रेस गरेर समात्छौं । यसलाई छिट्टै टुगोमा पुर्‍याउँछौं ।’

वकिलको रायअनुसार शुक्रबार कालोबजारी ऐनअनुसार परिसरमा मुद्दा दर्ता भएको जनाएको छ । व्यवसायीले पेस गरेको खरिद र बिक्री बिल हेर्दा २० प्रतिशतभन्दा उच्च मुनाफा राखेको छ । परिसरले सोही फाइलकै आधारमा कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ । विभागका महानिर्देशक कुमार दाहालले पनि व्यवसायीहरू फरार भएको जानकारी पाएको बताए । ‘हाम्रोतर्फबाट सम्पूर्ण प्रक्रिया पूरा गरेर कारबाही गर्न प्रहरीलाई जिम्मा दिएका थियौं,’ उनले भने, ‘प्रहरीले कारबाही प्रक्रिया अघि बढाउँदा फरार भएको जानकारी पाएको छु ।’

दरबारमार्ग क्षेत्रका व्यापारीको साझा संस्था दरबारमार्ग विकास बोर्ड अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले व्यवसायीहरू फरार नभएको दाबी गरे । उनले प्रहरीले भन्नेबित्तिकै भेट्नैपर्छ भन्ने जरुरी नभएको बताए । ‘व्यवसायीहरू केही कामका लागि कतै गएका हुन सक्छन् । फरार भएका छैनन्,’ उनले भने, ‘प्रहरीले भन्नेबित्तिकै भेट्नपर्छ भन्ने छैन । भेट्न अनिवार्य छैन ।’ उनले सबै व्यवसायीहरूको जिम्मा लिन नसक्ने बताए । ठगी गरेको भन्दै अनुगमन टोलीले पुमा, नाइकी, बेन्टले र स्टोर वानमा सिलबन्दी गरेको थियो । भदौ २१ गते दरबारमा पुनस् अनुगमन गर्दा छुटका नाममा व्यापारीले थप ठगी गरिरहेको फेला परेको थियो । त्यस क्रममा अनुगमन टोलीले वाच एन्ड सी, सुलक्स सेन्टर, लेबल्स स्टोर प्रालिको रिबक, लाइन्स स्टाइल इन्टरप्राइजेज प्रालिको बोसिनी, लेबल्स स्टोर प्रालिका पसल सिलबन्दी गरेको थियो ।

केही दिनयता विभागले दरबारक्षेत्रमा पुनस् अनुगमन सुरु गरेको छ । टोलीले बुधबार स्पोर्टस प्लाजा प्रालि, बिना फेसन हाउस, अपसनमा अनुगमन गरेको थियो । त्यसक्रममा पनि व्यवसायीले दर्ताअनुसार साइनबोर्ड नराखेको, दर्ता नवीकरण नगरेको फेला परेको थियो । यस्तै तीनै पसलमा लत्ताकपडाको मूल्य र बिक्री मूल्य धेरै अन्तर भएकाले अनुसन्धानका लागि बिलहरू अनुगमन टोलीले विभागमा लगेको जनाएको छ ।

टोलीले आइतबार दरबारमार्गमा अनुगमन गर्दा श्रीहनु ट्रेडर्सरजोडिकले पनि खरिद मूल्यको २० प्रतिशतभन्दा बढी मूल्य राखेर बिक्री गरेको पाइएको थियो । ती व्यवसायीलाई स्पटीकरणको लागि तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । ‘अनुगमन गरी केही थान अनुसन्धानका लागि विभागमा ल्याएका थियौं । प्रमाण जुटाउन थालेका छौं,’ महानिर्देशक दाहालले भने, ‘सम्पूर्ण कागजात तयार गरेर राजस्व अनुसन्धानमा पठाउँछौ ।’ अर्थ मन्त्रालयले न्यून बिजकीकरण नियन्त्रण नगर्दा बजारमा समस्या भएको उनले बताए ।

फेमेली तेललाई कारबाही भएन

तेलको पेरोक्साइड भ्यालु ११ दशमलव ५३ मिलिइक्विभेलेन्टरकिलोग्राम फेला परे पनि शिवशक्ति ब्रान्डको फेमिली तेल उद्योगलाई कारबाही हुन सकेको छैन । विभागको टोलीले दसैंअघि अनुगमन गरी सिलबन्दी गर्न खोज्दा उद्योगका सञ्चालक र कर्मचारीले अवरोधसमेत गरेका थिए ।

त्यसपश्चात् उत्पादन र कारोबार रोक्का गर्न निर्देशन दिएको थियो । त्यसपश्चात् विभागले कालोबजारी ऐनअनुसार कारबाही गर्न प्रमुख जिल्ला कार्यालय बारालाई भदौ ३० गते पत्राचार गरे पनि हालसम्म कुनै कारबाही हुन सकेको छैन ।

‘हामीले कारबाही गरी विभागलाई जानकारी गराउन पत्रचार गरेका थियौं,’ महानिर्देशक दाहालले भने, ‘तर, हालसम्म कारबाही भएको छैन ।’ कार्यालयबाट कारबाहीमा आलटाल भएपछि विभागको टोलीले पुनस् अनुगमन गरी सिलबन्दी गर्ने तयारी गरेको छ ।

साभाुर राजु चौधरी ईकान्तिपुर

एमालेका ४३ उम्मेद्धार, पूर्व एआइजि नवराज सिलवालदेखी लालबाबु पण्डितसम्म (नामावली)

काठमाडौं ।

माओवादीकेन्द्रसँग सिट बाँडफाँटको टुंगो लागिसक्नै लाग्दा एमालेले आफ्ना अधिकाशं उम्मेद्धारपनि टुंगो लगाएको छ ।

केही क्षेत्रमा बागी उम्मेद्धारदेखी दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा केही विवाद बाहेक एमालेले पछिल्लो समय चर्चामा रहेका पूर्व एआइजि नवराज सिलवाल देखी लालबाबु पण्डित सम्मलाई उम्मेद्धारको सिट बाँडफाँड गरेको छ ।

पार्टीका पदाधिकारीमध्ये उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र उपमहासचिव घनश्याम भुसालको निर्वाचन क्षेत्र तय हुन बाँकी छ ।

एमालेले सिट बाँडफाँड टुंगिएपछि सबैभन्दा पहिले समानुपातिकको बन्द सूचीमा हेरफेर गरेर उम्मेदवारको टुंगो लगाउने भएको छ । बन्द सूचीमा हेरफेर गरेर उम्मेदवारको अन्तिम सुची आजै निर्वाचन आयोगमा बुझाउनुपर्नेछ ।

समानुपातिक उम्मेदवारको टुंगो लगाउने क्रममै सर्वसम्मत भएर आएका क्षेत्रमा प्रत्यक्ष उम्मेदवारको पनि टुंगो लगाइने एमाले सचिव गोकर्ण विष्टले बताए । प्रतिनिधिसभाका धेरैजसो क्षेत्रमा उम्मेदवारको अनौपचारिक टुंगो लागिसकेको उनले बताए ।

ललितपुर १ मा एमालेबाट पूर्वडीआइजी नवराज सिलवाल र २ मा कृष्णलाल महर्जनले टिकट पाउने भएका छन् । चितवन १ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेल उम्मेदवार बन्ने भएका छन् । सिन्धुली १,मकवानपुर दुवै क्षेत्र र काठमाडौंका १ र ९ को बारेमा छलफल चलिरहेको छ ।

एमाले स्रोतका अनुसार दोस्रो चरणमा चुनाव हुने निर्वाचन क्षेत्रमध्ये इलाममा झलनाथ खनाल र सुवास नेम्वाङ उम्मेदवार बन्नेछन् । त्यस्तै झापा ४ मा एलपी साँवा र ५ मा केपी शर्मा ओलीको निर्णय हुनेछ । अन्य क्षेत्रमा छलफल चलिरहेको छ ।

मोरङ २ मा ऋषिकेश पोखरेल, ३ मा भानभक्त ढकाल र ६ मा लालबाबु पण्डित उम्मेदवार बन्नेछन् । अन्य क्षेत्रमा माओवादीसँगको बाँडफाँडका आधारमा उम्मेदवार तय हुने जिल्ला अध्यक्ष बिनोद ढकालले बताए ।

धनकुटामा राजेन्द्र राई उम्मेदवार बन्ने भएका छन् भने उदयपुर १ मा मन्जु चौधरी र २ मा जगन्नाथ खतिवडा उम्मेदवार बन्नेछन् ।

सुनसरीका उम्मेदवारको सन्दर्भमा पार्टीभित्र छलफल शुरु नभएको एक नेताले बताए । प्रदेश नम्बर २ मा पनि उम्मेदवारको बारेमा छलफल शुरु नभएको केन्द्रीय सदस्य रघुवीर महासेठले बताए । कांग्रेस र मधेसवादी दलको तालमेल हेरेर उम्मेदवार तय हुने उनले बताए ।

प्रदेश ३ को सन्दर्भमा एमालेले काभ्रे २ मा गोकुल बास्कोटा र भक्तपुर २ मा महेश बस्नेतको नाम तय गरिसकेको छ । त्यस्तै काठमाडौं २ मा माधव नेपाल, ३ मा कृष्ण राई, ४ मा राजन भट्टराई, ५ मा ईश्वर पोखरेल र ७ मा रामवीर मानन्धरको निर्णय हुनमात्र बाँकी छ ।

प्रदेश ४ अन्तर्गत तनहु १ मा किसानकुमार श्रेष्ठ र २ मा केदार सिग्देल उम्मेदवार बन्ने भएका छन् । त्यस्तै कास्की १ मा खगराज अधिकारी र २ मा रविन्द्र अधिकारी उम् बन्नेछन् ।

स्याङजा २ मा पद्मा अर्यालको सन्दर्भमा सहमति भइसकेको छ । नवलपपुर २ मा पार्टी अध्यक्ष तिलक महत उम्मेदवार बन्नेछन् ।

प्रदेश ५ को नवलपरासी १ मा हृदयेश त्रिपाठी,रुपन्देही २ मा बिष्णु पौडेलको निर्णय भइसकेको छ । पाल्पा १ मा दलवहादुर राना उम्मेदवार बन्नेछन् भने २ मा ठाकुर गैरेको नाम छलफल अघि बढेको छ ।

गुल्मी १ मा प्रदीप ज्ञवाली र २ मा गोकर्ण विष्टको निश्चित भइसकेको छ भने दाङ १ मा मेटमणि चौधरी उम्मेदवार बन्नेछन् । कपिलवस्तु २ मा बृजेशकुमार गुप्ता उम्मेदवार बन्ने भएका छन् ।

त्यस्तै बर्दिया १ मा बामदेव गौतम र बाँके २ मा पशुपतिदयाल मिश्रको निश्चित भइसकेको छ ।

प्रदेश ६ को सुर्खेत १ मा धु्रवकुमार शाही र २ मा यमलाल कँडेल उम्मेदवार बन्ने भएका छन् । प्रदेश ७ को कैलाली १ मा गरिमा शाह, २ मा झपट रावल र ५ मा नारदमुनी राना उम्मेदवार बन्नेछन् ।

त्यस्तै डोटीमा प्रेम आले,अछाम १ मा भीम रावलको पनि निर्णय हुने प्रक्रियामा रहेको छ ।

यि हुन् एमालेले अनौपचारिक टुंगो लगाएका उम्मेदवारहरु

केपी शर्मा ओली,झापा ५

माधवकुमार नेपाल,काठमाडौं २

झलनाथ खनाल, इलाम १

सुवास नेम्वाङ, इलाम २

एलपी साँवा, झापा ४

ऋषिकेश पोखरेल, मोरङ २

भानुभक्त ढकाल, मोरङ ३

लालबाबु पण्डित, मोरङ ६

कृष्णलाल महर्जन, ललितपुर २

सुरेन्द्र पाण्डे, चितवन १

कृष्णभक्त पोखरेल, चितवन २

किसान श्रेष्ठ, तनहुँ १

राजेन्द्र राई, धनकुटा

तेजमान कन्दङ्वा, तेह्रथुम

मन्जु चौधरी, उदयपुर १

जगन्नाथ खतिवडा, उदयपुपर २

गोकुल बास्कोटा, काभ्रे २

महेश बस्नेत, भक्तपुर २

कृष्ण राई, काठमाडौं ३

राजन भट्टराई, काठमाडौं ४

तिलक महत, नवलपुर २

हृदयेश त्रिपाठी, परासी १

बिष्णु पौडेल, रुपन्देही २

बृजेशकुमार गुप्ता, कपिलबस्तु २

दलबहादुर राना, पाल्पा १

प्रदीप ज्ञवाली, गुल्मी १

गोकर्ण विष्ट, गुल्मी २

मेटमणि चौधरी, दाङ १

पशुपतिदयाल मिश्र, बाँके २

बामदेव गौतम, बर्दिया १

ध्रुवकुमार शाही, सुर्खेत १

गरिमा शाह, कैलाली १

झपट रावल, कैलाली २

नारदमुनि राना, कैलाली ५

प्रेम आले, डोटी

भीमबहादुर रावल, अछाम १

ईश्वर पोखरेल, काठमाडौं ५

रामवीर मानन्धर, काठमाडौं ६

नवराज सिलवाल, ललितपुर १

केदार सिग्देल, तनहुँ २

खगराज अधिकारी, कास्की १

रविन्द्र अधिकारी, कास्की २

पद्मा अर्याल, स्याङ्जा २

नेपालगञ्ज भन्सारले भारतीय ट्रकनै अवैध रुपमा छिर्दा समेत देखेन

नेपालगन्ज ।

भन्सारबाट केही सामान लुकाएर छिर्नु त नेपाली सिमा क्षेत्रका भन्सार देखी बिमानस्थलका भन्सारका घटना समेत सामान्य हुन थालिसके । तर नेपालगञ्ज भन्सारले भने करिव एक करोड रुपैयाँ बराबरको सामान सहित ट्रकनै छिर्दा समेत पत्तो नपाएको खवर सार्वजनिक हुन पुगेको छ ।

विभिन्न सुरक्षा घेरालाई चुनौती दिदै नेपालगन्ज भन्सारले सुईकोसम्म नपाई सिंगो ट्रक नै नेपालगन्ज भित्रेपछि संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जबाट खटेको प्रहरीको विषेश टोलीले नियन्त्रणमा लिएपछि घटना सार्वजनिक भएको हो ।

विना भन्सार ट्रक नेपालगन्ज प्रवेश गरेको गाडिमा ७० लाख बढी रुपैयाँको मेसिन र त्यसका पार्टस भित्रिंदै गर्दा प्रहरीले शनिवार राति करीब ११ः३० बजेको समयमा यूपी ३६ टी ७३०७ नं।को भारतीय ट्रकलाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।

प्रहरीले बरामद गरेको सो ट्रकको सामान कसको र कति रकम बराबरको भन्ने विषयमा अझै अनुसन्धान भइरहेकोले बताउन कठिन भएको संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जका प्रहरी प्रमुख एसएसपी महेशविक्रम शाहले जानकारी दिए ।

सीमा क्षेत्रबाट महेन्द्र बहुमुखी क्यम्पससम्म नेपाल प्रहरी, सशस्त्र प्रहरीका विभिन्न चेकजाँचको पोष्टहरु छन् तर, कसरी विना भन्सार सिंगो ट्रक नै यहाँसम्म पुग्यो चिन्ताको विषय बनेको छ ।

नेपालगन्ज भन्सार कार्यालय प्रमुख जनार्दन आचार्यले रातीको समयमा भएकोले आफू घटनाको छानविन गरिरहेको मौखिक जवाफ दिएर पन्छिए ।

बर्दियाको बढैयाताललाई पर्यटकीय क्षेत्र बनाउन ७९ करोड बजेट

बर्दिया ।

बर्दियाको वढैयाताल गाउँपालिकालाई पर्यटकिय क्षेत्रको रुपमा विशेष विकास गर्ने गरी आर्थिक वर्ष ०७४ र ७५ को पारित बजेट सार्वजनिक गरिएको छ ।

नेपालको संविधान ०७२ का विभिन्न धाराहरुमा आधारित रही गाउँसभाबाट पारित गरिएको बजेट गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले सार्वजनिक गरेका हुन् ।

बढैयाताल गाउँपालिकामा अवस्थित पर्यटकिय क्षेत्रहरुको पूर्वाधार विकास एवं पर्यटन प्रर्वद्धनलाई मुख्य योजना बनाई ७९ करोड १९ लाख रुपैया बजेट पारित भएको अध्यक्ष श्रेष्ठले बताए ।

सभाले पारित बजेट अन्र्तगत पुँजीगत तर्फ ७४ करोड ३६ लाख ५६ हजार र चालुतर्फ ४ करोड ८२ लाख ४४ हजार रुपैया विनियोजन गरेको हो ।

गाउँपालिका कार्यालयको भौतिक पूर्वाधार निर्माण, आवस्यक सवारी साधन, हेवी ईक्युपमेन्ट लगायतका आधारभुत पूर्वाधारका लागि समेत बजेट पास गरेको छ ।

गाउँपालिका अन्र्तगतका सडक पूर्वाधार, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, ढल, विद्युत लगायतका आवस्यक पूर्वाधार निर्माणमा महत्व दिई रकम विनियोजन गरेका छौं । बढैयाताल गाँउपालिका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

सभाले गाउँपालिकाको निति तथा कार्यक्रम समेत पारित गर्दै कृषि क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न कृषि उपजका पकेट क्षेत्रहरु वनाउने कार्यक्रम सार्वजनिक गरिएको छ ।

गाउँपालिकाले भिलेज प्रोफाईल वनाउँदै गाउँपालिकामा अवस्थित जिल्लाकै महत्वपूर्ण सीमसार क्षेत्र बढैयाताल लगायतका पर्यटकिय स्थलहरुलाई पर्यापर्यटनसँग जोड्दै पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने निति पारित भएको अध्यक्षको भनाई छ ।

शैक्षिक विकासको सहयोगार्थ बर्दिवास क्याम्पस महायज्ञ

महोत्तरी ।
महोत्तरीको बर्दिवासस्थित बर्दिवास जनता बहुमुखी क्याम्पसको भवन निर्माणार्थ श्रीमद्भागवत महायज्ञ आयोजना गरिने भएको छ । बर्दिवासमा शिक्षाको विकासको निम्ती भौतिक र शैक्षिक विकासमा सहयोगार्थ श्रीमद्भागवत महायज्ञ आयोजना गर्न लागिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गुञ्ज खड्काले जानकारी दिनुभयो । क्याम्पसले महायज्ञ आयोजन गर्ने क्याम्पस व्यवस्थापन समितिको पूर्वनिर्णय अनुमोदन गर्दै महायज्ञ आयोजक मूल समारोह समिति नै चयन गरेर तयारी अघि बढाउने निर्णय भएको क्याम्पसका प्रमुख तोपबहादुर ठकुरीले जानकारी दिनुभयो ।
वाचन प्रवीण पण्डित पोखरेलले भागवत पाठपारायण र कथा वाचन गर्ने महायज्ञ यही कात्तिक २७ गतेदेखि मंसिर ४ गतेसम्म सञ्चालन हुने तय भएको छ ।
विसं २०६४ मा स्थापित बर्दिवास जनता बहुमुखी क्याम्पस बर्दिवासमा शिक्षा शास्त्र र वाणिज्य संकायमा स्नातक तहको पठनपाठन हुँदै आएको छ । क्याम्पसमा अहिले स्नातक तहमा ५०० विद्यार्थी रहेका छन् । क्याम्पस स्थापनायताका १० वर्षमा यस क्याम्पसबाट ४५० जनाले स्नातक तह उत्तीर्ण गरिसकेका क्याम्पस प्रमुख ठकुरीले बताउनुभयो । बर्दिवास जनता बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्ने सम्बन्धनमा समेत प्रक्रिया अघि बढाएको र महायज्ञबाट संकलन भएको सहयोग रकमबाट समेत सहयोग पुग्ने अध्यक्ष गुन्ज खड्काले बताउनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web