पर्बतमा ७४ वटा मतदान स्थल निर्धारण

कार्तिक १२, २०७४ मा प्रकाशित | 840 views

कुश्मा ।

आगामी मंसीर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि पर्बतमा ७४ वटा मतदान स्थलको निर्धारण गरिएको छ । मतदान स्थल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावमा निर्धारण गरिएका मतदान स्थललाई नै आधार वनाएर निर्धारण गरिएको हो ।

मतदान स्थल ७४ रहेपनि मतदान केन्द्र भने १ सय ३९ निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यलय पर्बतले जनाएको छ । निर्बाचन अधिकृत लक्षु शर्माका अनुसार मतदान स्थल ७४ रहेपनि मतदाता सख्या बढेको कारण मतदाता सख्याको आधारमा १ सय ३९ मतदान केन्द्र बनाईएको हो । यो स्थानिय तहको निर्बाचनको भन्दा १० मतदान केन्द्र थप गरिएको उहाले जानकारी दिनुभयो ।

उहाका अनुसार गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन भन्दा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ८ हजार ५७ मतदाता थपिएका छन । अव पर्बत जिल्लामा कुुल मतदाता संख्या १ लाख ७ हजार ३ सय पुगेको छ । जव कि स्थानीय तहको निर्वाचनमा पर्बतमा ९९ हजार २ सय ४३ मतदाता रहेका थिए ।

प्रदेश सभाको निर्वाचनका लागि पर्बत क्षेत्र नम्बर १ मा ५८ हजार ८ सय २१ जना मतदाता रहेका छन । जसमा ३० हजार ४ सय महिला र २८ हजार ४ सय २९ पुरुष रहेका छन् । भने क्षेत्र नम्बर २ मा ४८ हजार ४ सय ७९ मतदाता रहेका छन् ।

जसमध्ये २५ हजार ८६ महिला र २३ हजार ३ सय ९३ पुरुष रहेको जिल्ला निर्बाचन अधिकृत शर्माले जानकारी दिनुभयो । पर्बतमा कुल मतदाता मध्ये महिला मतदाता बढी रहेका छन् । कुल १ लाख ७ हजार ३ सय मतदाता रहेको पर्बतमा ५५ हजार ४ सय ८६ महिला र ५१ ह्जार ८ सय १४ पुरुष मतदाता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web