चितवन ।

कार्तिक १७ देखि १९ गते चितवनमा हुन गइरहेको अन्तराष्ट्रिय पोल्ट्री प्रर्दशनी तयारी करीब पुरा भईसकेको छ । गत शुक्रबारसम्म विदेशी र स्वदेशी स्टल गरी २४० स्टल बुकिङ्ग भईसकेको आयोजक संस्था नेपाल पोल्ट्री महासंघले जानकारी दिएको छ ।

प्रर्दशनीको पहिलो दिन उपराष्ट्रपति नन्द बहादुर पुनद्धारा उद्धघाटन गर्ने र स्टलको भ्रमण एवं निरीक्षण गरिने पोल्ट्री महासंघका उपाध्यक्ष एवं प्रर्दशनी व्यवस्थापक टीकाराम पोख्रेलले जानकारी दिए। पोख्रेलका अनुसार मासु तथा अण्डाको महत्व तथा उपयोगिताका बारेमा दोस्रो र तेस्रो दिन चिकेन एण्ड एग फेष्टिवलको आयोजना समेत गरिएको छ । यसका साथै अन्तराष्ट्रिय पोल्ट्री व्यवसायी एवं प्रर्दशकद्धारा अन्तराष्ट्रिय पोल्ट्रीको विकास एवं चुनौतिको बारेमा सेमिनार एवं गोष्ठी समेत संचालन हुनेछ।

स्टेरिङ्ग कमिटीका सदस्य एवं प्रकाशन समितिका संयोजक पोल्ट्री बिज्ञ डा. तिलचन्द्र भट्टराईले चितवनमा भएको यस प्रर्दशनी तेस्रो अन्तराष्ट्रिय प्रर्दशनी भएको हुँदा व्यवसायीक र अन्य भिजीटर गरी करीब २५ हजारले प्रर्दशनी अवलोकन गर्ने अपेक्षा गरिएको उनले बताए । बर्षेनी अन्तराष्ट्रिय स्तरमा पोल्ट्री उद्योगमा प्रयोग गरिएका नवीनतम प्रविधिहरुको जानकारी एवं प्रयोगगरी अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउने र कम लागतमा उत्पादन बृद्धि गरी उपभोक्तालाई गुणस्तरीय अण्डा र मासु उपलब्ध गराउने उद्धेश्यले प्रर्दशन आयोजना गर्न लागिएको उनको भनाई छ । प्रर्दशनी काम तयारी पुरा भई स्टल सेटिङ्ग एवं मुलद्धार निर्माणको काम भईरहेको र देश तथा बिदेशबाट प्रर्दशकहरु आउने क्रम जारी रहेको नेपाल पोल्ट्री व्यवसायी मञ्चका कार्यकारी अधिकृत एवं प्रर्दशनीका सचिवालय सयोजनकर्ता शिवराज बरालले जानकारी दिए ।

नेपाल पोल्ट्री महासङ्घको आयोजना एवम् नेपाल सरकार पशुपंक्षी विकास मन्त्रालय र नेपाल पोल्ट्री व्यवसायी मञ्च र चितवन उद्योग संघको सहआयोजनामा हुन गइरहेको बृहद प्रदर्शनी तीन दिनसम्म चल्नेछ। प्रदर्शनीमा रहने स्टल पोल्ट्री व्यवसायी एवम् कुखुरापालन गर्ने कृषकलाई लक्षित रहने बताइएको छ । प्रदर्शनीमा पोल्ट्री व्यवसायका लागि चाहिने ब्रिडिङ प्रविधि, वातावरण सन्तुलन प्रविधि, ह्याचरी एवम् दाना उत्पादन गर्ने मेशिन, आधुनिक फिडर, औषधिको स्टल रहनेछ । नेपालको पोल्ट्री उद्योगमा झण्डै ७० अर्ब लगानी भएको छ भने डेढलाख भन्दा बढीले रोजगारी पाएका छन ।

19.12¡ÆC