काठमाडौं,साउन ३१ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुको विरोधका बाबजुद संस्थापन पक्षले पेलेरै नेविसंघको निर्वाचन गराउने तयारी गरेको छ। टिका लगाएर नेतृत्व चयन गर्ने प्रथा अन्त्य गर्न जसरी पनि निर्वाचन गराउन सभापति शेरबहादुर देउवाले निर्देशक समितिलार्य निर्देशन दिएको स्रातको दाबी छ। सोही अनुसार केन्द्रीय निर्वाचन समितिले निर्वाचनको कार्यतालिका समेत प्रकाशित गरेको छ। राजधानी दैनिकमा समाचार छ।

तर, पौडेल पक्षधर विद्यार्थीहरुले भने महाधिवेशन प्रतिनिधि चयन गर्दा आफूखुसी तीन सयभन्दा बढी फर्जी प्रतिनिधि थपिएको भन्दै फर्जी प्रतिनिधि खारेज नभएसम्म चुनावमा भाग नलिने बताएका छन्। यता, निर्देशक समितिका संयोजक डा। प्रकाशशरण महतले आइतबार पत्रकार सम्मेलन गरी मंगलबार जसरी पनि निर्वाचन हुने जानकारी दिएका छन्।

महतले विवादित जिल्लाको सहमतिमै प्रतिनिधि छनोट गरिएको बताउँदै भने,‘टिका लगाएर नेविसंघ नेतृत्व चयन गर्ने परम्परा तोड्ने चाहना सभापति देउवाको छ। अहिले महाधिवेशन स्थगन हुने कुरा कसैले पनि सोच्नुहुँदैन। सवैले महाधिवेशन सफल पार्न सहयोग गर्नुपर्छ।’

पार्टी सभापति देउवाले फर्जी प्रतिनिधि चयन गरेर नेविसंघको नेतृत्व कब्जा गर्न खोजेको आरोप पौडेल पक्षले लगाएको छ। पौडेल पक्षधर नेताहरुले पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीमा भेला गराएका थिए। सो भेलामा पौडेल पक्षबाट उम्मेदवारी दिने भनिएका विद्यार्थी नेताहरु सहभागी थिए।

काठमाडौं,साउन ३१ । सर्वोच्च अदालतले पत्रकार कनकमणि दीक्षितको सम्पत्ति छानबिन कार्य रोक्न भूमिसुधार मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ललितपुर पाटनढोकास्थित रहेको १८ रोपनी जग्गाको छानबिन कार्य रोक्न अन्तरिम आदेश दिएको हो । “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पत्र लेखिएको स्पष्ट नदेखिएको र आयोगबाट अनुसन्धान टुङ्गी नसकेको अवस्था हुँदा सुविधा र सन्तुलनको दृष्टिबाट निवेदकलाई पुग्नसक्ने सम्भावित क्षतिलाई दृष्टिगत गरी अनुुसन्धानको टुङ्गो नलागेसम्म बयान गराउने, धरपकड गर्ने, थुनामा राख्ने कार्य नगर्नु नगराउनु”, आदेशमा भनिएको छ ।

पत्रकार दीक्षित यही साउन १८ गते आयोगले छानबिन गर्दागर्दै आफ्नो सम्पत्ति छानबिन गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त जग्गामा विवाद भएपछि त्यसको छानबिन अख्तियारले गरिरहेको छ । अन्नपूर्णमा समाचार छ ।

काठमाडौं,साउन ३० । खेलको दोश्रो मिनटमानै दिनेश राजबंशीको एक मात्र गोलले पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पाखा लगाउंदै आईतबार चौथो नेपाल कप फुटबलको फाईनल प्रवेश गरेको छ । उपाधीको लागि पुलिसले त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । स्पोर्टस् फर अल नेपालको आयोजनामा आईतबार भएको निकैनै तनावपूर्ण खेलमा दुवै तर्फबाट गोलको लागि थुप्रै प्रयास खेर गएको थियो ।

खेलको सुरुवातमै एक गोलले पछि परेको अवस्थाबाट फर्किन प्रयासमा रहेको एपिएफका आदित्य चौधरीले खेलको १३ औं मिनटमा हानेको फ्रि किक गोल पोसको बारमा लागेर बाहिरिएको थियो । यस्तै १६ औं मिनटमा प्रहरीका रवी पासवानले हानेको बललाई गोल रक्षक अमृत चौधरीले बचाउ गरेका थिए । चितवनको क्याम्पाचौरमा भएको प्रतिस्पर्धामा दोश्रो हाफको १२ औं मिनट एपिएफका रञ्जन बिष्टले गरेको हेड गोल पोस नजिकबाट बाहिरिएको थियो ।

खेललाई बरावरीमा ल्याउन प्रयासरत रहेको एपिएफका लागि खेलको दोश्रो हाफको १८ औं मिनटमा अञ्जन बिष्टले पोस नजिकबाट गरेको प्रहार बाहिरिएको थियो । खेलको दोश्रो हाफको ४३ औं मिनटमा अञ्जन बिष्टले दुई पहेलो कार्ड पाए पछि रेफ्रि सुरज मानन्धरले रातो कार्ड दिएका थिए । त्यस पछि खेलको पुरै समय कतैबाट पनि गोल हुन नसके पछि राजबंशीको गोलनै निर्णायक भयो ।

काठमाडौं,साउन ३० । प्रधानमन्त्री र मन्त्री हुँदा पनि दौरासुरुवाल टोपी नलगाउने माओवादी परम्परालाई नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका राम कार्कीले तोडेका छन् । आइतबार सूचना तथा सञ्चार मन्त्री नियुक्त भएका कार्कीसहित माओवादी केन्द्रका ५ मन्त्रीले राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट दौरा सुरूवाल र ढाका टोपीमा सपथ ग्रहण गरेका छन्।

अन्य माओवादी मन्त्रीले सर्ट पाइन्ट र कोट लगाएर सपथ ग्रहणमा उपस्थित भएका थिए भने कार्की दौरा सुरूवालमाथि ढाकाकै स्टकोट र ढाकाकै टोपीमा सपथ लिएका छन्। उनी दुई-दुईजनाको बीचमा बसेर सपथ लिँदा अरुभन्दा भिन्नै देखिएका थिए ।

पहिलोपटक ०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुँदासमेत हिसाब गर्दा योसहित माओवादी पार्टी छैटौंपटक सरकारमा पुगेको छ । यसबीचमा माओवादीका दुई नेताले तीनपटक प्रधानमन्त्री बन्नेसम्मको अवसर पाएका छन् । माओवादी केन्द्रबाट अहिलेसम्म प्रधानमन्त्रीसहित मन्त्रीपरिषदमा ८ जना मन्त्रीहरू छन्। ती मध्ये कसैले पनि दौरा सुरूवाल लगाएर सपथ ग्रहण गरेका छैनन्।

३० साउन, काठमाडौं ।
प्रधानमन्त्री भएको दुई हप्तामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार तेस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन् ।

तेस्रो पटक आफ्नो पार्टी नेकपा माओवादी केन्द्रबाट पाँच मन्त्री थपेपनि उनले न महिला मन्त्री समेट्न सकेका छन् न त सत्ता साझेदार काँग्रेसका मन्त्रीहरुनै थप्न सकेका ।

मन्त्रीको टुंगो लगाएपछि राष्ट्रपति कार्यालय शितल निवासमा दिउँसो तीन बजे नयाँ मन्त्रीहरुले शपथ खाँदैछन् ।

यसरी मन्त्री बन्ने भाग्यमानीहरुमा जनार्दन शर्मा 'प्रभाकर', हितराज पाण्डे, राम कार्की, डिआर पौडेल र अजयशंकर नायक रहेका छन् ।

थपिएका नयाँ मन्त्रीहमध्ये प्रभाकरले उर्जा, कार्कीले सञ्चार, पाण्डेले स्थानीय विकास, पौडेलले शिक्षा र नायकले कानुन मन्त्रालय पाएका छन् ।

माओवादीले यसअघि नै कृष्णबहादुर महरालाई उपप्रधान तथा अर्थ, दलजीत श्रीपाइली युवा तथा खेलकुद र गौरीशंकर चौधरीलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइसकेको छ ।

तर सत्ता साझेदार रहेको नेपाली कांग्रेसले भने पार्टी भित्रका नेताहरुलाई भागवण्डा गरेर नेताहरुको सिफारीस अनुसार नयाँ मन्त्री बनाउन सकेको छैन् ।

काँग्रेसमा सभापती शेरबहादुर देउवा, रामचन्द्र पौडेल सहित कृष्ण सिटौला लगायतका नेताहरुलाई भागवण्डा गरेर मन्त्री पठाउनु पर्दा सकस परेको हो ।

नेपाली काँग्रेस भातृ संस्था नेविसंघको महाधिवेशन विवादमा रुमल्लीरहेको छ भने सरकारमा पठाएका मन्त्री र बन्न चाहनेहरुको हानाथापले गर्दा समेत अझै अन्योलमा छ ।

३० साउन, काठाडौं ।
वर्तमान सरकारले नक्कली डाक्टरहरुलाई पुन काम थाल्न छुट दिएको भन्दै सार्वजनिक रुपमा चर्को बिरोध हुन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यस्ता आरोपितलाई काम गर्न नदिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले नक्कली प्रमाणपत्रको आरोपमा छानबिनको दायरामा रहेका चिकित्सकहरुलाई काममा फर्कन रोक लगाउन निर्देशन दिएका हुन् ।

आज बिहान स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्र उप्रेतीलाई प्रधानमन्त्री प्रचण्डले आफैं फोन गरेर छानविनको दायरामा रहेका चिकित्सकहरुलाई मेडिकल काउन्सिलबाट निलम्बन गरी बिरामी जाँच्नबाट रोक लगाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले यस बारेमा पुष्टि गर्दै नक्कली शैक्षिक प्रमाणपत्रको अभियोग लागेका चिकित्सकलाई बिरामी जाँच्न रोक लगाउन निर्देशन दिएको बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले टेलिफोनमा स्वास्थय मन्त्तालयका सचिव उप्रेतिलाई भने ‘नक्कली भनिएका डाक्टरहरुले हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच्न थालेको जानकारी आएको छ ।‘तपाईले तत्काल ती डाक्टरहरुलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्नुहोस् ।’

स्मरणीय छ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘अप्रेसन क्वाक’ अन्तर्गत गत असारमा पक्राउ गरेका ३७ चिकित्सकलाई मेडिकल काउन्सिलले निलम्बन नगर्दा उनीहरू अदालतबाट तारेखमा छुटेर फेरी बिरामी जाँच्न थालेका छन् ।

नेपाल मेडिकल काउन्सिलले नक्कली भनेर प्रहरीले दावी गरिरहँदा समेत हालसम्म उनीहरूको लाइसेन्स निलम्बन गरेको छैन ।

नक्कली डाक्टरलाई मेडिकल काउन्सिलको पूर्ण बैठकले मात्र निलम्वन गर्न सक्ने व्यवस्था छ । तर अघिल्लो सरकारका विवादीत स्वास्थ्यमन्त्री रामजनम चौधरीले काउन्सिललाई पूर्ण बैठक नबस्न निर्देशन दिंदै नक्कली डाक्टरलाई उन्मुक्ति दिएको बताइएको छ ।

काठमाण्डौ ।
यस बर्षको प्रतिक्षित चलचित्रको रुपमा सर्बत्र चर्चामा रहेको ‘द विनर’को ट्रेलर पछिल्लो समय चर्चामा छ । टिजर र ट्रेलरकै कारण फिल्म प्रतिक्षित बनेको हो । हलिउड शैलीमा निर्माण गरिएको हुनाले दर्शक तथा चलचित्रकर्मी स्वयम् पनि चलचित्रको पर्खाईमा छन् ।

अष्ट्रेलिया,दुबई र नेपालमा चलचित्रको छाँयाकन गरिएको हुनाले पनि फिल्मको लागत अन्य फिल्मको तुलनामा बढी हुनु स्वभाविक नै हो । निर्माण पक्षले ठुलो रकमको जोखिम मोल्दै यस किसिमको चलचित्र निर्माण गर्दै गर्दा बलिउड शैलीको ट्याग दिएका छन् ।

नेपाली चलचित्र उद्योगका लागि तीन देशमा छाँयाकन गरिएको चलचित्रको हिसाबले पहिलो चलचित्र बनेको छ । निर्माण पक्षले छाँयाकनका केहि तस्बिर सार्बजनिक गरेका छन् ।

उक्त चलचित्रमा डेब्यु नायक महेशमान श्रेष्ठ,पुर्ब मिस नेपाल मलिना जोशी,रोयल मास्के,मन्चिन शाक्य,गणेश गोदार,राजकुमार पन्त, रेशु तामाङ,अमित गिरी लगायतका कलाकार मुख्य भुमिकामा छन् ।

एक्सन र थ्रिलर जनरामा निर्मित चलचित्रलाई हिक्मत बिष्टले निर्देशन गरेका हुन् । भने,चलचित्रलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा सुबोध ठकुरी,बिकास खरेल,रितेश राणा,सृजना शाहले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको रिलिज मिति भने तय भईसकेको छैन । यद्दपी चलचित्रको रेड कार्पेट प्रिमियर अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ ।

फोटो कथामा ‘द विनर’

अठार वर्ष पछि दोधारा चाँदनी क्षेत्रमा दोस्रो पटक रामलिला मञ्चन गर्ने तयारी भएको छ् । समितिको भेलाले दोधारा चाँदनीमा परम्परागत पर्वकै रुपमा मनाउदै आएको रामलिला यस बर्ष पनि निरनतरता दिने निर्णय गरेका छन् । दोधारा चाँदनीमा २०३२ सालमा रात्रीकालिन रामलिलाको सुरुवात भएको थियो । निरन्तररुपमा संचालन हुदै आएको रामलिला २०५४ साल सम्म निरन्तरता पायो । २०५४ साल पछि असुरक्षाको कारण देखाउदै निरन्तर रुपमा दोधारा चाँदनीमा संचालन हुदै आएको रात्रीकालिन रामलिला निरन्तरता पाउन सकेन । अठार वर्ष पछि दोधारा चाँदनी क्षेत्रमा दोस्रो पटक रात्री रामलिला मञ्चनको जोरदार तयारी चलेको छ् । यस पटक नयाँ कलाकारको रुपमा नयाँ अनुहार हेर्न पाईने छ् । अठार वर्ष पछि दोधारा चाँदनीमा धार्मिक उत्सव सुरु भएको आभास गर्न सकिन्छ् । समाजिक सदभाव तथा भगवान रामको चरित्रमा मञ्चन गर्न लागीएको रामलिला मञ्चनले सबैलाई भलो गर्ने बिश्वास गरिएको छ् । रात्री रामलिला मञ्चनको उद्धेश्य समाजिक सदभाव कायम गरि आदर्श समाज निमार्ण गर्नु हो । सबै पुराना कलाकार, गत वर्षको चन्दा दाता, शुभेच्छुक तथा सहयोगीलाई एकै साथ लिएर कार्य संचालन गर्दै आएको श्री आर्दश रामलिला समिति दोधारा चाँदनीले दाबी गर्दै आएको छ् । यसै सन्दर्भमा श्री आर्दश रामलिला समिति दोधारा चाँदनीका सचिव रतन बहादुर ओली संग पत्रकार पप्पु गुरुङ्गले गरेको संक्षिप्त कुराकानी :–
कसरी संचालन गर्दै हुनुहुन्छ, यस वर्षको रामलिला ?
श्री आर्दश रामलिला मञ्चन बिगतका भन्दा थप परिस्कृत रुपमा संचालन गर्न नवोदित कलाकारहरु छनोट कार्य भईरहेको छ् । दर्शकको माँग अनुसार बिगतका दिनहरु भन्दा फरक ढङ्गले यस वर्ष भगवान श्री राम चन्द्रको जिवनीमा आधारित नाटक मञ्चन गर्ने सम्पुर्ण तयारी भईरहेको छ् ।
नाटक मञ्चनमा लाग्ने आर्थिक कसरी संचालन गर्नु भएको छ ?
गत वर्षको कार्यक्रमबाट संचय भएको रकम थप श्रद्धालु दाताहरुको आर्थिक सहयोगबाट कार्यक्रम संचालन गर्ने योजना बनाएका छौं ।
दोधारा चाँदनीमा संचालन गर्ने रामलिला मञ्चनको प्रमुख बिशेषता के छ ?
यहाँ मञ्चन गरिने रामलिला कार्यक्रमको आफ्नै मौलिकता र बिशेषता रहदै आएको छ् । ब्यासायिक कलाकार नभई यस क्षेत्रको स्थानिय कलाकारबाट मञ्चन गरिने रामलिला गरिने नाटक हिन्दी तथा अबधी भाषामा रहेपनि यस क्षेत्रको दर्शकहरुले यसलाई पर्वको रुपमा मान्दै आएका छन् । घट्स्थापना देखि संचालनमा हुदै आएको रामलिलाले दोधारा चाँदनीमा पर्वको रुपमा स्थान लिदै आएको छ् ।
के छ दोधारा चाँदनीमा रामलिला मञ्चनको ईतिहास ?
ईतिहासको कुरा गर्दा २०३२ साल देखि स्व. ईन्द्र बहादुर ओलीको अध्यक्षता तथा पहलमा स्थानिय स्तरका बुद्धिजिवी समाजसेवी क्रमश: बिजय नेपाली, प्रेम थापा, गोपाल गुरुङ्ग लगाएत ब्यक्तीहरुले दोधारा चाँदनीको रामलिला मञ्चनको सुरवात गरेका हुन् । पछि थप ब्यक्तीहरुले लामो समय सम्म सघाएर थुप्रै समय सम्म रात्री कालिन रामलिलाले निरन्तरता पायो ।

काठमाडौं,साउन २९ । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको ११ औँ महाधिवेशनको निर्वाचन प्रक्रियाको बाटो खुल्ला भएको छ । नेविसंघको महाधिवेसनको नेतृत्व चयनका लागि मतदान गर्न पाउनेहरुको सूची प्रकाशितभएसँगै निर्वाचन अघि बढनउने बादो खुल्ला भएको हो ।

नेविसंघ केन्द्रीय निर्वाचन समितिका संयोजक भरत प्रसाद खरेलले ३ हजार ७ सय ६० जना महाधिवेशन प्रतिनिधिको नाम शनिबार राति प्रकाशित गरेका हुन्। नेविसंघमा महाधिवेशन प्रतिनिधि छनोटका विषयमा तीब्र विवाद थियो। कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला पक्षबीच भागबण्डा मिलेपछि नेविसंघको नेतृत्व मतदानबाट निर्वाचित हुने निश्चित भएको थियो।

नामावलीको लागि यहाँ क्लिक गर्नुहोस् ।

चितवन,साउन २९ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब चितवनमा जारी चौथो नेपाल कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । आर्मीले काठमाडौको एनआरटी क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दैै फाईनलमा स्थान पक्का गरेको हो । स्पोर्टस् फर अल क्लब नेपालको आयोजनामा भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एनआरटीका विरेन्द्र थापाले २४ औं मिनटमा आर्मीका गोल रक्षक विकेश कुथु अगाडी बढेको फाइदा लिंदै बललाई जाली चुमाउंदै टिमलाई अग्रता दिलाए ।

तर अग्रतालाई एनआरटीले धेरै बेर टिकाउन सकेन । आर्मीका हिरण्य मगरले फ्रिकिकलाई सिदै गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याए । खेललाई आफ्नो नियन्त्रणमा राखेको आर्मीका टेक बहादुर बुढाथोकीले ४८ औं मिनटमा डिबक्स भित्र पाएको बललाई सदुपयोग गर्दै बललाई जाली चुमाउंदै टोलीलाई २–१ को अग्रता दिलाए ।

अधिकांश समय बललाई आफ्नो नियन्त्रणमा राखेको सेनाले दोश्रो हाफको २० औं मिनटमा डि बक्स भित्र पाएको बललाई भरत खवासले गोलमा परिण गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए । त्यस्तै २२ औं मिनटमा सन्तोष तामाङ्गले गोल गर्दै आर्मीको जित निश्चित गरे ।

सागका नायक नवयुग श्रेष्ठले दोश्रो हाफको ३८ औं मिनटमा गरेको गोललाई रेफ्रि नविन्द्र महर्जनले अफसाईड दिए । चितवनको क्याम्पाचौरमा भएको प्रतियोगिताको दोश्रो सेमिफाइनल खेल आईतबार सशस्त्र प्रहरी बलको एपिएफ र पुलिस क्लबका विच हुनेछ ।

काठमाडौं,साउन २९ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ । शनिबार आम्स्टलभिनमा भएको खेलमा घरेलु टोली नेदरल्याण्ड्सलाई नेपालले दिएको ९५ रनको सामान्य विजय लक्ष्य १६ दशमलव ५ ओभरमा ३ विकेट भेट्टायो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर १ बलमा १० विकेट गुमाएर ९४ रन मात्र बनाएको थियो । नेदरल्याण्ड्सका जिताउन लस्टेफेन माईब्रगले ३३ र वेस्ले वारेसीले ३७ रन बनाए । नेपालका करण केसी, बसन्त रेग्मी र सागर पुनले एकरएक विकेट लिए ।

नेपालका लागि सबैभन्दाबढी अनिल मण्डल ३९ बलमा २० रन बनाएर आउट भए । शरदले १४ रन बनाए । मल्ल ११ रन बनाएर बोल्ड आउट भए । कप्तान पारस खड्का बिना रन आउट भए । सागर पुन ७ रन र राजु रिजाल ३ रन बनाएर आउट भए । विनोद भण्डारी १९ बलमा ९ रन बनाएर आउट भए । सोमपाल १२, करण ० रन र सन्दिप १ रन बनाउदै आउट भए । बसन्त भने ७ रनमा नटआउट रहे ।

नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् । अहिलेसम्म खेलेका ६ खेलमा चार खेल जितेको नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा छ । ६ खेलमा चार खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ ।

यसअघि भएका पहिला चार खेलमा नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भयो । काठमाडौंमा भएको नामिबियासँगको खेलमा भने नेपाल विजयी भएको थियो । नेपालले नेदरल्याण्ड्ससँग दोस्रो खेल सोमबार खेल्नेछ ।

काठमाडौं,साउन २९ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले ९४ रनमै अल आउट भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३८.१ ओभरमा नै सबै विकेट गुमायो । नेपालका लागि सबैभन्दाबढी अनिल मण्डल ३९ बलमा २० रन बनाए । शरदले १४ रन बनाए । मल्ल ११ रन बनाएर बोल्ड आउट भए । कप्तान पारस खड्का बिना रन आउट भए । सागर पुन ७ रन र राजु रिजाल ३ रन बनाएर आउट भए । विनोद भण्डारी १९ बलमा ९ रन बनाएर आउट भए । सोमपाल १२, करण ० रन र सन्दिप १ रन बनाउदै आउट भए । बसन्त भने ७ रनमा नटआउट रहे ।

नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् । अहिलेसम्म खेलेका ६ खेलमा चार खेल जितेको नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा छ । ६ खेलमा चार खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ ।
यसअघि भएका पहिला चार खेलमा नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भयो । काठमाडौंमा भएको नामिबियासँगको खेलमा भने नेपाल विजयी भएको थियो । नेपालले नेदरल्याण्ड्ससँग दोस्रो खेल सोमबार खेल्नेछ ।