व्यापारी संघाईको अवैध सम्पत्ति खोज्दै प्रहरी

काठमाडौं,साउन ३२ । नेपाल प्रहरीले सम्पत्ति शुद्धीकरण आशंकामा व्यापारी पवन संघाईमाथि छानविन थालेको छ । औषधि बनाउन प्रयोग गरिने प्रिकर्सर ‘स्युडोइफ्रिडिन’ तस्करी अभियोग लागेपछि फरार रहेका संघाईमाथि गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गर्न खोजेको अभियोगमा छानविन थालेको आजको राजधानी दैनिकले जनाएको छ । प्रहरीका अनुसार उनीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको र दोषी पाइए थप कारबाही प्रक्रियाका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाउने तयारी भइरहेको छ ।

व्यापारिक घराना संघाई ग्रुपका अध्यक्षसमेत रहेका पवन संघाईलाई पक्राउ गर्न नसकेपछि प्रहरीले उनले लगानी गरेको कम्पनी र त्यसबाट आयआर्जन गरेको सम्पत्तिको वैधतामाथि प्रश्न उठाउँदै अनुसन्धान सुरु गरेको हो । प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको संघाईको प्लास्टिक कारखानामा गत १२ साउनमा तस्करीका लागि लुकाएर राखेको ४ सय ७० किलो प्रिकर्सर स्युडोइफ्रिडिन फेला परेको थियो । प्लास्टिक कारखानामा औषधि बनाउने कच्च पदार्थ फेला परेसँगै उनी फरार छन् ।

पेट्रोल भण्डारण विस्तारको ठेक्का भारतीय कम्पनीलाई

काठमाडौं,साउन ३२ । नेपाल आयल निगमले थानकोट डिपोमा पेट्रोलको भण्डार क्षता विस्तार गर्ने जिम्मेवारी भारतीय कम्पनी ट्यांकटेक एसिया कम्पनी चेन्नईलाई दिएको छ । ट्यांकटेकले २ सय किलोलिटर क्षताको ट्यांकी निर्माणको ठेक्का पाएको छ । भण्डारण क्षता विस्तारसँगै थानकोटमा ६ हजार किलोलिटरसम्म पेट्रोल मौजाद राख्न सकिने आजको कारोबार दैनिकमा समाचार छ ।

हाल पेट्रोल भण्डारण क्षमता १ हजार ८ सय किलोलिटर मात्र छ । निगमा इन्जिनियरिङ विभाग प्रमुख वीरेन्द्र गोइतले टेन्डर आहृवान गर्दा ट्यांकटेक एसिया कम्पनी चेन्ईको मात्र आवेदन परेकाले सोही कम्पनीलाई छनोट गरिएको जानकारी दिए । मुलुकमा पेट्रलियम भण्डारण क्षमता कम हुँदा प्रायः अभावको अवस्था सिर्जना हुनेगरेको छ ।

नेदरल्याण्ड्समाथि नेपालको महत्वपूर्ण जित

एजेन्सी,साउन ३१ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको दास्रो खेलमा नेपाल १९ रनले विजयी भएको छ । २ सय १८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसलाई १ सय ९८ रनमा समेट्दै नेपालले महत्वपुर्ण जित हात पारेको हो ।नेपालका लागि कप्तान पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले दुई दुई र सन्दीप लामिछाने र सागर पुनले एक एक विकेट लिए । नेदरल्याण्डसका मिर्युले ५६ तथा म्याक्स ओडुड ३५ रन बनाएपनि टीमलाई जिताउन भने सकेनन् ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो । कप्तान पारस खड्काले ८४, सागर पुनले ४५ र ज्ञानेन्द्र मल्लले ३९ रन बनाए । नेपालका विनोद भण्डारी १७, शरद भेषावकर ६, अनिल मण्डल र बसन्त रेग्मी ४ ÷४ तथा सोमपाल कामीले २ रन बनाए ।

नेदरल्याण्ड्सका मिचेल रिप्पोनले ४, असन मल्लिकले २ साथै भिभियन किंग्मा, पौल भ्यान मिकिरेन र भ्यानडर मर्विले १ र १ विकेट लिए । लिगमा नेदरल्यान्डसले भोगेको यो पहिलो पराजय हो। आठ वटा खेलमा उसले पाँच वटामा विजय हात पारेको थियो भने दुई वटामा नो रिजल्ट भएको थियो। प्रतियोगितामा अपराजित एकमात्र टिम नेदरल्यान्डस नै थियो।  ५० ओभरको खेलमा नेपालले नेदरल्यान्डसलाई पराजित गरेको यो दोस्रो अवसर हो। गत वर्ष नामिबियामा नेपालले उसलाई २ विकेटले पराजित गरेको थियो।

नेदरल्यान्डससित दुई म्याचको सिरिजमा एउटा पराजय र एउटा जितका साथ नेपालले आशा कायम राखेको हो। विजयका साथ नेपालको अङ्क तालिकामा ६ अङ्क पुगेको छ। अगाडि बढ्नका लागि अङ्क तालिकामा शीर्ष चारमा पुग्न नेपाललाई जरुरी हुन्छ। नेपाल अहिले छैटौँ स्थानमा छ। नेदरल्यान्ड भने ८ खेलमा १२ अङ्कका साथ अझै शीर्ष स्थानमा नै छ।  नेपालले अब केन्या, हङकङ र युएईसित खेल्न बाँकी छ।

काभ्रेमा बस दुर्घटनामा परी ३१ बढीको निधन

काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको यात्रुबहाक बस कात्तिके देउराली भन्ने स्थानमा दुर्घटना हूँदा ३१ जना भन्दा बढीको मृत्यु भएको छ ।

दोलाघाटबाट मादनकुडाँरी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस कात्तिके देउरालीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीय दुर्गाबहादुर श्रेष्ठले घटनास्थलबाट ३१ शव निकालेको जानकारी दिनुभयो । दुर्घटनामा परी ३० भन्दा बढी घाइते भएको जनाइएको छ । अहिले स्थानीय र प्रहरीले उद्धारकार्य जारी राखेका छन् ।

यसैबीच सुदूरपश्चिम यातायातको ना ५ ख २८३२ बस बैतडीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ जादै गरेको बस बैतडीको सिद्धेश्वर गाविस ३ बृन्दाबन नजिक दुर्घटना भएको हो । उद्धार कार्य जारी छ ।

सुदूरपश्चिम यातायातको ना ५ ख २८३२ बस सोमबार दिउँसो ३ बजेतिर बस सडकबाट करीब २ सय मिटर खसेको हो । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

उद्धारका लागि खोड्पेबाट बजार ब्यवस्थापन समिति, रेडक्रस र प्रहरी टोली गएको छ । ठूलो आवाज आएर दुर्घटना भएकाले टायर पड्किएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

नेपाल भर्सेस नेदरल्याण्ड्स: शनिबारको हार विर्साउने नेपालको प्रयास

काठमाडौं,साउन ३१ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल आज नेदरल्याण्ड्ससँगको दोस्रो खेल खेल्दैछ । नेपालका लागि महत्वपूर्ण रहेको चौथो चरणको खेल अन्तर्गत सोमबार नेपाल घरेलु टोलीविरुद्ध मैदानमा उत्रन लागेको हो । दिउँसो पौने ३ बजे नेदरल्याण्ड्को एमस्टलभिनमा हुने खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । शनिबार भएको पहिलो खेल ७ विकेटले गुमाएको नेपालले सोमबार घरेलु टोलीविरुद्ध शनिबारको हार बिर्साउने प्रयासमा मैदान उत्रनेछन् ।

पहिलो खेलमा खराब ब्याटिङको शिकार बनेको नेपाल सोमबार घरेलु टोलीविरुद्ध ब्याटिङ् कमजोरी सुधार गर्दै जित निकाल्ने योजनामा हुनेछन् । अंक तालिकाको छैठौं स्थानमा रहेको नेपाललाई सन् २०१८ को एक दिवसीय विश्वकपको छनौट खेल्ने आशा जिवितै राख्न यो खेल महत्वपुर्ण छ । शीर्ष चारमा पर्ने टोलीले विश्वकपको छनौट खेल्न पाउने छन् ।

शनिबार भएको पहिलो खेलको हारले नेपालको त्यो सम्भावना कठिन बनेको छ  ।  नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा पनि नेपाललाई जित निकाल्न भने कठिन देखिएको छ । नेदरल्यान्ड्स आफ्नो घरेलु मैदानमा खेल्दैछ । र, नेदरल्यान्ड्सलाई आफू अनुकुल पिच र मौसमको साथ छ । त्यसमाथि शीर्ष स्थानको नेदरल्यान्ड्स लिगमा अपराजित रहेको छ र ७ खेलबाट १२ अंक जोडेको छ ।  यता, ७ खेल खेलेको नेपाल ४ अंकसहित छैटौं स्थानमा रहेको छ ।

च्याम्पियनसिपमा नेपालभन्दा अघि रहेको हङकङले ९, पपुवा न्युगिनी ८, स्कटल्याण्ड ७ र केन्याले ६ अंक जोडेको छ । त्यसैले नेपालले दोस्रो खेल पनि गुमाए विश्वकप छनोट र एकदिवसीय क्रिकेटको मान्यता पाउन बाँकी सबै खेल जित्नुपर्ने हुन्छ ।

प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् । अहिलेसम्म खेलका ७ खेलमा पाँच खेल जितेको नेदरल्याण्ड्स १२ अंकसहित शीर्ष स्थानमा छ । ७ खेलमा पाँच खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ ।

नेपाल भन्दा अघि समान ९-९ अंक जोडेका हङकङ र स्कटल्याण्ड तथा ८ अंक जोडेको पपुवा न्युगिनी र ६ अंक जोडेको केन्या छन् । नेपाल यसअघि स्कटल्याण्ड र पपुवा न्युगिनीसँग भएका खेलमा पराजित भएको थियो । तर काठमाडौंमा भएको नामिबियासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।

रियो ओलम्पिक:कुन देशले जिते कति पदक ? अमेरिका शीर्ष स्थानमा,बेलायत पछ्याउँदै

एजेन्सी,साउन ३१  ब्राजिलमा जारी रियो ओलम्पिकमा अमेरिका पदक तालिकाको शीर्ष स्थानमा कायम छ । हालसम्म विभिन्न ४६ देश र एक स्वतन्त्र खेलाडीले विभिन्न खेलमा स्वर्ण पदक जितिसकेका छन । तर, हालसम्म कुल ६७ देशले ओलम्पिकमा पदक हात परेका छन् । रियो ओलम्पिकको पदक तालिकामा हालसम्म अमेरिकाले  २६ स्वर्ण, २१ रजत र २२ कास्य गरी ६९ पदक जितेको छ । चीनलाई पछि पार्दै बेलायत दोस्रो स्थानमा उक्लिएको छ । बेलायतले अहिलेसम्म १५ स्वर्ण, १६ रजत र ७ कास्य गरी ३८ पदक जितेको छ । कुल ४५ पदक जितेको चीन तेस्रो स्थानमा छ ।

चीनले अहिलेसम्म १५ स्वर्ण, १३ रजत र १७ कास्य गरी ४५ पदक जितेको हो । ९ स्वर्ण, ११ रजत र १० कास्य गरी ३० पदक जितेको रुस चौथो तथा पाँचौं स्थानको जर्मनीले ८ स्वर्ण, पाँच रजत र चार कास्य गरी १७ पदक जितेको छ । यस्तै सात स्वर्ण, ८ रजत र सात कास्य गरी २२ पदक जितेको फ्रान्स छैटौं, सात स्वर्ण, ८ रजत र ६ कास्य गरी २१ पदक जितेको इटाली सातौं, सात स्वर्ण, चार रजत र १५ कास्य गरी २६ पदक जितेको जापान आठौं, ६ स्वर्ण, सात रजत र ९ कास्य गरी २२ पदक जितेको अस्ट्रेलिया नवौं तथा ६ स्वर्ण, तीन रजत र पाँच कास्य गरी १४ पदक जितेको दक्षिण कोरिया दशौं स्थानमा छ ।

हंगेरीले पाँच स्वर्ण, तीन रजत र चार कास्य गरी १२, नेदरल्याण्ड्सले चार स्वर्ण, दुई रजत र तीन कास्य गरी ९,  स्पेनले तीन स्वर्ण र दुई कास्य गरी पाँच, न्युजिल्याण्डले दुई स्वर्ण र ६ रजत गरी ८, क्यानडाले दुई स्वर्ण, दुई रजत र ९ कास्य गरी १३, काजकस्तानले दुई स्वर्ण, दुई रजत र चार कास्य गरी ८, कोलम्बियाले दुई स्वर्ण र दुई रजत गरी चार, स्वीट्जरल्याण्डले दुई स्वर्ण, एक रजत र दुई कास्य गरी पाँच, बेल्जियमले दुई स्वर्ण, एक रजत र एक कास्य गरी चार, थाइल्याण्डले दुई स्वर्ण, एक रजत र एक कास्य गरी चार, क्रोएसियाले दुई स्वर्ण र एक रजत गरी तीन, इरानले दुई स्वर्ण र एक कास्य गरी तीन तथा जमैकाले दुई स्वर्ण र एक कास्य गरी तीन पदक जितेको छ ।

दक्षिण अफ्रिका, स्वीडेन, डेनमार्क, उत्तर कोरिया, ब्राजिल, बेलारुस, केन्या, क्युवा, पोल्याण्ड, रोमानिया, स्लोभेनिया, अर्जेन्टिना, स्लोभाकिया, भिएतनाम, चेक गणतन्त्र, उज्वेकिस्तान, इथियोपिया, चाइनिज ताइपेइ, ग्रिस, फिजी, कोसोभो, पुएर्टो रिको, सिंगापुर र स्वतन्त्र ओलम्पिक एथ्लेट्सले पनि एक एक स्वर्ण जितेका छन् । अहिलेसम्म ६८ देशले पदक जितेका छन् ।

नेपाली विद्यार्थीको जापानमा आकस्मिक निधन

३१ साउन, टोकियो-जापान ।

अध्ययनका लागि जापान आएका सिन्धुलीका रमेश तामाङको जापानमा निधन भएको छ ।  दुई वर्ष अघि अध्यनको लागी आएका रमेशको टोकियोको एक अस्पतालमा उपचारका क्रममा सोमवार विहान निधन भएको हो ।

हात खुटटा दुखेर उपचारका लागि शनिवार टोकियो ईकेवुकुरो स्थित नागाईसिमा अस्पतालमा भर्ना भएका २२ वर्षिय तामाङको उपचारका क्रममा आज विहान मृत्यु भएको हो ।

उच्च रक्तचापका कारण मृत्यु भएको भनिएपनि मृत्युको वास्तविक कारण खुल्न सकेको छैन ।

अस्पतालले उनको सोमवार विहान ६ वजेर ३० मिनेटमा मृत्यु भएको घोषणा गरेको थियो ।

तामाङको मृत्युको कारण तथा अन्य विषयमा जानकारी लिन सोमवार विहानै जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, गैरआवासीय नेपाली संघ एनआरएनए जापानका अध्यक्ष सुदन थापा, तामाङ समाजका अध्यक्ष कर्मा वाला, रामेछाप समाजका पदाधिकारीहरु अस्पताल पुगेका छन्।

आइतवार साँझको खाना खाएर सुतेका तामाङको केही वेरमा दिसामा रगत देखिएको थियो ।

सो वारेमा तत्काल जानकारी गराए लगत्तै मुटुको धडकनमा समस्या देखिएपछि उनलाइ मसाज तथा पम्पको सहायताले मुटुको धडकन केही सम्हािलिए पछि केही सुधारिएको उनको स्वास्थ्य विहान एक्कासी विग्रीएपछि मृत्यु घोषणा गरिएको थियो । उपचारका क्रममा उनको शरिरमा रगतको प्रसारमा समेत समस्या देखिएको बताईएको छ।

मृतक तामाङको शवको पोस्टमार्टम गर्ने तयारी गरिएको छ ।

मृतक तामाङ सेनमन गाक्कोमा अध्ययनरत थिए ।

पोस्टमार्टम पछी तामाङको अन्त्येष्टिको निर्णय गरीने भएको छ ।

निर्धन उत्थानको बिमा बापतको क्षतिपुर्ति रकम बितरण

पप्पु गुरुङ्, ३१ साउन / दोधारा चाँदनी । निर्धन उत्थान बैक लि. शाखा कार्यालय द्धारा दोधारा चाँदनीका स्व. तुलसी दमाई र जसु राना मगरलाई बिमा बापतको क्षतिपुर्ति  रकम निजका परिवारजनलाई  बितरण गरिएको छ । रु. १ लाख ३५ हजार रुपैया दाबि रहेको उक्त रकम  निर्धन उत्थान बैक लि. शाखा कार्यालयका शाखा प्रबन्धक नबरत्न प्रसाद यादव तथा नेपाली काग्रेंस दोधारा चाँदनी नगरकमिटिका सभापती डम्मर चन्दले सयुक्तरुपमा बितरण गरेका हुन । एक कार्यक्रमको बिच दुबैलाई बैंकको नियमआनुसार बिमा रकम बितरण गरिएको निर्धन उत्थान बैक लि. शाखा कार्यालय दोधारा चाँदनीले जनाएको छ् । समुहका श्रmणीले कर्जा लिएर उनिहरुबाट शुल्क कट्टा गरिएको ०.६४ प्रतिसत रकमको बैंकका ग्राहकको बिमा गरिने भएको हुदा उनिहरुलाई मृत्यु पश्चात बिमा रकम उनिहरुको परिवारजनलाई बितरण गरिएको निर्धन उत्थान बैक लि. शाखा कार्यालयका शाखा प्रबन्धक नबरत्न प्रसाद यादवले जानकारी दिनुभएको छ् । समुहका श्रmणीले कर्जा लिएर उनिहरुबाट शुल्क कट्टा गरिएको ०.६४ प्रतिसत रकम प्रिमियम तिरी गरीएको म्यादि बिमा रकमबाट उक्त क्षतिपुर्ति रकम हस्तातरण गरिएको बैंकका सहायक प्रबन्धक संजय चौधरीले जानकारी दिए । दोधारा चाँदनीमा रहेको ६ करोड कर्जा  आफ्ना सदस्य माँझ रहेको परीप्रक्षमा बित्तिय जोखिम कम गर्न म्यादी बिमा एक बरदान साबित भएको बताउदै सहायक प्रबन्धक संजय चौधरीले पारिवारीक पिडामा कर्जाले थप तनाब हुने महशुस गर्दै हाम्रो समाजमा मृत्यु पछिको क्षतिपुर्ति  पिडत परीवारलाई कोशेढुङ्गा साबित भएको बताए । सदस्य मरिसकेपछि कर्जाको भारी रकम निज मृतकको नाममा नरहोस र काजक्रिया सजिलै होस भन्ने हेतुले बैंकले बिमा कम्पनी संगको सहकार्यमा बैकंका सदस्यहरुलाई बिमा गर्दै आएको छ । ग्रामिण भेगका जनतालाइ सरल र सहज तवरले कर्जा बितरण गरी उनीहरुको जिबिको पार्जनमा बैंकले टेवा पुर्‍याइरहेको बताउदै दोधारा चाँदनी क्षेत्रमा बिभिन्न समुह मार्फत १६ सय जना भन्दा बढी सदस्यलाई बैंकले बित्तिय सेवा दिइरहेको बताए । एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिका वडा नं. ६ र १० बस्ने बैकका सदस्य क्रमश : जसु राना मगर र तुलसी दमाईलाई बिमा रकम रु. ८२ हजार ८ सय र  तुलसी दमाईलाई रु. ५५ हजार २ सय बितरण गरिएको निर्धन उत्थान बैक लि. शाखा कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।

जापानमा रेलको लिगमा हाम फालेर किशोरद्धारा आत्महत्या

टोकियो ।
जापानमा एक किशोरले रेल लिगमा हामफालेर आत्महत्या गरेका छन् । जापानी प्रहरीका अनुसार १४ वर्षीय किशोरले गुडिरहेको रेल अगाडी हामफालेर आत्महत्या गरेका हुन् ।

टोकियोको ओइजुमिगाकुएन स्टेसनको सिइबु इकेबुकुरो लाईनमा विहान ५ : ४० बजेको समयमा घटना घटेको हो ।

किशोरले हाम फालेको देख्नेवित्तिकै रेल रोकेपनि रेलको गतिका कारण किशोरलाई किचेपछि मात्र रेल रोकिनपुग्दा उनको मृत्यु हुन पुगेको हो ।

आत्महत्या गरेका किशोरको साथबाट कुनैपनि कागजात नभेटिएको र आत्महत्याको कारण पनि खुल्न नसकेको भन्दै जापानी प्रहरीले आत्महत्या गरेका किशोर जापानी भएको बताएको छ ।

जापानमा पछिल्लो दिनहरुमा रेलको लिगमा हामफालेर आत्महत्या गर्नेक्रम बढेसँगै रेल लिग क्षेत्रमा जापानी प्रहरीले सतर्कता अपनाएपनि घटना रोक्न सकिराखेको छैन ।

जन्मदिनमा नौमती बाजा र तिजको गित (फोटो/भिडियो)

३१ साउन, टोकियो, जापान ।
गायक सुर्य खड्काले आफ्नी छोरी शुसानी खड्काको पहिलो जन्मदिनमा नौमती बाजा बजाएर फरक ढंगमा मनाएका छन् ।

राजधानी टोकियोको गोतान्दामा एक रेष्टुरण्टमा भएको जन्मदिन कार्यक्रममा बाग्लुंग गल्कोटको नौमती बाजा समुहले गायक खड्काको छोरीको जन्मदिनमा बाजा बजाएको हो ।

सो अवसरमा गायक सुर्य खड्का, विनोद भण्डारी सहित अन्य उपस्थितहरुले नौमती बाजामा गित गाउनुभएको थियो ।

कार्यक्रममा गल्कोट समाज जापानका उपाध्यक्ष तथा समाजसेवी दिलु खत्री, अर्का उपाध्यक्ष नरबहादुर थापा, जापानका नेपाली कलाकार ज्याक खड्का, संगितकर्मी नारायण कँडेल, युवराज आचार्य लगायतको उपस्थिति रहेको थियो ।

आइतबार साँझ भएको जन्मदिन कार्यक्रममा नौमती बाजा सहित उपस्थित महिलाहरुले नजिकिएको तिजको सन्दर्भमा तिज गितमा नाचेर रमाइलो गरेका थिए ।

गायक सुर्य खड्काले फरक ढंगमा मनाइएको छोरीको जन्मदिनबारेमा प्रतिक्रिया दिंदै आफ्नो कला संस्कृतिको बचाउ तथा रमाइलोको लागि भएको बताए ।

भिडियो हेर्नुहोस्

बार्सिलोनाले सुपर कपको पहिलो लेगमा सेभिल्लालाई हरायो

एजेन्सी,साउन ३१ । सेभिल्लालाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको पहिलो लेगमा अग्रता लिएको छ । आइतबार राति भएको लिगको पहिलो लेगमा बार्सिलोनाले सेभिल्लालाई २–० ले हराउँदै बार्सिलोनाले अग्रता लिएको हो । बर्साको जितमा लुइस स्वारेज र मुनिर एल हाड्डाडीले एक एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५४ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । स्वारेजले त्यसअघि दुई पटक गोल गर्ने प्रयास गरेका थिए तर सफल हुन सकेनन् । ८१ औं मिनेटमा हाड्डाडीले गोल गर्दै बार्सिलोनाको २–० को जित सुनिश्चित गरे । दोस्रो लेग आउँदो बुधबार बार्सिलोनाको मैदान नाउ क्याम्पमा हुनेछ । स्पेनिस ला लिगाको नयाँ सिजन आउँदो शुक्रबारदेखि सुरु हुनेछ ।

मन्त्रिपरिषद विस्तारसँगै माओवादीमा चर्कियो विवाद,यस्ता छन्, तीन असन्तुष्टि

काठमाडौं,साउन ३१ । नेकपा माओवादी केन्द्रमा सरमारमा सहभागी हुने मन्त्री छनोटसँगै विवाद चर्किएको छ । आठजना मन्त्री बनाउनादा पनि एक जना महिला मन्त्री नबनाएको भन्दै पार्टीभित्र विवाद भएको हो । माओवादी केन्द्रका ८२ सांसदमध्ये सभामुख ओनसरी घर्तीबाहेक २८ सांसद महिला छन् । उनीहरूले पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकारमा ३३ प्रतिशत महिलाको सहभागिता माग गर्दै आइरहेका थिए । तर, माओवादी केन्द्रले आफ्नो भागमा रहेको मन्त्रालयमा कुनै पनि महिला सांसदलाई ‘फुलमन्त्री’ बनाएन ।

त्यसको विरोधमा आइतबार संसद् भवन नयाँ बानेश्वरमै माओवादी केन्द्रका महिला सांसदहरूको बैठक बसेको थियो । उनीहरूले महिला सांसदलाई पार्टी नेतृत्वले असक्षम देखाउन खोजेको भन्दै ज्ञापनपत्र बुझाउने र कुनै पनि महिला सांसदले राज्यमन्त्रीको रूपमा शपथ नलिने निर्णय गरे । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । बैठकको अगुवाइ गरेका थिए– पूर्वसामान्य प्रशासनमन्त्रीसमेत रहेकी रेखा शर्मा, माओवादी दलकी सचेतक सीता नेपाली, आशा खनाललगायतका नेतृहरूले । सो छलफलमा २५ जना महिला सांसद सहभागी थिए । तर, सो छलफलमा सहभागी नभएका दुई महिला सांसदले राज्यमन्त्रीका रूपमा आइतबार नै शपथ खाएपछि महिला सांसदहरू राज्यमन्त्रीमा नजाने भनी बनाएको योजनामा असफल भएको छ ।

अब महिला सांसदहरूले दलको बैठकमा यस विषयमा कुरा उठाउने रणनीति बनाएका छन् । (माओवादी केन्द्रका सचिवालय सदस्य तथा सांसद प्रभु साह मन्त्रिपरिषद् विस्तारबाट असन्तुष्ट छन् । संसद्को अन्तर्राष्ट्रिय श्रम तथा सम्बन्ध समितिका सभापतिसमेत रहेका साहले सरकारमा स्थानीय विकास मन्त्रालय आफूले पाउनुपर्ने बताउादै आएका थिए ।

प्रधानमन्त्री प्रचण्डले उनलाई कानुनमन्त्री बनाउन चाहेका थिए । तर, साहले स्थानीयको जिद्धि नछाडेपछि उनको नाम अन्तिम समयमा आएर काटिएको थियो । उनको साटो माओवादीले सिरहाका समानुपातिक सांसद अजयशंकर नायकलाई कानुनमन्त्री बनाउने निर्णय लियो । आफूले खोजेको मन्त्रालय नपाएपछि असन्तुष्ट बनेका साहले पार्टीले दुर्भाग्यपूर्ण निर्णय गरेको र मन्त्रिपरिषदमा फरक मत राख्नेलाई स्थान नदिएको भन्दै सार्वजनिक असन्तुष्टि जनाइरहेका छन् । उनी यसअघि दुईपटकसम्म मन्त्री बनिसकेका थिए ।

माओवादी केन्द्रभित्र मन्त्रिपरिषद् विस्तार गर्दा भेगीय सन्तुलन नमिलेकोमा पनि तीव्र असन्तुष्टि छ । राप्ती क्षेत्रभित्रको सल्यानबाट मन्त्री नपरेको, तर रोल्पा–रुकुमबाट भने पटक–पटक मन्त्री परेको भन्दै माओवादीभित्र असन्तुष्टि चुलिँदै आएको थियो । त्यसको नेतृत्व सल्यान–१ का प्रत्यक्ष निर्वाचित सांसद टेकबहादुर बस्नेतले गर्दै आएका थिए । शान्तिप्रक्रियामा माओवादी आएयता ६ पटक सरकारमा पुगेको र तीनपटक पार्टी नेताहरूले नै सरकारको नेतृत्व पाउँदासम्म सल्यानले मन्त्री नपाएको भन्दै त्यस क्षेत्रका नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाउादै आएका थिए । सल्यानमा माओवादीले दुवै संविधानसभाको निर्वाचनमा जितेको थियो ।

अहिलेको मन्त्रिपरिषदमा रुकुम जिल्लाको दुईजना फुलमन्त्री हुादा सल्यान नपरेको भन्दै भेगीय सन्तुलनमा पार्टीले चासो नदिएको आरोप लागेको छ । त्यस्तै भेरी–कर्णालीबाट पनि मन्त्रीमा नपरेको भन्दै त्यस क्षेत्रबाट पनि असन्तुष्टि बढेको छ । भेरी–कर्णाली क्षेत्रबाट महेन्द्रबहादुर शाहीलगायतले मन्त्रीको दाबी गरिरहेका थिए । ‘हाम्रा नतोहरूको देखाउने दात र चपाउने दात फरक रहेछ,’ असन्तुष्ट सांसद बस्नेतले भने, ‘अब पार्टीभित्रै यस विषयमा जमेरै विरोध गरिन्छ ।’

१. महिलाहरुको असन्तुष्टिः
माओवादी केन्द्रका ८२ सांसदमध्ये सभामुख उनीहरुले पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकारमा ३३ प्रतिशत महिलाको सहभागिता माग गर्दै आइरहेका थिए । तर, माओवादी केन्द्रले आफ्नो भागमा रहेको मन्त्रालयमा कुनै पनि महिला सांसदलाई ‘फुलमन्त्री’ बनाएन । त्यसको विरोधमा आइतबार संसद भवन नयाँ बानेश्वरमै माओवादी केन्द्रका महिला सांसदहरुको बैठक बसेको थियो ।

२. रोजी नपाएकोमा असन्तुष्टि :
माओवादी केन्द्रका सचिवालय सदस्य तथा सांसद प्रभु साह मन्त्रिपरिषद् विस्तारबाट असन्तुष्ट छन् । संसदको अन्तर्राष्ट्रिय श्रम तथा सम्बन्ध समितिका सभापतिसमेत रहेका साहले सरकारका स्थानीय विकास मन्त्रालय आफूले पाउनुपर्ने बताउँदै आएका थिए । प्रधानमन्त्री प्रचण्डले उनलाई कानुनमन्त्री बनाउन चाहेका थिए ।

३. भेगीय सन्तुलनमा प्रश्नः
माओवादी केन्द्रभित्र मन्त्रिपरिषद् विस्तार गर्दा भेगीय सन्तुलन नमिलेकोमा पनि तीव्र असन्तुष्टि छ । राप्ती क्षेत्रभित्रको सल्यानबाट मन्त्री नपरेको, तर रोल्पा रुकुमबाट भने पटक–पटक मन्त्री परेको भन्दै माओवादीभित्र असन्तुष्टि चुलिँदै आएको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web