काठमाडौं,साउन ३२ । नेपाल आयल निगमले थानकोट डिपोमा पेट्रोलको भण्डार क्षता विस्तार गर्ने जिम्मेवारी भारतीय कम्पनी ट्यांकटेक एसिया कम्पनी चेन्नईलाई दिएको छ । ट्यांकटेकले २ सय किलोलिटर क्षताको ट्यांकी निर्माणको ठेक्का पाएको छ । भण्डारण क्षता विस्तारसँगै थानकोटमा ६ हजार किलोलिटरसम्म पेट्रोल मौजाद राख्न सकिने आजको कारोबार दैनिकमा समाचार छ ।

हाल पेट्रोल भण्डारण क्षमता १ हजार ८ सय किलोलिटर मात्र छ । निगमा इन्जिनियरिङ विभाग प्रमुख वीरेन्द्र गोइतले टेन्डर आहृवान गर्दा ट्यांकटेक एसिया कम्पनी चेन्ईको मात्र आवेदन परेकाले सोही कम्पनीलाई छनोट गरिएको जानकारी दिए । मुलुकमा पेट्रलियम भण्डारण क्षमता कम हुँदा प्रायः अभावको अवस्था सिर्जना हुनेगरेको छ ।

17.46¡ÆC