जापानमा रेलको लिगमा हाम फालेर किशोरद्धारा आत्महत्या

साउन ३१, २०७३ मा प्रकाशित | 1710 views

टोकियो ।
जापानमा एक किशोरले रेल लिगमा हामफालेर आत्महत्या गरेका छन् । जापानी प्रहरीका अनुसार १४ वर्षीय किशोरले गुडिरहेको रेल अगाडी हामफालेर आत्महत्या गरेका हुन् ।

टोकियोको ओइजुमिगाकुएन स्टेसनको सिइबु इकेबुकुरो लाईनमा विहान ५ : ४० बजेको समयमा घटना घटेको हो ।

किशोरले हाम फालेको देख्नेवित्तिकै रेल रोकेपनि रेलको गतिका कारण किशोरलाई किचेपछि मात्र रेल रोकिनपुग्दा उनको मृत्यु हुन पुगेको हो ।

आत्महत्या गरेका किशोरको साथबाट कुनैपनि कागजात नभेटिएको र आत्महत्याको कारण पनि खुल्न नसकेको भन्दै जापानी प्रहरीले आत्महत्या गरेका किशोर जापानी भएको बताएको छ ।

जापानमा पछिल्लो दिनहरुमा रेलको लिगमा हामफालेर आत्महत्या गर्नेक्रम बढेसँगै रेल लिग क्षेत्रमा जापानी प्रहरीले सतर्कता अपनाएपनि घटना रोक्न सकिराखेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web