काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको यात्रुबहाक बस कात्तिके देउराली भन्ने स्थानमा दुर्घटना हूँदा ३१ जना भन्दा बढीको मृत्यु भएको छ ।

दोलाघाटबाट मादनकुडाँरी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस कात्तिके देउरालीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीय दुर्गाबहादुर श्रेष्ठले घटनास्थलबाट ३१ शव निकालेको जानकारी दिनुभयो । दुर्घटनामा परी ३० भन्दा बढी घाइते भएको जनाइएको छ । अहिले स्थानीय र प्रहरीले उद्धारकार्य जारी राखेका छन् ।

यसैबीच सुदूरपश्चिम यातायातको ना ५ ख २८३२ बस बैतडीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ जादै गरेको बस बैतडीको सिद्धेश्वर गाविस ३ बृन्दाबन नजिक दुर्घटना भएको हो । उद्धार कार्य जारी छ ।

सुदूरपश्चिम यातायातको ना ५ ख २८३२ बस सोमबार दिउँसो ३ बजेतिर बस सडकबाट करीब २ सय मिटर खसेको हो । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

उद्धारका लागि खोड्पेबाट बजार ब्यवस्थापन समिति, रेडक्रस र प्रहरी टोली गएको छ । ठूलो आवाज आएर दुर्घटना भएकाले टायर पड्किएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

17.12¡ÆC