Parliamentary committee directs Ministries to complete projects in time

The meeting of the Development Committee under the Legislature-Parliament today directed the Ministry of Federal Affairs and Local Development and the Ministry of Physical Infrastructure and Transport to complete the developmental projects in the stipulated time frame.

The meeting has urged the Ministries not to let undue influence occur in the developmental activities along with the change of the government and to make necessary arrangement to spend the full budget allocated for such projects.

Speaking in the meeting, lawmakers suggested finding out the inter-ministerial consensus on land acquisition and clearing forests as the projects faced this problem in the initial phase.

The committee President Rabindra Adhikari said that it was unfortunate to seeking political consensus in local and national level even in the implementation of development projects.

Schools, campuses remain closed on second day of strike

The educational institutions across the country has remained closed on the second day of the 'educational strike' called by CPN (Maoist) aligned All Nepal National Independent Students' Union (Revolutionary).

The Union has posed a host of demands which include slashing the current fees in private schools and increment of scholarship percentage from the existing 10 per cent.

With the strike continuing, educational activities in community schools, private schools and majority of the campuses with affiliation to universities have come to a halt.

Government urged to send workers to Afghanistan in guarantee of full security

The government has been recommended to send Nepali workers to Afghanistan only on the condition of guarantee of their full security.

A government taskforce formed after the brutal murder of 13 Nepali migrant workers in a bomb blast in Afghanistan on June 21 has submitted its report, suggesting the government to ensure full security of Nepali workers before sending them to the war-torn country.

The taskforce headed by Secretary at the Ministry of Labour and Transport  Bishnu Prasad Lamsal today submitted the report to Prime Minister Pushpa Kamal Dahal.

The report has suggested the government to be fully aware of possibility of bad consequence(s) before sending workers to conflict-hit zone.

Receiving the report, PM Dahal pledged to fully implement the taskforce suggestions. The PM vowed to abide by the taskforce recommendations, according to his personal deputy secretary Manohari Timilsina.  The report will be taken to the Cabinet meeting for discussions, he said.

Information Minister Karki urges to prioritize positive news

Minister for Information and Communications Surendra Kumar Karki has urged the media persons to disseminate positive and motivational news.

Speaking in a programme in Kathmandu today, Minister Karki said that the positive news should be prioritized.

He stated virtuous deeds were also taking place in the society, however, only negative news were prioritized by the media.

He further argued that the criticism on any issues should be fair and factual.

The working journalists should get minimum wages and media sector should also get equal status to the industry, Minister argued.

माओबादी युद्धमा मारिएकालाई १० लाख रुपैयाँ दिएरै छाड्छु-प्रधानमन्त्री प्रचण्ड

३२ साउन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले माओबादी युद्धमा मृत्युभएकालाई राज्यले शहिद घोषणा गरि दशलाख रुपैया दिने आप्mनो पहिलो कार्यकालको निर्णयलाई पुन कार्यन्वयन गरिने बताउनु भएको छ ।

दोरम्बा हत्याकाण्डको १३ औ स्मृति दिबस तथा शहिद परिवार सम्मान कार्यक्रमलाई आज काठमाडौमा सम्बोधन गर्दे माओबादी केन्द्रका अध्यक्ष एबं प्रधानमन्त्री दाहालले दशलाख रुपैया मध्ये ५ लाख पहिलो किस्तामा दिने मन्त्रिपरिषदले निर्णय गरिसकेको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले दोश्रो कार्यकालमा व्यवहारमा काम गरेर देखाउन चाहेको उल्लेख गर्नुभयो ।

भारत र चीनसंगको कुटनीतिक सम्बन्धलाई सन्तुलित गर्न दुबै देशमा उपप्रधानमन्त्रि द्धय बिमलेन्द्र निधी र कृष्णबहादुर महरालाई पठाउने एबं गरीब र पिछडिएका समुदायलाई सरकार भएको अनुभूती दिलाउने खालका काम सरकारले अघि बढाएको बताउनु भयो ।

‘पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक दिलाएरै छाड्छु’-सञ्चारमन्त्री कार्की

काठमाडौं,साउन ३२ । सूचना तथा सञ्चारमन्त्री राम कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर चैत्रभित्रै सरकारले स्थानीय तहको निर्वाचन गर्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री कार्कीले भने,‘सबै दलहरुसँग वार्ता तथा सहमतिमार्फत नै हामी स्थानीय तहलगायत अन्य निकायको निर्वाचन गर्छौं, दलहरु एकमत भएर अघि बढ्नुपर्छ, सरकारले यही अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’

कार्कीले संविधान संशोधनमा समेत दलहरुवीच सहमति हुनुपर्ने आश्यकत्ता औंल्याए । उनले थपे,‘एमाले पनि संविधान संशोधनमा आउनुपर्छ, उ नआए उसलाई पनि सुख छैन् ।’

साक्षात्कारमा मन्त्री कार्कीले वर्तमान सरकार कठिन मोडमा रहेको उल्लेख गर्दै भने,‘हामी अहिले तेजावी परिक्षामा छौं, तर वर्तमान राजनीतिक समस्याको समाधान दिने कुरामा हामी विशेष रोडम्याप अघि सार्छौं ।’

एमालेले संविधान संशोधनमा नसघाउने दाबी गरिरहेको छ नि भन्ने पत्रकारको जिज्ञासामा मन्त्री कार्कीले भने,‘ एमालेले पनि संयमता अपनाउनुपर्छ ।’ उनले अघि थपे,‘एमालेले अहिलेजस्तै प्रतिक्रिया दिईरहे चुनाव गर्न असम्भव छ ।’ संविधानप्रति असन्तुष्टि राख्ने मधेशी, आदिवासी, जनजाति, थारु लगायतले उठाएका मुद्दालाई सम्बोधन गर्नेगरि सरकारले काम गर्ने उनको विश्वास थियो ।

मन्त्री कार्कीले श्रमजिवि पत्रकार ऐन कार्यान्वयन गर्ने स्पष्ट पारे । उनले भने,‘पत्रकारहरुको लागि न्यूनतम श्रमजीवी पारिश्रमिक सुनिश्चित गर्छु, विगतको सरकारले अघि सारेका राम्रा कामहरु गरेको छ, श्रमजीवी पत्रकार ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गराउँछु, म दाबीका साथ भन्छु पत्रकारहरुले न्यूनतम पारिश्रमिक पाउँछन्, त्यसको लागि म कुनै कसर बाँकी राख्दिन् ।’ यद्धपी उनले मिडिया हाउसलाई समेत विश्वासमा लिएर आफू अघि बढ्ने बताए ।

कार्कीले थपे,‘मिडिया हाउसलाई उद्योगको रुपमा मान्यता दिनेबारेमा मैले छलफल गरिरहेको छु, सोही अनुसार मिडिया हाउसले सेवा सुविधा समेत पाउँछन् ।’

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले शुक्रबारसम्म काँग्रेसले मन्त्रिपरिषदमा आफ्ना नेताहरु पठाउने दाबी गरेका छन् । भण्डारीले भने,‘हामी नेविसंघको महाधिवेशनमा अल्झियौं, त्यसैले ढिला भयो, अब शुक्रबारसम्म हामी मन्त्रिण्डलमा हाम्रा साथीहरुको नाम पठाउँछौं ।’

भण्डारीले तराईमधेशको समधान हुने समेत विश्वास व्यक्त गरे । उनले भने,‘हामी तराईमधेशको समस्या समाधान गर्ने पक्षमा छौं, यही भावना अनुसार सरकारले काम गर्छ ।’ त्यस्तै उनले भुकम्पपछिको मुलुकको पूर्ननिर्माणको लागि पनि सरकारले विशेष काम गर्ने विश्वास व्यक्त गरे । वर्तमान सरकारले अघिल्ला सरकारहरुभन्दा राम्रो काम गर्ने उनले दाबी गरे ।

तपाई शिक्षा मन्त्री बन्दै हुनुहुन्छ भन्ने चर्चा छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘मन्त्री बन्ने सबैको चाहना हुन्छ नि, तर आफूले चाहेर हुने कुरा होईन, यो त पार्टीले निर्णय गर्ने कुरा हो ।’ यद्धपी उनले आफूू शिक्षामन्त्री भए शिक्षा क्षेत्रमा आमुल परिवर्तन गरेर देखाउने बताए ।

नेकपा एमालेका नेता तथा निवर्तमान मन्त्री शेरधन राईले प्रचण्ड नेतृत्वको वर्तमान सरकारको ताल र सुर राम्रो नदेखिएको आरोप लगाएका छन् । राईले भने,‘यो सरकारको सुर र ताल त्यति राम्रो छैन, यसको मति र गति हेर्दा त्यति सन्तोष गर्ने ठाउँ छैन् ।’ उनले सरकारको यही तालले जनताले केही पनि राहत महशुस गर्न नसक्ने समेत ठोकुवा गरे ।

सरकारको गतिविधि आफ्नो पार्टीले नजिकबाट नियाँलिरहेको बताउँदै नेता राईले भने,‘एमालेले गम्भिर रुपमा सरकारको गतिविधि नियाँलिरहेको छ, यो सरकारले अघिल्लो सरकारले नै तय गरेको निर्वाचनको कार्यतालिका समेत तोडेको छ, मंसिरमा गर्ने भनिएको चुनाव चैत्रमा सारिएको छ, यसबाट प्रष्ट हुन्छ कि यो निर्वाचन गर्न चुनावको म्याद सारिएको होईन् ।’

उनले सरकारले चुनावको कार्यतालिका नै तोडेको देख्दा आफूहरुलाई कतै यो सरकारले मुलुकमा संवैधानिक रिक्तता ल्याउन खोजेको त होईन भनेर आशंका लागेको समेत गुनासो पोखे । उनले थपे,‘एमाले चुप लागेर बस्दैन्, हामीले जनतालाई खबरदारी गरिसकेका छौं ।’

केपी ओली नेतृत्वको सरकारले अघि सारेका राम्रा कामहरुलाई बाईपास गरेर अघि बढ्न खोज्नेहरु चिप्लिने उनको दाबी थियो । उनले अघि थपे,‘तपाईहरु सही बाटो हिँड्नुहोस, यदि त्यसो गर्नुभएन भने तपाईहरु कहिल्यै उठ्न नसक्नेगरि लड्नुहुन्छ ।’

राईले मधेशी मोर्चाले भनेजस्तो सजिलै संविधान संशोधन हुनै नसक्ने बताए । उनले संविधान संशोधनको औचित्यपुर्ण कारणसहित सहमति भएमात्रै एमालेले विचार गर्ने स्पष्ट पारे । उनले भने,‘यो धर्तीमा एमाले पनि छ, हामी जिउँदै छौं ।’

मधेशी मोर्चाका नेता महेन्द्र राय यादवले एमालेले पनि संविधान संशोधनमा सहयोग गर्ने विश्वास व्यक्त गरे । यादवले भने,‘एमाले जिम्मेवार पार्टी हो, संविधान संशोधन गर्ने कुरामा उसले सहयोग गर्छ, हामीलाई विश्वास छ ।’

मधेशी मोर्चाले अघि सारेका मुद्दाहरु सम्बोधन गर्न दलहरुवीच सहमति र वार्ताको आवश्यक रहेको उनको तर्क थियो । आफूहरुले उठाएका मुद्दालाई राष्ट्रिय मुद्दाको रुपमा सबैले ग्रहण गर्नुपर्ने यादवको भनाई थियो । यादवले आफूहरुलाई कसैलेपनि राष्ट्रवादको पाठ पढाउन नखोजे हुन्छ भन्दै चेतावनी दिए ।

क्लबका अध्यक्ष ऋषि धमलाले नवनियुक्त सञ्चारमन्त्री कार्कीलाई बधाई तथा सफलताको शुभकामना दिए । धमलाले मन्त्री कार्कीलाई पत्रकारहरुको हक, अधिकार सुनिश्चित गर्नेगरि काम गर्न सुझाव दिए । उनले पत्रकारहरुको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न समेत मन्त्री कार्कीलाई आग्रह गरेका छन् ।

नेविसंघ अध्यक्षको लागि वचन कार्की ‘मुसा’को उम्मेद्धवारी दर्ता

काठमाडौं,साउन ३२  । नेपाल विद्यार्थी सङ्घको अध्यक्षका लागि वचन कार्की मुसाले  उम्मेद्धवारी दर्ता गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मुसाले आफूले अध्यक्षमा उम्मेद्धवारी दिएको जानकारी दिएका हुन् । उनले आफू अध्यक्षको अहिलेसम्मकै कान्छो उम्मेद्धवार भएको समेत दाबी गरे । नेविसंघलाई युवा नेतृत्वको खाँचो रहेकोले नै आफूले उम्मेद्धवारी दिएको कार्कीले प्रष्ट पारे । कार्कीको विरेन्द्र बहुमुखी क्याम्पसका ईकाई अध्यक्ष हुन् ।

पत्रकार सम्मेनलमा अनिल अधिकारीले आफूले प्रदेश नम्बर ३ बाट सह–महामन्त्रीमा उम्मेद्धवारी दिएको जनाए । अधिकारी त्रिविका क्रिकेट संघका अध्यक्ष हुन् । अधिकारीले आफूले क्रिकेट क्षेत्रको विकास र प्रर्वद्धनको लागि उल्लेखनीय योगदान पुर्याएको दाबी गरे । अधिकारी सार्कस्तरीय खुल्ला हाजिरी जवाफ प्रतियोगिताका स्वर्ण पदक विजेता समेत हुन् । उक्त प्रतियोगिताका लागि उनले त्रिचन्द्र कलेजबाट प्रतिनिधित्व गरेका थिए ।

जापानमा भारी बर्षासँगै आँधीको चेतावनी, यि ठाउँमा बिशेष सचेत अपनाउनुहोला

३२ साउन, टोकियो ।
जापानमा भोली बिहान तुफानको चेतावनी जारी गरिएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार १६ तारिख आज साँझबाट भारी बर्षापछि भोली बिहान ठूलो तुफान आउन सक्नेछ ।

जापानको खान्तो क्षेत्र जस अन्र्तगत गुन्मा, तोचिगि, इबाराकी, साइतामा, टोकियो, चिबा र कानागावा क्षेत्रमा साँझबाट भारी बर्षा हुँदैछ ।

मौसम बिभागको अनुमान अनुसार यि क्षेत्रहरुमा दिउँसोबाटै भारी बर्षा सुरु भएको छ भने साँझ परेपछि यसको मात्रा बढ्दै गएको छ ।

तुफानबाट कान्तो, तोहोकु, होक्काइदो क्षेत्रमा बढी असर पार्न सक्नेभन्दै होसियारी अपनाउन भनिएको छ ।

मंगबार साँझ पर्ने पानीपछि बुधवार बिहान पूर्वी र उत्तरी जापानबाट तुफान सुरु हुने मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

भारी बर्षापछि केही ठाउँमा पहिरो तथा हावा हुरीले पार्नसक्ने असरबाट जोगिन र उद्दारको लागि तयार रहन समेत मौसम विज्ञान एजेन्सीले भनेको छ ।

होक्काइदोमा १५० मिलमिठर बर्षा भइरहेको र यो २ सय ५० मिमि सम्म बर्षा हुने अनुमान गरिएको छ ।

आँधी टोकियोको दक्षिण प्रशान्त देखि उत्तरी क्षेत्र हुँदै बहने हुनाले सो क्षेत्रमा बढी खतरा रहेको जनाइएको छ ।

हाचिजो द्धीपको इजु श्रृंखलामा पूर्व दक्षिण हुँदै २५ किमी प्रति घण्टाको गतिमा उत्तर उत्तर तर्फ हुँदै आँदी मंगलबार दिउँसो समम्म बहने छ ।

आँधीको असर र खतरा बिहीबार बिहानसम्म रहेको भन्दै चक्रपात आँधीबाट सजक रहन र सचेतता अपनाउन जापानको मौसक विज्ञान एजेन्सीले सबैसँग अनुरोध गरेको छ ।

जापानमा निधन भएका रमेश तस्विर र भिडियोमा

टोकियो ।
राम्रो मान्छेलाई दैवले लान्छन् भनेको हो रहेछ सिन्धुलीका रमेश तामाङको असामयिक निधनपछि टपनेपालन्युजसँग कुरागर्दै उनका एक मित्रले भने-'साथीहरुसँग सँधै रमाइलो गर्न खप्पीस उ कहिल्यै रिसाउँदैनथियो ।'

दुई वर्ष अघि मात्र अध्ययनका लागि जापान आएका रमेशको सोमबार बिहान उपचारको क्रममा अस्पतालमा निधन भएको खवर आयो । उनको निधनको खवरले परिवारजन र आफन्तसँगै उनका साथीसँगीहरुपनि स्तब्ध भए ।

दुईदिन अघिसम्म सबैसँग रमाइलो गरिरहेका रमेशको निधन नजिकका चिनेजानेकालाई अपत्यारिलो त लाग्ने भयो नै जापानमा रहेका नेपालीहरुलाई समेत एक नेपाली युवाको आकस्मिक निधनले स्तव्ध बनायो ।

'रमेश दाई सारै मजाको हुनुहुन्थ्यो' रमेशले साथिहरुसँग खिचेको सेल्फि फोटो म्यासेन्जरमा दिंदै नेपाली विद्यार्थी सृजनाले भनिन्-'मलाई त उहाँको मृत्यु भएको भनेर पत्यारै लागेको छैन ।'

टोकियो ईकेवुकुरो स्थित नागाईसिमा अस्पतालमा भर्ना भएका २२ वर्षिय तामाङको उपचारका क्रममा निधनको खवर पढेपछि सँगै अध्ययन गरेका उनका साथी किरणले यु ट्युवमा राखिएको यो भिडियो उपलब्ध गराउँदै भन्नुभयो-'गितार बजार सारै सिपालु थियो । सँधै रमाइलो गर्न खप्पीस रमेश एकदम मिल्ने मान्छे थियो । समाचार थाहा पाउँदा सारै दुख लाग्यो ।'

उच्च रक्तचापका कारण मृत्यु भएको बताइएका रमेशको शवलाई परिवारको आग्रहपछि नेपाल पठाउने तयारी भइरहेको छ ।

सोमवार विहान ६ वजेर ३० मिनेटको समयमा निधन भएका रमेश पढेर परिवारको जिम्मेवारी सम्हाल्ने सपना बोकेर जापान आएका थिए ।

परिवारको जिम्मेवारी सम्हाल्ने समयमा आइपुग्दा अकस्मात निधन हुन पुगेका रमेशको निधनले उनका परिवारजन शोकमा परेका छन् । आइतबार साँझको खाना खाएर सुतेपछि फेरी कहिल्यै नउठ्नेगरि सुतेका रमेशको शव नेपाल लैजान लाखौं रुपैयाँ लाग्ने भन्दै विभिन्न संघसंस्थाहरुले सहयोग उठाइरहेका छन् । कामना गरौं उनको आत्माले शान्ति पाउनेछ र परिवारजनले मृत्युपछि भएपनि आफ्ना सन्तानको अनुहार हेर्ने ईच्छा पुरा हुनेछ ।
अलबिदा रमेश तामाङ ।

रामेछाप समाज जापानको अधिवेशन अगष्ट २८ मा

टोकियो ।
जापानमा बसोबास गर्दै आएका रामेछाप जिल्लावासीहरुको संस्था रामेछाप समाज जापानको प्रथम अधिवेशन यही अगष्ट २८ तारिखमा हुने भएको छ ।

जापानमा विभिन्न पेशा, ब्यवसाय, अध्ययन गर्दै आएका रामेछापवासीहरुको संस्था खडा गरेर हुन लागेको प्रथम अधिवेशनलाई छामेछापवासी नेपालीहरुको साझा संस्थाको रुपमा हेरिएको छ ।

हाल समाजका अध्यक्ष रहनुभएका निकेश श्रेष्ठका अनुसार रामेछाप समाजले रामेछाप जिल्लाको विकास तथा सामाजिक कार्यमा गर्न सकिने सहयोगको लागि काम गर्ने र जापानमा रहेका सबै रामेछापवासी नेपालीहरुलाई संगठित गर्नेछ ।

रामेछाप समाज जापानले २८ तारिखमा हुन लागेको प्रथम अधिवेशनमा सहभागी हुन सबै रामेछाप जिल्लाका जापानवासी नेपालीहरुलाई अनुरोध गरेको छ ।

मधेशी मोर्चाको सहिद-आत्महत्या गर्नेदेखि दुर्घटनामा मर्नेसमेत

३२ साउन, काठमाठौं ।
मधेसकेन्द्रित दलले मधेस आन्दोलन अवधिमा दुर्घटना र कालगतिले निधन भएकालाई पनि सहिद सूचीमा पार्न सिफारिस गरेको पाइएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले आइतबार गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको मागसूचीमा सवारी दुर्घटनामा परेका, आत्महत्या गरेकादेखि करेन्ट लागेर ज्यान गुमाएकासम्मको नाम छ।

मोर्चा र गठबन्धनले मधेस र आदिवासी आन्दोलनमा आन्दोलनकारी र सुरक्षाकर्मी गरी ६८ जनाको निधन भएको भन्दै सहिद प्रस्ताव गरेका छन्। संविधानप्रति असन्तुष्ट दललाई जसरी पनि मनाउने तयारीमा रहेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले मन्त्रालयबाट सूची मन्त्रिपरिषद् पुगेपछि सोझै 'पास' गर्ने सम्भावना तीव्र छ। आजको नागरिकमा समाचार छ ।

सत्तारूढ गठबन्धन र मधेसकेन्द्रित दलले आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गरी मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति यसअघि जुटाइसकेका छन्। सरकारले यसअघि नै मधेस–आदिवासी आन्दोलनमा ज्यान गुमाएका ४२ जनालाई सहिद घोषणा गरिसकेकोमा मोर्चा र गठबन्धनले धमाधम नाम थपिरहेका हुन्।

गृह मन्त्रालयको पछिल्लो सूचीले ६२ जना मृतक उल्लेख गरे पनि मोर्चा र गठबन्धनले आइतबार छुट भएको भन्दै थप ६ नाम पठाएका छन्। पछिल्लो सूचीमा सप्तरीका बालकृष्ण राय र शिवशंकर दासको नाम पारिएको छ। संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवं मोर्चाका सप्तरी नेता शैलेन्द्रकुमार साहका अनुसार दासको करेन्ट लागेर र रायको सवारी दुर्घटनामा मृत्यु भएको हो। ‘उनीहरू आन्दोलनमा कार्यकर्ता ओसार्ने क्रममा दुर्घटनामा परेका हुन्,’ उनले भने, 'त्यसैले सहिद–सूचीमा राखिएको हो।'

मंसिर ६ गते रुपनीको धर्ना कार्यक्रममा सहभागी भएर फर्कने क्रममा जिल्ला प्रशासन कार्यालय, राजविराजअगाडि विद्युतीय धरापमा अड्कँदा दासलाई करेन्ट लागेको साहले बताए। त्यस्तै रायको मंसिर १६ गते हुलाकी सडकमा मानव–साङ्लो प्रदर्शनीमा सहभागी हुन जाँदै गर्दा भारदहमा सवारी दुर्घटनामा निधन भएको हो। मोर्चाले सेवाकेन्द्र विस्तार खारेजी माग राखी भएको आन्दोलनमा ज्यान गुमाउनेलाई पनि मधेस आन्दोलनका सहिद उल्लेख गरेको छ।

सेवाकेन्› विस्तारविरुद्ध रौतहट सदरमुकाम गौरमा चर्किएको आन्दोलनताका सवारी दुर्घटनामा निधन भएका रामआशिष ठाकुर र विद्यानन्द राय यादव सहिद प्रस्ताव गरिएका छन्। २०७२ साउन २१ गते सशस्त्र प्रहरीको ना१झ ७३३ नम्बर गाडीले ठक्कर दिँदा ठाकुर गम्भीर घाइते भए। छाती र तिघ्रामा चोट लागेका गौर नगरपालिका–१० का ठाकुरको स्थानीय मेडिकलमा उपचारक्रममा ज्यान गएको थियो। त्यस्तै आन्दोलनक्रममा २०७१ चैत २३ गते प्रहरीको गोली लागेका यादवलाई तत्काल उपचारका लागि भरतपुर पुर्‍याइएको थियो। उपचारपछि घर ल्याइएको अवस्थामा उनको निधन भएको हो।

गत वर्ष असोज ४ गते महोत्तरी, गौशाला नगरपालिका–५ रजखोर घर भएका ५० वर्षीय रामप्रदीप महतोले आत्महत्या गरे। उनको शवछेउ 'नेपालको संविधान २०७२ ले मधेस र मधेसीका माग सम्बोधन नभएकाले बाँचेर के गर्नू' उल्लेख गरिएको 'सुसाइड नोट' फेला परेको मोर्चाको दाबी छ।

संविधानमा मधेसीका माग सम्बोधन नभएकैले रामप्रदीपले घरनजिकैको रूखमा झुन्डिएर आत्महत्या गरेको जनाउँदै मोर्चाले उनलाई पनि सहिद घोषणा गर्न सरकारलाई दबाब दिएको छ।

कांग्रेस–माओवादी गठबन्धन र मोर्चाबीच तीनबुँदे सहमतिको तेस्रो बुँदा सम्बोधन गर्ने क्रममा सरकार भारतीय नागरिकसहित २६ जनालाई सहिदे सूचीमा थप गर्न सकारात्मक पाइएको छ। आइतबार गृहमन्त्री निधि र मधेस केन्द्रित दलका शीर्ष नेता सम्मिलित बैठकले सहिद संख्या ६८ पुर्‍याउन सहमति जुटाइसकेको छ। नयाँ सूचीमा वीरगन्जमा मारिएका भारतीय नागरिक पनि छन्।

मोर्चाले पेस गरेको सूची पास भए सरकारले तिनका परिवारलाई क्षतिपूर्ति दिनै ६ करोड ८० लाख रुपैयाँ छुट्ट्याउनुपर्ने हुन्छ। मधेसी जनअधिकार फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवका अनुसार गृहमन्त्री निधिले आगामी मन्त्रिपरिषद् बैठकमा पछिल्लो सूची पास गराउने वचन दिइसकेका छन्। सहिद घोषणासँगै सम्बन्धित परिवारलाई छुट्ट्याइने राहत रकम मधेसकेन्द्रित दलकै खातामा हालिदिनुपर्ने माग पनि मोर्चाले अघि सारेको छ।

यसैबीच, मधेसकेन्द्रित दलले प्रस्ताव गरेको सहिदसूची मानवअधिकारवादी संस्थाको अध्ययन प्रतिवेदनले आंैल्याएभन्दा पनि बढी पाइएको छ। तराई ह्युमन राइट्स डिफेन्सर्स अलाइन्स र एसियन ह्युमन राइट्स कमिसनले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनअनुसार अगस्ट २०१५ देखि फेब्रुअरी २०१६ सम्म मधेस आन्दोलनमा जम्मा ३७ आन्दोलनकारी मारिएको उल्लेख छ।

‘गठबन्धन टुट्नुमा एमालेकै पनि कारण’

काठमाडौं,साउन ३२ । एमालेको जारी स्थायी समिति बैठकमा माओवादी केन्द्रसँगको गठबन्धन टुट्नुमा आफ्नै पार्टीको समेत कारण जोडिएको भन्दै नेताहरूले नेतृत्वमाथि प्रश्न उठाएका छन्। स्थायी समितिको दुई दिनदेखि जारी बैठकमा बोल्दै नेताहरूले गठबन्धन जोगाउने पर्याप्त पहल नभएको भन्दै आलोचना गरेका हुन्। कान्तिपुर दैनिकमा समाचार छ।

सोमबार बोल्ने अधिकांश माधव नेपाल पक्षधर नेताहरूले अन्य शक्तिहरू गठबन्धन भत्काउन सक्रिय रहेका बेला आफ्नो तर्फबाट जोगाउने पर्याप्त पहल गर्न पार्टी चुकेको धारणा राखे। वरिष्ठ नेता नेपाल, उपाध्यक्षहरू युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवाली, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलगायत सोमबार बोलेका थिए। प्रधानमन्त्री प्राप्त गर्ने अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जे निर्णय गर्न सक्ने भए पनि आफ्नो तर्फबाट जोगाउने पहल गर्नु नै बढी बुद्धमानी हुने धारणा उनीहरूको थियो।

‘गठबन्धन टुट्नुमा अन्य शक्तिहरूको भूमिका छ तर यसलाई बुझेर जोगाउन ध्यान दिनुपर्ने थियो,’ नेता नेपालले भने। नयाँ गठबन्धनले संविधान कार्यान्वयन गर्न नसक्ने र मुलुकलाई खतरामा लैजाने सम्भावना रहेको उनको भनाइ थियो।

नयाँ गठबन्धनले निर्वाचन नचाहेको उल्लेख गर्दै त्यसमा विशेष सजग भएर लाग्नुपर्ने धारणा पनि नेताहरूले राखेका थिए। पार्टी संस्थागत ढंगले चल्ने परिपाटीमा समस्या आएको भन्दै नेताहरूले नेतृत्वको ध्यानाकर्षण गराएका थिए

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web