जापानमा भारी बर्षासँगै आँधीको चेतावनी, यि ठाउँमा बिशेष सचेत अपनाउनुहोला

साउन ३२, २०७३ मा प्रकाशित | 6598 views

३२ साउन, टोकियो ।
जापानमा भोली बिहान तुफानको चेतावनी जारी गरिएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार १६ तारिख आज साँझबाट भारी बर्षापछि भोली बिहान ठूलो तुफान आउन सक्नेछ ।

जापानको खान्तो क्षेत्र जस अन्र्तगत गुन्मा, तोचिगि, इबाराकी, साइतामा, टोकियो, चिबा र कानागावा क्षेत्रमा साँझबाट भारी बर्षा हुँदैछ ।

मौसम बिभागको अनुमान अनुसार यि क्षेत्रहरुमा दिउँसोबाटै भारी बर्षा सुरु भएको छ भने साँझ परेपछि यसको मात्रा बढ्दै गएको छ ।

तुफानबाट कान्तो, तोहोकु, होक्काइदो क्षेत्रमा बढी असर पार्न सक्नेभन्दै होसियारी अपनाउन भनिएको छ ।

मंगबार साँझ पर्ने पानीपछि बुधवार बिहान पूर्वी र उत्तरी जापानबाट तुफान सुरु हुने मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

भारी बर्षापछि केही ठाउँमा पहिरो तथा हावा हुरीले पार्नसक्ने असरबाट जोगिन र उद्दारको लागि तयार रहन समेत मौसम विज्ञान एजेन्सीले भनेको छ ।

होक्काइदोमा १५० मिलमिठर बर्षा भइरहेको र यो २ सय ५० मिमि सम्म बर्षा हुने अनुमान गरिएको छ ।

आँधी टोकियोको दक्षिण प्रशान्त देखि उत्तरी क्षेत्र हुँदै बहने हुनाले सो क्षेत्रमा बढी खतरा रहेको जनाइएको छ ।

हाचिजो द्धीपको इजु श्रृंखलामा पूर्व दक्षिण हुँदै २५ किमी प्रति घण्टाको गतिमा उत्तर उत्तर तर्फ हुँदै आँदी मंगलबार दिउँसो समम्म बहने छ ।

आँधीको असर र खतरा बिहीबार बिहानसम्म रहेको भन्दै चक्रपात आँधीबाट सजक रहन र सचेतता अपनाउन जापानको मौसक विज्ञान एजेन्सीले सबैसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web