१ भदौ, काठमाडौं ।
सुन्दा अचम्म लाग्न सक्छ । मुलुकको आन्तरिक र बाह्य सुरक्षा गर्ने तथा आवश्यक पर्दा रणनीतिक विकासका आयोजनाहरुलाई अघि बढाउने महत्वपूर्ण भूमिका पाएको नेपाली सेनाले घडेरी बेच्ने काममा पनि लागेको छ ।

कान्तिपुर दैनिकमा समाचार छ।

सैनिक कल्याणकारी कोष अन्तर्गत रहेर सेनाले जग्गा खरिद गरेर त्यसलाई प्लटिङ गरी विक्री वितरण गरिरहेको छ ।

सेनाले घडेरी योजना अन्तर्गत बहालबाला, अबकाश प्राप्त तथा लडाईमा मृत्यु भएका सैनिकका आश्रित परिवारहरुलाई किस्ताबन्दी र पूरा भुक्तानीमा जग्गा विक्री गरिरहेको छ।

यसका लागि सेनाले सुनसरीको इटहरीमा ११ सय ८ वटा, पोखराको फुलबारीमा ७२ र राधाकृष्ण टोलमा १ सय ५१ तथा चितवनको पिठुवामा २ सय ८९ गरी जम्मा १ हजार ६ सय ४४ वटा घडेरी बिक्री गरिसकेको छ।

सेनाले सस्तोमा ठूलो परिणामको जग्गा किन्ने र त्यसलाई प्लटिङ गरी महंगोमा बिक्री गर्दै आइरहेको छ।

१ भदौ, काठमाडौं ।
गत वषको भूकम्पपछि बोरामा थन्किएको राष्ट्रिय पुस्तकालयका सयौं वर्ष पुरानामा पुस्तक अझै त्यही अवस्थामै छन्। कान्तिपुर दैनिकमा समाचार छ।

भूकम्पले ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालय जीर्ण भएपछि डेढ लाख पुस्तक ज्ञानेश्वरस्थित महेन्द्र भवन विद्यालयको दुई तलामा राखिएको छ ।

गत महिना शिक्षा मन्त्रालयले किरा र धमिरा लागेका केही पुस्तकलाई तत्काल बोराबाट झिकेर राखेपनि पुस्तकालय अन्यत्र सारिएको छैन।

शिक्षा मन्त्रालयले भने सयौं वर्ष पुराना तथा महत्वपूर्ण पुस्तकलाई तत्काल घर भाडामा लिएर सुरक्षित राख्ने कदम अघि बढेको जनाएको छ।

पुस्तकालय विस्तारका निम्ति जमलस्थित त्रिविको जग्गा उपलब्ध गराउन भनिएको छ। जग्गा उपलब्ध गराउन मन्त्रालयले फाइल अघि बढाउन भने सकेको छैन।

१ भदौ, काठमाडौं ।
अपराध नियन्त्रणसँगै शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी बोकेको प्रहरस्ले आफ्नो सेवा उत्तिकै चुस्तदुरुस्त पार्नुपर्छ ।

कहीँकतै अपराध भइहाले तत्काल पहुँच पुर्याउान विभिन्न स्थानमा छुट्टाछुट्टै प्रहरी एकाइ खडा गरिएका छन्। नागरिक दैनिकमा समाचार छ।

तर, सवारीसाधन अभावमा ती युनिटले अपेक्षाअनुरुप सेवा प्रबाह गर्न सकिरहेका छैनन्। नेपाल प्रहरीका आधाभन्दा बढी कार्यालयसँग साइकलधरि नरहेको पाइएको छ ।

सडक सञ्जालमा जोडिएका १ हजार ३ सय एकाईसँग सवारी साधन नभएको तथ्य प्रहरीसँग छ। नेपाल प्रहरीका कुल २ हजार ५ सय ३ एकाइ छ।

बाहिरी जिल्लाको त कुरै छाडौं, राजधानीकेन्द्रीत महानगरीय प्रहरीकै दुई एकाई सवारीबिहीन छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार गोंगबुको अस्थायी प्रहरी प्रभाग र ललितपुर, सन्तानेश्वरस्थित प्रहरी बिटमा सवारी साधन छैन। यस्ता एकाइमा प्रहरी नायब निरीक्षकदेखि प्रहरी हवल्दारसम्मको दरबन्दी हुन्छ।

१ भदौ, काठमाडौं ।
सरकारको चर्को कर र नेपाल आयल निगमले अत्याधिक नाफा राखेका कारण नेपालमा हवाई इन्धनको मूल्य बढी भएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले घटाउनका लागि सरकार गुहारेको छ।

निगमले उडान गर्ने अन्य गन्तव्यभन्दा काठमाडौंमा इन्धनको मूल्य तीन गुणासम्म महंगो पर्ने गरेको पाइएको छ। अत्याधिक मूल्यका कारण यात्रुलाई प्रत्यक्ष मार परेको तथा आफ्नो प्रतिस्पर्धी क्षमता कमजोर भएको भन्दै मूल्य घटाउन पहल गरिदिन निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गुहारेको खबर आजको कारोबार दैनिकमा छापिएको छ।

निगमले मन्त्रालयलाई पत्र लेखी हवाई इन्धनको मूल्य घटाउन पहल गरिदिन आग्रह गरेको छ । हाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटिर २५ रुपैयाँ खुद नाफा राखेको छ ।

वायुसेवा निगमले गत साउन १ को मूल्यका आधारमा तयार पारेको विवरणअनुसार इन्धन भर्दा मलेसियामा प्रतिलिटर ३७.९९ रुपैयाँ र नेपालमा १०६.८५ रुपैयाँ भुक्तानी गर्नुपरेको छ ।

‘निगमले उडान गर्ने सबै गन्तव्यमा पर्ने मूल्य र नेपालमा पर्ने मूल्यको तुलना गरेर मन्त्रालयमा पत्र पठाएका छौं,’ निगम प्रवक्ता रामहरि शर्माले भने । अन्य एयरलाइन्सहरूले आफ्नै मुलुकमा धेरै इन्धन भरेर आउने भएकाले निगमलाई मात्र बढी भार परेको निगमको भनाइ छ ।

‘सरकारले विशेष निर्णय गरेर भए पनि राष्ट्रिय ध्वजावाहक भएको नाताले निगमलाई अन्यलाई भन्दा सस्तोमा दिनुपर्छ भन्ने हाम्रो माग हो,’ प्रवक्ता शर्माले भने ।

निगमले पठाएको पत्र पर्यटन मन्त्रालयले उपयुक्त लागेमा अर्थ मन्त्रालय पेस गर्नेछ भने अर्थले करमा सहुलियत दिने निर्णय मन्त्रिपरिषद्मा लैजान सक्नेछ । स्रोतका अनुसार अर्थले तत्काल यस्तो निर्णय गर्न सक्ने अवस्था नभए पनि आपूर्ति मन्त्रालयले नाफा घटाउन निगमलाई निर्देशन भने दिन सक्नेछ ।

‘आयल निगमले नाफा थोरै राखेर वायुसेवा निगमलाई सुविधा दिएमा नाफा बढ्ने थियो, जसले सञ्चालनमा सहज हुनेछ,’ प्रवक्ता शर्माले भने । निगमले ३ जहाजमार्फत नयाँदिल्ली, बैंग्लोर, मुम्बई, दोहा, मलेसिया, बैंकक र हङकङ उडान गरिरहेको छ । असोजबाट चीनको क्वाङ्चौ उडान गर्दैछ ।

१ भदौ, विर्तामोड ।
विद्युत सर्ट भएर झापाको बिर्तामोडस्थित कृषि थोक बजारको मिनी मार्केटमा आज विहान आगलागी हुदा दुई करोड रुपैया भन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ५ बजेतिर सुरु भएको आगलागीबाट कृषि थोक बजार परिसरमा रहेका १० वटा फेन्सी पसल जलेर नष्ट भएका छन् ।

प्रहरीका अनुसार आगलागीका कारण दुई करोड रुपैया मूल्य वरावरको क्षति भएकोे प्ररम्भीक अनुमान रहेको छ ।

आगलागी स्थानीयवासी, प्रहरी तथा बिर्तामोड,दमक,भद्रपुर र मेचीनगर नगरपालिकाको वरुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मिनी मार्केट भित्र आगलागी भएका कारण क्षतिको क्षतिको विवरण बढ्न सक्ने प्रहरीले जनाएको छ ।

२ भदौ, चितवन ।
गए राती चितवनको फिस्लििङमा दुई बस एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अहिलेसम्म गुल्मी घर भएका दुइ मृतक सन्देश गौतम र मञ्जु गौतमको सनाखत भएको छ भने अरु २ जनाको सनाखत हुन बाकी रहेको छ ।

दुइजनाको शबलाई लाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । तीनजनाको घटनास्थलमै र एक बालकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भैरहवाबाट काठमाडौ जाँदै गरेको लु १ ख ९३६१ नम्वरको बस र काठमाडौबाट धरान जाँदै गरेको ना ४ ख ४५१६ नम्बरको बस चितवनको दारेचोक ९ स्थीत फिस्लिङमा एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

२९ जना घाइते मध्ये २० जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने बाकी घाइते काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

पप्पु गुरुङ्, ३२ साउन / दोधारा चाँदनी । दोधारा चाँदनीको कञ्चनभोजबाट भारत तस्करी गर्ने क्रममा रहेको समान लुटिएको भन्दै एक नेपाली युवकलाई भारतिय नागरिकले ज्यान मार्ने धम्की दिएका छन् । बुधवार राती दोधारा चाँदनीको बजारबाट अबैधरुपमा करिब ४० हजार बराबरको खुकुरी चुरोट दोधारा चाँदनी नगरपालिका वडा नं. ७, कञ्चनभोजबाट तस्करी हुदै गर्दा समान लुटिएपछि दोधारा चाँदनी नगरपालिका वडा नं. ७, कञ्चनभोज बस्ने रोहित सिंह सुनारलाई समान लुटेको आरोप लगाएका छन् । बुधवार राती ढुङ्गा ताकेर रोहित सिंह सुनारले समान लुटेको भारतियहरुले आरोप लगाउदै आएका छन् । तर रोहित सिंह सुनार लगाएतका समुहले उक्त समानको बारे आफुलाई कुनै प्रकारको जानकारी नभएको बताएका छन् । “हामीलाई बिना सित्तै लुटेको आरोप लगाएका छन्” रोहित सिंह सुनारले भने– “समानको बारे हामी अनबिज्ञ छौ” आज बिहान एनसेलको ९८०५७४४४८८ नम्वरबाट फोन गरेर उत्तराखण्ड, नारायण नगर (बंगाली कलोनी) निवासी भारतिय नागरिक मनोज मण्डल र सानुले समान नदिए ज्यान मार्ने धम्की दिएको रोहित सिंह सुनारले बताएका छन् । “हामीले समान लगेका छैनौ, कहाँबाट समान दिने ?” उनले भने । हामीलाई भारतमा गए मार्ने धम्की दिएपछि सिमावर्ती भारतिय बजारमा जान बन्दै गरेको बताएका छन् । उनिहरु निर्घातरुपमा हाम्रो घरमा आएर धम्की दिएर जान्छन् नेपाली प्रशासनले खासै चाँसो नदेखाएको उनीहरुको गुनासो रहेको छन् । “सिमा संग टासिएको घर छ । राती कतिबेला सुतेको बेला आएर मारलान भन्ने चिन्ताले सताएको छ्” उनिहरुले भने । धम्की आएपछि सुनार हिजो राती आफन्तको घर महेन्द्रनगरमा बसेका थिए । “ज्यान मार्ने धम्की पछि घरमा बस्न सकिन” उनले थपे । भारतिय तस्करहरुले उनिहरुको घरमा कति बेला आक्रमण गर्लान भन्ने चिन्ताले राती निन्द्रा नलाग्ने गरेको रोहित सिंह सुनारको परिवारजनले बताएका छन् । आफुहरुले नगरेको कुरामा बिनासित्तै आरोप लगाएर ज्यान मार्ने धम्की पाएको उनिहरुको भनाई रहेको छन् । आज आफुले आफु र परिवारजनको सुरक्षाको लागी बाबाथान प्रहरी कार्यालयमा भारतिय नागरिक बिरुद्ध उजुरी हालेको बताएका छन् । समान कस्ले लुट्यो भन्ने बिषयमा ब्यापक छलफल भएपनि टुङ्गो नलागेको स्थानियहरुले बताएका छन् । भारतिय नागरिकले रोहित सिंह सुनारले राती ढुङ्गा ताकेर समान लुटेको दाबी गर्दै आएको छ भने सुनार लगाएत उनका समुहले आफुहरुले समान नलुटेको भन्दै बिनासित्तै आफुहरुलाई दोषारोपण गरेको बताएका छन् ।

३२ साउन, हेटौंडा ।
संविधान मान्दिन पनि भन्ने तर तलब भत्ता खाँदै संसद गइरहने नौटंकी गरिरहेको संघीय गठबन्धन नेपालका संयोजक उपेन्द्र यादवले संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

आज हेटौँडामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको संविधान अपुरो र अधुरो रहेको बताए ।

३२ साउन, काठमाडौं ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ विदेशमन्त्री वाङ यीसँग आज भेटवार्ता गर्नुभएको छ ।

नेपाली दूतावास बेइजिङका अनुसार उपप्रधानमन्त्री महराले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जीन पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पत्रसमेत प्रदान गर्नुभयो ।

यस्तै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट समकक्षी ली खछयाङलाई पनि नेपाल भ्रमणको निमन्त्रणा पत्र दिनुभएको थियो ।

गत जुनमा उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभएको चीन भ्रमणका क्रममा समेत राष्ट्रपति भण्डारीले राष्ट्रपति सिलाई नेपाल भ्रमणको निमन्त्रणा पठाउनु भएको थियो ।

भेटका अवसरमा दुई नेताबीच, द्विपक्षीय हित र सहयोगका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालको विशेष दूतका रुपमा उपप्रधानमन्त्री महरा सोमबार चीन प्रस्थान गर्नुभएको थियो ।

३२ साउन, काठमाडौं ।
सिंहदरवारमा आज बसेको सर्बदलीय बैठकले स्थानीय तह पुनः संरचना आयोगको प्रारम्भीक प्रतिवेदन बुझाउने म्याद दुई साता थप्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिहंदरवारमा बसेको बैठकले समय राजनीतिक दलहरु बीच थप छलफल गरी आयोगलाई थप कार्यदेश दिने सहमती भएको बैठक पछि नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिनु भयो ।

बैठकमा प्रधानमन्त्रीले संविधान कार्यान्वयनमा प्रतिवद्धता व्यक्त गर्नु भएको नेकपा एमालेका उपाध्यक्ष भिम रावलले जानकारी दिनु भयो ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष लक्ष्मणलाल कर्णले संविधान कार्यान्वय गर्ने र निर्वाचन गर्ने हो भने मधेशी दलहरुले उठाएका विषयलाई सम्बोधन गर्नु पर्नेमा जोड दिएको बताउनु भयो ।

कांग्रेस र सत्तारुढ दल माओवादीले आगामी चैत्रमा स्थानीय निकायको निर्वाचन गर्ने गरी अघि बढ्ने सहमति गरेका थिए ।

The government is all set to issue national identity cards to 110 thousand people within six months in the first phase.

The national ID cards would be made employing the details collected by the Election Commission, the National Identity Card Management Centre stated.

More than 100 countries have adopted the national identity card system under which all the personal details of the card-holder would be archived through an automated chip.

Executive Director of the Centre, Dinesh Bhattarai said that seven thousand government employees would be mobilized for the distribution of the national identity card for the six months' period.

Naya Shakti Party's Coordinator, Dr Baburam Bhattarai has expressed his dissatisfaction towards the government and the National Reconstruction Authority (NRA) over the stalled progress of reconstruction 15 months after the massive earthquake struck with Gorkha's Barpak as the epicentre.

At an interaction 'Gorkha Reconstruction: Possibility and Challenges', former PM Dr Bhattarai stressed on need to distribute Rs 500,000 in reconstruction grant to quake-stricken rather than Rs 200,000.