Three drowned in Kanchanpur

Three persons were killed after drowning in local rivers and canals at different places of the district yesterday.

Sunil Tamang, 15, of Punarbas Municipality-1 drowned while taking a bath in a local river, said Deputy Superintendent of Police Naina Singh Karki.

Similarly, Jayalal Chaudhary, 55, and Suklalal Dagaura, 60, Belauri Municipality died after drowning in a local canal, he said.

ओलीलाई गौतमको चेतावनी–’पृथ्वी एक्लै थामेको जस्तो नगर्नुस्’

काठमाडौं,भदौं १ । एमाले स्थायी समिति बैठकमा उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष केपी ओलीप्रति तीव्र असन्तुष्टि पोखेका छन् । गौतमले भारतसँग दह्रो अडान राखेको र चीनसँग सम्झौता गरेकामा आफूले राजा महेन्द्रसँग तुलना गरेर राष्ट्रवादी भनेको स्मरण गर्दै ओली नजिकका केही ‘अपराधी’ ले आफ्नै सरकार ढालेर प्रचण्ड प्रधानमन्त्री बनाउन लागिपरेको आरोप लगाएको भन्दै आक्रोश पोखे । सरकार जोगाउन आफूले भूमिका खेलेको र प्रचण्डलाई नर्कको बाटो नजान भन्दै अघिल्लोपटक सरकार डाड्न लाग्दा रोकेको दाबी उनले गरे । यसपटक पनि आग्रह गरेको भए चिनियाँ राष्ट्रपछि सी जिनपिङको नेपाल भ्रमणसम्म प्रचण्डलाई भनेर सरकार टिकाइदिने वामदेवको दाबी थियो ।

उनले सरकार टिकाउने आफूले खेलेको भूमिकाका लागि धन्यवादको एक शब्द उल्लेख नगरेकामा ओलीसँग असन्तुष्टि पोख्दै पृथ्वी एक्लै थामेको जस्तो घमण्ड नगर्न समेत चेतावनी दिए । ‘भारतसामु दह्रो अडान राखेको, चीनसँग सम्झौता गरेकामा मैले राम्रो मान्दै महेन्द्रपछिको राष्ट्रवादी भनेकै हुँ । सरकार जोगाउने काम गरेकै हुँ । तर, धन्यवादको एक शब्द पनि पोख्नुभएन । प्रतिवेदनमा केही उल्लेख गर्नुभएन । तैपनि यसमा मेरो गुनासो छैन । तर, यदि भन्नुभएको भए सी जिनपिङ आउञ्जलेसम्म तपाईंको सरकार जोगाइदिने थिएँ ।

प्रचण्डसँग मेरो संगत राम्रो हुनुको मतलब म तपाईंलाई हटाएर उनलाई प्रधानमन्त्री बनाउनतिर लाग्नु हो ? ममाथि यस्तो घटिया आरोप लगाउने अपराधीहरु तपाईं वरपर छन् । प्रचण्डलाई नर्कतिर नजानू भनेर फर्काउने मान्छे हुँ म । तर, तपाईंले त सारा पृथ्वी एक्लै थामेको छु जस्तो गर्नुहुन्छ ’, बामदेवले बैठकमा यसरी तीतो पोखे । आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।

रियो ओलम्पिक:ब्राजिल-होन्डुरस, जर्मनी-नाइजेरिया भिड्दै

एजेन्सी,भदौं १ । ब्राजिलमा जारी रियो ओलम्पिकको पुरुष फुटबल खेलको सेमिफाइनल भिडन्त आजबाट सुरू हुँदैछ। पहिलो खेलमा आयोजक ब्राजिलले होन्डुरसको सामना गर्दैछ। खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरू हुनेछ। विश्वकप फुटबल ट्रफी पाँच पटक उचालेको ब्राजिलले ओलम्पिक फुटबलमा भने अहिलेसम्म एक स्वर्ण पनि हात पार्न सकेको छैन। यद्दपी आयोजक ब्राजिको खातामा समान ३ रजत र काँस्य पदक भने छ।

त्यस्तै अर्को सेमिफाइनमा जर्मनीले नाइजेरियाको सामना गर्नेछ। खेल बिहिबार बिहान १२:४५ बजे सुरू हुनेछ। ओलम्पिक पुरूष फुटबल इतिहासमा जर्मनी र नाइजेरियाको खातामा १-१ स्वर्ण छ। पुरूष फुटबलतर्फ १९७६ को मोन्ट्रेल ओलम्पिकमा तत्कालिन पूर्व जर्मनीले स्वर्ण जितेको थियो भने अफ्रिकी मुलुक नाइजेरियाले १९९६ को एटलान्टा ओलम्पिकमा स्वर्ण हात पारेको थियो। क्वाटरफाइनलमा ब्राजिलले कोलम्बियालाई र जर्मनीले पोर्चुगललाई पाखाँ लगाउँदै सेमिफाइनल पुगेको हो। फाइनल खेल भने अगष्ट २१ मा हुनेछ।

राजदुत अस्वीकार गर्ने प्रचण्ड सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं,भदौं १ । तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले विभिन्न देशका लागि सिफारिस गरेका १४ राजदूतको नाम अस्वीकार गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सिफारिसमा परेर पनि सुनुवाइ हुन नपाएका राजदूतहरुले साउन ३१ गते दायर गरेको रिटमा सुनुवाई पछि प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजालसले बुधवार १४ राजदूतको नाम अस्वीकार गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो।

ओली सरकारले सिफरिस गरेको  १४ राजदूतको नाम पुष्पकमल दाहाल नेतृत्वको सरकारको अस्वीकार गरेको थियो ।  सर्वोच्चले यस विषयमा सरकारसँग लिखित जवाफ समेत माग गरेको छ। ओली सरकारले सिफारिस गरेका २१ मध्ये परराष्ट्र सेवाका ७ जनाको संसदीय सुनुवाइ सम्पन्न भइसकेपनि राजनीतिक नियुक्तिको सुनुवाइ नगर्न सरकारले संसदीय सुनुवाइ समितिलाई पत्राचार गरेको थियो। सरकारको निर्णयविरुद्ध एमालेको तर्फबाट सिफारिसमा परेका राजदूतहरू सर्वोच्च अदालत गएका थिए।

पूर्वमन्त्रीदेखि हेडक्वार्टर सदस्यलाई बालुवाटार र सिंहदरबारमा ‘नो इन्ट्री’

काठमाडौं,भदौं १ । सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै प्रधानमन्त्री छन् । जोकोहीलाई लाग्छ, पार्टीकै नेतृत्वमा सरकार बनेकाले माओवादी केन्द्रका नेता–कार्यकताबाटै सिंहदरबार र बालुवाटारमा भीडभाड बढेको छ । उनीहरू सहजै प्रवेश पाइरहेका छन् । तपार्इंले यस्तो सोचिरहनुभएको छ भने पूर्णतः गलत हुनुपर्छ । विभिन्न १० माओवादी घटकबीचको एकतापछि बनेको नेकपा माओवादी केन्द्रका ३३ सदस्यीय हेडक्वार्टर सदस्यमध्ये मुख्य नेताहरूले नै अहिलेसम्म बालुवाटार र सिंहदरबारमा प्रवेश पाएका छैनन् ।

आफ्नै पार्टीका मन्त्रीलाई भेटेर सल्लाह/सुझाव दिनु त परै जाओस्, मूल गेटबाटै पस्नसमेत पाएका छैनन् । बालुवाटार र सिंहदरबार प्रवेश नपाउनेमा सामान्य नेता मात्रै नभएर पूर्वमन्त्रीसमेत छन् । पूर्ववनमन्त्री मातृकाप्रसाद यादव प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाललाई भेट्न साउन अन्तिम साता बालुवाटार गए, त्यो दिन उनी गेटबाट भित्र पस्नसमेत पाएनन् । प्रधानमन्त्रीको सचिवालयले समेत बेवास्ता गरेपछि यादव प्रधानमन्त्री दाहालसँग निकै रुष्ट बन्दै राजधानी छाडेर मधेस फर्किएका छन् ।

पूर्वमन्त्री यादव मात्रै होइनन्, बालुवाटार र सिंहदरबारमा प्रवेश नपाउनेमा यादव मात्रै होइनन्, एकता प्रक्रियामा पार्टीको नेतृत्व नै गरेर आएका नेता मणि थापा, तिलक परियार, जयपुरी घर्ती तथा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको लाइनमा समेत रहेका नेकपा क्रान्तिकारी माओवादीबाट आएका चर्चित नेता कुलबहादुर केसीलगायतले समेत बालुवाटार र सिंहदरबारमा प्रवेश पाएका छैनन् । प्रवेश नपाएपछि अहिलेसम्म प्रधानमन्त्री निवास बालुवाटार र मन्त्री कार्यालय सिंहदरबारमा छिरेर आफ्नै मन्त्रीहरूलाई बधाई तथा सुझावहरूसमेत दिन सकेका छैनन् ।

नेतृ घर्तीले सिंहदरबारमा आफ्नो पुरानै सभासद्को कार्डका आधारमा छिर्ने गरेको तर बालुवाटार छिर्न भने भित्रबाट सिफारिस आउनुपर्ने नियम भएकाले भित्रबाट नाम आए मात्रै छिर्न पाइने भन्दै आफूले प्रयास नगरेको बताइन् । बालुवाटार छिर्न चाहने अन्य नेताहरू भने नेतृत्व र प्रधानमन्त्रीको सचिवालयले बिल्कुलै बेवास्ता गरेको भन्दै आक्रोश पोख्न थालेका छन् । ‘मैले प्रधानमन्त्रीलाई केही सुझाव दिनुप¥यो भनेर तीन दिनदेखि लगातार प्रयास गरेको अहिलेसम्म प्रवेश नै पाएको छैन,’ माओवादी हेडक्वार्टरका एक सदस्यले  भने, ‘अध्यक्षले पहिले पनि खासै फोन उठाउनुहुन्नथ्यो, तर उनको सचिवालयमा रहेकाहरूले पनि फोन उठाउँदैनन्, आफ्नो पार्टीभन्दा पनि अलि बिरानोजस्तो भएको छ ।’ यसरी, पार्टीको सबैभन्दा माथिल्लो निकाय हेडक्वार्टर सदस्यहरूकै सामान्य कुरामा पनि बेवास्ता गरेपछि एकता प्रक्रियाबाट आएका शीर्ष नेताहरू नेतृत्वसँग निकै असन्तुष्ट बनेका छन् ।

एकता प्रक्रियाबाट जोजस्तो पनि मान्छे आएको भन्दै सचेत हुन र सुरक्षामा पनि कडा गर्न भनेर नेतृत्वलाई नै सुझाव दिएको सूचना आएको एक नेताले बताए । पार्टीले मुख्य नेताहरूको हकमा आवश्यक व्यवस्था गर्न चासो नदिँदा एकतापछि कसैलाई काखा र कसैलाई पाखाको स्थिति बन्न पुगेको उनको भनाइ छ । एकता प्रक्रियाबाट आउने पूर्वमहासचिव र पूर्वमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसाललगायत केही नेताहरूले भने पीएसओसँगै लिएर हिँड्ने गरेकाले सिंहदरबार र बालुवाटारमा सहजै प्रवेश पाउने गरेका छन् ।

तर, अन्य नेताहरू बालुवाटार र सिंहदरबारसमेत पस्न नपाएको गुनासो गर्छन् । व्यवस्थापिका–संसद्को तेस्रो दल नेकपा माओवादी केन्द्रले मुख्य नेताहरूको हकमा सुरक्षाकर्मीसँग समन्वय गरेर वा अन्य कुनै विकल्प खोजेर प्रवेश कार्ड बनाउनु पर्नेमा त्यसो गर्न चासो नदेखाएर एकताबाट आएका नेताहरूलाई बेवास्ता गरेको ती नेताहरूले गुनासो गरेका छन् । पार्टी एकतापछि विभिन्न भातृ संगठन तथा पार्टीको तल्लो निकायको एकता भेला/सम्मेलनमा समेत बाइपास गर्न खोजेको आरोप पनि उनीहरूले लगाएका छन् ।

यस्तै, पार्टी नेतृत्वमा सरकार बनेपछि विभिन्न सल्लाहकारसहितका नियुक्तिमा पनि नेताहरूले संस्थागत निर्णय भन्दा आफूखुसी र राम्रोभन्दा आफ्नोलाई छानेको भन्दै असन्तुष्टि बढेको छ । आजको राजधानी दैनिकमा खबर छ ।

२७ यात्रु मार्ने बसको चालकको लाइसेन्स नै नक्कली

१ भदौं, काठमाडौं ।  सोमबार काभ्रेको बिर्ता देउरालीमा दुर्घटनाग्रस्त बसचालको सवारी अनुमतिपत्र (लाइसेन्स) नक्कली भएको तथ्य खुलेको छ ।

भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रमेश लेखकले पछिल्लो समय सडक दुर्घटना बढेपछि सरोकारवालासँग मन्त्रालयमै गरेको छलफलमा उक्त बसका चालकको लाइसेन्स नक्कली भएको खुलेको आजको राजधानी दैनिकमा समाचार छ ।

छलफलमा दिइएको सूचनाअनुसार सोमबार दुर्घटनामा परेको बसका चालकको लाइसेन्स नक्कली भएको फेला परेको छ

। बस चालकले प्रयोग गरेको अनुमति पत्र नम्बर यातायात व्यवस्था कार्यालयबाट अकैंको नाममा जारी भएको रेकर्डबाट फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

पानी परेको समय, कच्ची उकाले भीरको बाटो भए पनि क्षताभन्दा तीन दोव्वर भारवहन र चालकको लापरबाहीकै कारण दुर्घटना निम्तिएको सरकोकार वालाको निष्कर्ष रहेको छ ।

वा ३ ख १०६ नम्बरको यात्रुबस सोमबार दिउँसो दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो ।

संसदमा सांसदभन्दा दुई गुणा बढी संख्याले कसरी खाजा खाए

१ भदौं, काठमाडौं । खाजा र खानका लागि दिइने कुपनमा व्यापक अनियमितता भेटिएपछि संसद सचिवालयले कुपन सिस्टम बन्द गर्ने निर्णय गरेको छ ।

समितिको बैठक बस्दा एकजना नेताको पछाडि दर्जनौं सुरक्षाकर्मी, सहयोगी र ड्राइभरलाई पनि कुपन दिनुपर्ने, कर्मचारीलाई छुट्टै खाना र खान खाने गरेको तथा कुपनको व्यापक दुरुपयोग हुने गरेको भन्दै कुपन सिस्टम बन्द गर्नुपरेको सभामुख ओनसरी घर्तिमगरको सचिवालयले जनाएको आजको अन्नपूर्णमा समाचार छ ।

सभामुख घर्तीले आर्थिक मितव्ययिता अपनाउन आफूले यस्तो निर्णय गरेको विभिन्न दलका सचेतकहरुसँगको छलफलमा बताएकी छन् ।

संसद सचिवालयका एक कर्मचारीले एक दिनमा तीनहजार पाँचसय सम्म कुपन बाँडिएको र कुपनमा ठूलो रकम खर्च भइरहेको बताए । सचिवलायले सांसलदाई खाजा र खानाबापत नगद निदे निर्णय गरे पनि संसदका कर्मचारी पाइरहेको भन्दा निकै कम छ ।

संसदका सबै तहका कर्मचारीको दैनिक ६ सय रुपैयाँ खाजा खर्च पाएँछन् । तर सांसदले भनेसमिति बैठक बसेमा चार सयमात्र पाउनेछन् ।

बिहान बैठक बसे सांसदलाई चार सय र साँझ ७ बजेपछि बैठक बसे थप चार सय रुपैया खाना र खाजा खर्चबापत दिने निर्णय भएको हो ।

नेविसंघमा सभापतीमा सात जना भिड्दै, चुनाव आज हुँदै

१ भदौं, काठमाडौं ।
युवा संघठनको बेइज्जतनै हुनेगरि झण्डै एक दशकपछि महाधिवेशन गेरर उद्घाटन भएको ११ दिनपछि नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।

उद्घाटन भएको डेढ सातासम्म पनि मिल्न नसकेको प्रतिनिधि विवाद सहमतिमा सुल्झिएपछि आज निर्वाचन हुन लागेको हो ।

बिहान ७ बजेदेखि साझँ ७ बजेसम्म मतदान गर्ने कार्यक्रम निर्वाचन आयोजले सार्वजनिक गरेको भएपनि ८ बजेसम्म मतदान सुरु हुन सकेको छैन ।

मतदान सकिएसँगै मतगणना सुरु हुने भनिएको छ । विद्युतिय मतदान हुने भएकाले निर्वाचन सकिएको दुई घण्टामै परिणाम सार्वजनिक गर्न सकिने निर्वाचन समतिले जनाएको छ । तर यसको कुनै टुंगो लाग्न सकेको छैन ।

निर्वाचनका लागि मतदाताबाट चुनिने १ सय २९ पदका लागि ६ सय ८५ जनाको उमेदवारी परेको छ । कुल १ सय ५१ सदस्यीय कार्यसमितिमध्ये १ सय २९ जना मतदानबाट र बाँकी मनोनित हुनेछन् ।

एक अध्यक्ष, ११ उपाध्यक्ष, दुई महामन्त्री १३ सहायकमन्त्री, एक कोषध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन् ।

सभापतिको एक पदमा ८ जनाको उम्मेदवारी परेको थियो । सभापतिमा नैनसिंह महर, मनोजमणि आचार्य, आनन्दराज त्रिपाठी, शुभराम बस्नेत, लक्ष्मण आचार्य, पदमराज पन्त, नगेन्द्रसिंह ठकुरी र बचन कार्कीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । सभापतिका उमेदवार पदमराज पन्तले उमेदवारी फिर्ता लिएसँग ७ जना उमेदवार चुनावी मेदानमा उत्रिएका हुन् ।

नैनसिंह महर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको पक्षको साझा उम्मेदवार हुन् । आचार्य र त्रिपाठी नेता रामचन्द्र पौडेल पक्षका र बस्नेत खुमबहादुर खड्का पक्षका हुन् ।

दुई महामन्त्री पदका लागि ५ जनाको उम्मेदवारी परेको छ भने एक कोषाध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएको केन्द्रीय निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिए ।

केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि मंगलबार अपरान्ह १२ बजेसम्मको समय दिएको थियो ।

पशुपतिशमशेर राणाविरुद्ध राप्रपामा विद्रोह हुँदै

१ भदौ, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकतर्फी रुपमा पार्टी एकीकरण रोकेको भन्दै राप्रपामा अध्यक्ष पशुपतिशमशेर राणाविरुद्ध विद्रोहको तयारी भएको छ ।

यसका लागि केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरुले हस्ताक्षर अभियान थालेका छन्। एक साता समयसीमा दिएर सुरु भएको हस्ताक्षर अभियान शुक्रवार सम्पन्न हुने स्रोतले बतायो। अन्नपूर्ण पोस्टमा समाचार छ।

राणाको विरोधमा मंगलबार साँझसम्म भन्डै चार दर्जन केन्द्रीय सदस्यले हस्ताक्षर गरेको राप्रपाका एक नेताले दाबी गरेका छन्। उनीहरुले आगामी शनिवार अध्यक्ष राणालाई अल्टिमेटमसहितको ध्यानाकर्षणपत्र समेत बुझाउने तयारी गरेका छन्। सो पत्रमा पहिलो सर्तका रुपमा राप्रपा नेपालसँगको पार्टी एकता जुन ठाउँबाट अबरुद्ध भएको हो सोही ठाउँबाट सुरु गर्न आग्रह गरिएको छ।

राणाले त्यसलाई अस्वीकार गरेमा पार्टीको नेतृत्वसमेत परिवर्तन गर्न सकिने चेतावनी उनीहरुले दिएका छन्। गत साउन ११ र १२ गते बसेको राप्रपा केन्द्रीय समिति बैठकले राप्रपा नेपालसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो। त्यसैगरी साउन २१ मा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राणाले संयुक्त विज्ञप्ति जारी गरी साउन २५ मा पार्टी एकता गर्ने सार्वजनिक घोषणा गरेका थिए।

तर, साउन २४ गते पार्टीको अन्तरिक विधानमा छलफल गर्न बाँकी रहेको भन्दै राप्रप अध्यक्ष राणाले विज्ञप्ति प्रकाशित गरी एकता तत्काल स्थगित भएको बताएका थिए।

अब बढी यात्रु बोके रुट परमिट र लाइसेन्स खारेज

१ भदौ, काठमाडौं ।
सिट क्षमताभन्दा बढी यात्रु चढाउने गाडीको रुट परमिट र चालकको लाइसेन्स तत्कालै खारेज हुने भएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

क्षमताभन्दा ज्यादा यात्रु बोकेकै कारण काभ्रेमा सोमबार बस दुर्घटना भएको निष्कर्ष निकाल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी कानुन उल्लंघन गर्ने सबै सार्वजनिक गाडी, तिनका मालिक र चालकलाई कडा कारबाही गर्ने निर्णय गरेको हो।

मन्त्रालयले यातायात व्यवसायी, नेपाल प्रहरी र ट्राफिक प्रहरी अधिकृतसहित सरोकारवालसँग मंगलबार बैठक गरी यस्तो निर्णय गरेको हो।

बैठकले रिट क्षमताभन्दा बढी यात्रु चढाएको पाए तत्कालै गाडीको रुट परमिट तथा चालकको लाइसेन्स खारेज र अधिकतम दण्ड जरिवाना गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिए।

उनका अनुसार मालबाहक गाडीले यात्रु र यात्रुबाहकले सामान बोकेको पाइएमा समेत गाडीको रुट परमिट र चालकको अनुमति खारेज गर्ने निर्णयसमेत भएको छ।

मन्त्रालयले बढ्दो गाडी दुर्घटना रोक्न सवारी कानुनमा भएका कमीकमजोरी हटाउन यातायात व्यवसायी, मजदुरसहित सबै सरोकारवालासित परामर्श गरी १० दिनभित्र ऐनको संशोधनको मस्यौदा तयार पार्ने निर्णय गरेको लेखकले बताए ।

दोधारा चाँदनीको प्रगती समिक्षा बैठक सम्पन्न

पप्पु गुरुङ्, १ भदौ / दोधारा चाँदनी ।  दोधारा चाँदनी नगरपालिका कार्यालय प्रगति समिक्षा बैठक सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश बहादुर बमको सभापतित्वमा संचालित बैठकमा दोधारा चाँदनीका सरकारी कार्यलय, गैर सरकारी संस्था, वडा नागरिक मञ्चका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो । साबिकको दोधारा गाबिसको कार्यालयको सभा कक्षमा संचालित कार्यक्रममा दोधारा चाँदनीमा रहेका सरकारी कार्यलय, गैर सरकारी संस्थाले आ–आफ्नो प्रगति बिबरण पेश गरि छलफल गरेका थिए । दोधारा चाँदनी नगरपालिका कार्यालयको आर्थिक वर्ष २०७२/०७३ मा बित्तिय प्रगति, भौतिक प्रगति, आन्तरिक आय तथा राजस्व बाँडफाँटको अवस्था, लक्षित बर्गको प्रगति लगाएत प्रगति तथा गुनासा दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश बहादुर बलले पेश गर्नुभएको थियो । दोधारा चाँदनी नगरपालिका कार्यालयका सयुक्त वडा सचिव मोहन सुनारले संचालन गर्नुभएको प्रगति समिक्षा बैठकमा समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको बिबरण सुचना प्रणालीमा प्रविष्ट गरि बैंक मार्फत भत्ता बितरण गरिएको, सामाजिक सुरक्षा कार्यक्रममा बेरुजु सुन्य गरिएको, नगरपालिकाको आम्दानी र खर्चा कम्प्युटर मार्फत गर्ने गरिएको, बाताबरण मैत्री नगरपालिका बनाउन कार्य अघि बढाईएको, नगर यातायात गुरु योजना स्विकृतको चरणमा रहेको र भवन निमार्ण सम्बन्धि मापदण्ड तयार गरिएको प्रमुख उपलब्धिहरु प्रस्तुत गरिएको थियो । उक्त अवसरमा राजनितिक दलका तर्फबाट नेपाली काग्रेंसको तर्फ देखि राजेन्द्र मल्ल, नेकपा एमालेका राजिब खड्का, राप्रपा नेपालका अमर बोहरा, राप्रपाका बिर बहादुर शाह, राप्रपा नेपाल केन्द्रीय सदस्य शान्तिमाया सुनुवार, पुर्व दोधारा गाबिस अध्यक्ष बेल बहादुर राना, नेकपा एमाले दोधारा नगरकमिटी अध्यक्ष किशोर कुमार लिम्बु, नेकपा एमाले दोधारा नगरकमिटी जिल्ला कमिटि सदस्य टंक लाल जोशी लगाएत सहभागिता रहेको थियो ।  ।  आगामी आर्थिक वर्षको बजेटले दोधारा चाँदनी नगरपालिका क्षेत्रलाई कसरी ब्यवस्थित नगरपालिका बनाउने बिषयमा समेत आ–आफ्नो धारण ब्यक्त गरिएको थियो ।

अर्च सचिव दिनहुँ तारे होटलबाट के मगाएर खान्छन्ँ

१ भदौ, काठमाडौं ।
सचिवले तलब भत्तावापत राज्यकोषबाट तलबरभत्तामा बुझ्ने ५१ हजार रुपैयाँ हो। यसबाहेक इन्धनमा मासिक एक सय लिटर पेट्रोलको सुविधा हुन्छ। अर्थसचिव लोकदर्शन रेग्मीको खान्कीमै योभन्दा बढी खर्च भएको हुनसक्छ। र्थसचिवका लागि खान्की तारे होटेल द्वारिकाजबाट मगाइने भएकाले यस्तो अनुमान गरिएको हो। अन्नपूर्ण पोस्टमा समाचार छ।

अति व्यस्त हुने अर्थसचिवका लागि कार्यालय समय १०–५ बजे भन्ने हुन्न। कुर्सीमा बस्ने जोपनि बिहानै मन्त्रालय आउने र साँझ अबेरसम्म बस्ने गर्छन्। रेग्मी पनि त्यसै गर्छन्। अझ उनी त मन्त्रालयका निकटस्थलाई लिएर डिनरमा द्वारिकाज जाँदा पनि फर्केर मन्त्रालयमा आई राति १० बजे सिंहदरबारभित्रै इभनिङ वाक गर्छन्। बिहान ब्रेकफास्टदेखि डिनरसम्मको खानेकुरा द्वारिकाजबाटै आउँछ।

‘सचिवज्यूलाई सुप खान मन लागे पनि द्वारिकाजमै अर्डर हुन्छ,’ मन्त्रालयका एक कार्यालय सहयोगीले भने। तत्कालीन सचिव रामेश्वर खनाल र शान्तराज सुवेदी क्यान्टिनकै चाउचाउ खान्थे, कहिलेकाहिँ सुक्खा रोटी तरकारी। कृष्णहरि बास्कोटाले चाउचाउबाहेक सायदै खाए, चाउचाउमा एउटा अन्डाचाहिँ चाहिन्थ्यो। ‘अहिलेका सचिवलाई ब्रेड पनि द्वारिकाकै नभई नहुने,’ती सहयोगीले भने।

सहकर्मीसँग सचिवले ‘म सानोतिनो मान्छे हैन, सानोतिनो ठाउँको खाँदिन।’ बारम्बार भन्ने गर्छन्। उनले दोहोर्याउने अर्को कुरा हो–सानो चित्त बनाउनु हुँदैन, हामीले एकाथ लाखको खाएर फरक पर्दैन। बजेट लेखनका क्रममा संलग्न कर्मचारीलाई पनि मन्त्रालयमै खाना खुवाउने चलन छ। अघिका वर्ष क्यान्टिनकै खाना सबै हुन्थ्यो।  यसपालि द्वारिकाजका साथै कहिलेकाहिँ बबरमहल रिभिजिटेडबाट मगाइएको थियो। सचिवले बजेटसम्बन्धी छलफल पनि धैरै होटलमै गरेका थिए।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web