३२ साउन, काठमाडौं ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ विदेशमन्त्री वाङ यीसँग आज भेटवार्ता गर्नुभएको छ ।

नेपाली दूतावास बेइजिङका अनुसार उपप्रधानमन्त्री महराले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जीन पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पत्रसमेत प्रदान गर्नुभयो ।

यस्तै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट समकक्षी ली खछयाङलाई पनि नेपाल भ्रमणको निमन्त्रणा पत्र दिनुभएको थियो ।

गत जुनमा उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभएको चीन भ्रमणका क्रममा समेत राष्ट्रपति भण्डारीले राष्ट्रपति सिलाई नेपाल भ्रमणको निमन्त्रणा पठाउनु भएको थियो ।

भेटका अवसरमा दुई नेताबीच, द्विपक्षीय हित र सहयोगका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालको विशेष दूतका रुपमा उपप्रधानमन्त्री महरा सोमबार चीन प्रस्थान गर्नुभएको थियो ।

23.12¡ÆC